• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कहिलेदेखि सुरु हुन्छ खेलकुद?

सरकारको अनुमति कुर्दै खेल संघहरु
64x64
सराेज तामाङ बुधबार, असार १०, २०७७  ११:५३
1140x725

काठमाडौं- नेपालमा खेलकुद गतिविधि बन्द भएको तीन महिना नाघ्यो। अझै कहिलेबाट सुरु हुने यकिन छैन। सम्बन्धित खेल संघ भने खेलाडी अभ्यासको लागि राखेप, युवा तथा खेलकुद मन्त्रालयसँग स्वीकृति लिने तयारीमा मात्र छ।

  •  इटालीमा ३४ हजारभन्दा बढीले कोरोना भाइरस (कोभिड १९) को कारण ज्यान गुमाए। स्वयम खेलाडीलाई पनि कोरोना भाइरसको संक्रमण देखियो। तर पनि चर्चित लिग इटालियन सिरि ए लगाायतका अन्य घरेलु प्रतियोगिता सुरु भइसकेको छ।
  • जर्मनीमा ८ हजार ९ सय भन्दा बढीले ज्यान गुमाए। तर त्यहाँ एउटा अवधारण बन्यो, कोरोनालाई खेलेर जिताउनु पर्छ। र विश्वमा कोरोनाविरुद्धको सन्त्रास हटाउन नयाँ सन्देश दिनुपर्छ। जर्मन चान्सलर एन्जेला मर्केलले नै खेलकुदलाई मुख्य प्राथमिकतामा राख्दै लिग सुरु गर्न अनुमति दिइन्। बुन्डेस लिगा मे १६ तारिखबाट सुरु भयो। जुन युरोप महादेशमा कोरोनाबाट बन्द भएको लिग पुनः सुरु हुने पहिलो हो।
  •  ४२ हजार ५ सय भन्दा बढीले कोरोनाबाट ज्यान गुमाएको इंग्ल्यान्डमा पनि अहिले इंग्लिस प्रिमियर लिग फुटबल जारी छ। रोकिएको लिग सुरु भएसँगै खेलाडीहरुले पनि राहात पाएका छन्।
  •  स्पेन जहाँ कोरोना कै कारण २८ हजार भन्दा बढीले ज्यान गुमाए। कोरोनाकै कारण स्पेनिस ला लिगा लगायतका घरेलु प्रतियोगिता ठप्प बन्यो। तर विभिन्न उपाय र प्रविधिको प्रयोग गर्दै पुनः लिग सुरु भइसकेको अवस्था छ।

इंग्ल्यान्ड, इटाली, जर्मनी र स्पेन कोरोना संक्रमणबाट उच्च जोखिम रहेका देशहरु हुन्। जहाँ ज्यान गुमाउनेको संख्या पनि अधिक छ। तर पनि यी देशहरुले खेलकुदको माध्यमबाट कोरोनाको त्रास हटाउन र रोकिएका लिगलाई सार्थकता दिन पुनः सुरु गरे।

युरोपका यी उदाहरणभन्दा बाहेक नै पनि सुरक्षित रुपमा खेल गतिविधिका फर्किएका देशहरु निकै छन्। छिमेकी देश भारतमा नै पनि स्वास्थ्य सुरक्षाका उपायहरु अपनाएर बन्द रंगशालामा खेल गर्ने अनुमति मिलिसकेको छ। जसका कारण हवाइ यातायात सहज हुनेवित्तिकै आइपिएल क्रिकेट जस्ता ठूला प्रतियोगिता गर्ने तयारी छ। 

बन्द रंगशालामा खेल्नु पर्दा न त खेलाडीलाई मज्जा, न खेल हेर्ने दर्शकलाई। किन प्रतियोगितालाई पूर्णता दिन ती देशका सरकारले हिम्मत कसेर अनुमति दियो? यसको एउटै जवाफ हो, खेलकुदको महत्व। लामो समय मैदान बाहिर रहँदा खेलाडीमा पर्ने असरलाई मध्यनजर। 

नेपालमा भने चैतदेखि कुनै पनि रोकिएका खेलकुदका अभ्यास भएको छैन। प्रतियोगिता त परैको कुरा। त्यसै पनि सुस्त सरकार झनै सधैँ छायामा परेको नेपाली खेलकुद। कोरोनाले निकै प्रभावित देशहरुले प्रतियोगिता पुनः सुरु गर्दा नेपालले किन गर्न सकेन त? 

के नेपाल कोरोनाको सबैभन्दा उच्च जोखिममा हो? नेपालमा नै सार्वजनिक यातायातबाहेकका अरु विषय सहज बनाउँदै लग्ने प्रयास भए पनि खेलकुदप्रति वेवास्ता नै छ। खेलकुदका रोकिएको प्रतियोगिता र अभ्यास नगराउनुको एउटै कारण हो, यसको महत्व नबुझ्नु।

सरकारको स्वीकृति बिना कुनै पनि खेल संघले खेलकुद गतिविधि गर्न सक्दैनन् नै। अन्य देशमा पनि सरकारले अनुमति दिएपश्चात प्रतियोगिताहरु सुरु हुँदा यहाँका संघहरुलाई छटपटि नभएको भने होइन। तर राष्ट्रिय खेलकुद परिषद् (राखेप), युवा तथा खेलकुद मन्त्रालय लगायतका सम्बन्धित निकायबाट स्वीकृति कुर्दा कुर्दै समय ढिला हुने देखिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘समस्या कोभिडको मात्रै हो’
असार २ गते एन्फाको कार्यसमितिको आपतकालिन बैठकले विश्वकप अन्तर्गत दोस्रो चरणका बाँकी खेलहरुका लागि नेपाली राष्ट्रिय फुटबल टिमलाई अभ्यास गराउन सरकारबाट स्वीकृति लिने निर्णय गरेको थियो। एन्फाले अनुमतिको लागि पठाएको पत्र राखेप हुँदै बल्ल युवा तथा खेलकुद मन्त्रालयमा पुगेको छ।

‘विश्वकपको अभ्यासको लागि भनेर हामी अनुमति माग्दै छौं। अनुमति लिएपछि हामी क्लोज क्याम्प थाल्छौं। जहाँ कोरोनाविरुद्धको सबै परिक्षणदेखि सावधानीहरु अपनाउछौं’, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा थप्छन्, ‘रंगशाला एएफसी र फिफाको मान्यता अनुसारकै छ। हामीलाई समस्या भनेको कोभिडको मात्रै हो। अब खेलमा दर्शकसहितको कि बिना दर्शक भन्ने कुरा चाहिँ अझै अलमल नै छ।’

विश्वकपअन्तर्गत दोस्रो चरणमा अझै नेपालले घरेलु मैदानमा तीन खेल खेल्नु पर्नेछ। जहाँ कोरोनाको कारण स्थगित भएर फेरि निकालिएको तालिका अनुसार नेपालले दशरथ रंगशालामा असोज २२ गते चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गर्नेछ। असोज २७ गते अष्ट्रेलियासँग दशरथ रंगशालामै खेल्ने तालिका छ। त्यसको ठिक एक महिनापछि अर्थात कात्तिक २७ गते जोर्डनसँग प्रतिस्पर्धा गर्दै नेपालले विश्वकपअन्तर्गत दोस्रो चरणका खेलहरु सकाउने छ।

अनुमतिपश्चात जुलाई दोस्रो अथवा तेस्रो सातादेखि अभ्यास थालिने राष्ट्रिय टिम तयारी समितिका संयोजक मधुसुदन उपाध्यायको अनुमान छ।

‘यसअघि प्रारम्भिक छनोट भएका खेलाडीहरुलाई नै फेरि अभ्यासमा सामेल गरिने हो। हाम्रो फिजियोले घरैमा कसरी फिट रहने भन्ने कुरा सिकाइरहेका छन्। अहिले रोहित चन्दबाहेक सबै खेलाडी नेपालमै छन्। त्यसैले उनीबाहेक सबै अभ्यासमा हुन्छन्’, उनले भने।

त्यसो त एन्फाको प्रसासनिक काम भने अहिले पनि भइरहेको छ। एन्फाले यो अवधिमा रोकिएका अन्य फुटबल गतिविधि सञ्चालन गर्न के गृहकार्य थालेको छ? भन्ने प्रश्नमा एन्फा अध्यक्ष भन्छन्, ‘बी डिभिजन र सी डिभिजन पनि बिना दर्शक नै खेलाउने भनेर हामीले कोशिस गरिरहेका छौं। मुख्य कुरा त अनुमति हो। हामीसँग सबै कार्यक्रम तयार छ। लकडाउन नखुलेसम्म केही गर्न सक्दैनौं।’

कार्यतालिका कुर्दै क्यान
एन्फाले जस्तै नेपाल क्रिकेट संघ (क्यान) ले राखेपमा राष्ट्रिय टिम तयारीका लागि अनुमति माग्दै पत्र पठाएको छ। सरकारबाट अभ्यास गराउन अनुमति पाए काठमाडौं बाहिर रहेका खेलाडीलाई झिकाएर टिम तयारी थाल्ने क्यानको योजना छ।

‘अनुमति पाएपछि बाहिर रहेका खेलाडीलाई काठमाडौं ल्याएर अभ्यास गराउने योजनामा छौं’, क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए।

त्यसो त, निर्वाचित भएर आएका पदाधिकारीले केही गर्न सकेन भनेर आलोचित भइरहेको बेला कोरोनाको विश्व संकटले क्यानका योजनाहरु पनि केही तुहिए। गत जेठमा महिला र पुरुषकै प्रधानमन्त्री कप प्रतियोगिता हुने तय थियो। त्यो कोरोनाले गर्दा हुन सकेन। अब बर्खा लाग्यो। प्रतियोगिता आयोजना गर्न सम्भव छैन। सचिव प्याकुरेल भन्छन्, ‘इन्डोर अभ्यास, एम्पायर र प्रशिक्षक ट्रेनिङहरु गराउने लक्ष्यमा छौं।’

हुन त, कोरोनाको कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) र एसियन क्रिकेट परिषद् (एसिसी) ले निकालेको कार्यतालिका नै परिमार्जित गर्नु पर्ने अवस्था आयो। क्यान पनि आफ्नो कार्यतालिका काम नलाग्ने बताउँछ।

‘हामीले बनाएको क्यालेन्डर अब काम लागेन। आइसिसी र एसिसी कै क्यालेन्डर पनि काम लागेन। अब अन्तर्राष्ट्रिय क्यालेन्डर के भएर आउँछ त्यसपछि मात्रै हामीले हाम्रो कार्यतालिका ल्याउनु पर्ने भयो’, सचिव प्याुकरेलले भने।

आइसिसीले यो संकटको समयमा अभ्यास गर्दादेखि प्रतियोगिताहरुमा सामेल हुँदासम्म के के उपाय अपनाउनुपर्छ भन्ने नियमहरु सार्वजनिक गरेको छ। यदि अभ्यास र खेलमा फर्कने हो भने ती नियमहरुको पूर्ण पालना गर्नैपर्छ।

पर्खेर हेरको अवस्थामा भलिबल संघ
कोरोनाले भलिबलका धेरै गतिविधि रद्द नै गरायो। जसको कारण अहिले नेपाल भलिबल संघ तत्कालको लागि योजना नै छैन भन्दै आइरहेको छ।

‘अहिले नेपाल भलिबल संघको योजना साच्चै नै छैन। संघको वार्षिक कार्यक्रम त कोरोनाको कारण रद्द भएको हो। सरकारले खेलकुद गतिविधि अगाडि बढाउन अनुमति दियो भने मात्रै हामी अघि बढ्छौं’, नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दको भनाइ हो यो।

त्यसो त, संघको चुनाव यहि महिना थियो। कोरोनाकै कारण त्यो पनि हुन सकेन। खेलाडीलाई अभ्यासदेखि अन्य प्रशासनिक कार्यहरु सरकारले लकडाउन पूर्णरुपमा खोलेपछि मात्रै गर्ने योजनामा छ संघ।

जेठमा महिला तथा पुरुषको लिग भलिबलदेखि बंगलादेशमा एबिसी एसियन सिनियर मेन्स भलिबल च्याम्पियनसिपसम्म थियो। सबै सरेको छ। भलिबलका अन्तर्राष्ट्रिय प्रतियोगिता सेप्टेम्बरसम्म बन्द हुने भएपछि नेपाल भलिबल संघ पनि अहिले सुतेको छ।

महासचिव चन्द भन्छन्, ‘अब सरकारले जहिले खेलकुद गतिविधि गर्नु भनेर आदेश दिन्छ, त्यसपछि हामी रोकिएका कार्यक्रमहरु गर्छौ।’

नेपालमा सबै खेल संघहरु सरकारकै निर्णय कुरेर बसिरहेका छन्। तर सरकारले भने खेलकुदको महत्व नबुझ्दा गर्न सकिने गतिविधिहरु पनि भएका छैनन्। उच्च सतकर्ता र स्वस्थ्य परिक्षण गरेर खेलाडीको नियमित अभ्यास गराउने बाटो खोल्दै बन्द रंगशाला वा मैदानमा खेल खेलाउने वातारवण सरकारले सिर्जित गर्नतर्फ पहिल्यै ध्यान पुर्याउनु पथ्र्यो। खेलकुद मनोरञ्जन मात्रै हैन, रोगविरुद्ध लड्ने शक्ति पनि हो, भन्ने हेक्का हुनैपर्छ।

प्रकाशित मिति: बुधबार, असार १०, २०७७  ११:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्