काठमाडौं– विभिन्न कामका सिलसिलामा विदेश पुगेर नेपाल फर्किन चाहने नेपालीहरूले बढीमा ७ दिनअघि गरेको स्वास्थ्य परीक्षण रिपोर्ट बुझाउन पर्ने भएको छ। उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोख्रेलको संयोजकत्वमा गठित नोबल कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विदेशबाट स्वदेश फर्किनेहरुले ७ दिनभित्रको स्वास्थ्य परीक्षण रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने निर्णय गरेको हो।
स्वास्थ्य परीक्षण रिपोर्टमा कोरोना नेगेटिभ देखिएमा मात्रै स्वदेश फर्काइने छ। भारतबाट आउनेलाई होल्डिङ सेन्टर र भारतबाहेक तेस्रो मुलुकबाट आउनेलाई विमानस्थलमा स्वास्थ्य स्वघोषणा फारम भर्न लगाउने र ज्वरो मापनलगायत स्वास्थ्य परीक्षण गराइने व्यवस्था गरिएको छ।
विदेशबाट फर्काइएकाहरूलाई सहज हुने गरी सम्बन्धित स्थानीय तह वा सरकारले तोकेको क्वारेन्टाइनमा १४ दिन राखिने व्यवस्था गरिएको छ। क्वारेन्टाइनमाम १४ दिन राखेपछि उनीहरूको स्वास्थ्य परीक्षण गर्दा कोरोना नेगेटिभ रिपोर्ट आए घर पठाइनेछ। घरमा पुनः १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने उल्लेख गरिएको छ।
स्थानीय तहलाई क्वारेन्टाइनको बन्दोबस्ती र क्वारेन्टाइनमा रहँदा खाना खर्चबापत प्रतिदिन प्रतिव्यक्ति १ सय ७५ का दरले १४ दिनको रकम अर्थ मन्त्रालयले उपलब्ध गराउने छ।
यससम्बन्धी समग्र कार्यको सञ्चालन, अनुगमन, नियन्त्रण र निर्देशन गर्ने जिम्मा कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई दिइएको छ। यस्तो छ कार्यविधिः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।