• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

प्रदेश १ को बजेट :  प्रदेश सांसदलाई ३ करोड, २२ नारासहित ४० अर्ब ८९ करोड विनियोजन

64x64
शिव बोहरा सोमबार, असार १, २०७७  १९:१५
1140x725

काठमाडौं- प्रदेश १ सरकारले चालू आर्थिक वर्षमा कोरोना महामारीका कारण आर्थिक वृद्धि ३.४१ प्रतिशत हुने अनुमान गर्दै बजेट प्रस्तुत गरेको छ।

कोरोना महामारी अन्त्यको अनिश्चितताले आगामी आवको आर्थिक वृद्धिदर भने यकीन गरिएको छैन। सोमबार प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आव २०७७/७८ का लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँ बजेट विनियोजन गरेका हुन्। 

प्रदेश १ सरकारले भौतिक पूर्वाधार विकास र स्वास्थ्य तथा शिक्षालाई प्राथमिकता दिँदै बजेट ल्याइएको छ। प्रदेश निर्वाचन क्षेत्र केन्द्रित ६२ वटा सडक र प्रादेशिक विशेष सडक आयोजनाअन्तर्गतका ५ वटा विशेष सडकहरूको बहुवर्षीय आयोजनाका रूपमा निर्माण गरिने बजेटमा उल्लेख छ। 

चालू आर्थिक वर्षमा प्रदेश १ मा ८ हजार ४ सय ९२ उद्योग र ३ हजार ४ सय ६५ वाणिज्य संस्थाहरू स्थापना भई ४० हजारभन्दा बढी रोजगारी सिर्जना भएको बजेटमा छ। 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको मापदण्ड समेतको आधारमा स्थानीय तहलाई राजश्व बाँडफाट बापत ८२ करोड ६९ लाख ५० हजार प्रत्येक स्थानीय तहलाई न्यूनतम ५० लाख पर्नेगरी १ अर्ब समानीकरण अनुदान उपलब्ध गराइनेछ। 

कोरोना भाइरस रोकथाम, नियमन्त्रण र भविष्यमा आउनसक्ने महामारी नियन्त्रणका लागि आवश्यक पूर्वाधार निर्माण, विरानटगरमा रहेको कोही अस्पताल कोभिड उपचार केन्द्रलाई सरुवा रोग अस्पताल तथा अनुसन्धान केन्द्रको रुपमा सञ्चालन गर्ने र यसका लागि ५० करोड बजेट छुट्याइएको छ। त्यस्तै स्वास्थ्य क्षेत्रका विभिन्न शीर्षकका लागि बजेट विनियोजन गरिएको छ। 

मेरो कृषि, मेरो पौरख नाराका साथ प्रदेश प्रमुख नवप्रवर्तन कृषि कार्यक्रम सञ्चालनका लागि १२ करोड रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै उत्पादन किसानको जिम्मा हो, बजार र मूल्य सरकारको जिम्मा हो भन्ने नाराका साथ कम्तिमा पाँचवटा केन्द्रमा कृषि उपज बैंकको स्थापना गरिने बजेटमा उल्लेख छ। कृषि क्षेत्रको सहजिकरणका लागि १३ करोड रुपैयाँ विनियोजन भएको छ। प्रदेशलाई अर्गानिक प्रदेशको रुपमा क्रमशः विकास गर्न जैविक खेतीमा विशेष प्रोत्साहन र प्रवर्द्धन गर्न ९ करोड ८४ लाख बजेट छुट्याइएको छ। प्रदेश १ को समग्र कृषि क्षेत्रका लागि ३ अर्ब ८३ करोड १६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको आर्थिक मामिलामन्त्री आङ्बोले बताए। 

प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि २ करोडका दरले प्रत्येक निर्वाचन क्षेत्रमा समान रुपमा बजेट दिइएको छ। त्यस्तै निर्वाचन क्षेत्र विकास कार्यक्रमको रुपमा प्रदेश सभा सदस्यहरुको सिफारिसमा १ करोडका दरले योजना कार्यान्वयन गर्न रकम दिइएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

मुख्यमन्त्री युवा उद्यमशील कार्यक्रम सञ्चालन गर्न पुँजी कोषको रुपमा २५ करोड र सार्वजनिक निजी साझेदारी कार्यक्रम सञ्चालन गर्न पुँजी कोषको रुपमा १५ करोड रुपैयाँ छुट्याइएको छ। श्रम तथा रोजगार क्षेत्र पनि प्रदेश १ को प्राथमिकतामा परेको छ। 

त्यस्तै प्रदेश १ मा आगामी आर्थिक वर्षका लागि भौतिक पूर्वाधार तथा यातायात क्षेत्रको विकासका लागि ८ अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरिएको छ। यो रकम सडक, पुल लगायत पूर्वाधार विकासमा खर्च हुनेछ। सहरी विकासतर्फ प्रदेश १ ले १ अर्ब ३७ करोड ३९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ। 

सिँचाइ तथा नदी व्यवस्थापनका लागि ४ अर्ब ९ करोड, खानेपानी तथा सरसफाइका लागि २ अर्ब ५० करोड, पर्यटन प्रवर्द्धन तथा पूर्वाधारको लागि १ अर्ब १९ करोड १० लाख, उद्योग क्षेत्रका लागि २० करोड ५० लाख, वन तथा वातावरण क्षेत्रका लागि १ अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। विपद जोखिम न्यूनीकरणका लागि मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र स्थापना तथा सञ्चालनलाई निरन्तरता दिन २० करोड बजेट छुट्याइएको छ।

त्यस्तै डिजिटल प्रदेश निर्माणका लागि ५ करोड विनियोजन गरिएको छ। कुल ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँ बजेटमा चालूतर्फ १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार अर्थात् ४६.२९ प्रतिशत र पुँजिगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार अर्थात् ५३.७१ प्रतिशत रहेको छ। त्यस्तै वित्तीय व्यवस्थापनतर्फ ४ करोड रुपैयाँ रहेको छ। 

Xtrem

Xtrem

अन्तरसरकारी वित्तीय हस्तारन्तरणतर्फ २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार रुपैयाँ छुट्याएको अर्थिक मामिलामन्त्री आङ्बोले बताए। आन्तरिक स्रोतबाट ४ अर्ब ७५ करोड ७ लाख ४७ हजार, राजश्व बाँडफाटबाट १० अर्ब ३ करोड ५४ लाख र अनुदानबाट १५ अर्ब ११ करोड ३८ लाख रुपैयाँ प्राप्त हुनेछ। 

त्यस्तै चालू आवको नगद मौज्दात करिब ६ अर्ब रहने अनुमान गरिएको छ। यी स्रोतहरुबाट अपुग हुने बजेटका लागि वित्त हस्तान्तरण ऐनले व्यवस्था गरेअनुरुप ५ अर्ब रुपैयाँ नेपाल सरकारबाट पूर्ति गरिने उल्लेख छ।

बजेटका नारा

  • रोग पालेर होइन फालेर बाचौं
  • प्रदेश प्रमुख नवप्रवर्तन कृषि कार्यक्रम
  • उत्पादन किसानको जिम्मा हो, बजार र मूल्य सरकारको जिम्मा हो
  • सबै किसानका साथमा प्रदेश सरकार
  • एक स्थानीय तह एक फलफुल नर्सरी
  • मुख्यमन्त्री युवा उद्यमशील कार्यक्रम
  • जहाँ खेती त्यहाँ सिँचाइ
  • प्रदेशको पानी जनताको लगानी
  • विपन्न वर्ग लक्षित सौर्य उर्जा उज्यालो कार्यक्रम
  • आर्थिक समृद्धिको आधार पर्यटन, उद्योग र व्यापार
  • आत्मनिर्भर अर्थतन्त्र हाम्रो चाहना, समृद्ध प्रदेश हामी सबैको कामना
  • एक जिल्ला एक उत्पादन कार्यक्रम
  • तराई–मधेस हरियाली वन विकास कार्यक्रम
  • बेसिन एप्रोचमा आधारित एकीकृत जलाधार संरक्षण कार्यक्रम
  • स्वच्छ, सुखी र समुन्नत प्रदेश
  • प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम
  • समृद्ध प्रदेशका लागि आत्मनिर्भर छोरी
  • सुरक्षित यात्राका लागि सडक सुशासन
  • सुरक्षित सीमा, सुरक्षित जीवन
  • म अघि बढ्छु
  • मुख्यमन्त्री आत्यावश्यक सेवा केन्द्र

प्रकाशित मिति: सोमबार, असार १, २०७७  १९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्