• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

प्रधानमन्त्री रोजगार कार्यक्रम : अर्बौं लगानी बढाइँदै, छैन उपलब्धिमूलक हुने छाँट

64x64
निर्मला घिमिरे मंगलबार, वैशाख ३०, २०७७  १५:५०
1140x725

काठमाडौं– प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा भएको १४ महिना बितिसकेको छ। आन्तरिक रोजगारी सिर्जनाका लागि २०७५ फागुन १ गते घोषणा भएको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सुरुवाती वर्षदेखि नै खर्च बढी, उपलब्धि कम हुँदै आएको छ।

आर्थिक वर्ष २०७५/७६ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्नका लागि सरकारले ३ अर्ब बजेट छुट्याएको थियो। सो बजेट मध्ये श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७५३ वटै स्थानीय तहमार्फत बेरोजगार युवाहरुलाई ३० दिने रोजगारी दिन दुई अर्ब ३६ करोड ८० लाख रुपैयाँ निकासा गरेको थियो। सो रकम १ लाख ७५ हजार युवाहरुलाई १३ दिनको रोजगारी दिएर सकिएको थियो। तर, सरकारी ढुकुटीको अर्बौँ रुपैयाँ खर्चिएर पनि त्यसले कुनै दीर्घकालीन उपलब्धि हाँसिल भने गर्न सकेन।

देशभित्र आन्तरिक रोजगारी प्रवर्द्धन गर्न र ५ वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्नका लागि सुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम वेपरवाह खर्चको माध्यम बन्दै गयो। झार उखेल्ने, बाँदर धपाउने, फूल गोड्ने, गाईबस्तु धपाउने जस्ता अनुत्पादक क्षेत्रमा सरकारले बजेटको दुरुपयोग गरेको भन्दै चौतर्फी आलोचनासमेत भयो।

‘समृद्ध नेपाल सुखी नेपाली’ नारालाई सार्थक बनाउने अपेक्षा गरिएको कार्यक्रममार्फत उपलब्धिविहिन स–साना आयोजनामा राज्य कोषको अर्बौँ रुपैयाँ दोहन भएको भन्दै आलोचना बढेपछि सरकारले आर्थिक वर्ष २०७६/७७ मा यो कार्यक्रमलाई थप उपलब्धिमूलक बनाउने प्रतिबद्धता गरेको थियो।

अघिल्लो वर्षमा भन्दा सरकारले आव २०७६/७७ मा बजेटको आकार पनि बढाएको छ। चालु आर्थिक वर्षका लागि सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रु ५ अर्ब १ करोड बजेट छुट्याएको थियो। जसमध्ये श्रम मन्त्रालयले ६ सय २३ वटा स्थानीय तहहरुलाई सशर्त अनुदानका रुपमा २ अर्ब रुपैयाँ बाँडफाँड गरी पठाइसकेको छ।

श्रममन्त्री रामेश्वर राय यादवले यस वर्ष ६० हजार बेरोजगार युवाहरुलाई रोजगारी दिलाउने उद्घोष पनि गरेका थिए। तर, यो वर्षको कार्यक्रम सुरु हुन नपाउँदै विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण प्रधानमन्त्री रोजगार कार्यक्रम अलपत्र परेको छ। आर्थिक वर्ष पनि सकिनै लागेको छ। कोरोनाको महामारी कहिलेसम्म रहन्छ भन्ने यकीन नहुँदा यस वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कतिले रोजगारी पाउँछन् भन्ने विषयमा अन्यौलता थपिएको छ।

केही स्थानहरुमा भने कोरोना संक्रमणकाबीच पनि कामहरु भइरहेको श्रम मन्त्रालयका सहसचिव एंव प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक रामचन्द्र ढकाल बताउँछन्। सहसचिव ढकाल भन्छन्, ‘अहिले पनि केहीस्थानमा सामाजिक दूरी कायम गर्दै काम भइरहेको छ। ४ सयभन्दा बढी श्रमिकहरु प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत काम गरिरहेका छन्।’ तर, कुन- कुन स्थानीय तहमा काम भइरहेको भनेर मन्त्रालयले खुलाएको छैन।

कार्यविधि नयाँ, आयोजना पुरानै 
प्रधानमन्त्री राेजगार कार्यक्रमलाई उपलब्धिमूलक बनाइने भन्दै सरकारले २०७६ कात्तिक २४ गते कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०७६ स्वीकृत गर्‍याे। तर, सो कार्यविधिमा पनि साना आयोजना सञ्चालनलाई नै प्राथमिकतामा राखिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

तोकेको सामुदायिक पूर्वाधार मर्मत तथा सार्वजनिक सम्पतिको सुधारका क्षेत्र, बाटोघाटो मर्मत, सिँचाईका लागि कुलो मर्मत, विद्यालयको खेल मैदान निमार्ण, साना बाँध निमार्ण, पोखरी तथा पानीको मुहान संरक्षण, सरसफाई, निमार्णलगायत आयोजनाहरु नै प्राथमिकतामा छन्। आयोजनामा लागतको दायरा भने थोरै बढाइएको छ। अघिल्लो वर्ष स्थानीय तहहरुले ५ लाखसम्मका आयोजना सञ्चालन गर्न पाउने व्यवस्था थियो भने अब प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत  १० लाखसम्मका आयोेजना सञ्चालन गर्न पाउने भएका छन्।

देशका ७५३ वटै स्थानीय तहका बेरोजगार युवा लक्षित कार्यक्रम भएकाले ठूला आयोजना सञ्चालन गर्न नसकिने मन्त्रालयको भनाई छ।

लगानी बढाइँदै, छैन उपलब्धिमूलक हुने छाँट 
विश्वमा फैलिएको कोरोना भाइरस संक्रमण महामारीको प्रत्यक्ष प्रभाव श्रम बजारमा परेको छ। लाखौँ युवाहरु विदेशबाट रोजगारी गुमाएर फर्किने र स्वदेशभित्रै पनि लाखौँ युवाहरुको रोजगारी गुमिसकेको अवस्था छ।

यसै अवस्थालाई मध्यनजर गर्दै आर्थिक वर्ष २०७७/७८ मा सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बजेटको दायरा बढाउने छलफल गरिरहेको छ। चालु आर्थिक वर्षकै जति ५ अर्बको बजेट छुट्याउने छलफल भएपनि त्यतिले मात्रै नपुग्ने जस्तो देखिएकाले यसको दायरा बढाउने छलफल भएको मन्त्रालयले जानकारी दिएको छ।

‘आगामी वर्ष बजेट बढाउने बारे छलफल भएको छ, तर छलफल भएकै परिमाणमा बजेट स्वीकृत हुन्छ भन्ने छैन,’ मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले भने।

यसका साथै विश्व बैंकबाट स्वीकृत भएको १३ अर्ब ६२ करोड ऋण पनि आगामी आर्थिक वर्षदेखि आउने भएको छ। सबै रकम एकै वर्षका लागि आउने भने होइन। युवा रोजगार प्रवर्द्धनका लागि विश्व बैंकले प्रवाह गर्ने उक्त ऋण प्रधानमन्त्री रोजगार कार्यक्रमको खर्च विवरण पेश गरेपछि सोही खर्चका आधारमा प्राप्त हुने मन्त्रालयका सहसचिव ढकालले बताए। ‘कार्यक्रममा कति खर्च हुन्छ त्यो विवरण पेश गरेपछि ऋणबापतको रकम विश्व बैंकबाट प्राप्त हुन्छ,’ सहसचिव ढकालले नेपाल लाइभसँग भने।

विश्व बैंकले उपलब्ध गराउने रकमबाट पहिलो प्राथमिकतामा बेरोजगार युवाहरुलाई १ सय दिनको रोजगारी, ५० दिनको तालिम उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ। श्रमिकहरुलाई कार्यस्थलमै प्रयोगात्मक तालिम दिई आत्मनिर्भर बन्न जोड दिइनुपर्ने उल्लेख छ। तर, सरकारले त्यसका लागि कुनै योजना ल्याएको छैन।

श्रममन्त्री यादवले युवाहरुलाई सीप तथा तालिममा सहभागी गराउन तथा सीपयुक्त जनशक्ति रोजगारदातासम्म पुर्‍याउनका लागि यसै वर्ष श्रम बैंक स्थापना गर्ने उद्घोष गरेका थिए। तर, त्यो कार्यक्रम पनि सुरु हुन सकेको छैन।

युवाहरुमा सीपको विकासका लागि सरकारले अन्य कुनै नयाँ कार्यक्रमअघि सारेको पाइँदैन। जसले गर्दा अघिल्लो वर्षको जस्तै स–साना रोजगारीमा युवाहरुलाई सहभागी गराएरै बजेट र विश्व बैंकको ऋण सकिने देखिएको छ।

कति युवालाई रोजगारी, बेरोजगार युवाले भत्ता पाउँछन्? 
आगामी वर्ष कति बेरोजगार युवाहरुलाई रोजगारी दिने भन्ने सन्दर्भमा बजेट स्वीकृत भइसकेपछि मात्रै यकीन गर्न सकिने मन्त्रालयले जनाएको छ। सोही बजेटकै आधारमा रोजगारी दिन नसके बेरोजगार युवाहरुलाई निर्वाह भत्ता उपलब्ध गराउने वा नगराउने भन्ने विषयमा समेत टुंगो लाग्ने छ।

सहसचिव ढकाल भन्छन्, ‘बजेट स्वीकृत भएपछि मात्रै यति नै युवाहरुलाई रोजगारी दिन सकिन्छ भनेर किटान गर्न सकिन्छ।’ प्रधानमन्त्री रोजगार कार्यक्रमले मात्रै अहिले सिर्जना भएको लाखौँ बेरोजगार युवाहरुलाई रोजगारी प्रदान गर्न नसक्ने उनको भनाई छ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७  १५:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू मलेसिया जाने नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावरलाई मुख्य कम्पनी र अन्यलाई सबएजेन्ट बनाइएको विषयमा विवाद भइरहेका बेला व... शुक्रबार, असोज २, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
ताजा समाचारसबै
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
जलवायु परिवर्तनलाई राष्ट्रिय सुरक्षाको केन्द्रमा राख्नुपर्छ : गगन थापा शुक्रबार, असोज २, २०८३
राजदूत सिफारिसबाहेक अरु के–के निर्णय गर्‍यो मन्त्रिपरिषद्ले ? शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा शुक्रबार, असोज २, २०८३
एन्फा मुख्यालयमा सीआईबीको छापा, कागजात नियन्त्रणमा शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्