• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर २७, २०८२ Sat, Dec 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

प्रदेश १ को बजेट :  प्रदेश सांसदलाई ३ करोड, २२ नारासहित ४० अर्ब ८९ करोड विनियोजन

64x64
शिव बोहरा सोमबार, असार १, २०७७  १९:१५
1140x725

काठमाडौं- प्रदेश १ सरकारले चालू आर्थिक वर्षमा कोरोना महामारीका कारण आर्थिक वृद्धि ३.४१ प्रतिशत हुने अनुमान गर्दै बजेट प्रस्तुत गरेको छ।

कोरोना महामारी अन्त्यको अनिश्चितताले आगामी आवको आर्थिक वृद्धिदर भने यकीन गरिएको छैन। सोमबार प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आव २०७७/७८ का लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँ बजेट विनियोजन गरेका हुन्। 

प्रदेश १ सरकारले भौतिक पूर्वाधार विकास र स्वास्थ्य तथा शिक्षालाई प्राथमिकता दिँदै बजेट ल्याइएको छ। प्रदेश निर्वाचन क्षेत्र केन्द्रित ६२ वटा सडक र प्रादेशिक विशेष सडक आयोजनाअन्तर्गतका ५ वटा विशेष सडकहरूको बहुवर्षीय आयोजनाका रूपमा निर्माण गरिने बजेटमा उल्लेख छ। 

चालू आर्थिक वर्षमा प्रदेश १ मा ८ हजार ४ सय ९२ उद्योग र ३ हजार ४ सय ६५ वाणिज्य संस्थाहरू स्थापना भई ४० हजारभन्दा बढी रोजगारी सिर्जना भएको बजेटमा छ। 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको मापदण्ड समेतको आधारमा स्थानीय तहलाई राजश्व बाँडफाट बापत ८२ करोड ६९ लाख ५० हजार प्रत्येक स्थानीय तहलाई न्यूनतम ५० लाख पर्नेगरी १ अर्ब समानीकरण अनुदान उपलब्ध गराइनेछ। 

कोरोना भाइरस रोकथाम, नियमन्त्रण र भविष्यमा आउनसक्ने महामारी नियन्त्रणका लागि आवश्यक पूर्वाधार निर्माण, विरानटगरमा रहेको कोही अस्पताल कोभिड उपचार केन्द्रलाई सरुवा रोग अस्पताल तथा अनुसन्धान केन्द्रको रुपमा सञ्चालन गर्ने र यसका लागि ५० करोड बजेट छुट्याइएको छ। त्यस्तै स्वास्थ्य क्षेत्रका विभिन्न शीर्षकका लागि बजेट विनियोजन गरिएको छ। 

मेरो कृषि, मेरो पौरख नाराका साथ प्रदेश प्रमुख नवप्रवर्तन कृषि कार्यक्रम सञ्चालनका लागि १२ करोड रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै उत्पादन किसानको जिम्मा हो, बजार र मूल्य सरकारको जिम्मा हो भन्ने नाराका साथ कम्तिमा पाँचवटा केन्द्रमा कृषि उपज बैंकको स्थापना गरिने बजेटमा उल्लेख छ। कृषि क्षेत्रको सहजिकरणका लागि १३ करोड रुपैयाँ विनियोजन भएको छ। प्रदेशलाई अर्गानिक प्रदेशको रुपमा क्रमशः विकास गर्न जैविक खेतीमा विशेष प्रोत्साहन र प्रवर्द्धन गर्न ९ करोड ८४ लाख बजेट छुट्याइएको छ। प्रदेश १ को समग्र कृषि क्षेत्रका लागि ३ अर्ब ८३ करोड १६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको आर्थिक मामिलामन्त्री आङ्बोले बताए। 

प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि २ करोडका दरले प्रत्येक निर्वाचन क्षेत्रमा समान रुपमा बजेट दिइएको छ। त्यस्तै निर्वाचन क्षेत्र विकास कार्यक्रमको रुपमा प्रदेश सभा सदस्यहरुको सिफारिसमा १ करोडका दरले योजना कार्यान्वयन गर्न रकम दिइएको छ। 

Ncell 2
Ncell 2

मुख्यमन्त्री युवा उद्यमशील कार्यक्रम सञ्चालन गर्न पुँजी कोषको रुपमा २५ करोड र सार्वजनिक निजी साझेदारी कार्यक्रम सञ्चालन गर्न पुँजी कोषको रुपमा १५ करोड रुपैयाँ छुट्याइएको छ। श्रम तथा रोजगार क्षेत्र पनि प्रदेश १ को प्राथमिकतामा परेको छ। 

त्यस्तै प्रदेश १ मा आगामी आर्थिक वर्षका लागि भौतिक पूर्वाधार तथा यातायात क्षेत्रको विकासका लागि ८ अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरिएको छ। यो रकम सडक, पुल लगायत पूर्वाधार विकासमा खर्च हुनेछ। सहरी विकासतर्फ प्रदेश १ ले १ अर्ब ३७ करोड ३९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ। 

सिँचाइ तथा नदी व्यवस्थापनका लागि ४ अर्ब ९ करोड, खानेपानी तथा सरसफाइका लागि २ अर्ब ५० करोड, पर्यटन प्रवर्द्धन तथा पूर्वाधारको लागि १ अर्ब १९ करोड १० लाख, उद्योग क्षेत्रका लागि २० करोड ५० लाख, वन तथा वातावरण क्षेत्रका लागि १ अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। विपद जोखिम न्यूनीकरणका लागि मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र स्थापना तथा सञ्चालनलाई निरन्तरता दिन २० करोड बजेट छुट्याइएको छ।

त्यस्तै डिजिटल प्रदेश निर्माणका लागि ५ करोड विनियोजन गरिएको छ। कुल ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँ बजेटमा चालूतर्फ १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार अर्थात् ४६.२९ प्रतिशत र पुँजिगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार अर्थात् ५३.७१ प्रतिशत रहेको छ। त्यस्तै वित्तीय व्यवस्थापनतर्फ ४ करोड रुपैयाँ रहेको छ। 

अन्तरसरकारी वित्तीय हस्तारन्तरणतर्फ २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार रुपैयाँ छुट्याएको अर्थिक मामिलामन्त्री आङ्बोले बताए। आन्तरिक स्रोतबाट ४ अर्ब ७५ करोड ७ लाख ४७ हजार, राजश्व बाँडफाटबाट १० अर्ब ३ करोड ५४ लाख र अनुदानबाट १५ अर्ब ११ करोड ३८ लाख रुपैयाँ प्राप्त हुनेछ। 

त्यस्तै चालू आवको नगद मौज्दात करिब ६ अर्ब रहने अनुमान गरिएको छ। यी स्रोतहरुबाट अपुग हुने बजेटका लागि वित्त हस्तान्तरण ऐनले व्यवस्था गरेअनुरुप ५ अर्ब रुपैयाँ नेपाल सरकारबाट पूर्ति गरिने उल्लेख छ।

बजेटका नारा

  • रोग पालेर होइन फालेर बाचौं
  • प्रदेश प्रमुख नवप्रवर्तन कृषि कार्यक्रम
  • उत्पादन किसानको जिम्मा हो, बजार र मूल्य सरकारको जिम्मा हो
  • सबै किसानका साथमा प्रदेश सरकार
  • एक स्थानीय तह एक फलफुल नर्सरी
  • मुख्यमन्त्री युवा उद्यमशील कार्यक्रम
  • जहाँ खेती त्यहाँ सिँचाइ
  • प्रदेशको पानी जनताको लगानी
  • विपन्न वर्ग लक्षित सौर्य उर्जा उज्यालो कार्यक्रम
  • आर्थिक समृद्धिको आधार पर्यटन, उद्योग र व्यापार
  • आत्मनिर्भर अर्थतन्त्र हाम्रो चाहना, समृद्ध प्रदेश हामी सबैको कामना
  • एक जिल्ला एक उत्पादन कार्यक्रम
  • तराई–मधेस हरियाली वन विकास कार्यक्रम
  • बेसिन एप्रोचमा आधारित एकीकृत जलाधार संरक्षण कार्यक्रम
  • स्वच्छ, सुखी र समुन्नत प्रदेश
  • प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम
  • समृद्ध प्रदेशका लागि आत्मनिर्भर छोरी
  • सुरक्षित यात्राका लागि सडक सुशासन
  • सुरक्षित सीमा, सुरक्षित जीवन
  • म अघि बढ्छु
  • मुख्यमन्त्री आत्यावश्यक सेवा केन्द्र

प्रकाशित मिति: सोमबार, असार १, २०७७  १९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
सुनको मूल्य बढ्यो आज चाँदी प्रतितोला ५५ रुपैयाँले वृद्धि भएको छ। बुधवार प्रतितोला ३ हजार ७५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीवार बढेर ३ हजार ८०५ रुपै... बिहीबार, मंसिर २५, २०८२
सेयर बजारमा गिरावट, ७९ कम्पनीको मूल्य बढ्यो बैंकिङ ०.०५, विकास बैंक ०.२९, फाइनान्स ०.५७, होटल तथा पर्यटन ०.१३, हाइड्रोपावर ०.६६, लगानी ०.३२, जीवन बीमा ०.२१, उत्पादन तथा प्रशोधन... बुधबार, मंसिर २४, २०८२
आज १८ दिनका लागि ४० अर्ब झिक्दै राष्ट्र बैंक सोही क्रममा आज निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले १८ दिनका लागि उक्त रकम झिक्न लागेको हो। बुधबार, मंसिर २४, २०८२
ताजा समाचारसबै
एकपक्षीय प्रतिनिधि छानेको भन्दै ईश्वर पोखरेल समूहको आपत्ति शनिबार, मंसिर २७, २०८२
यी हुन् एमालेका १०८ मनोनीत महाधिवेशन प्रतिनिधि (सूचीसहित) शनिबार, मंसिर २७, २०८२
सुनिता डंगोल महाधिवेशन प्रतिनिधि मनोनीत शनिबार, मंसिर २७, २०८२
एमाले महाधिवेशन उदघाटनस्थलमा कडाइ– बम डिटेक्टर उपकरण र तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन शनिबार, मंसिर २७, २०८२
‘अन्तरराष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकारलाई साक्षी होइन, निर्णायक भूमिकामा राख्नुपर्छ’ :  उपप्रमुख डंगोल शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल समूहको युवा भेला शुक्रबार, मंसिर २६, २०८२
एमाले महाधिवेशनमा ईश्वरको अवधारणापत्रमा छलफल नहुने शुक्रबार, मंसिर २६, २०८२
मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दै छन्? शुक्रबार, मंसिर २६, २०८२
शीतल निवासमा नवनियक्त ४ मन्त्रीले लिए शपथ शुक्रबार, मंसिर २६, २०८२
उपाधिका लागि भिड्दै लुम्बिनी र सुदूरपश्चिम शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्