• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सडकमा युवा : अति भएपछि यति त हुन्छ नै

64x64
डिबी खड्का शुक्रबार, जेठ ३०, २०७७  १८:०१
1140x725

काठमाडौं- सरकारको विरोध कसले गर्छ? धेरैले दिने सिधा उत्तर हो, विरोधी पार्टीले। प्रतिपक्षी दलले। तर, काठमाडौंको बालुवाटारलगायत देशका विभिन्न भागमा एकसाथ भइरहेका आन्दोलनलाई नियालेर हेर्नुभयो? सायद हामीले देखेभोगेको आन्दोलन संस्कृतिभन्दा पृथक भेटिन्छ। 

‘ब्रान्ड’ बनाउन खोजिरहेको जस्ता देखिन्थे, यसअघिका आन्दोलन। त्यसैले निश्चित चिह्न भएका झन्डा र ब्यानर अग्रभागमा भेटिन्थे। तर, यसपल्ट भइरहेको छ, झन्डारहित आन्दोलन! ब्यानररहित आन्दोलन!

त्यसपछि आन्दोलनकारीको अनुहार हेर्नुभयो? के देख्नुभयो? तपाईंहरुले पनि त्यही देख्नुभयो होला, जे हामीले देख्यौं। आन्दोलनकारीका अनुहारमा यो देशको भविष्य देखिन्थ्यो। यो देशको भविष्यले वर्तमान बर्बाद हुनबाट जोगाउन खोजिरहेको जस्तो महसस हुन्थ्यो। 

न कुनै आव्हान, न कुनै निर्णय र न कुनै प्रचार, न कुनै प्रचार सामग्री। उही आवेग, उही उमेर। उनीहरुसँग कुनै राजनीतिक एजेन्डा छैन, जसको राजनीतिक सौदाबाजी हुन्छ। उनीहरुमध्येका कसैले पनि आन्दोलनलाई नेता हुने भर्‍याङ बनाउन चाहेनन्। आन्दोलनकारी भन्दामाथि उभिएर कोही भाषण गरिरहेकोे देखिएन। कसैले विद्वता छाँटिरहेको भेटिएन। 

देखियो के त? अनि भेटियो के? कोरोना विरुद्ध सरकारले गरिरहेको लापरबाहीको विरोध। अविश्वासी आरडिटी होइन, भरपर्दो पिसिआर परीक्षणको माग। क्वारेन्टाइन यातनागृह होइन, सम्भावित संक्रमित सुस्ताउने थलो बनोस्। बिर्सिन नहुने कुरा धेरैजना आन्दोलनकारीमा राजनीतिप्रति घृणा देखिन्छ। पछिल्लो १४ वर्षलाई उनीहरुले नजिकबाट नियालेका छन्। आफ्नो हुर्काइसँगै नेपालमा हुर्किरहेको राजनीतिक विकृतिले आफ्नो भविष्य बर्बाद पार्ने डर उनीहरुले देखेका छन्। त्यसैले उनीहरु यतिबेला भनिरहेका छन्, ‘अत्ति भयो भनेपछि अत्ति भयो!’

यो पुस्ताले झेलेको यो तेस्रो संकट हो। पहिलो संकट भूकम्प थियो। त्यो समय यो पुस्ता स्वयंसेवकका रुपमा मैदानमा उत्रिएको थियो। यसले उद्धार गर्‍यो, राहत बाँड्यो र पुनःनिर्माणमा समेत सघायो। सरकारलाई गाली नगरी सहयोग गर्‍यो।

त्यसपछि नाकाबन्दी झेल्यो। त्यतिबेला पनि यो पुस्ता सिर्जनशील भएर सरकारलाई नै सघाइरह्यो। अपरिचितलाई लिफ्ट दिनेदेखि अन्य सरसहयोगका सिर्जनशील तौरतरिका त्योबेला देखिए। 

यतिबेला उनीहरु भूमिकाविहीन थिए। किनभने परिस्थिति नै त्यस्तै थियो। सरकारले नै सबथोक गर्नुपर्ने हुन्छ। सबैलाई लकडाउनमा राखेर सरकारले कोरोना भाइरस विरुद्ध लड्न आफ्नो सम्पूर्ण शक्ति लगाउला भन्ने अपेक्षा थियो। सुरुवाती चरणमा सरकारमाथि भरोसा नै थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

भरोसा त्यतिबेला टुट्दै गयो, जब सरकार एकपछि अर्को गल्ती गर्दै जान थाल्यो। 

क्वारेन्टाइनमा एक व्यक्तिको मृत्यु हुन्छ। मृत्युअघि न उसले उपचार पाउँछ, न उसको कोरोना परीक्षण हुन्छ। यसले युवा मुटु चरक्क पारेको छ र त उसले एकाएक सरकारविरुद्ध सडकमा उत्रिने निर्णय गरी अपेक्षाकृत ठूलो सफलता पाएको छ। 

सरकारले मेडिकल सामग्री खरिद गर्छ, त्यसमा विवाद हुन्छ। प्रधानमन्त्री केपी शर्मा ओलीको बोली छानबिन गर्नेतर्फ होइन, विवादितलाई चोख्याउनतर्फ उद्यत हुन्छ। युवाहरुलाई शंका लाग्छ र उनीहरु हिसाब खोज्न थाल्छन्। 

एकजुट भएर कोरोना विरुद्ध लाग्नुपर्ने बेला विभिन्न अध्यादेश ल्याएर अर्को पार्टी फुटाउन सरकार लागिपर्छ। जनजीवन र जिविकाका विषय प्राथमिकताको सूचीमा तल परिरहेको महशुस हुन थालेपछि उनीहरुको तातो रगत उम्लिन थाल्छ।

आरडिटी परीक्षणलाई न विश्व स्वास्थ्य संगठनले मान्यता दिएको छ, न नेपालका विज्ञहरुले भरपर्दो ठान्छन्। तर, सरकारले आरडिटी नै परीक्षण गरिरहन्छ र निजी स्वास्थ्य संस्थालाई पनि गर्न प्रोत्साहित गर्छ। यसबाट कोरोना संकट पार लाग्ने जानेबुझेका युवाले देख्दैनन्, त्यसकारण उनीहरु सडकमा आउने निर्णय लिन्छन्। 

उनीहरुका नारा यिनै कुराहरु वरिपरि छन्। उनीहरु सडकमै उत्रेर भनिरहेका छन्, ‘खर्च होइन, उपलब्धि देखाऊ, न पारदर्शिता न दुरदर्शिता, सधैँ कस्तो लाचारिता, क्वारेन्टाइन कि कालघर?’ 

उनीहरुलाई थाहा छ, दूरी कायम गर्नुपर्छ। उनीहरुलाई थाहा छ, भीडभाड कोरोना संक्रमणको जोखिम हो। तर, जब त्योभन्दा ठूलो संकटले घेर्छ, नागरिकले ज्यान हत्केलामा लिएर हिँड्छ नै। तीन वटा डर छन् कोरोना, गर्मी र प्रहरीको लाठी। तर, डर जितेर उनीहरू किन सडकमा छन्? २००७ साल, २०४६ साल, २०६३ साल झेलेका नेताहरुलाई यो सम्झाइरहनु नपर्ला। कोरोनाले विस्तारै मार्छ तर गोलीले त तुरुन्तै। गोलीको प्रवाह नगरेर सडकमा उत्रिनेहरुले फेरि एकपल्ट महसुस गर्नुपर्‍यो किन मान्छे ज्यानको माया मार्छ?

सत्ताधारी नेता र कार्यकर्ताले कसैको उक्साहटमा उनीहरु सडकमा पुगेको विचार राखिरहेका छन्। उनीहरुको अनुहार र विचार नजिकबाट नियाल्दा घरमै बसेर वक्र नजरबाट उत्पादित यी विचारभन्दा फरक तस्बिर देखिन्छ। आफूसँग एकथान विवेकसमेत भएको मान्छेहरु हुन्। त्यसैले आज सडकमा जो देखिरहेका छन्, उनीहरु कसैको उक्साहटमा त्यहाँ पुगिरेहका छैनन्। उक्साएको छ त उनीहरुकै मनले। उनीहरु कुनै पार्टीको निर्णय बमोजिम त्यहाँ नारा लगाउन आएका होइनन्, आफ्नै मनको निणर्यले त्यहाँ पुगिरहेका छन्। 

उनीहरु यतिमै रोकिने छाँट किन देखिदैन किनभने कसैले परिचालन गरेको होइन। उनीहरुले लकडाउनको यो साढे दुई महिनामा देश चिनेका छन्। अरु बेला भए आफ्नो पढाइ र करियरका विषयमा तनाव लिएर उनीहरुलाई फुर्सद हुँदैनथ्यो। परीक्षा तयारी गर्नुपर्थ्याे। विदेश पढ्ने कि नेपाल? परामर्श केन्द्र धाउनुपर्थ्याे। त्यसैले देशका विषयमा र अझ त्यसका शासकका विषयमा उनीहरु त्यति चासो राख्दैनथे। तर, सबथोक बन्द भएको यो समयमा उनीहरुको तेस्रो आँखा खुलेको छ। उनीहरुलाई यही तरिकाले देश आफ्नो पालामा पनि ‘गएगुज्रेकै’ रहेको कुराले झस्काएको छ। 

उन्नत देश बनाउन उनीहरुलाई शासन गर्नेको सोचमा परिवर्तन हुन जरुरी लागेको छ। व्यवस्था आफैंमा केही होइन, यति त्यो व्यवस्थित हुन सकेन भन्ने उनीहरुलाई महसुस भएको छ। 

त्यसैले नक्सा पास गराइरहेको समयमा भनेर कुतर्क गरेर सत्तासीनहरु पन्छिन नखोज। अरुले उक्साएको भनेर आरोपित गरेर आफ्नै नागरिकलाई ‘भेंडा’ भन्दै नहियाऊ। यिनीहरु र यिनीहरुको जस्तैको मतले दुईतिहाइ निकट भन्दै छाती फुलाउन पाइएको हो भन्ने बुझ र ठूलो छाति बनाऊ। उनीहरुले उठाएका माग सम्बोधन गर्ने प्रयास गर। 

जब जनतालाई आफ्नै मनले परिचालन गर्छ। त्यसपछि जस्तो दमन पनि उनीहरु सहन्छन्। तर, आफ्नो आवाज दबाउँदैनन्। त्यसैले सरकारले बेलैमा सोच्नुपर्छ। कार्यशैली बदल्नुपर्छ। जनताको आवाज सुन्नुपर्छ। किनभने जनता त बोल्न थालेपछि बोलिरहन्छन्।

सांसदले प्रश्न गर्दा त ‘मैले भनेको भर्खरै’ भन्दै ओठे जवाफ दिँदा चुप लाग्छन्। तर, जनतालाई चुप लगाउने चाहिँ काम नै चाहिन्छ। सरकारले कामै गरिरहेको होला। तर, बुझ्नुपर्छ जनता सन्तुष्ट हुनेगरी काम भएको छैन। 

देशको भविष्यले वर्तमान उठाएको यो आवाजको मूल्य राज्यले महसुस गरोस्। गरेन भने त शासक आफैंले महंगो मूल्य चुकाउनु परेको उदाहरण सम्झाइरहनु पर्ला र?

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७  १८:०१
  • #सडक-आन्दोलन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
१० मिनेटमा बदलिएको लामुसोती लामुसोतीको घटनाले प्राकृतिक विपत्तिसँगै अर्को महत्वपूर्ण प्रश्न उठाएको छ, पूर्वसूचना प्रणाली कति प्रभावकारी थियो ? शुक्रबार, भदौ १९, २०८३
त्रिशूलीको एक गुम्बामा त्यो भावुक दृश्य गुम्बामा बाढीले बगाएका व्यक्तिहरूको सम्झनामा स्थानीयवासी तथा आफन्तहरू भेला भएर प्रार्थना गरिरहेका छन् । यदि उनीहरूको मृत्यु भइसकेको... बिहीबार, भदौ १८, २०८३
भोटेकोशी बाढी : ग्राउण्ड जीरोमा गोल्याण फाउण्डेशन, खानादेखि मनोपरामर्शसम्म होल्डिङ सेन्टरमा देवीघाट क्षेत्रका ६८ घरपरिवार रहेका छन् । ती परिवारका सदस्यसहित आसपासका बासिन्दासमेत गरी दैनिक करिब ४ सय जनाका लागि... बुधबार, भदौ १७, २०८३
ताजा समाचारसबै
१० मिनेटमा बदलिएको लामुसोती शुक्रबार, भदौ १९, २०८३
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवित उद्धार शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्