मनाङ–हिमालपारिको जिल्ला मनाङमा पहिलोपटक एक जनामा कोरोना देखिएको छ।
कपिलवस्तुको बाणगङ्गा–१४ स्थायी ठेगाना भई मनाङस्थित चामे गाउँपालिकामा कार्यरत ५७ वर्षीय कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो।
उनी कपिलवस्तुबाट मनाङ फर्किएका थिए।
उनलाई मनाङ प्रवेश गरेदेखि नै चामे गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको र उनको स्वास्थ्यअवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य प्रमुख बद्री आचार्यले जानकारी दिए।
जिल्लामा कोरोना देखिएसँगै उच्च सतर्कता अपनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।