• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

ठूला आयोजनामा स्रोत कसरी जुटाउने? नयाँ विकल्प 'कन्भर्टेबल बण्ड'

64x64
अरुण सापकोटा मंगलबार, वैशाख २३, २०७७  ०८:०५
1140x725
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का अध्यक्ष कृष्णप्रसाद आचार्य तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल।

काठमाडौं-कोरोना भाइरसको प्रभावले आन्तरिक तथा बाह्य निक्षेपमा ठूलो प्रभाव पार्दैछ। वैदेशिक रोजगारमा गएका नेपालीहरूले पठाउने रेमिट्यान्समा गिरावट आउन थालिसकेको छ। विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसका कारण विदेशमा गएका नेपाली स्वदेश फर्किने सम्भावना धेरै छ।

एकातिर रेमिट्यान्स घट्दा हाम्रो निक्षेपको स्रोत गुम्दै जान्छ। अर्कोतर्फ वैदेशिक रोजगारमा गएका नेपाली स्वदेश फर्किँदा बेरोजगारको संख्या बढ्ने छ। यस्तो समयमा राज्यले ठूला परियोजना अगाडि सार्नुपर्ने हुन्छ। ती परियोजना निर्माणका लागि अहिलेको बैंकसँग भएको स्रोतले सम्भव छैन। 

ठूला परियोजनामा लगानी गर्न परम्परागत औजारले अबका दिनमा काम नगर्ने नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए। बैंक तथा वित्तीय संस्थाबाट दीर्घकालीन आयोजनामा लगानी हुँदा बैंकिङ तरलता प्रभावित हुँदै आएको छ।

राम्रो परियोजनामा स्रोत जुटाउन नेपाल धितोपत्र बोर्ड तथा नेपाल राष्ट्र बैंकले परम्परागत औजारलाई भन्दा नयाँ वित्तीय औजारलाई अगाडि सार्नुपर्ने आचार्यको सुझाव छ। सेयर पुँजी तथा परम्परागत ऋणपत्र निष्काशन प्रणालीले मात्रै लगानी जुटाउन सम्भव नभएको हुँदा 'कन्भर्टेबल बण्ड' अहिलेका लागि उपयुक्त हुने आचार्य बताउँछन्। 

विदेशतिर ठूला आयोजनाहरूले यस्ता बण्ड जारी गरेर स्रोत जुटाउने अभ्यास रहेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले बताए। त्यस्ता आयोजनाले बजारबाट आफैँले ऋण लिने गर्छन्। नेपालमा भने यस्तो अभ्यास छैन। नेपालमा कम्पनीहरूले सेयर पुँजीमार्फत् लगानी जुटाउँदै आएका छन्। सेयरमार्फत् जुटाइएको पुँजीमा दीर्घकालीन दायित्व हुन्छ। 

बैंकबाट ऋण लिएर परियोजना बनाउदा बैंक ब्याजदरमा हुने उतारचढावको जोखिम सबैभन्दा धेरै हुन्छ। यसका लागि बण्डलाई सबैभन्दा राम्रो औजारको रूपमा लिइन्छ। वाणिज्य बैंकहरूले निष्काशन गरेको ऋणपत्रमा समेत लगानीकर्ता खासै आकर्षित छैनन्। 

आर्थिक सर्वेक्षण, लागत अनुमान र आम्दानीको प्रक्षेपण भैसकेका आयोजनाका लागि दीर्घकालीन प्रकृतिका ऋणपत्र निष्काशन गर्न सकिन्छ। उक्त ऋणपत्रको निश्चित प्रतिशत आयोजना सम्पन्न भएपछि सेयरमा परिणत हुने गरी निष्काशन गर्न सकिने आचार्यले बताए। यस्ता बण्डहरू भविष्यमा सेयरमा परिणत गर्ने खालका तथा निश्चित ब्याज प्रदान गर्ने दुवै किसिमका हुन्छन्। 

ठूला परियोजना निर्माण गर्दा एउटा सेयर पुँजी र अर्को ऋणपत्र जारी गरेर पनि स्रोत जुटाइन्छ। बैंकहरूले पछिल्लो समय ऋणपत्र जारी गर्दा खासै बिक्न सकेको पाइँदैन। यस्तो अवस्थामा भविष्यमा निश्चित प्रतिशत ऋणपत्र सेयरमा परिणत गर्न मिल्ने व्यवस्थासहित जारी गरियो भने लगानीकर्ताको आकर्षण बढ्ने ‍दाहाल बताउँछन्। कन्भर्टेबल बण्डमा लगानीकर्ताले चाहेको खण्डमा सेयरमा परिणत गर्न सक्छन्। यस्ता उपकरणमा लगानीकर्ताको आकर्षण बढी हुन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

ठूला लगानीकर्ताले नै परियोजनामा पैसा लगानी गर्न सक्दा खासै समस्या हुँदैन। तर सबै परियोजनामा ठूला लगानीकर्ताले मात्रै लगानी गर्न सक्छन् भन्ने छैन। यस्तो अवस्थामा भैरहेको अभ्यास भन्दा फरक हिसाबले सोच्नुपर्छ। 

एक हिसाबले ठूला लगानीकर्ताहरूलाई आकर्षण गर्न अन्तिममा १० प्रतिशतमात्रै सर्वसाधारणका लागि जारी गरे पुग्ने भन्ने अभ्यास रहँदै आएकाे छ। यो परम्परागत ढाँचा हो। एकदमै राम्रा ठूला आयोजना तयार गरेर राखिएको छ भने त्यस्ता परियोजनामा बृहत हिसाबले लगानी जुटाउन सकिन्छ।

यस्ता परियोजनाका लागि जारी गरिएका ऋणपत्र निश्चित समयसम्मका लागि थोरै ब्याजदरमा जारी गर्ने र उक्त बण्डको निश्चित प्रतिशत भविष्यमा सेयरमा परिणत हुने भनेर जारी गरियो भने थोरै ब्याजदरमा पनि लगानी आकर्षित गर्न सकिन्छ। यस्तो अवस्थामा लगानीकर्ताले निश्चित ब्याजदर पनि पाइरहेका हुन्छन्। आयोजना सम्पन्न हुँदै गर्दा मूल्यांकन पनि बढिरहेको हुन्छ भन्ने आत्मविश्वास रहन्छ। 

यस्तो अवस्थामा लगानीकर्ताले आफ्नो बचतको उपयुक्त प्रतिफल पाउन सक्छन्। लगानीकर्ताले सेयरमा परिणत गर्नुका साथै त्यसलाई तरल सम्पत्तिका रूपमा बिक्री पनि गर्न सक्छन्। यसरी लगानीको औजार निर्माण गर्न सकियो भने त्यसले स्रोत व्यवस्थापनमा सहयोग पुर्‍याउने उनीहरूको सुझाव छ। 'जस्तो पायो त्यस्तै लगानीकर्ताले जारी गर्दा विश्वास नहुन सक्छ। आयाेजना बनाएर बसेका सरकारको लगानी रहेका संस्थाहरूले यस्ता औजार जारी गर्ने हो भने सबैभन्दा राम्रो हुन्छ,' आइक्यानका अध्यक्ष आचार्यले भने। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसका लागि नेपाल धितोपत्र बोर्ड तथा नेपाल राष्ट्र बैंकले आवस्यक नीति नियम बनाउनु पर्नेछ। दुवै निकायले आवश्यक छलफल गरेर छिटोभन्दा छिटो स्रोत जुटाउने औजारको रूपमा ल्याउन सक्नुपर्ने विज्ञहरू बताउँछन्। सरकार आफैँले पूर्वाधार तयार पार्न नसक्ने अवस्थामा निजी तथा सरकारी साझेदारीमा सर्वसाधारणको विस्वास जितेर लगानी भित्र्याउन सक्नुपर्ने उनीहरूको सुझाव छ। 

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०७७  ०८:०५
  • #ican
  • #sanimabank
  • #bigproject
  • #nepalieconomy

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै आयोजनाअन्तर्गत अहिले साँगादेखि महादेवखोलासम्मको सडकमा कालोपत्रे गर्ने काम भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएक... बिहीबार, असोज ८, २०८३
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा भारी वर्षाको सम्भावित अवस्था, जोखिममा रहेका जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा विपद्... बुधबार, असोज ७, २०८३
अब जलविद्युत् आयोजनामा सुरक्षाकर्मीको पनि हिस्सा, २ प्रतिशत सेयर छुट्याउने तयारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले संसद्मा बोल्दै तीनवटै सुरक्षा निकायका लागि जलविद्युत् आयोजनामा २ प्रतिशत हिस्सा... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने शनिबार, असोज ३१, २०८३
हानी नोक्सनी कोषको आकस्मिक बैठक कात्तिक ५ गतेका लागि बोलाइयो, रसुवा बाढी मुख्य एजेण्डा शनिबार, असोज ३१, २०८३
के तोप र बन्दुकको चर्को आवाजले चराहरूको ज्यानै जानसक्छ ? शनिबार, असोज ३१, २०८३
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह शनिबार, असोज ३१, २०८३
प्रधानमन्त्री बालेनको सन्देश : आर्थिक अभावका कारण दसैं कसैका लागि बोझ बन्नु हुँदैन शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्