• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सातै प्रदेशको बजेट : स्वास्थ्य पूर्वाधार, सीप विकास र कृषिमा केन्द्रित

बागमतीको बजेट सबैभन्दा ठूलो, सुदूरपश्चिमको सानो, प्रदेश २ ले १ अर्ब ऋण लिने
64x64
सविन मिश्र सोमबार, असार १, २०७७  १९:३७
1140x725

काठमाडौं- संघीय सरकारले जस्तै स्वास्थ्य पूर्वाधार विकास, रोजगारी सिर्जना र सीप विकास तथा कृषि क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै सातवटै प्रदेशसरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट प्रस्तुत गरेका छन्। प्रदेशहरुले चालु वर्षमा संकुचित प्रदेशको आर्थिक वृद्धिदर पुरानै अवस्थामा फर्काउने लक्ष्यका साथ नयाँ बजेट प्रस्तुत गरेका छन्। 

प्रदेश सरकारहरुले किसानलाई अनुदान उपलब्ध गर्ने कार्यक्रम अघि बढाएका छन्। उत्पादनमा आधारित अनुदान कार्यक्रम ल्याइएको छ। पूर्वाधार विकासलाई जोड दिँदै साधारण खर्चतर्फको बजेट केही कटौतीको प्रयास गरेका छन्। प्रदेश नं १ र २ ले सांसदमार्फत कार्यान्वयन हुने कार्यक्रमका लागि बजेटको निरन्तरता दिएका छन्। गण्डकी प्रदेशले यो रकम कोरोना रोकथाम र नियन्त्रणमा खर्च हुने गरी व्यवस्था मिलाउने घोषणा गरेको छ। 

प्रदेश सरकारहरुले लकडाउनका कारण सर्वसाधारणले कर भुक्तानी गर्न समस्या परेको भन्दै उनीहरुलाई सहुलियत दिने घोषणा पनि गरेका छन्। सर्वसाधारणले सवारी साधन, उद्योगधन्दाको नवीकरणलगायतका कर भुक्तानी गर्न नसकेकाले उनीहरूले तिर्नुपर्ने जरिवाना तथा थप दस्तुर मिनाह गर्ने घोषणा पनि बजेटबाट गरेका छन्। 

सातवटा प्रदेशमध्ये सबैभन्दा ठूलो बजेट बागमती प्रदेशले ल्याएको छ। बागमती प्रदेशले ५१ अर्ब ४२ करोड रूपैयाँको बजेट ल्याएको छ। बागमती प्रदेशबाहेक सबै प्रदेशले चालु भन्दा पुँजीगत खर्च धेरै विनियोजन गरेका छन्। बागमती प्रदेशले चालुतर्फ २६ अर्ब २८ करोड रूपैयाँ र पुँजीगत खर्च २५ अर्ब २८ करोड रूपैयाँ विनियोजन गरेको छ। 

सातमध्ये सबैभन्दा सानो बजेट सुदूरपश्चिम प्रदेशले ल्याएको छ। उसले ३३ अर्ब ३८ करोड रूपैयाँको बजेट प्रस्तुत गरेको छ। त्यसैगरी कर्णाली प्रदेशले ३३ अर्ब ७४ करोड रूपैयाँको बजेट प्रस्तुत गरेको छ। प्रदेश नं ५ ले ३६ अर्ब ३५ करोडको बजेट ल्याएको छ भने गण्डकी प्रदेशले ३४ अर्ब ८४ करोडको बजेट ल्याएको छ। त्यसैगरी प्रदेश नं २ ले ३३ अर्ब ५६ करोड रूपैयाँको बजेट प्रस्तुत गरेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोले सांसदमार्फत खर्च हुने कार्यक्रमका लागि प्रति निर्वाचन क्षेत्र ३ करोड रूपैयाँ विनियोजन गरेका छन्। त्यसैगरी विराटनगरको कोशी अस्पताललाई सरुवा रोग अस्पताल र अनुसन्धान केन्द्र बनाउन ५० करोड विनियोजन गरिएको छ। मेरो कृषि मेरो पौरख कार्यक्रमका लागि १२ करोड रूपैयाँ विनियोजन गरिएको छ। कृषि क्षेत्रमा कूल ३ अर्ब ८३ करोड दिइएको छ। 

प्रदेश नं २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले ल्याएको बजेटमा कोरोना रोकथाम र उपचारका लागि ७० करोड २७ लाख विनियोजन गरिएको छ। प्रदेश क्यान्सर अस्पताल र ट्रमा सेन्टरलाई २/२ करोड दिइने घोषणा गरिएको छ। सर्पदंशको उपचारका लागि ५ करोड विनियोजन गरिएको छ। कृषि ऋण अनुदानका लागि २ करोड रूपैयाँ विनियोजन गरिएको छ। जनता आवाश कार्यक्रमका लागि ८० करोड ७४ लाख रूपैयाँ विनियोजन गरिएको छ। प्रदेश २ ले आगामी आर्थिक आर्थिक वर्षमा १ अर्ब आन्तरिक ऋण लिने घोषणा पनि गरेको छ। 

प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले ल्याएको बजेटमा कृषिमा उत्पादनमा आधारित अनुदान दिइने उल्लेख छ। यसैगरी युवालाई रोजगारी दिन प्रत्येक निर्वाचन क्षेत्रमा १५ लाख रूपैयँको कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिएको छ। किसानको उत्पादन सहकारीमार्फत बजारीकरण गर्ने र नबिकेका उत्पादन शीतभण्डारमा राख्ने उल्लेख छ। यसैगरी प्रदेशभित्रका जिल्ला अस्पताको स्तरोन्नती गर्ने घोषणा ढुंगेलले गरेका छन्। 
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले धौवादी फलाम कम्पनीमा प्रदेश सरकारबाट लगानी गर्ने उल्लेख छ। पिसिआर परीक्षण, औषधि-उपकरण खरिद तथा कोष स्थापनाको लागि ६० करोड ४० लाख रूपैयाँ विनियोजन गरिएको छ। व्यवसाय जीवन रक्षा कोषका लागि १ अर्ब रूपैयाँ विनियोजन गरिएको छ। 

Xtrem
Xtrem

यसैगरी संघ र स्थानीय तहको साझेदारीमा व्यवसायिक तथा सीप विकास तालिम केन्द्रमार्फत सञ्चालन हुने तालिमका लागि १० करोड ५० लाख र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्रमार्फत सञ्चालन हुने तालिमका लागि ९ करोड ८९ लाख बजेट रूपैयाँ विनियोजन गरिएको छ। त्यसैगरी कृषितर्फ कोभिडलक्षित कार्यक्रम सञ्चालनका लागि १८ करोड ५० लाख र पर्यटनतर्फ २ करोड ५ लाख विनियोजन गरिएको छ। 

प्रदेश नं ५ का मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले पनि स्वास्थ्य पूर्वाधार, रोजगारी सिर्जना, औद्योगिक विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याएका छन्। बजेटमार्फत मुख्यमन्त्री ग्रामीण विकास र रोजगार प्रदेश भित्रका सम्पूर्ण स्थानीय तहमा सञ्चालन गर्ने घोषणा गरिएको छ। यसैगरी प्रत्येक स्थानीय तहमा १/१ कृषि वा पशुका प्राविधिक जनशक्ति पुर्‍याउने उल्लेख छ। स्वास्थ्य र सुरक्षाबाहेक अन्यलाई सवारी साधन खरीदमा रोक लगाइएको छ। विदेश भ्रमणको सम्पूर्ण बजेट कटौती गरिएको छ। 

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले ल्याएको बजेटमा जिल्ला अस्पतालको स्तरोन्नती गर्ने र दैलेखको राकममा ट्रमा अस्पताल निर्माण गर्ने घोषणा गरिएको छ। सुर्खेतमा ३ सय शैयाको प्रादेशिक अस्पताल बनाउने घोषणा पनि गरिएको छ। आधारभुत खाद्य सुरक्षाको लागि अत्यावश्यक खाद्य वस्तु खरिद, ढुवानी र भण्डारणसमेतका कार्यक्रमका लागि ५५ करोड रूपैयाँ विनियोजन गरेको छ। खाना, नाना र छाना कार्यक्रम सञ्चालनका लागि २० करोड रूपैयाँ विनियोजन गरिएको छ।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर रावलले भारतबाट फर्केका मजदूरलाई विशेष कार्यक्रम घोषणा गरेका छन्। उनीहरुलाई स्वरोजगार बनाउने गरी बजेट प्रस्तुत गरिएको छ। उनले भत्ता कटौती गरेका छन्। स्वास्थ्यका पूर्वाधार विकासमा उनले बजेट बढाएका छन्। 

प्रकाशित मिति: सोमबार, असार १, २०७७  १९:३७
  • #प्रदेशहरुका_बजेट
  • #सातै-प्रदेशको-बजेट

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्