काठमाडौं–कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज विज्ञप्ति जारी गर्दै जनाएअनुसार पश्चिमान्चल क्षेत्रीय अस्पतालको आइसीयुमा भर्ना भएका स्याङजाका ५५ वर्षीय पुरुषको गएराति ११.३५ बजे निधन भएको हो।
ती पुरुष गत असार ८ गते अस्पताल भर्ना भएका थिए। उनलाई कोभिड १९, सिभियर निमोनिया तथा डाइबेटिज मेलिटस २ भएको र भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा गएराति निधन भएको अस्पतालले जनाएको हो। कोभिड १९ बाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमान्चल क्षेत्रीय अस्पतालमा भएको यो दोस्रो मृत्यु हो।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।