• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख २३, २०८३ Wed, May 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कोरोना महामारीका विषयमा के भन्छन् ल्यान्सेटका प्रधान सम्पादक हर्टन ?

64x64
नेपाल लाइभ बिहीबार, वैशाख २५, २०७७  २०:४४
1140x725

‘राजनीति र स्वास्थ्यलाई कसरी छुट्याउन मिल्छ?

दुवै अन्तरसम्बन्धित छन्’ भन्ने विचार राख्ने प्रसिद्ध वैज्ञानिक जर्नल ‘द ल्यान्सेट’ का प्रधान सम्पादक रिचार्ड हर्टनले बेलायत सरकारको आलोचना गर्दै, बिबिसीसँग भनेका छन्, ‘साँच्चै भन्नुपर्दा, मलाई दुःख लाग्छ, यो एउटा राष्ट्रिय बिडम्वना हो।

हामी यो अवस्थामा नहुनुपर्ने थियो किनभने हामीलाई यस्तो हुँदैछ भन्ने जनवरीको अन्तिम हप्ता नै थाहा थियो। चीनबाट आएको सन्देश एकदम स्पष्ट थियो।

जसका अनुसार महाव्याधी निम्त्याउन सक्ने एउटा नयाँ भाइरसले सहरहरु आक्रान्त हुँदै थिए। धेरै मानिसहरु अस्पताल भर्ना हुँदै थिए। सघन उपचार कक्षमा भर्ना हुँदै थिए र ज्यान गुमाउँदै थिए। साथै, मृत्युदर बढिरहेको थियो। यो सब त हामीलाई एघार हप्ताअघि नै थाहा थियो। तैपनि, हामीले फेब्रुअरी महिना खेर फाल्यौं।

जतिबेला हामी सक्रिय हुन सक्नुपथ्र्यो। समय थियो, परीक्षणको गति बढाउने। समय थियो, व्यक्तिगत सुरक्षा सामग्री तयारी राख्ने र पुर्‍याउने। तर हामीले गरेनौं।’

त्यस्तै अर्को एक अन्तर्वार्तामा हर्टनले भनेका छन्, ‘विश्व समुदायले यो महाव्याधीका निम्ति चीनलाई दोष दिनु अनुचित र अवैज्ञानिक कुरा हो। बरु त्यसको साटो यसको नियन्त्रणका लागि चीनसँग सहकार्य गर्न जरुरी छ।’

स्पष्ट विचार राख्ने हर्टनले ‘द ल्यान्सेट’मा यसै हप्ता अर्का जनस्वास्थ्यविज्ञ तथा मानवशास्त्री डिडियर फास्सिनलाई उद्धृत गर्दै समाजमा व्याप्त असमानताको बारे गहन विचार व्यक्त गरेका छन्। प्रस्तुत छ, डा हर्टनको अनुमतिमा उक्त लेखको भावानुवादः 

हरेक साँझ हामी तथ्यांक नियालिरहेका छौं, कतै यो महामारीको प्रकोप कम भएको छ कि भन्दै! नियालिरहेका छौं, अस्पतालमा भर्ना भएका कोरोना भाइरस रोग (कोभिड– १९) का नयाँ बिरामीका संख्या।

nimb
nimb
Ncell 2
Ncell 2

अत्यन्तै गम्भीर अवस्थामा मृत्युसँग लडिरहेका व्यक्तिहरुको संख्या अनि लड्न नसकी प्राण गुमाउनेहरुको संख्या। र अन्तिममा हेर्छौं, सतही शब्दहरु बोकेको ‘विश्व मृत्युदर तुलना (ग्लोबल डेथ कम्प्यारिजन)।’

यस संकटकालमा हामीलाई जसले नेतृत्व गर्ने जिम्मेवारी लिएका छन्, उनीहरुले यसलाई ‘एक शताब्दीमा एकपल्ट आउने विश्वव्यापी स्वास्थ्य संकट’ को संज्ञा दिएका छन्। तर मलाई लाग्छ, यसो भन्नु सही होइन। यसका दुई आधारहरु छन्।

पहिलो, यसपछिको समयले के लिएर आउने हो, हामीलाई थाहा छैन। यस शताब्दीको अन्तिम र सबैभन्दा विकराल विश्वव्यापी स्वास्थ्य संकट नै यही महाव्याधी हो भनी अहिल्यै ठोकुवा गर्न मिल्दैन।

तर दोस्रो, र अझ महत्वपूर्ण कुरा, यो विश्वव्यापी विपत्ति स्वास्थ्यको संकट होइन, यो त जीवनको संकट हो।

वर्षौंदेखि हामीले आफ्नो प्रजाति(मानव) लाई सर्वशक्तिमान मान्दै आएका छौं। ‘एन्थ्रोपिसिन’ भनिने भूवैज्ञानिक अवधारणाले यस पृथ्वीमा जीवनको भविष्यलाई प्रभाव पार्ने मुख्य कारण अहिलेको मानव गतिविधि रहेको बताउँदै आएको छ।

भूविज्ञानको यो नवीनतम युगको अवधारणा (‘एन्थ्रोपिसिन’), मानव प्रजातिले कसरी संसारको कमजोर प्राकृतिक प्रणालीमा असर पारीरहेको छ भन्नेमा केन्द्रित छ। 

साथै, यसले विरोधाभासपूर्ण ढंगले मानव प्रजातिकै सर्वोच्चतालाई जोड दिइरहेको छ। तर, सार्स कोरोना भाइरस–२ ले हाम्रो यस अभिमानपूर्ण सोचलाई नंग्याइदिएको छ। हाम्रो प्रजातिसँग आत्म–आलोचनात्मक हुनुपर्ने प्रशस्त कारणहरु छन्।

खासगरी, हाम्रो जीवनशैलीको प्रभावहरूले गर्दा कमजोर भइरहेको पृथ्वी र यसको प्रणालीहरुका बारेमा। तर, हामी धेरै प्रजातिमध्येका एक प्रजाति मात्र रहेछौं र सबैभन्दा प्रभावशाली त हुँदै होइनौं किनभने एउटा भाइरसले हाम्रो जीवन यति सजिलो र सुविधाजनक ढंगले तहसनहस पारिरहेको छ। 

यो महाव्याधी मानव जीवनकै निम्ति संकट हो भने, यसले मानव समाजमा पारेका प्रभाव हेर्दा के–कस्तो निष्कर्षको नजिक पुग्न सक्छौं त? डिडियर फस्सिनले लेखेका ‘लाइफः अ क्रिटिकल युजर्स म्यानुअल (२०१८)’ मा केही  संकेतहरु पाइन्छन्।

फस्सिनले पेरिसमा मेडिसिनको अध्ययनपछि जनस्वास्थ्य र मानवशास्त्र पढेका थिए। हाम्रो वरिपरिको असमान जीवनको बारेमा हुनुपर्ने चेतनालाई प्रस्थान बिन्दु बनाउँदै उनी हामीले मानव जीवनलाई दिने मूल्य बोध गर्न प्रेरित गर्छन्। 

उत्तर खोज्ने प्रयत्न गर्दा हामी कतै न कतै हाम्रो जीवनलाई  ‘प्रकृतिक र अनुभवजन्य एक तथ्य’को रुपमा बुझ्न सहमत हुन्छौं। हामी कोभिड–१९ लाई बुझ्न, उपचार गर्न र रोकथाम गर्न एक जैविक चुनौतीको रुपमा हेर्छौं। तर हामीले के पनि बुझ्न जरुरी छ भने, यो लाखौं मानिसहरुले भोगिरहेको जीवनी (बायोग्राफिकल इभेन्ट) हो।

फस्सिनले ‘असमानता’लाई ३ प्रकारमा व्याख्या गरेका छन्। पहिलो, जीवनका स्वरूपहरू अर्थात् उनकै भाषामा ‘पृथ्वीमा अस्तित्वमा रहने तरिकाहरु।’ यतिबेला, कयौं नागरिकहरूले सामना गरेको दिनानुदिनका असुरक्षाहरूले ध्यानाकर्षण गराएको छ, ‘समकालीन प्रजातन्त्रको भविष्यबारे, किनभने प्रजातन्त्रको अस्तित्वको जगको रुपमा रहेका सिद्धान्तहरु नै पालन गर्न आफैं असक्षम देखिएको छ।’

दोस्रो, उनी जीवनको नैतिकता (इथिक्स अफ लाइफ) बारे छलफल गर्छन्। कुनै जैविक रोग लागेका मानिसको जीवनको बढ्दो वैधता र कुनै खास समाज (जसमध्ये गरिबी पनि एक हो) मा बस्ने मानिसको घट्दो वैधताबीच उनी तुलना गर्छन्। राजनीतिकमाथि शारीरिक अवधारणा हावी छ। 

फस्सिनले  यो नैतिक प्रवृत्तिलाई ‘बायोलेजिटिमेसी’ अर्थात्  ‘एक जैविक सर्तमा परिभाषित जीवनको वैधानिकता’ भनेका छन्। जीवनलाई केवल शरीरिक अभिव्यक्तिमा संकुचन गरिएको छ। कस्तो राजनीतिक अवस्थामा जीवित छन् भन्ने कुरालाई बिर्सिइएको छ।

राजनीतिक तवरले असमानता  व्यहोरेका जनजीवनको रक्षाको निम्ति जनभावना परिचालन गर्न अहिलेको अवस्थामा सम्भव छैन। सार्स कोरोना भाइरस–२ ले शक्तिमा रहेकाहरुलाई भन्दा विशेषगरी कमजोर र जोखिममा रहेका मानिसहरुलाई नै प्रस्ट रुपमा असर गर्छ।

तेस्रोमा, फस्सिन, मानव जीवनको राजनीति, जनताको सरकार र मानवजीवनमा राजनीतिको प्रभावहरु बारे केन्द्रित हुन्छन्।

कसरी राजनीतिक शासन प्रणालीका गतिविधिहरुले मानव जीवनलाई फरक–फरक ढंगले प्रभाव पार्छ। त्यसकै आधारमा स्थापित केही मानिसको जीवनको असमान मूल्यलाई सुदृढ पार्छ भन्ने विषयमा जोड दिन्छन्। फस्सिन लेख्छन्, ‘जीवनको राजनीतिलाई  असमानताको राजनीति भन्दा फरक पर्दैन।’

त्यसो हो भने, हाम्रो भनाइ के हुनुपर्छ त? हामीले भन्नैपर्छ, जो कोभिड–१९ को कारण जीवित या त मृत छन्, उनीहरुको जीवन भोगाइ लेख्ने जिम्मेवारी हाम्रै हो! यस रोग (कोभिड–१९) को जैविकीकरण (बायोलोजिकालाइजेसन) को प्रतिरोध गर्दै, त्यसको सट्टामा सामाजिक तथा राजनीतिक विश्लेषणमा जोड दिने जिम्मेवारी हाम्रै हो!

प्रभावितहरुसँग उनीहरुका लागि यो रोगले कस्तो अर्थ बोक्छ भन्ने बुझ्नु र त्यो बुझाइलाई, संसार हेर्ने हाम्रो दृष्टिकोणमात्र होइन संसार नै बदल्ने जिम्मेवारी पनि हाम्रै हो! 

डिडियर फस्सिनले निस्कर्षमा भने जस्तै–हाम्रो आलोचनात्मक चेतले आक्रमकता र स्पष्टतामध्ये कुनै एक रोज्नु पर्ने छैन।

भावानुवाद : एलबि बस्नेत (twitter : @nastikxy) र सुरेश दाहाल (twitter : @srsdhl)

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  २०:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू
लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो बुधबार, वैशाख २३, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
बैंकिङ कसुर मुद्दामा फरार कन्दङवा काठमाडाैंबाट पक्राउ बुधबार, वैशाख २३, २०८३
प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त बुधबार, वैशाख २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
ट्रेड युनियन कार्यालयहरू बन्द गरेर तोकिएको जिम्मेवारीमा तत्काल फर्कन कर्मचारीलाई सरकारको निर्देशन मंगलबार, वैशाख २२, २०८३
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि मंगलबार, वैशाख २२, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्