• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कोरोनासँगै औलोको जोखिम

64x64
शेरबहादुर ऐर सोमबार, जेठ २६, २०७७  १३:२३
1140x725

धनगढी- सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणसँगै औलोको जोखिम पनि बढ्न थालेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेशमा औलोको जोखिम पनि क्रमशः बढ्दै गएको जनाएको छ।

शनिबार प्रदेशको डडेल्धुरास्थित क्वारेन्टाइनमा रहेका एक जनामा कडा खालको पी फाल्सीफारम नामक औलो देखापरेको छ। डडेल्धुराका कोभिड–१९ सम्पर्क व्यक्ति हरि भट्टका अनुसार यसअघि डडेल्धुरामा कसैमा पनि कडा खालको औलो देखिएको थिएन।

सम्पर्क व्यक्ति भट्टले भने, ‘डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर ४ मा भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका युवकमा औलो देखिएको छ। ती युवकलाई औलोको औषधि दिइएको छ। अरु व्यक्तिमा सर्न नदिन स्वास्थ्य परीक्षण भइरहेको छ।‘

उनका अनुसार ती युवक भारतको सुरत सुहरबाट फर्किएका हुन्।

यसअघि कञ्चनपुरको लालझाँडी गाउँपालिकामा दुई र शनिबार कृष्णपुर नगरपालिका देखतभुलीमा एक जनामा गरी तीन जनामा औलो देखिएको थियो। लालझाँडी र कृष्णपुरका ती युवक पनि भारतबाट फर्किएको बताइएको छ।

लालझाँडी गाउँपालिकाको भानु माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका दुई जनामा औलो रोग देखिएपछि औषधि सेवन गराइएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड–१९ सम्पर्क व्यक्ति सिद्धराज भट्टले बताए। दुवै जना औलो संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उनका अनुसार चालु आर्थिक वर्षमा कञ्चनपुरमा ८३ जनामा औलो देखिएको छ। तीमध्ये २७ जना स्थानीय रहेका थिए। उनले भने– आयातित औलोको जोखिम जिल्लामा बढ्दै गएको छ।

नेपालको सबैभन्दा बढी औलो रोगीहरू सुदूरपश्चिम प्रदेशमा रहेका छन्। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीका अनुसार प्रदेशमा स्थानीयभन्दा भारतबाट फर्किएका व्यक्तिहरूमा औलो रोगको बढी संक्रमण देखिएको छ।

स्वास्थ्य निर्देशनालयका अनुसार चालु आर्थिक वर्ष २०७६/०७७ मा दुई सय ५३ जनामा औलो रोगको संक्रमण देखिएको छ। जसमा कडा खालको मानिने पी फाल्सीपारम औलोका २१ जना संक्रमित रहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै, दुई सय ३१ जनामा ‘भाइभ्याक्स’ जिवाणु र एक जनामा दुवै किसिमका संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले उल्लेख गरेको छ।

चालु आर्थिक वर्षमा ३१ हजार नौ सय दुई जनाको रगत परीक्षण गरिएको छ।

सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७५/७६ मा चार सय ५९ औलोका संक्रमित फेला परेका थिए । जसमा कडा खालको औलोका संक्रमित १२ जना रहेका थिए। त्यस्तै, २०७४/७५ मा पाँच सय ८६ जना औलोका बिरामी फेला परेका थिए।

वर्षातको समयमा विभिन्न सरुवा रोगको संक्रमण फैलिने खतरा बढी हुन्छ। यो मौसममा खासगरी लामखुट्टेको टोकाइबाट देखिने रोगहरू देखिने गर्छ। लामखुट्टेको टोकाइबाट डेंगु, मलेरिया र स्क्रपटाइ्फस आदिको समस्या देखिने गर्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आरडिटिसँगै औलोको परीक्षण गर्न निर्देशन
अहिले भारतका विभिन्न स्थानबाट सुदूरपश्चिम प्रदेशबासीहरू फर्किने क्रम जारी छ। कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रण तथा रोकथाम गर्न उनीहरूलाई क्वारेन्टाइनमा राखिएको छ। प्रदेशका केही जिल्लामा कोरोनासँगै अन्य रोगको पनि परीक्षण गरिदै आएको छ।

डडेल्धुरा र कञ्चनपुरका चार जनामा औलो देखिएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले आरडिटीसँगै औलोको पनि परीक्षण गर्न सबै स्वास्थ्य कार्यालयहरूलाई परिपत्र गरेको छ।

‘सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किने व्यक्तिहरूमा औलो रोगको संक्रमण देखिएको र आयातित औलो रोगीहरूको अनुपात आधाभन्दा बढी रहेको छ’, निर्देशनालयले सबै स्वास्थ्य संस्थाहरूलाई पठाएको पत्रमा भनिएको छ, ‘क्वारेन्टाइनमा बसिरहेका व्यक्तिहरूमा औलो आरडिटी जाँच गर्दा डडेल्धुरा जिल्लामा अत्यन्त कडा खालको पी फाल्सीपारम औलो देखा परेकोले औलो रोगको संक्रमण समुदाय स्तरसम्म फैलिनबाट रोक्न र समयमै रोगीलाई पहिचान गरि उपचार गरेर मृत्यु हुनबाट बचाउन औलो रोगका लागि अनिवार्य आरडिटी जाँच गर्ने व्यवस्था मिलाउन हुन समेत अनुरोध छ।‘

प्रकाशित मिति: सोमबार, जेठ २६, २०७७  १३:२३
  • #कोरोना_अपडेट
  • #औलो

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेकाले हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ... बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता बुधबार, असोज २८, २०८३
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्