• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

अपेक्षा स्टिमुलस प्याकेजसहितको बजेट, स्रोत सम्भव छ?

64x64
सविन मिश्र आइतबार, जेठ ११, २०७७  ०८:१०
1140x725

काठमाडौं- कोरोना भाइरसका कारण उत्पन्न असामान्य परिस्थितिका कारण गरिएको लकडाउनकै बीचमा सरकारले १५ गते आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दैछ। परिस्थिति अनुकूल नभए पनि बजेटप्रति आमनागरिकका केही अपेक्षा छन्। 

परिस्थिति सामान्य नभए पनि नागरिकका तमाम अपेक्षा पुरा गर्नेगरी बजेट ल्याउनुपर्ने दबाबमा अर्थमन्त्री डा युवराज खतिवडा छन्। तर सिमित स्रोतको दबाबबीच त्यस्ता अपेक्षा पुरा गर्नुपर्ने चुनौती छ। छिमेकी भारत होस् या विश्वशक्ति अमेरिका वा बेलायतले ल्याएका 'स्टिमुलस प्याकेज'बारे समाचार पढेका नेपाली अहिले आफ्नो सरकारको मुख ताकिरहेका छन्। 

सरकारले आर्थिक वर्ष २०७३/०७४ बाट आर्थिक वर्ष सुरु हुनु ४५ दिनअघि नै बजेट प्रस्तुत गर्न थाल्यो। बजेट कार्यान्वयनका लागि तयारी गर्न भन्दै आर्थिक वर्ष सुरु हुन डेढ महिनाअघि बजेट ल्याउने र साउन १ गतेदेखि कार्यान्वयन सूचक बनाएर रेजा लगाउने काम भए पनि नतिजा दिए। बजेट कार्यान्वयन प्रभावकारी भएन। 

हरेको वर्ष बजेटको अर्धवार्षिक समीक्षामार्फत् बजेटका लक्ष्य घटाउनु सामान्य भएको छ। बलियो सरकार र उसले बनाएका संरचनाले ६ महिनामै बजेटको लक्ष्य घटाउनुलाई अहिलेसम्म आफ्नो कमजोरीको रूपमा स्वीकारेको छैन। 

कस्तो ल्याउने नयाँ बजेट? 
अर्थमन्त्रीले एउटै कार्यकालमा दोहोर्‍याएर बजेट पढ्न पाउनु नै नौलो भइसकेको देशमा खतिवडा तेस्रोपटक बजेट ल्याउँदैछन्।

कार्यान्वयनका दृष्टिले यसअघिका उनका दुवै बजेट सफल भएनन्। बजेटमा राखिएका अधिकांश लक्ष्य पुरा भएनन्। आर्थिक वर्षको बीचमा बजेटका लक्ष्य घटाइए। अझ चालु वर्षमा त उनले बजेटको आकार घटाए पनि आर्थिक वृद्धिको लक्ष्य घटाएनन्। 

खतिवडाले ल्याएका दईवटा बजेटको चर्चा गरौं, जसमा उनले आफ्ना मान्यतालाई दुई ध्रुवमा हिँडाए। पहिलो बजेटमा आर्थिक अनुशासन कायम गर्न खोजिए पनि दोस्रोमा सबै कुरा उदांगियो। आफ्ना पूर्ववर्तीलाई आर्थिक अनुशासनहीनको आरोप लगाउँदै श्वेतपत्र सार्वजनिक गरेर यात्रा अघि बढाएका खतिवडाको दोस्रो बजेटले पहिलो बजेटको खिल्ली उडायो। 

गत वर्ष खतिवडा आफ्नो दोस्रो बजेटको तयारी गर्दै थिए। बजेट निर्माणमा संलग्न टोली लिएर ब्रिफिङका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न गए। साँझमा भएको भेटमा ओलीले खतिवडालाई भने, 'गएको वर्ष बजेट भाषण पढ्नुभयो, यो वर्ष बजेट भाषण गर्नुस्।'

Ncell 2
Ncell 2
nimb
nimb

पहिलो बजेट प्रस्तुत गर्दा उनले आफ्नो पढाइको रफ्तार यति तीव्र बनाए कि सत्तारुढ दलका सांसदले कहाँ टेबल बजाउने पनि भेउ पाएनन्। करिब ७० मिनेटमा भाषण सकेका उनले दोस्रो बजेट प्रस्तुत गर्दा फरक शैली अपनाए। हरेक कार्यक्रमका लागि विनियोजित रकम पढ्दिए, टेबल बज्न थालेपछि आफ्नो गति सुस्त बनाए। यतिबेला खतिवडा दबाबमा छन्, बजेट भाषण पढ्ने कि गर्ने?

अर्थात्, थला परेको अर्थतन्त्रलाई गति दिनेगरी लोकप्रिय कार्यक्रम समावेश गरेर बजेट प्रस्तुत गर्ने कि यथार्थ चित्रण गरेर बजेट प्रस्तुत गर्ने? अर्थतन्त्रलाई गति दिन खतिवडाले दोस्रो बाटो रोज्नुपर्ने धेरैको सुझाव छ। 'कार्यान्वयनमुखी, तत्काल प्रतिफल दिने कार्यक्रमलाई प्राथमिकता दिएर बजेट बनाउनुपर्ने नै अहिलेको आवश्यकता हो,' पूर्वअर्थमन्त्री डा रामशरण महत भन्छन्, 'रोजगारी सिर्जना, स्वरोजगारको प्रवर्द्धन र आर्थिक पुनरोत्थान नै अहिलेको आवश्यकता हो।' 

स्रोतको अवस्था के छ?
अहिले सबैको एउटै प्रश्न छ, स्रोत कति छ? स्रोत समितिले लकडाउन सुरु हुनुअघि नै बजेटको सिलिङ १६ खर्ब ३३ अर्ब रुपैयाँ तय गरेको थियो। लकडाउनका कारण अर्थतन्त्र शिथिल भयो, आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा खुम्चिने प्रक्षेपण सार्वजनिक गरियो तर बजेटको सिलिङ परिवर्तन भएन। 

बजेटको मुख्य स्रोत राजस्व परिचालन आउँदो वर्ष कमजोर हुने आँकलन अहिलेदेखि नै हुन थालेको छ। लकडाउन कहिलेसम्म लम्बिने र कोरोना भाइरसको प्रभाव कतिन्जेल रहने यकीन नहुँदा सरकारको ढुकुटीलाई कति प्रभाव पर्छ भन्ने ठम्याउन मुस्किल छ। 

नेपालमा सामान्यतया राजस्व वार्षिक २० प्रतिशतले बढ्ने गरेको छ। तर, खतिवडाले आफ्ना यसअघिका दुवै बजेटमा राजस्व वृद्धिदर ३० प्रतिशतको हाराहारीमा गर्न खोजे। जुन असफल भयो। लक्ष्यअनुसार राजस्व उठाउन नसक्दा खतिवडाको निकै आलोचना भयो। 

राजस्वबाहेक अर्को स्रोत भनेको वैदेशिक सहायता हो। सहायतामा अनुदानको पाटो यो वर्ष कमजोर हुने देखिएको छ। द्विपक्षीय ऋण पनि कमजोर हुने आँकलन अर्थ मन्त्रालयको छ। यद्यपि बहुपक्षीय निकायबाट ऋण रकम बढाउने र त्यसको परिचालन बढाउने अर्थ मन्त्रालयको स्रोत छ। 

नेपालमा वैदेशिक सहायता परिचालन पनि लक्ष्यको तुलनामा ६० प्रतिशतको हाराहारीमा मात्रै हुने गरेको छ। कुनै वर्ष ४५ प्रतिशतमात्रै सहायता परिचालन भएको तथ्यांक अर्थ मन्त्रालयसँग नै छ। अधिकांश कार्यक्रम पहिले नेपाल सरकारको स्रोतबाट खर्च गर्ने र पछि शोधभर्ना लिने खालका हुने भएकाले सरकारले आफ्नै स्रोत परिचालनमा जोड दिनुपर्छ। 

आउँदो वर्ष तलब भत्तासहितको अनिवार्य दायित्व व्यहोर्न पनि राजस्वले नपुग्ने अवस्था आउने बजेट निर्माणमा जानकार अधिकारीहरु बताँछन्। तर अर्थ मन्त्रालयले चालु वर्ष ९ खर्ब राजस्व उठ्ने र आउँदो वर्ष त्यसको २० प्रतिशतले राजस्व बढ्ने अनुमान गर्ने तयारी गरेको छ। जुन आगामी वर्ष पनि उठ्न गाह्रो छ। 

अर्को स्रोत आन्तरिक ऋण हो। सरकारले आगामी वर्ष २ खर्ब ७ अर्ब रुपैयाँको हाराहारीमा आन्तरिक ऋण लिनेगरी बजेटको तयारी गरेको छ। रेमिट्यान्स घटेका कारण बैंकहरुमा तरलता कम हुने र उपभोग नै प्रभावित हुने अवस्थामा सरकारले कूल गार्हस्थ्य उत्पादनको ५.५ प्रतिशतको हाराहारीमा आन्तरिक ऋण परिचालन गर्ने तयारी गरेको हो। 

प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  ०८:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
सुनको मूल्य बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार, असोज ४, २०८३
शतप्रतिशत हकप्रद ल्याउँदै थ्री स्टार हाइड्रोपावर, तीन वर्षको सभा एकैपटक थ्री स्टार हाइड्रोपावर लिमिटेडले तीन आर्थिक वर्षका वार्षिक साधारणसभा एकैपटक बोलाउँदै चुक्तापुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर... आइतबार, असोज ४, २०८३
भदौ महिना मात्रै बिजुली बेचेर ५ अर्बभन्दा बढी आम्दानी नेपाल विद्युत् प्राधिकरणकाअनुसार भदौ महिनामा ५६ करोड ५६ लाख ६ हजार ४४३ युनिट विद्युत् निर्यात गरेर ५ अर्ब ९ करोड २४ लाख ६१ हजार २८२... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू आइतबार, असोज ४, २०८३
रास्वपाको सचिवालय बैठक घण्टीघरमा जारी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
जनताका समस्या सुन्न मेची–महाकाली पैदल यात्रा गर्दै अमरेश आइतबार, असोज ४, २०८३
धनकुटामा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु, १० घाइते आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
देवानगञ्ज गोली काण्ड: दुई जना पक्राउ, प्रहरीले गोप्य राख्यो पहिचान शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्