• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, साउन १८, २०८३ Mon, Aug 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

रुकुम घटना : मृतक ६ जनाको लासजाँच मुचुल्का भन्छ- शरीरभरि चोट

64x64
दुर्गा दुलाल सोमबार, असार १, २०७७  १८:२९
1140x725

काठमाडौं- ६ जनाको ज्यान जानेगरी भएको रुकुमको चौरजारी घटनाका अभियुक्त विरुद्ध आइतबार जिल्ला अदालतमा मुद्दा दायर भएपछि सोमबार थुनछेक आदेश शुरु भएको छ। सो घटनामा ३४ जना आरोपित छन्। सरकारी बकिलको कार्यालयले ३२ जनालाई आजन्म कैद सजाय र क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको छ भने दुई आरोपी नाबालक भएकाले उनीहरुको हकमा भने कम सजाय माग गरिएको छ ।

घटनामा परी नवराज विक, टिकाराम नेपाली, गणेश बुढामगर, लोकेन्द्र सुनार, सजिव विक र गोविन्द शाहीको ज्यान गएको थियो। प्रहरी अनुसन्धानमा ६ जनाले ज्यान जाने गरी भएको सो घटनाको अन्तरजातिय प्रेम देखिएको छ। अभियोग पत्रमा मृतक सबैको लासजाँच मुचुल्का र पोस्टमार्टम रिपोर्टको निष्कर्षसमेत उल्लेख छ। अभियोगपत्रमा उल्लेख भएको दुवै रिपोर्ट अनुसार मृतक सबैको शरिरमा गम्भीर चोट छन्। मृत्युको कारण भने पानीमा डुबेकाले उल्लेख छ।

यो पनि पढ्नुहोस्

रुकुम घटना : फेसबुकमा 'ब्लक' गरेकी थिएँ, भाइको मोबाइलबाट कुरा गर्थें [नवराजकी प्रेमिकाको बयान]सोमबार, असार १, २०७७

प्रेमिका लिन गएका नवराज विकको लाशजाँच मुचुल्का र पोस्टमार्टम रिपोर्ट अनुसार उनको निधारमा १३×५ सेमीको निलडाम, बाँयातर्फ निधारमा १.५ सेमी खोस्रिएको दाग, टाउँकोमा २×०.५ सेमी काटिएको घाउ पाइएको थियो। त्यस्तै बाँया आँखीभौंमा १.५ सेमी. काटिएको घाउ, नाकमा बाहिरी निलडाम रहेको, नाकमा बालुवा रहेको,कानमा बालुवा रहेको, निधार कोतरिएको र सुन्निएको पाइएको उल्लेख छ। चोटको प्रकृति जोडले हिर्काउँला हुने देखिएको नेपाल लाइभलाई प्राप्त अभियोगपत्रमा उल्लेख छ। मृत्युको कारणमा भने पानीमा डुबेर उल्लेख गरिएको छ।

अर्का मृतक टिकाराम नेपालीको पोस्टमार्टम रिपोर्टमा टाउको र अनुहारमा जोडले हिर्काएको देखिएको उल्लेख छ। दुबै आँखाको आँखीभौंमा १×१ इन्चको काटिएको, बाँया कानबाट रगत जस्तो पदार्थ बगेको अभियोगपत्रमा उल्लेख छ। नाकको डाँडीमा घाउ,दुबै आँखीभौंमा काटिएको चारकिल्ला सहितको लाशजाँच मुचुल्कामा उल्लेख छ। उनको पनि मृत्युको कारण डुब्नु उल्लेख छ। 

अर्का मृतक गणेश बुढामगरको लासजाँच मुचुल्कामा नाकको डाँडीका कोतरिएको,कानमा बालुवा रहेको,हत्केलाको छाला चाउरी परेको देखिएको अभियोगपत्रमा उल्लेख छ। निधारको भागमा निलडाम रहेको, भित्री भाग थिचिएको, निदार र नाकको डाँडीमा खोस्रिएको दाग रहेको मुचुल्कामा उल्लेख छ।

अर्का मृतक लोकेन्द्र सुनारको शरीरमा समेत जोडले हिर्काउँला भएका चोटहरु देखिएका छन्। उनको निधारमा २×२ से.मी.को खोस्रिएको दाग,दाहिने आँखीभौंको छेउमा १×०.२५ सेमीको काटिएको घाउ पाइएको अभियोगपत्रमा उल्लेख छ। अण्डकोष सुन्निएको,शरिरको ठाउँ–ठाउँको छाला खुईलिएको दाहिने हातको नाडीमा प्लाष्टिकको जाली(पासा) अल्झिएको पाइएको अभियोगपत्रमा उल्लेख छ। मृत्युको कारण डुब्नु उल्लेख छ। 

अर्का मृतक सञ्जिव विकको मुचुल्कामा निधारमा २×१ से.मी.भएको खोस्रिएको दाग,बाँया आँखीभौंमा २×०.५ इन्च र दाँया आँखीभौंमा १×०.२५ इन्च चोट रहेको उल्लेख छ। टाउँकोको पछाडी १×०.५इन्चको काटिएको घाउ रहेको,अण्डकोष सुन्निएको लाशजाँच मुचुल्कामा उल्लेख छ। पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण डुब्नु उल्लेख छ।

यो पनि पढ्नुहोस्

रुकुम घटना : मैले कसैलाई कुटपिट गरेको होइन, कसले मार्‍यो थाहा भएन [वडाध्यक्ष मल्लको बयान]सोमबार, असार १, २०७७

अन्तिममा लास भेटिएका मृतक गोविन्द शाहीको  लाश पूरै सुन्निएको, शरीरमा रहेका लुगाहरु खोल्न नसकिने भएको रिर्पोटमा उल्लेख छ। पत्तीको सहायताले उक्त लुगाहरु काटी शरीरबाट हटाउँदै खोली लाशलाई ओल्टाई पल्टाई गरी हेर्दा मृतक लाशको शरीर पुरै सुन्निएको र कडा दुर्गन्ध आईरहेको लाशजाँच मुचुल्कामा उल्लेख छ। पुरै शरीर सडीगलेको,सुन्निएको,मलद्धारबाट दिशा जस्तो पदार्थ निस्केको,छाला खुईलिएको प्रतिवेदनमा उल्लेख छ। 

nimb
nimb
Ncell 2
Ncell 2

पक्राउ आरोपी,घाइते र प्रत्यक्षदर्शीको बयानसँगै लाशजाँच मुचुल्का र शव परीक्षण प्रतिवेदनमा ब्लन्ट फोर्स समेत प्रयोग भएको कारणबाट घाउँचोट लागेको तथ्य स्थापित भएको र उनीहरुको मृत्यु प्रतिवादीहरुले वारदात मितिमा प्रहार गरेका चोट समेतबाट भएको अभियोगपत्रमा उल्लेख छ।

अभियोगपत्रमा उल्लेख भएको पोस्टमार्टम रिपोर्टको विवरण
मृतकको शरीरमा देखिएको घाउ चोटहरुको परीक्षण रिपोर्ट हेर्दा मृतक लोकेन्द्र सुनारको टाउको, दायाँ र बाँयाँ खुट्टामा ब्लन्ट फोर्स प्रयोग भएको उल्लेख छ। तर उनको रिपोर्टमा संभवत डुबेर मरेको हुन सक्ने लेखिएको छ। 

यो पनि पढ्नुहोस्

रुकुम घटना : बेइज्जत हुने भएकाले पूर्वयोजना अनुसार हत्या गर्‍यौं [किशोरीकी आमाको बयान]सोमबार, असार १, २०७७

निज मृतक लोकेन्द्र सुनारको लास जाँच मुचुल्कामा निधारमा २x२ सेमिखोस्रिएको, दाहिने आँखीभौंको छेउमा १x०.२ सेमी काटिएको, मलद्वारबाट दिसा निस्किएको भन्ने समेत व्यहोरा उल्लेख भएको देखिन्छ । 

मृतक सन्जु भन्ने सन्जिव विकको शव परीक्षण प्रतिवेदनको निष्कर्षमा आँखीभौं लगयतका शरीरको माथिल्लो भागमा समेत चोट भएको उल्लेख छ। यसका साथै पानीमा डुबेका कारण पनि मृत्यु भएको हुन सक्ने व्यहोरा उल्लेख भएको पाइन्छ। 

उनको घाँटी सुन्निएको निधारमा २.१ सेमीको चोट भएको खोस्रिएको, बायाँ आखि भौमा १x०.२५ इन्च काटिएको घाउ रहेको भन्ने समेत व्यहोरा उल्लेख भएको देखिन्छ। 

नवराजको शव परीक्षण प्रतिवेदनको नि‍ष्कर्षमा तीन ठाउँमा चोट देखिएको उल्लेख छ। पाखुरा कुहिनो र टाउकोमा चोट लागेको छसमेत उल्लेख छ। तर मृत्युको कारण भने डुबेकाले पनि हुन सक्ने लेखिएको छ। 

विकको लासजाचँ मुचुल्कामा निधारमा १३x५ सेमीनिलडाम निधारमा बायाँ तर्फ १.५ सेमी खोस्रिएको, टाउकोमा २x०.५ सेमी, बायाँ आखीभौँमा १.५ सेमी काटीएको घाँउ भन्ने समेत व्यहोरा उल्लेख छ। 

यो पनि पढ्नुहोस्

रुकुम घटना : मारेरै भेरीमा फालेका हौं [किशोरीका दाजुको बयान]सोमबार, असार १, २०७७

टिकाराम नेपालीको शव परीक्षण प्रतिवेदनमा धेरै स्थानमा ब्लन्ड फोर्स प्रयोग भएको उल्लेख छ। टाउको, अनुहार, घाँटीमा समेत चोट पटक भएको देखिएको उल्लेख भएको पाइन्छ । निज मृतक टिकाराम नेपालीको लास जाचँ मुचुल्कामा कानबाट रगत जस्तो पदार्थ बगेको दुवै आखाको आखीभौँमा खोस्रिएको, १x१ इन्च काटिएको भन्ने समेत व्यहोरा उल्लेख छ।

मृतक गणेश बुढा मगरको शव परीक्षण प्रतिवेदनमा निज मृतक गणेश बुढा मगरको लास जाँच मुचुल्कामा नाक कोतरिएको निधारको भागमा निलडाम रहेको थिचिएको भन्ने समेत व्यहोरा उल्लेख भएको देखिन्छ। मृतक गोविन्द शाहीको शव परीक्षण प्रतिवेदनअनुसार अनुहार निलोरातो सुन्निएको, नाक खुम्चिएको जस्तो सुन्निएको, कानमा रगत जस्तो र बालुवा भरीएको सुन्निई निलो रातो, अघिल्तिरको तलको एक र माथिको एक दाँत दवेको समेत उल्लेख छ।

प्रकाशित मिति: सोमबार, असार १, २०७७  १८:२९
  • #रुकुम_हत्याकाण्ड

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
जातीय तथा धार्मिक द्वेष फैलाउने युट्युबर पक्राउ भुसाल सामाजिक सञ्जालमा फ्रेन्स फलोअर्स बढाउने तथा आर्थिक उपार्जन गर्ने नियत राखी विद्यमान परिवेशलाई प्रत्यक्ष असर पार्ने गरी युट्युब... आइतबार, साउन १७, २०८३
सुस्तामा भारतीय एसएसबी प्रवेश गरेर अस्थायी बाँध भत्काएपछि तनाव उनका अनुसार भारतीय पक्षले सुरुदेखि नै बाँध निर्माणको काम गर्न नदिएको १३२ मिटर क्षेत्रमा नेपाली पक्षले सहमतिअनुसार वर्षाको भेल रोक्न... आइतबार, साउन १७, २०८३
कञ्चनपुरमा सुदूरपश्चिम विश्वविद्यालयमा एक युवकको मृत्यु शनिबार बिहान साढे ९ बजेतिर महेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय क्याम्पसको तीन तले भवनको छतबाट हाम फालेका वेदकोट नगरपालिका–४ क... शनिबार, साउन १६, २०८३
ताजा समाचारसबै
तराईमा तनाव कम भएसँगै चार दिनपछि काठमाडौँ फर्किए गृहमन्त्री आइतबार, साउन १७, २०८३
सबै ज्ञान र क्षमता सरकारसँग मात्रै छ भन्ने सोच उचित होइन : गगन थापा आइतबार, साउन १७, २०८३
जातीय तथा धार्मिक द्वेष फैलाउने युट्युबर पक्राउ आइतबार, साउन १७, २०८३
सुस्तामा भारतीय एसएसबी प्रवेश गरेर अस्थायी बाँध भत्काएपछि तनाव आइतबार, साउन १७, २०८३
नेपालमा मोरक्कोको राष्ट्रिय दिवस मनाइयो, सांस्कृतिक प्रदर्शनीदेखि पर्यटन प्रवर्द्धनसम्मका कार्यक्रम आइतबार, साउन १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ आइतबार, साउन १७, २०८३
सरकार र हिन्दु सम्राट सेना नेपालबीच १९ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता आइतबार, साउन १७, २०८३
श्रीलङ्कामा दुई पूर्व अधिकारीलाई मृत्युदण्ड शनिबार, साउन १६, २०८३
‘सरकारले राष्ट्रिय सभाका सांसदको सुझाव नै मान्दैन’: झक्कु सुवेदी शनिबार, साउन १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्