• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष
सम्पादकीय

‘रुकुम नरसंहार’मा निर्मला प्रकरण जसरी हाम्रो शिर नझुकोस्

64x64
नेपाल लाइभ बुधबार, जेठ १४, २०७७  १७:५८
1140x725

एउटा आपराधिक घटना ‘मिस्लिड’ गरियो भने त्यसले पीडित पक्षलाई कतिसम्मको पीडा थप्छ भन्ने उदाहरणका लागि कञ्चनपुरको ‘निर्मला प्रकरण’ काफी छ। १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्या भएको अब साउनमा दुई वर्ष पुग्छ। तर, अपराधीलाई कानुनी कठाघरामा उभ्याउने कुरा त परै जाओस् अपराधीको औपचारिक पहिचानसमेत भएको छैन। परस्पर विरोधी प्रकृतिका अनुसन्धान र सतहमा ल्याइएका अनेकथरी ‘हल्ला’ले अपराधलाई एउटा जटिल मोडमा ल्याएर थन्काएको यथार्थ छ। 

दोषी पहिचान हुन नसक्दा र कपोलकल्पित हल्लाहरूका कारण निर्मलाकी आमाका आँसु अहिलेसम्म रोकिएका छैनन्। यही कारण निर्मलाको परिवारले निरन्तर दुःख पाइरहेको छ। पीडा भोगिरहेको छ। र, दोषी आफ्नो दुनियाँमा स्वतन्त्रतापूर्वक रमाइरहेको छ। यो दृश्यले देशको कानुनको धज्जी उडाएको मात्र होइन, कानुनी राजमा रहेका हामी सबैको शिर निहुर्‍याएको छ।

अपराधलाई विषयान्तर गर्दा कसरी दोषी उम्किरहेको हुन्छ भन्ने एउटा घटनालाई साक्षी राख्दै गएको शनिबार रुकुम पश्चिमको चौरजहारीमा भएको अर्को अमानवीय घटनाबारे चर्चा वाञ्छनीय छ। आधुनिक र सभ्य भनिएको समाजमा रुकुम चौरजहारीमा जे भयो, त्यसले फेरि एकपटक हाम्रो शिर झुकाएको छ। हाम्रो सामाजिक संरचना र त्यसले निर्माण गरेको सोच (माइन्ड सेट) माथि प्रश्न उठाएको छ।

यो घटनालाई लिएर मौजुदा कानुन र वस्तुपरक अनुसन्धानभन्दा पर रहेर जे जस्ता मनोगत तर्क–वितर्क भइरहेका छन्, त्यसले समाजमा रहेको जातीय उत्पीडन र भेदभावको प्रकटीकरण गरिरहेको छ। त्यति मात्र होइन, घटनाका विषयमा कतिपय राजनीतिक दलका प्रतिनिधिबाटै जे जस्ता जनमत तयार गरिँदैछन्, त्यसले यो अपराधको घटनालाई पनि कतै ‘मिस्लिड’ गरिने त होइन भन्ने गम्भीर आशंका पैदा भएको छ।    

रुकुमको चौरजहारीमा भएको के थियो? एकपटक घटनाको एकसरो विवरण बुझौं। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यो दिन (शनिबार) जाजरकोटको भेरी-४, रानागाउँका २० वर्षीय नवराज विक आफूसहित १८ जना साथीहरू लिएर आफ्नी प्रेमिकालाई लिन रुकुम पश्चिमको चौरजहारी-८, सोती पुगेका थिए। प्रेम सम्बन्धमा रहेका नवराजले कथित उच्च जातकी भनिएको परिवारकी युवतीलाई लिन उनको घरको पुग्दा युवतीको परिवारले नवराज र उनका साथीहरूलाई सुनियोजित तरिकाले निर्मम आक्रमण गरे। घटनामा प्रेमी नवराज विकको मात्र होइन, उनीसँगै गएका टीकाराम सुनार, गणेश बुढामगर र लोकेन्द्र सुनारको पनि हत्या भयो। अरू दुई जना सन्दीप विक र गोविन्द शाही हराइरहेका छन्। नवराजसँगै युवतीको घर सोती पुगेका र घटनामा बाँचेका अरु व्यक्तिहरूका अनुसार युवतीका परिवारका सदस्य र गाउँलेहरूसहित झन्डै पाँच दर्जन व्यक्तिले नवराजको समूहलाई लखेट्दै, लघार्दै, जातीय गाली गर्दै अन्धाधुन्ध आक्रमण गरेका थिए। 

चार जनाको ज्यान गइसकेको र दुई जना बेपत्ता रहेको यो आपराधिक घटनाको पृष्ठभूमि र नवराज विकको प्रेम सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा मनोगत तर्कका ‘ट्रोलिङ’हरू व्याप्त छन्, जसले घटनालाई हेर्ने दृष्टिकोण र भइरहेको अनुसन्धान प्रभावित पार्ने खतरा देखिन्छ। ‘नवराजले फिल्मी शैलीमा युवती अपहरण गर्न किन गए त्यसैले..?’, ‘बिहेका लागि उमेर नपुगेकी १७ वर्षीया युवतीलाई लिन आउनेलाई के फूलमालाले स्वागत गर्न पर्ने?’ र ‘घटनामा दलित भएकैले सहानुभूति दिनुपर्ने?’ भन्ने जस्ता प्रश्नहरूको लहर तयार गरेर नरसंहारलाई धमिलो बनाउने जुन प्रयत्न भइरहेको छ, त्यो गलत भइरहेको छ। 

जसले जे तर्क गरे पनि यो घटना प्रेममा रहेका युवा–युवतीको सम्बन्धमा उभिएको जातीय भेदभाव र त्यसको दुखान्त नै यसको कटु–यथार्थ हो। उमेर नपुगेको जोडीलाई बिहे गर्ने बेला भएको छैन भन्ने सम्झाउने दायित्व अभिभावकसँग पनि जोडिन्छ। तर आफ्नी छोरीसँग बिहे गर्न चाहेकै भरमा कसैको निर्मम हत्या गर्ने तानाबाना बुन्नु कस्तो मनस्थितिको उपज हो? यो विषय जातीय विभेद र आपराधिक सोचसँग अन्तर्निहित छ कि छैन? ल, हुल बाँधेर कोही आफ्नी छोरीचेली लिन आयो रे, त्यसको उपचार हत्या हो कि अरु कानुनी बाटो पनि छ? यी प्रश्नहरूको जवाफ खोज्दै जाने हो भने यो घटनाको चुरोमा पुग्न सकिन्छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

कसैले उमेर नपुगी बिहे गरेमा, त्यसलाई कानुन बमोजिम दण्डित गर्ने बाटो छँदै थियो। कसैले हुलहुज्जत गरेमा पनि कानुन आकर्षित हुन्थ्यो होला। सोही कसुर तह बमोजिम दण्ड-जरिवाना तय हुन्थ्यो होला। तर, यहाँ त मान्छेहरूको ज्यानै जाने तहको अकल्पनीय घटना हामी सामु छ।

घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ। समितिले पनि आफ्नो अनुसन्धान गर्दै गर्ला। र, अहिले स्थानीय तहमा प्रहरीले पनि अनुसन्धान सुरु गरेको छ। जाहेरी किटानीका आधारमा वडाअध्यक्षसहित १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। अरु केही व्यक्तिहरूलाई पनि प्रहरीले खोजिरहेको छ। खबरहरू यतिसम्म आएका छन् कि, घटनाको छानबिन गरिरहेको प्रहरीलाई समेत प्रभावित पार्न शक्तिशाली व्यक्तिहरूले चलखेल गरेका छन्। यति निर्मम घटनामा यस्ता खबरहरू सुनिनु अत्यन्त्यै अशोभनीय र लज्जाको विषय हो।

जातीय छुवाछुतलाई अपराध मान्ने कानुन हामीले बनाएका छौं। स्वीकारेका छौं। छुवाछुत अन्त्य घोषणा गरिएको पनि पचास वर्षभन्दा बढी भइसक्यो। जातीय भेदभाव अन्त्यका लागि हाम्रा सरकारी संयन्त्र, राजनीतिक दल, सामाजिक संघसंस्थाहरू र समाजका अरु इकाइहरूले जनचेतना फैलाउन थालेको पनि वर्षौं वर्ष भइसक्यो। समाज परिवर्तनका लागि भएका सबै पहलहरूमा यो विषयले कहीँ न कतै ठाउँ पाएकै थियो, पाइरहेकै छ। तर हाम्रो अवस्था अझै पनि एउटा दलित युवाको प्रेम सम्बन्धलाई नरसंहारमा पुर्‍याउने र त्यसमाथि ‘विभेदकारी’ भाष्य निर्माण गर्ने नै देखियो। यो साह्रै अमानवीय मात्र होइन, गैरकानुनी पनि छ। त्यसैले यो निन्दनीय घटनामा अरु कसैको कुरा नसुनी कानुनले देखाएको बाटो तय हुनुपर्छ। घटनाको अनुसन्धानलाई प्रभावित तुल्याउने तत्वहरूलाई बेलैमा पहिचान गरिनुपर्छ। र, यसलाई अर्को ‘निर्मला प्रकरण’ हुनबाट जोगाइनुपर्छ।

रुकुमको चौरजहारी नरसंहारमा निर्मला प्रकरणमा जसरी हामी कसैको शिर नझुकोस्। भन्न पाइयोस्, दोषीले सजाय पायो। 

प्रकाशित मिति: बुधबार, जेठ १४, २०७७  १७:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्