• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कोरोना महामारीका विषयमा के भन्छन् ल्यान्सेटका प्रधान सम्पादक हर्टन ?

64x64
नेपाल लाइभ बिहीबार, वैशाख २५, २०७७  २०:४४
1140x725

‘राजनीति र स्वास्थ्यलाई कसरी छुट्याउन मिल्छ?

दुवै अन्तरसम्बन्धित छन्’ भन्ने विचार राख्ने प्रसिद्ध वैज्ञानिक जर्नल ‘द ल्यान्सेट’ का प्रधान सम्पादक रिचार्ड हर्टनले बेलायत सरकारको आलोचना गर्दै, बिबिसीसँग भनेका छन्, ‘साँच्चै भन्नुपर्दा, मलाई दुःख लाग्छ, यो एउटा राष्ट्रिय बिडम्वना हो।

हामी यो अवस्थामा नहुनुपर्ने थियो किनभने हामीलाई यस्तो हुँदैछ भन्ने जनवरीको अन्तिम हप्ता नै थाहा थियो। चीनबाट आएको सन्देश एकदम स्पष्ट थियो।

जसका अनुसार महाव्याधी निम्त्याउन सक्ने एउटा नयाँ भाइरसले सहरहरु आक्रान्त हुँदै थिए। धेरै मानिसहरु अस्पताल भर्ना हुँदै थिए। सघन उपचार कक्षमा भर्ना हुँदै थिए र ज्यान गुमाउँदै थिए। साथै, मृत्युदर बढिरहेको थियो। यो सब त हामीलाई एघार हप्ताअघि नै थाहा थियो। तैपनि, हामीले फेब्रुअरी महिना खेर फाल्यौं।

जतिबेला हामी सक्रिय हुन सक्नुपथ्र्यो। समय थियो, परीक्षणको गति बढाउने। समय थियो, व्यक्तिगत सुरक्षा सामग्री तयारी राख्ने र पुर्‍याउने। तर हामीले गरेनौं।’

त्यस्तै अर्को एक अन्तर्वार्तामा हर्टनले भनेका छन्, ‘विश्व समुदायले यो महाव्याधीका निम्ति चीनलाई दोष दिनु अनुचित र अवैज्ञानिक कुरा हो। बरु त्यसको साटो यसको नियन्त्रणका लागि चीनसँग सहकार्य गर्न जरुरी छ।’

स्पष्ट विचार राख्ने हर्टनले ‘द ल्यान्सेट’मा यसै हप्ता अर्का जनस्वास्थ्यविज्ञ तथा मानवशास्त्री डिडियर फास्सिनलाई उद्धृत गर्दै समाजमा व्याप्त असमानताको बारे गहन विचार व्यक्त गरेका छन्। प्रस्तुत छ, डा हर्टनको अनुमतिमा उक्त लेखको भावानुवादः 

हरेक साँझ हामी तथ्यांक नियालिरहेका छौं, कतै यो महामारीको प्रकोप कम भएको छ कि भन्दै! नियालिरहेका छौं, अस्पतालमा भर्ना भएका कोरोना भाइरस रोग (कोभिड– १९) का नयाँ बिरामीका संख्या।

nimb
nimb
Ncell 2
Ncell 2

अत्यन्तै गम्भीर अवस्थामा मृत्युसँग लडिरहेका व्यक्तिहरुको संख्या अनि लड्न नसकी प्राण गुमाउनेहरुको संख्या। र अन्तिममा हेर्छौं, सतही शब्दहरु बोकेको ‘विश्व मृत्युदर तुलना (ग्लोबल डेथ कम्प्यारिजन)।’

यस संकटकालमा हामीलाई जसले नेतृत्व गर्ने जिम्मेवारी लिएका छन्, उनीहरुले यसलाई ‘एक शताब्दीमा एकपल्ट आउने विश्वव्यापी स्वास्थ्य संकट’ को संज्ञा दिएका छन्। तर मलाई लाग्छ, यसो भन्नु सही होइन। यसका दुई आधारहरु छन्।

पहिलो, यसपछिको समयले के लिएर आउने हो, हामीलाई थाहा छैन। यस शताब्दीको अन्तिम र सबैभन्दा विकराल विश्वव्यापी स्वास्थ्य संकट नै यही महाव्याधी हो भनी अहिल्यै ठोकुवा गर्न मिल्दैन।

तर दोस्रो, र अझ महत्वपूर्ण कुरा, यो विश्वव्यापी विपत्ति स्वास्थ्यको संकट होइन, यो त जीवनको संकट हो।

वर्षौंदेखि हामीले आफ्नो प्रजाति(मानव) लाई सर्वशक्तिमान मान्दै आएका छौं। ‘एन्थ्रोपिसिन’ भनिने भूवैज्ञानिक अवधारणाले यस पृथ्वीमा जीवनको भविष्यलाई प्रभाव पार्ने मुख्य कारण अहिलेको मानव गतिविधि रहेको बताउँदै आएको छ।

भूविज्ञानको यो नवीनतम युगको अवधारणा (‘एन्थ्रोपिसिन’), मानव प्रजातिले कसरी संसारको कमजोर प्राकृतिक प्रणालीमा असर पारीरहेको छ भन्नेमा केन्द्रित छ। 

साथै, यसले विरोधाभासपूर्ण ढंगले मानव प्रजातिकै सर्वोच्चतालाई जोड दिइरहेको छ। तर, सार्स कोरोना भाइरस–२ ले हाम्रो यस अभिमानपूर्ण सोचलाई नंग्याइदिएको छ। हाम्रो प्रजातिसँग आत्म–आलोचनात्मक हुनुपर्ने प्रशस्त कारणहरु छन्।

खासगरी, हाम्रो जीवनशैलीको प्रभावहरूले गर्दा कमजोर भइरहेको पृथ्वी र यसको प्रणालीहरुका बारेमा। तर, हामी धेरै प्रजातिमध्येका एक प्रजाति मात्र रहेछौं र सबैभन्दा प्रभावशाली त हुँदै होइनौं किनभने एउटा भाइरसले हाम्रो जीवन यति सजिलो र सुविधाजनक ढंगले तहसनहस पारिरहेको छ। 

यो महाव्याधी मानव जीवनकै निम्ति संकट हो भने, यसले मानव समाजमा पारेका प्रभाव हेर्दा के–कस्तो निष्कर्षको नजिक पुग्न सक्छौं त? डिडियर फस्सिनले लेखेका ‘लाइफः अ क्रिटिकल युजर्स म्यानुअल (२०१८)’ मा केही  संकेतहरु पाइन्छन्।

फस्सिनले पेरिसमा मेडिसिनको अध्ययनपछि जनस्वास्थ्य र मानवशास्त्र पढेका थिए। हाम्रो वरिपरिको असमान जीवनको बारेमा हुनुपर्ने चेतनालाई प्रस्थान बिन्दु बनाउँदै उनी हामीले मानव जीवनलाई दिने मूल्य बोध गर्न प्रेरित गर्छन्। 

उत्तर खोज्ने प्रयत्न गर्दा हामी कतै न कतै हाम्रो जीवनलाई  ‘प्रकृतिक र अनुभवजन्य एक तथ्य’को रुपमा बुझ्न सहमत हुन्छौं। हामी कोभिड–१९ लाई बुझ्न, उपचार गर्न र रोकथाम गर्न एक जैविक चुनौतीको रुपमा हेर्छौं। तर हामीले के पनि बुझ्न जरुरी छ भने, यो लाखौं मानिसहरुले भोगिरहेको जीवनी (बायोग्राफिकल इभेन्ट) हो।

फस्सिनले ‘असमानता’लाई ३ प्रकारमा व्याख्या गरेका छन्। पहिलो, जीवनका स्वरूपहरू अर्थात् उनकै भाषामा ‘पृथ्वीमा अस्तित्वमा रहने तरिकाहरु।’ यतिबेला, कयौं नागरिकहरूले सामना गरेको दिनानुदिनका असुरक्षाहरूले ध्यानाकर्षण गराएको छ, ‘समकालीन प्रजातन्त्रको भविष्यबारे, किनभने प्रजातन्त्रको अस्तित्वको जगको रुपमा रहेका सिद्धान्तहरु नै पालन गर्न आफैं असक्षम देखिएको छ।’

दोस्रो, उनी जीवनको नैतिकता (इथिक्स अफ लाइफ) बारे छलफल गर्छन्। कुनै जैविक रोग लागेका मानिसको जीवनको बढ्दो वैधता र कुनै खास समाज (जसमध्ये गरिबी पनि एक हो) मा बस्ने मानिसको घट्दो वैधताबीच उनी तुलना गर्छन्। राजनीतिकमाथि शारीरिक अवधारणा हावी छ। 

फस्सिनले  यो नैतिक प्रवृत्तिलाई ‘बायोलेजिटिमेसी’ अर्थात्  ‘एक जैविक सर्तमा परिभाषित जीवनको वैधानिकता’ भनेका छन्। जीवनलाई केवल शरीरिक अभिव्यक्तिमा संकुचन गरिएको छ। कस्तो राजनीतिक अवस्थामा जीवित छन् भन्ने कुरालाई बिर्सिइएको छ।

राजनीतिक तवरले असमानता  व्यहोरेका जनजीवनको रक्षाको निम्ति जनभावना परिचालन गर्न अहिलेको अवस्थामा सम्भव छैन। सार्स कोरोना भाइरस–२ ले शक्तिमा रहेकाहरुलाई भन्दा विशेषगरी कमजोर र जोखिममा रहेका मानिसहरुलाई नै प्रस्ट रुपमा असर गर्छ।

तेस्रोमा, फस्सिन, मानव जीवनको राजनीति, जनताको सरकार र मानवजीवनमा राजनीतिको प्रभावहरु बारे केन्द्रित हुन्छन्।

कसरी राजनीतिक शासन प्रणालीका गतिविधिहरुले मानव जीवनलाई फरक–फरक ढंगले प्रभाव पार्छ। त्यसकै आधारमा स्थापित केही मानिसको जीवनको असमान मूल्यलाई सुदृढ पार्छ भन्ने विषयमा जोड दिन्छन्। फस्सिन लेख्छन्, ‘जीवनको राजनीतिलाई  असमानताको राजनीति भन्दा फरक पर्दैन।’

त्यसो हो भने, हाम्रो भनाइ के हुनुपर्छ त? हामीले भन्नैपर्छ, जो कोभिड–१९ को कारण जीवित या त मृत छन्, उनीहरुको जीवन भोगाइ लेख्ने जिम्मेवारी हाम्रै हो! यस रोग (कोभिड–१९) को जैविकीकरण (बायोलोजिकालाइजेसन) को प्रतिरोध गर्दै, त्यसको सट्टामा सामाजिक तथा राजनीतिक विश्लेषणमा जोड दिने जिम्मेवारी हाम्रै हो!

प्रभावितहरुसँग उनीहरुका लागि यो रोगले कस्तो अर्थ बोक्छ भन्ने बुझ्नु र त्यो बुझाइलाई, संसार हेर्ने हाम्रो दृष्टिकोणमात्र होइन संसार नै बदल्ने जिम्मेवारी पनि हाम्रै हो! 

डिडियर फस्सिनले निस्कर्षमा भने जस्तै–हाम्रो आलोचनात्मक चेतले आक्रमकता र स्पष्टतामध्ये कुनै एक रोज्नु पर्ने छैन।

भावानुवाद : एलबि बस्नेत (twitter : @nastikxy) र सुरेश दाहाल (twitter : @srsdhl)

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  २०:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ललितपुर अदालतले दिएन श्रेष्ठलाई पक्राउ अनुमति
सदनमा झोक्किइन ज्वाला–‘प्रश्न कालो चस्मामाथि होइन, प्रतिपक्षीको कालो नियतमाथि हो’
बागमती एमालेमा सहमति, मुख्यमन्त्रीमा किरण थापालाई अघि सार्ने निर्णय
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
ललितपुर अदालतले दिएन श्रेष्ठलाई पक्राउ अनुमति मंगलबार, भदौ २, २०८३
सदनमा झोक्किइन ज्वाला–‘प्रश्न कालो चस्मामाथि होइन, प्रतिपक्षीको कालो नियतमाथि हो’ मंगलबार, भदौ २, २०८३
बागमती एमालेमा सहमति, मुख्यमन्त्रीमा किरण थापालाई अघि सार्ने निर्णय मंगलबार, भदौ २, २०८३
भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा कमाण्ड तथा स्टाफ कलेजको भ्रमण मंगलबार, भदौ २, २०८३
नेप्सेमा गिरावट कायमै, ५ अर्ब ७ करोडको कारोबार मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्