• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

अहिले नै समाजवाद खोजेर कहाँ पाइन्छ? : वेदुराम भुसाल  [अन्तर्वार्ता]

‘जबजले नै माओवादीलाई शान्ति प्रक्रिया, कांग्रेसलाई गणतन्त्रको पक्षमा डोर्यायो’
64x64
वीरेन्द्र ओली आइतबार, जेठ ४, २०७७  २१:००
1140x725

काठमाडौं- मदन भण्डारीको प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)लाई तत्कालिन एमालेले मार्गदर्शक सिद्धान्तको रुपमा अंगाल्यो। एमाले माओवादी एकता भएपछि मार्गदर्शक सिद्धान्त माक्र्सवाद लेनिनवाद र कार्यक्रमको रुपमा जनताको जनवाद अंगाल्ने विधानमै उल्लेख छ। 

तर, नेकपामा जनताको जनवाद भन्ने भनिए पनि जबजकै आधारबस्तु समेटिएको एमाले समूहका नेताहरुले दाबी गर्दै आएका छन्। जननेता मदन भण्डारी जीवराज आश्रितको २७ औँ स्मृति दिवसको उपलक्ष्यमा जबजमै केन्द्रित भएर जबजमा विद्यावारिधि गरेका नेकपा स्थायी कमिटी सदस्य वेदुराम भुसालसँग नेपाल लाइभकर्मी वीरेन्द्र ओलीले गरेको कुराकानी - 

तपाईंले विद्यावारिधि गर्दा जनताको बहुदलीय जनवाद (जबज) नै शीर्षक रोजेर गर्ने अवस्था कसरी बन्यो? 
जबजको पक्ष र विपक्षमा जुन खालको माहोल थियो, त्यसले त्यही विषयमा जान्ने इच्छा जाग्यो। जबजको पक्षमा धेरै ठूलो माहोल थियो। विरोधी आवाज पार्टीभित्र र बाहिर उत्तिकै थिए। खासगरी अन्य वामपन्थी साथीहरुबाट आलोचना थियो। कतिपयले माक्र्सवाद विरोधी कुरा हो, संशोधनवादी लाइन हो भन्थे। यसरी पक्ष विपक्षमा हुँदा साच्चिकै के हो भन्ने भयो। भित्रैदेखि खोतलेर हेरौँ न भन्ने भयो। हुन त मलाई जबज राम्रो लागेर पहिलेदेखि पक्षमा लागेँ। 

२०४९ सालको एमालेको पाँचौ महाधिवेशनमा कपिलबस्तु जिल्लामा उपसचिव भएको थिएँ। सचिव हुने साथी राष्ट्रिय परिषदको सदस्य रहनु भएको कारणले सहभागी हुनु भयो। बाँकी अरु सबै प्रतिनिधि जबजकै पक्षमा उभिएर आएका थियौँ। तर, कतिपयले विरोध पनि गरेकाले के हो भन्ने भएपछि अन्तर्यमा छिर्न लागेँ। खासगरी २०५१ सालमा एमालेको सरकार बनेर जनताको पक्षमा जुन काम गरेको थियो। त्यसले जनतामा राम्रो प्रभाव पारेको थियो। त्यसको लगत्तै यहाँको अर्को कम्युुनिस्ट समूह (माओवादी)ले सशस्त्र संघर्ष सुरु गरेको थियो। कुन ठिक हो त ? जबजले भनेको शान्तिपूर्ण ढंगले अगाडि बढ्ने कुरा ठिक हो कि। सशस्त्र संघर्ष ठिक हो भन्ने प्रश्न उब्जिएको थियो। आफै पनि सशस्त्र संघर्ष भनेर हिँडेको थिएँ। अर्घखाँचीको बर्रे संघर्षमा लागेर लामो जेल जीवन पनि बिताएँ। हामीलाई त्यही नै छाप थियो त्यो बेला। 

२०४६ सालको जनअन्दोलनले जुन परिवर्तन ल्यायो त्यसले शान्तिपूर्ण बाटोबाट पनि सफलता प्राप्त गर्न सकिँदो रहेछ भन्ने पुष्टी ग¥यो। त्यही पृष्ठभूमिमा जबजको विकास भयो। त्यो दुई विचारमा द्वन्द्व थियो। त्यसमा कुन चाहिँ मक्र्सवादसम्बद्ध हो कुन चाहिँ होइन भन्ने छिनोफानो गर्न मन लाग्यो। जनताको बहुदलीय जनवादको ऐतिहासिक विकासक्रम शीर्षक दिएर खोज अनुसन्धान गरेर लागिपरेँ। जबज के आधारमा आयो भन्ने लामो खोज अनुसन्धान गरेँ।

जबजमा खोज अनुसन्धान गरेर भ्याउनु भयो। एमाले माओवादी एकता गरेर नेकपा बनेको छ। अब जबज र २१ औँ शताब्दीको जनवादको औचित्य सकियो भन्दै छन्, के औचित्य सकिएकै हो ?  
त्यो विचार खोज्नु पर्ने अवस्था आएको हो कि होइन भन्ने भन्दा पनि जबजमा के छ? अहिले तत्कालीन एमाले र माओबादीबीच एकता गर्दा बनाइएको दस्तावेजलाई तुलना गर्नु पर्ने हुन्छ। यो छोटो समयमा भन्न सकिँदैन। संक्षिप्तमा भन्दा अहिले हामीले जुन दस्तावेज तयार पारेका छौँ, त्यसमा जनताको बहुदलीय जनवाद अन्तरबस्तु निहित छन्। त्यहाँ समाविष्ट छन्।

जबजमा चार वटा आयाम छन्। यसको दार्शनिक सैद्धान्तिक आयाम छ। राजनीतिक, आर्थिक र सामाजिक आयाम छन्। चार वटै आयामलाई नेकपाको दस्तावेजमा समेटिएको छ। एकता गर्दा तयार गरेको अन्तरिम विधान छ। त्यहाँ जनताको बहुदलीय जनवाद रुपमा छैन, सारमा त्यही विषयबस्तु राखिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

माओवादी समूहकै नेताहरुले २१ औँ शताब्दीको जनवाद रोल्पामै विकास गरेर फर्किएर हेरेनन्, एमाले समूहका नेताहरुले ५० को दशकमा जबजको विकास गरे त्यसलाई फर्केर हेरेनन्, जबज र २१ औँ शताब्दीको जनवादको विषयमा बहस छलफल गर्ने कार्यान्वयन गर्नेतिर ध्यान दिएनन् अब दुबैको औचित्य सकियो नयाँ सिराबाट बहस गर्नु पर्छ भन्दै छन् नि?
यो प्रश्नले इतिहासतिर जानु पर्ने माग गर्छ। त्यो २१ औँ शताब्दीको जनवाद के थियो ? जनताको बहुदलीय जनवाद के थियो भन्ने कुरालाई तुलना गरेर हेर्नु पर्ने हुन्छ। अघि नै भनिसकेँ जबज चार वटा अन्तरबस्तु समेटिएको सिद्धान्त हो। २१ औँ शताब्दीको जनवाद भनेको राजनीतिक प्रस्ताव मात्रै हो। तत्कालीन माओवादीको केन्द्रीय कमिटीले पास गरेको राजनीतिक प्रस्ताव मात्रै हो। अरु बैचारिक, राजनीतिक दार्शनिक पक्ष समेटिएको छैनन्। 

जनवादी केन्द्रियता हामीले क्रान्तिपूर्व प्रयोग गर्छौं। क्रान्ति सम्पन्न भइसकेपछि त्यसको प्रयोग देखिँदैन। जनवाद हराएको जनवादी केन्द्रियता हावी भएको देखिन्छ। यसको सन्तुलन गर्नका निम्ति जनवादसहितको केन्द्रियता चाहिन्छ। त्यहाँ बहुदलियता चाहिन्छ भन्ने छ। बहुदलियता कस्तो भन्ने विचार मिल्नेहरुसँग भन्ने आशयको छ। त्यसमा राजनीतिक विषय बाहेक अरु केही छैन। 

जबजमा दार्शनिक पक्षमा किन बहुदली सहितको व्यवस्था अबलम्बन गर्नुपर्छ भन्ने दार्शनिक तर्क छन्। राजनीतिक हिसाबले जनतालाई अधिकार दिन किन जरुरी छ ? सत्ता सञ्चालनका निम्ति जनताबाट किन म्यानडेट लिनु पर्छ ? यसको विश्लेषण गरिएको छ। यस्तै आर्थिक पक्षमा कस्तो आर्थिक समाज बनाउने हो ? कस्तो अर्थतन्त्र अबलम्बन गर्ने हो ? भन्ने कुरा छ। सामाजिक संरचना कस्तो बनाउने भन्ने छ। जबजमा बहुलवादी खुला समाज भनेको छ। २१ औँ शताब्दीको जनवादमा खुला समाज भन्ने छैन। बहुलवादी भन्ने त छँदै छैन। अहिले एकता गर्दा बहुलवादी शब्द नराखौँ भनेर बहुलतायुक्त समाज, खुला समाज भनिएको छ।

जबजमा समग्र दार्शनिक पक्ष समेटिएको छ भने २१ औँ शताब्दीको जनवादमा एउटा राजनीतिक कार्यक्रम मात्रै समेटिएको छ भन्न खोज्नु भएको हो? 
त्यो २१ औँ शताब्दीको जनवाद कार्यक्रमको रुपमा होइन एउटा राजनीतिक प्रस्ताव मात्रै छ। जबजमा दार्शनिक, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक पक्ष छन्। चार वटा आयाम छन्। २१ औँ शताब्दीको जनवादमा राजनीतिक आयम मात्रै हो। राजनीतिक पक्ष मात्रै हो। राजनीतिक पक्ष कस्तो हुनु पर्छ भन्दा बहुदलियतासहित हुनुपर्छ भन्ने छ। त्यो खुला प्रतिष्प्रधा हो कि होइन, विचार नमिल्नेसँग प्रतिष्प्रधा हो कि होइन भन्दा पनि कम्युनिस्ट कम्युनिस्टबीचको प्रतिस्पर्धा भन्ने खालको आहय छ। जबजमा खुला प्रतिस्पर्धा गर्ने हो। खुला प्रतिस्पर्धाबाट जनताको विश्वास जितेर शासन गर्नुपर्छ भन्ने हो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कम्युनिस्ट पार्टीले जनताको विश्वास नलिइ शासन गर्ने प्रणाली ठिक होइन भन्ने छ। बहुदलीय प्रणाली अबलम्बन गर्ने दुबैमा छ। शान्तिपूर्ण संघर्षको बाटोबाट समाजवादमा पुग्न सकिन्छ भन्ने २१ औँ शताब्दीको जनवादमा छैन। हामीले अबलम्बन गरेको नेकपाको राजनीतिक दस्तावेजमा छ। त्यसमा शान्तिपूर्ण बाटोबाट नै समाजवादमा पुग्न सक्छौँ भन्ने स्पष्ट लेखेका छौँ। हामीले अबलम्बन गर्ने समाजवाद लोकतान्त्रिक मूल्य मान्यतासहितको हुने छ भन्ने लेखेका छौँ। जसको पृष्ठभूमी जबजको हो। त्यो २१ औँ शताब्दीको जनवादमा त्यो कुरा छैन। सशस्त्र संघर्षबाट सत्ता लिने त्यो लिएपछि जनवाद चाहिन्छ भन्ने त्यसको अवधारणा थियो। 

तत्कालिन एमालेको २०४९ सालको पाँचौ महाधिवेशनमा सीपी मैनालीले परिमार्जित नौलो जनवाद, रघुजी पन्तले सामाजिक जनवाद लगायत अरु नेताले पनि यस्तै प्रस्ताव गर्नु भएको थियो। मदन भण्डारीको जबज नै पार्टीले कार्यक्रमको रुपमा अंगाल्ने अवस्था कसरी आयो ? 
त्यतिबेला राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिले प्रभाव पारेको थियो। खासगरी सोभियत संघको विघटनपछि सन् १९९० तिर कम्युनिस्ट आन्दोलनमा विभिन्न खालका समस्याहरु देखा परे। त्यो वेला खासगरी तीन वटा वैचारिक धार स्पष्ट देखा परेका थिए। एउटा विर्सजनवादी धार जसमा अब कम्युनिस्ट पार्टी भनेर अघि बढ्न सकिँदैन भन्ने खालको विचार हो। त्यो खालको विचारले कम्युनिस्ट पार्टीको झण्डा बिसाउनु पर्छ भन्ने थियो। युरोपका धेरैजसो देश त्यो बाटो हिँडे।

अर्को धार सोभियत संघ संशोधनवादी धारमा हिँडेर यस्तो भएको हो। पुरानो स्टालिन माओको लाइनबाट जानुपर्छ भन्ने खालको धार पनि रह्यो। अर्को हिजोका ती दुबै धारबाट होइन तेस्रो धारको रुपमा माक्र्सवादको सृजनात्मक प्रयोग गरेर जानु पर्छ भन्ने थियो। तीन वटै धार अरु कम्युनिष्ट पार्टीमा मात्रै होइन एमालेभित्रै थियो।

रघुजी पन्तले ल्याउनु भएको सामाजिक जनवादको धार अब कम्युनिस्ट पार्टी भनेर जान सकिँदैन भन्ने नै थियो। पन्तले बोलेकोमा पनि त्यहाँ अरु नेताहरुले समेत साथ दिएका थिए। सीपी मैनालीले नयाँ जनवादमा परिर्माजन गर्ने भन्ने थियो। उहाँको कुन हो भन्ने प्रष्ट थिएन। धेरै विषय जबजसँग मिल्थे। तर, उहाँले अलग दस्तावेज लिएर आउनु भयो। खास माओको विचारसँग मिल्ने नयाँ जनवादी कार्यक्रम मोहनचन्द्र अधिकारीले प्रस्तुत गर्नु भएको थियो। त्यहाँ मुख्य चार विचार प्रस्तुत भएका थिए।

त्यो बेलाको अन्तर्राष्ट्रिय परिस्थिति र राष्ट्रिय परिस्थिति थियो। त्यसका आधारमा नै छलफल गरेका थियौँ। बदलिएको परिस्थितिमा कसरी जान सक्छौँ, विसर्जनको बाटो समाउने हो कि जडसुत्रको बाटो समाउने हो। माक्र्सवादको सृजनात्मक प्रयोग गरेर जाने भन्ने भयो। 

खासगरी नेपाल कम्युनिस्ट आन्दोलनले लोकतान्त्रिक मूल्य मान्यता अबलम्बन गरेर आएको छ। जबजमा भएका धेरै कुराहरु २००८ सालमा आयोजना गरेको नेकपाको पहिलो सम्मेलनबाट पारित गरिएको ‘नयाँ जनवादका निम्ति नेपाली जनताको बाटो’ त्यही दस्तावेजमा छ। हाम्रो ऐतिहासिक पृष्ठभूमी यो हो। नेपाल कम्युनिस्ट आन्दोलन अघि बढ्दै जाँदा कहिले सशस्त्र संघर्ष कहिले शान्तिपूर्ण संघर्ष भनेका छौँ। सशस्त्र संघर्ष भन्दा शान्तिपूर्ण संघर्ष प्रभावकारी देखिएको छ। त्यो ३६ सालको विद्यार्थी आन्दोलन हेर्न सक्छौँ। ४६ सालको जनआन्दोलनलाई हेर्न सक्छौँ। अरु बेला भएका शान्तिपूर्ण संघर्षलाई हेर्न सक्छौँ। 

सशस्त्र संघर्ष गर्ने बेला चर्को दमन सहनु परेको छ। त्यसले ठूलो क्षति गरेको छ। शसस्त्र संघर्ष भन्दा शान्तिपूूर्ण संघर्षको बेला उपलब्धीहरु बढी भएका छन्। त्यसो हुँदा शान्तिपूर्ण बाटोबाट अगाडि बढाउने भन्ने हो। क्रान्तिपछि व्यवस्था स्थापना गर्छौं। लोकतान्त्रिक मूल्य मान्यता सहितको हुनेगरी जाने भन्ने कुरा बहस भएको थियो। त्यो बहस एकै पटक ४९ सालमा भएको होइन। तत्कालिन मालेमा ३६ सालको आन्दोलनदेखि नै बहस आएको थियो। 

तपाईंहरुले शान्तिपूर्ण संघर्षबाट अघि बढ्ने भन्दा घरेलु अरु कम्युनिस्ट पार्टी तगारो बने होला हैँ?
एकदमै बन्यो नै। पार्टीभित्रै चर्को अन्तरविरोध थियो। पार्टीभन्दा बाहिर मलाई अहिले पनि सम्झना छ। त्यतिबेला प्रचण्डले के भन्नु भएको थियो भने, ‘एमाले अब फोहोरको डंगुर बनिसक्यो। आगो जलाएर टुक्राटुक्रा पार्नु बाहेक अरु कुनै विकल्प छैन। अब खरानी पार्नु पर्छ। शान्तिपूर्ण रुपमा अगाडि बढ्छु भन्नु माक्र्सवादलाई त्याग्नु हो। वर्ग संघर्षलाई छोडेको हो।’  

यद्यपि वर्ग संर्घषका विभिन्न रुप हुन्छन् भन्ने माक्र्स र एङगेल्सले लेखेको घोषणापत्रमा स्पष्ट रुपमा लेखिएको छ। आजसम्मको लिखित इतिहास वर्ग संघर्षको इतिहास हो। वर्ग संर्घष सधैं चलेको छ। कहिले कुन रुपमा चलेको छ कहिले कुन रुपमा चलेको छ भनेर त्यहाँ लेखिएको छ। माक्र्सवादको मूल दस्तावेजमा वर्ग संघर्षको विभिन्न रुप हुन्छन् भन्ने लेखिएको छ। त्यसलाई माक्र्स र एंगेल्सले धेरै ब्याख्या गरेका छन्। वर्ग संघर्ष कस्ता कस्ता हुन्छन् ? त्यसलाई टक्कै छोडेर आएका थिएनौँ।  

पार्टीमा जबज हुँदैन भन्नेहरुको स्वर मधुरो कसरी हुँदै गयो ? त्यसमा राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिले समेत भूमिका खेल्यो कि? 
बहुदलियता साथको जनवादमा जानु पर्छ भनेर २०४६ सालमै मालेले पास गरेको थियो। २०४६ सालमा गरिएको चौथो महाधिवेशनमा हामी बहुदलियता सहितको जनवादी व्यवस्थातर्फ जानुपर्छ भनिएको थियो। त्यहाँबाट बहस गर्दागर्दै पार्टीमा जबजको ठूलो माहोल बनेको थियो। पार्टी एकता गर्दा पूर्व माक्र्सवादी समूह शान्तिपूर्ण बाटो जानु पर्छ भन्ने थियो। मनमोहन अधिकारी सुरुदेखि नै शान्तिपूर्ण बाटोमा जानुपर्छ भन्ने नेता हुनुहुन्थ्यो। 

नेपालको कम्युनिस्ट आन्दोलनमा सबैभन्दा पहिलो विवाद २००९ सालमा सुरु भएको हो। त्यो विवाद भनेको पुष्पलाल सशस्त्र संघर्षको बाटोबाट हिँड्नु पर्छ भन्ने, मनमोहन अधिकारीले शान्तिपूर्ण बाटोबाट हिँड्नु पर्छ भन्नेबाट विवाद भएको थियो। त्यतिबेला मनमोहन शान्तिपूर्ण बाटोबाट जानु पर्छ भन्ने विचार राख्नु हुन्थ्यो। उहाँ कहिल्यै सशस्त्र संघर्षको बाटोमा जानु भएन। उहाँ कहिल्यै निर्वासित वा भूमिगत हुनु भएन। उहाँसमेत आएर बनेको एमाले थियो। शान्तिपूर्णबाटो जानु पर्छ भन्नेहरुको संख्या बलियो थियो। 

नेतामा हुने कुराले नेता कार्यकर्तालाई प्रभाव पार्ने हुने नै भयो। त्यसमाथि मदन भण्डारीको वक्तृत्वकला, तर्क शक्ति, विचार निर्माण गर्ने क्षमताले पनि भूमिका खेलेको थियो। त्यतिबेलाको पाँचौ महाधिवेहनमा मत कति फरक परेको थियो भन्ने बिर्सें। करिब सात सय प्रतिनिधि थियौँ। करिब ६ सयको हाराहारीमा जबजले मत पाएको थियो। सीपी मैनालीले एक सय एक मत पाउनु भयो। मोहनचन्द्रले ५० मत जति पाउनु भएको थियो। अरु सबै मत जबजले पाएको थियो। रघुले आफै मत हाल्नु भएन।

खासगरी मदन भण्डारीको जब हत्या गरियो। पार्टीमा ठूलो संकट आइलागेको थियो। हत्या हुनुभन्दा अघि भण्डारीको अन्तर्वार्ता न्यूज विक्समा छापिएको थियो। जसमा कार्ल माक्र्स लिभ्स नेपाल भन्ने शीर्षक दिएर छाप्यो। त्यो अन्तर्वार्ता भण्डारीको विपक्षमा छापिएको थियो भन्ने लाग्छ। उनलाई सिध्याउनु पर्छ भन्नेगरी प्रचार गरिएको हो। रुपचन्द्र विष्टले मदन भण्डारीको हत्या भएपछि वक्तव्य निकालेका थिए। विष्टले ‘मदन भण्डारी त्यस्तो मान्छे निस्कियो। जसलाई नसिध्याइ नहुने बाह्य शक्तिहरुले अनुभव गरे। कतिबेला सिध्याउनु झाँगिएपछि सिध्याउने कि विरुवा रहँदै सिध्याउने कि पालुवा हुँदा सिध्याउने भन्ने भयो। झाँगिएपछि सिध्याउन गाह्रो हुन्छ। अहिले नै सिध्याउनु पर्छ भनेर सिध्याइएको हो’ भनेका थिए। 

कांग्रेस सत्तामा थियो, बलियो थियो। त्यो बेला गिरिजाप्रसाद कोइराला कांग्रेस सभापति थिए। गिरिजाले माले, मण्डले मसाले एउटै खाल्डोमा हाल्छु भन्नु हुन्थ्यो। हामी शान्तिपूर्ण राजनीतिक कार्यदिशामा जाने भन्दा कांग्रेस खुसी थिएन। उनीहरु शान्तिपूर्ण राजनीतिमा नआए हुन्थ्यो भन्ने थियो। कम्यूनिस्टहरु आतंककारी हुन भन्ने आरोपमा सिध्याउन पाए हुन्थ्यो भन्ने थियो। 

२०५१ सालको चुनावमा एमाले ठूलो पार्टी बन्यो। सरकार बनायो। सरकारले जनताको पक्षमा काम ग¥यो। त्यसपछि जबजले कमाल ग¥यो भन्ने भयो। त्यसपछि जबजका विपक्षिका स्वरहरु मधुरो भयो। ०५४ सालमा महाकाली सन्धीलाई निहुँ बनाएर विवाद गरियो। त्यसको अन्तरबस्तुमा कुनै विवाद छैन। पार्टी फुटाउने साथीहरुसँग धेरै पटक बहस भयो। पार्टी फुट्दा पनि एमाले कमजोर भएन। ०५६ सालको चुनावमा एमाले ५१ सालकै चुनावको हाराहारीमा भयो। जब २०६२÷०६३ सालको जनआन्दोलनमा गणतन्त्रको पक्षमा जाने नजाने भन्ने विषयमा बहस भएको थियो। पार्टीमा गणतन्त्रलाई कार्यनीति बनाएर जानु पर्छ, शान्तिपूर्ण संघर्षबाटै गणतन्त्रमा जान सकिने आधार तयार भयो भन्ने हिसाबले विश्लेषण गरियो। केही नेताहरुले फरक मत पनि लेख्नु भयो। जब पार्टीले गणतन्त्रलाई कार्यनीति बनाउने भनेर अघि बढियो। 

तत्कालिन एमालेले ५० को दशकमा शान्तिपूर्ण प्रतिस्पर्धाबाट संघर्ष गर्ने भनेपछि कांग्रेस लगायत प्रजातान्त्रिक शक्तिहरुको अवस्था र प्रतिक्रिया के थियो? 
कांग्रेस सत्तामा थियो, बलियो थियो। त्यो बेला गिरिजाप्रसाद कोइराला कांग्रेस सभापति थिए। गिरिजाले माले, मण्डले मसाले एउटै खाल्डोमा हाल्छु भन्नु हुन्थ्यो। हामी शान्तिपूर्ण राजनीतिक कार्यदिशामा जाने भन्दा कांग्रेस खुसी थिएन। उनीहरु शान्तिपूर्ण राजनीतिमा नआए हुन्थ्यो भन्ने थियो। कम्यूनिस्टहरु आतंककारी हुन भन्ने आरोपमा सिध्याउन पाए हुन्थ्यो भन्ने थियो। 

त्यो बेला मदन भण्डारीको चुनौती के थियो भने राजतन्त्र लगायत सबैलाई शान्तिपूर्ण चुनाव मार्फत आउनुस् भन्नुहुन्थ्यो। त्यो खालको मदन भण्डारीको चुनौतीले जनतामा निक्कै ठूलो प्रभाव थियो। कांग्रेसलाई यो एउटा प्रतिस्पर्धी भयो भन्ने बुझाइ थियो। ०४६ सालदेखि नै बलियो प्रतिस्पर्धी बनेर आयो। त्यसले गर्दा कसरी कमजोर बनाउने भन्नेमै केन्द्रित थियो।

तत्कालिन एमालेले ०४९ सालमा जबजलाई कार्यक्रमको रुपमा अंगाल्यो, यति ढिलोगरी ०६५ सालमा जबजलाई मार्गदर्शक सिद्धान्त बनाउनु पर्ने अवस्था आयो ? 
विचार कसरी सिद्धान्तमा परिणत हुन्छ भन्ने दार्शनिक ब्याख्या छ। विचारहरु पहिले परिकल्पनाको रुपमा आउँछ। विचार व्यवहारमा गएपछि व्यावहारिक रुपमा हेरिन्छ। त्यो विचारले कति काम ग¥यो भनेर हेरिन्छ। व्यवहारमा गएर सहि सावित भयो भने सिद्धान्तको रुपमा स्थापित गरिन्छ। ०४९ सालमा कार्यक्रमको रुपमा लागु गरियो। ०५४ सालमा निर्देशक विचार भनेका थियौँ। सातौँ महाधिवेशनमा पनि त्यही जारी भयो। आठौँ महाधिवेसन ०६५ सालमा आएपछि मार्गदर्शक सिद्धान्तको रुपमा अंगालियो। 

२०६२/०६३ सालको शान्तिपूर्ण जनआन्दोलनको विषयमा बहस गरेका थियौँ। त्यो आन्दोलनलाई शान्तिपूर्ण जनक्रान्ति भनेर निष्कर्षमा पुगेका थियौँ। शान्तिपूर्ण वैचारिक नेतृत्व जबजले ग¥यो भन्ने भयो। यसले दुईवटै शक्तिलाई तान्ने काम ग¥यो। गणतन्त्रमा जानै नचाहने कांग्रेसलाई राजाको विपक्षमा उभ्याउने काम ग¥यो। राजाले जतताको अधिकार पटक पटक खोसेर लिने काम गरेकाले कांग्रेस मनाइयो। त्यसपछि कांग्रेसलाई गणतन्त्रमा तान्ने काम गरियो। कांगे्रस र राजाको पक्षमा मोर्चाबन्दी बन्न सक्ने अवस्था भयो। कांग्रेसलाई राजाबाट तानेर जनताको पक्षमा ल्याउने काम शान्तिपूर्ण संघर्षबाट जाने विचारले नै ग¥यो। अर्को सशस्त्र संघर्षबाट अगाडि बढेको माओवादीलाई शान्तिपूर्ण संघर्षमा ल्याउने अवस्था बन्यो। 

जबजका कारण तपाईंले तत्कालिन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन र कांग्रेसलाई गणतन्त्रमा ल्याउन भूमिका खेलेको भन्न खोज्नु भएको हो? तपाईंकै पार्टीभित्र अझै भनौ प्रधानमन्त्री केपी ओलीले गणतन्त्रमा जानु भनेको बयलगाड चढेर अमेरिका जानु जस्तो हो भनेका थिए नि? 
हामीले गणतन्त्रको बहस गरेका थियौँ। कतिपयले फरक मत नै लेख्नु भएको थियो। तत्कालीन समयमा अन्तरपार्टी निर्देशनमा ककसले फरक मत लेखे भन्ने उल्लेख नै थियो। कतिपय नेताहरु मौन थिए। त्यसमध्ये चार नेताले फरक मत नै लेखेका थिए। कतिपय नेताले बयलगाढा चढेर अमेरिका जाने जस्तो भनेका थिए। मूल नेतृत्व माधव नेपालसँग थियो। केन्द्रिय कमिटीको बहुमतले पारित गरेको थियो। चार जनाले मात्र फरक मत राख्नु भएको थियो। मौन बस्नु भएको कुरा गर्ने कुरा भएन। केन्द्रिय कमिटीले पास ग¥यो, तल्लो पंक्ती आन्दोलनमा आयो। तल्लो तहमा कुनै विवाद थिएन। यही कारण कांग्रेस गणतन्त्रमा आयो र माओवादी पनि शान्तिपूर्ण आन्दोलनमा आयो। यो जबजकै सिद्धान्तका कारण थियो। 

कतिपय नेताहरुले जबज धार्मिक पुस्तक जस्तै मात्र भयो, यसका सिद्धान्तहरु व्यवहारिक भएनन् भन्ने आलोचना गर्दै आएका छन् नि? 
त्यो नबुझेर हो। यो धार्मिक पुस्तक जस्तो थियो भने २०४९ सालमा जे थियो त्यही मात्र हुन्थ्यो होला नि। ०५१ सालमा सरकारले गरेका काम जनतामा केन्द्रित नै थिए त। यही सिद्धान्तमा आधारित पार्टीले आफ्नो गाउँ आफै बनाऔँ भनेर अभियान सुरु गरेको र अहिले स्थानीय तहसँग भएका विकास त्यही आधारमा हुन्। 

०५१ साल भन्दा पहिले स्थानीय तहमा १२ कक्षा थिएन। अहिले वडामा १२ कक्षाभन्दा कमका विद्यालय छैनन्। त्यो आधार भनेको ०५१ सालको आधार हो। यो कसैले काट्न सकेन। सुरुमा बजेट छुट्टाउन ठूलो विरोध गरेको कांग्रेसले मनोमन अधिकारीको सरकार ढालेर बनाएको सरकारले त्यही शीर्षकका बजेट त काट्न सकेन। किनकी तल्लो तहमा उसकै प्रतिनिधिहरु धेरै थिए। विरोध हुने भएपछि उसले स्थानीय विकास खर्चलाई निन्तरता दियो। 

अहिले सरकारले ल्याएको नीतिमा यो कुरा समेटिएको छ। अबको अर्को चुनौती भनेको रोजगारी हो। नीति तथा कार्यक्रममा रोजगारी स्थानीयस्तरमै सिर्जना गर्ने भनिएको छ। यसले पनि समाजवादको एक आधार खडा गर्न सक्ने छ। मैले पनि केही देखेको छु भने गाउँमा कृषि, वन पैदावार र पशु हो।

गाउँ तहबाट विकास सुरु गर्ने नै जबज हो। अहिलेको असन्तुष्टि के हो भने यो त पुरानै हो नि नयाँ केही आएन भन्ने हो। त्यो त आधारशिला थियो। द्वन्द्वलाई समाधान गर्ने बाटोमा हामी आएका छौँ। पछिल्लो समयमा काम भएनन् भन्ने असन्तुष्टी छ। तर मेरो विचारमा जवजका आधार र सिद्धान्तमा धेरै काम भएको  छ। सिद्धान्तका आधारमा सरकारले गर्ने काम नै हो त्यो भइरहेको छ। यसरी मूल्यांकन गरेमात्र देखिन्छ। नत्र त सिद्धान्त छुट्टै्र लगेर बाँड्ने त होइन नि।

एमालेको जबज र माओवादीको सिद्धान्त मिलेर नयाँ पार्टी बनेको छ। अब पुरानो नभइ नयाँ सिद्धान्तका आधारमा अगाडि बढ्नुपर्ने भनिएको सुनिन्छ। नयाँ विचारको खोजी गर्नुपर्ने अवस्थामा पुगेको हो? 
कसैले नयाँ विचार ल्याएमा र त्यो सही लागेमा समर्थन गरौँला। विचार स्थिर होइनन्। कुराले मात्र केही हुँदैन। के हो त नयाँ विचार। यसका आधार दिनु पर्यो। जनताको जनवाद भनेर तत्कालिन कार्यकाल र समाजवाद उन्मुख भनिएको छ। शान्तिपूर्ण बाटोबाट समाजवादमा जाने भनिएको छ। यो भनेको जबज नै हो। यसलाई पछि महाधिवेशनमा ब्याख्या गर्ने भनिएको छ। समाजवाद भन्दा फरक र शान्तिका रुपमा जाने भन्दा फरक काटो के आउने हो? त्यसमा भन्नु पर्दछ। पँुजिवादी क्रान्तिपछि समाजवादबाट जाने कुरा शान्तिपूर्ण बाटोबाट जाने भन्ने माओको भनाइ हो। रुसमा फरक थियो। नेपाली अनुभव चिनियाँ र रुसी जस्तो थिएन। यो जनताको वहुदलीय जनवाद हो। पुष्पलाल श्रेष्ठले पनि यही भनेका थिए। हाम्रो आफ्नै विशिष्ठ अवस्था छ। 

नेकपाको अबको मार्गदर्शक सिद्धान्त के हो त? जबज नै हो वा नयाँ हुने छ? 
नेकपाको मार्गदर्शक सिद्धान्त माक्र्सवाद लेलिनवाद नै हो। अब कार्यक्रम मात्र बनाउने हो। मार्गदर्शक सिद्धान्तमा बहस छैन। अबको बहस समाजवादको आधारमा के हुने छ भन्नेमा हुने छ। के गर्दा र कति काम गर्दा समाजवादको आधार तयार भएको मानिने छ भन्नेमा अबको बहस केन्द्रित हुनुपर्छ। 

समाजवादको आधार तयार गर्ने दिशामा काम र छलफल भइरहेको छ त? 
आधार तयार भएको छैन र यो तयार गर्ने कुरा भएको छ। यसका लागि अहिले कति काम भयो र अब के काम गर्न पर्छ भन्ने महाधिवेशनमा बहस हुन्छ। दोस्रो बहस चाहिँ नेपाली विशिष्टताको समाजवाद निर्माण गर्ने भनेका छौँ। यो जनताको बहुदलीय जनवादमा पनि भनिएको छ। समाजवाद भन्दा अर्को विकल्प मैले देखेको छैन। आधार तयार गर्न अहिले गरेकाले कति योगदान गर्ने र अक के थप गर्ने कहस अब गर्नपर्छ। हामीले ल्याउने समाजवाद राजनीतिक, आर्थिक, सामाजिक साँस्कृतिक विशेषतामा केन्द्रित हुन्छ।

सरकारका काम र पार्टीको गतिविधि हेर्दा समाजवादको आधारतिर गएको त देखिँदैन त? 
मलाई त्यस्तो लाग्दैन। भर्खर ल्याएको नीति तथा कार्यक्रममा पनि मसिनो गरि हेर्ने हो भने समाजवाद तर्फका धेरै आधारहरु देखिन्छन्। शिक्षा र स्वास्थ्यमा सरकारले धेरै प्राथमिकता दिएको छ। शिक्षा र स्वास्थ्य नागरिक तहमा पु¥याउनु समाजवादकै आधार निर्माण हो। यी काम गरेर समाजवाद भनेको सबैलाई समान स्तर दिने हो नि। 

अहिले रोग र ज्ञानमा पनि वर्गीकरण भयो। हुनेले महङ्गो र स्तरीय अस्पताल र विद्यालयमा सेवा सुविधा पाउने अवस्था भइरहेको छ कसरी भन्न सकिन्छ त समाजवादको आधार तयार हुँदै छ? 
अहिले त हामी गएकै छैनौ नि। भर्खर जानेमात्र कुरा भएको हो। अहिले नै समाजवादी खोजेर कहाँ पाइन्छ ? नीति तथा कार्यक्रममा जति आएका छन् त्यती काम गर्न सकिँदैन भन्ने मलाई लाग्छ। एक वर्षमा यो गर्ने हो भने धेरै हुन्छ। प्रत्येक पालिकामा ५० वेडको अस्पताल भनेको छ। यो भयो भने त धेरै मानिसले सहज रुपमा उपचार पाउँछन् नि। रोजगारी र कृषिका क्षेत्रमा पनि अब लगानी गर्न पर्छ। अहिले अब रोगबाट भन्दा भोकबाट धेरै मानिसले ज्यान गुमाउने देखिन्छ। अहिले लागेको रोग मानिसले पचाउला तर भोकलाई कसरी पचाउने भन्ने अबको मुख्य प्रश्न हुने निश्चित छ। जुन खालको आर्थिक संकट देखा पर्दै छ त्यो ठूलो हुने छ। अब मान्छेलाई रोजगारी नदिएर हुन्छ यसको सिर्जना कसरी गर्ने भन्ने चुनौती छ। उनीहरुलाई कसरी बचाउने अबको चुनौती छ। सरकारले राहत दिएर त पाल्न सक्दैन। 

सरकारको कछुवा गतिले त यसको संकेत देखिँदैन त? 
अहिलेकाहिँ समस्याले समाधान ल्याउँछ। अब रोजगारी नदिएर हुन्छ? जे गरेर भए पनि रोजगारी दिन पर्यो नि। स्वास्थ्यमा हामीलाई चेतना दिएको छ नि। महामारी आउने रहेछ र त्यसको तयारी गर्नुपर्ने रहेछ भन्ने त देखियो नि। 

अहिले सरकारले ल्याएको नीतिमा यो कुरा समेटिएको छ। अबको अर्को चुनौती भनेको रोजगारी हो। नीति तथा कार्यक्रममा रोजगारी स्थानीयस्तरमै सिर्जना गर्ने भनिएको छ। यसले पनि समाजवादको एक आधार खडा गर्न सक्ने छ। मैले पनि केही देखेको छु भने गाउँमा कृषि, वन पैदावार र पशु हो। पहाडमा पनि यो गर्न सकिन्छ। तराईमा सिचाइँ क्रान्ति गर्न सकियो भने आमी आयत हैन निर्यात गर्नमा जान सक्छौँ। 

पार्टीको अबको सिद्धान्त जबज भनेर बोल्दा किन तरंग सिर्जना हुन्छ ? कहिले काहिँ नेताहरुमा बीचमा पनि विवाद हुन्छ, यसले पार्टी विभाजन त हुने होइन? 
यसरी बोल्ने कुरा गलत हो। पार्टीको मूल लाइनभन्दा विपरित बोल्न हुँदैन। अहिलेको बहुदलीय जनवाद हो। जुनसुकै जिम्मेवारीको नेता भए पनि गलत हो। अब पछाडि हैन अगाडि बढ्नु पर्छ। जनताको जनवादको राजनीतिक पक्ष त कार्यान्वयन भइसकेको छ। जबजले अंगालेको आर्थिक पक्ष विस्तारै कार्यान्वयनमा आउँछ। मैले गरेको अध्ययनमा अहिलेको संसदीय अभ्यासमा त्यसैको अभ्यास भइरहेको पाइन्छ। अब एमाले वा अन्य भनेर झुण्ड बनाएर जानपर्ने अवस्था छैन। सधै अगाडि बढ्ने हो पछाडि हट्ने होइन। 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७  २१:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्