• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

भन्सार वर्गीकरणमा ५७५ उपशीर्षक थपियो, रसायनिक मलमा कर लगाइएको हो?

नयाँ उपशीर्षक थपिँदा अन्यौल बढ्यो, बीउमा कर लगाइएको भन्दै झुक्किए सर्वसाधारण
64x64
सविन मिश्र आइतबार, जेठ १८, २०७७  ०८:४३
1140x725

काठमाडौं- सरकारले भन्सार वर्गीकरणमा परिमार्जन गर्दै ५७५ वटा उपशीर्षक थप गरेको छ। आर्थिक विधयेक २०७७ मार्फत् भन्सार वर्गीकरण परिमार्जन गर्न राष्ट्रिय उपशीर्षक सिर्जना गरिएको हो। अर्थ मन्त्रालयले हार्मोनाइज्ड सिस्टम (एचएस) कोडभित्र राष्ट्रिय उपशीर्षक (नेशनल हेडिङ) सिर्जना गरेर वस्तुको यथार्थ वर्गीकरण गर्न खोजेको छ। 

भन्सारमा वस्तु वर्गीकरणलाई विशिष्ठिकृत गर्नका लागि आगामी आर्थिक वर्षको बजेटसँगै प्रस्तुत भएको आर्थिक विधयेकमार्फत एकैपटक ठूलो संख्यामा राष्ट्रिय उपशीर्षक थप गरिएका छन्। जसका कारण सरोकारवालालाई विभिन्न वस्तुमा भन्सार बढेको तथा गत वर्षसम्म भन्सार नै नलाग्ने वस्तुमा यस वर्षबाट कर लगाइएको भ्रमसमेत सिर्जना भएको छ। 

'भन्सारमा वस्तु वर्गीकरणलाई विशिष्ठिकृत गर्नु आवश्यक थियो र त्यसका लागि हामीले नयाँ उपशीर्षक थप गरेका छौं,' भन्सार विभागका महानिर्देशक सुमन दाहालले भने, 'वर्गीकरणलाई विशिष्ठिकृत गर्न, वर्गीकरणको माध्यमबाट सुविधा दिन तथा कहिलेकाँही कुनै मालवस्तुमाथि अलग ट्रिटमेन्टका लागि यो आवश्यक थियो।' 

भन्सार वर्गीकरणमा राष्ट्रिय उपशीर्षक सिर्जना नहुँदा उस्तै प्रकृतिका वस्तु एउटै समूहमा पर्ने र सरकारले चाहेको बेला राजस्व छुट तथा आयात रोक्का गर्न समस्या पर्न थालेपछि वर्गीकरण सहज बनाउन यो व्यवस्था गरिएको हो। 'वस्तु व्यापारको यथार्थ तथ्यांक प्राप्त गर्न पनि यो आवश्यक भएको थियो,' दाहालले भने, 'नयाँ उपशीर्षकले अब कुन वस्तुको वास्तविक आयात कति भयो भन्ने यकीन तथ्यांक थाहा पाउन सकिन्छ।' 

थपिएका सबै नयाँ उपशीर्षकलाई 'रेड च्यानल'मा राखिएको छ। रेड च्यानलमा राखिएका सबै वस्तुको विस्तृत जाँपछि मात्रै भन्सारबाट पास हुन्छ। 'उस्तै लाग्ने वस्तुमा पनि फरक ट्रिटमेन्ट गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले हामीले अनिवार्य जाँच हुनुपर्ने गरी रेड च्यानलमा राखिएको हो,' दाहालले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

नयाँ व्यवस्थाबाट कस्तो परिवर्तन भयो, उदाहरण हेरौं
- सरकारले गत वर्षबाट मरिचलाई एउटै वर्गमा राखेको थियो। लकडाउन सुरु भएसँगै सरकारले मरिचको आयातमा रोक लगाउने निर्णय गर्‍यो। जसका कारण सबै प्रकारका मरिचको आयात रोकियो। अहिलेको व्यवस्थाअनुसार मरिचलाई पनि वर्गीकरण गरिएको छ। अब कालो वा सेतो मरिचको अलगअलग उपशीर्षक सिर्जना गरिएको छ। सरकारले चाहेको अवस्थामा कस्तो वस्तुको आयातमा रोक लगाउने हो त्यो निर्णय लिन सक्छ। 

- लकडाउनकै बीचमा थर्मल गनको कालोबजारीमा संलग्न भएको भन्दै सरकारले व्यवसायी सुलभ अग्रवाललाई पक्राउ गर्‍यो। अग्रवाल पक्राउ परेपछि गृहसचिव महेश्वर न्यौपानेले भन्सार विभागका महानिर्देशकलाई भने, ‘यो बीचमा कति थर्मल गनको आयात भयो तथ्यांक दिनुस्।’ भन्सारले थर्मल गनको आयातको तथ्यांक खोज्यो, त्यसमा देखियो १ लाख आयात भएको। विस्तृतमा हेर्दा थाहा भयो थर्मल गन र थर्मोमिटर एउटै समूहमा राखिँदा त्यस्तो तथ्यांक देखियो। अबको वर्गीकरणअनुसार थर्मल गन र थर्मोमिटर अलगअलग उपशीर्षकअन्तर्गत पर्छन्। जसबाट यकिन तथ्यांक थाहा हुन्छ।

- नयाँ आर्थिक विधेयकले रसायनिक मलको पनि वर्गीकरण गरेको छ। रसायनिक मललाई ३१०२.१०.१०, ३१०२.१०.९१ र ३१०२.१०.९९ गरी तीनवटा नयाँ उपशीर्षक छुट्याइएको छ। पहिलो उपशीर्षकअन्तर्गत पर्ने डिजेल एक्स हस्ट फ्लुडमा ५ प्रतिशत र दोस्रोमा पर्ने टेक्निकल ग्रेडमा ५ प्रतिशत भन्सार लगाइएको छ। यी रसायनिक मल सवारी साधन तथा प्लाइउड र छाला उद्योगमा प्रयोग गरिन्छ। तेस्रो शीर्षकमा पर्ने रसानियक मलको कर माफी दिइएको छ, जुन किसानले खेतबारीमा प्रयोग गर्छन्। 

Xtrem
Xtrem

एजेन्टले गलत एचएस प्रयोग गरे के हुन्छ?
वस्तु जाँचपासका क्रममा भन्सार एजेन्टले गरेको घोषणा गलत ठहरिए सामान जफतसँगै ५०० प्रतिशत जरिवाना तिर्नुपर्छ। जस्तै- कुनै एक प्रयोजनका लागि भित्र्याइएको रसायनिक मल भन्सार छुट प्राप्त गर्न कृषि प्रयोजनका लागि ल्याइएको भन्दै भन्सार घोषणा गरेको र भन्सार अधिकृतले उक्त घोषणा गलत रहेको ठहर गरे ५०० प्रतिशत जरिवाना लाग्छ।

केही दिनअघि एक व्यावसायिक घरानाले सेन्सरसहितको सेनिटाइजर राख्ने बट्टा आयात गर्दै थियो। तातोपानी भन्सारमा गरिएको घोषणामा सेनिटाइजरको बट्टाको सट्टा सेनिटाइजरमात्रै उल्लेख गरियो। सरकारले सेनिटाइजर आयातमा कर छुट गरेको बेला झुक्याएर बट्टा ल्याउन खोज्दा ती आयातकर्ताले ८६ लाख रूपैयाँ जरिवाना तिरे र सामान त्यहीँ छोडे। 

बीउ आयातमा कर लगाइएको हो?
आर्थिक विधेयकमार्फत गरिएको भन्सार ऐनको शीर्षक १०.०६ अन्तर्गत धानको बीउ तथा शीर्षक १२.०९ अन्तर्गत रोप्न हुने फलफूल तथा तरकारीको बीउ राखिएको छ। दुवै शीर्षकमा १० प्रतिशत भन्सार लाग्ने उल्लेख गरिएको छ। 

तर, यही आर्थिक विधेयकको पेज नं ३१९ बाट १ प्रतिशतमात्रै भन्सार लाग्ने वस्तुहरूको सूची सुरु हुन्छ। यसको पेज नं ३३५ र ३५२ मा बीउबिजनको विषय उल्लेख छ। यसअनुसार बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रको सिफारिसमा पैठारी हुने बीउमा १ प्रतिशतमात्रै भन्सार लाग्छ। कृषि सुधार शुल्क पनि १ प्रतिशतमात्रै लाग्ने व्यवस्था आर्थिक ऐनमा गरिएको छ। 'बीउमा भन्सार लगाइएको होइन, सबैलाई एक प्रतिशत कायम गरिएको छ,' विभागका महानिर्देशक दाहालले भने। 

प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७  ०८:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्