• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार ७, २०८३ Sun, Jun 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

जुन पेसामा ९० दिनको एक महिना हुन कठिन छ

राधेश्याम दाहाल आइतबार, वैशाख २१, २०७७  २०:००
1140x725

पत्रकारिता पढेर आम नागरिकलाई सुसूचित बनाउने लक्ष्य थियो। त्यसैले २०५२ मा रत्नराज्यलक्ष्मी कलेजमा प्रवीणता प्रमाणपत्र तहमा पत्रकारिता पढ्दा निकै उत्साही भइयो। पत्रकारिता र पत्रकारको भूमिका कस्तो हुनुपर्छ भनेर जानकारी दिन कलेजमा चिरन्जिवी सरले 'न्यू दिल्ली' नामक फिल्म देखाएर पत्रकारिता अध्ययनको श्रीगणेश गराएका थिए।

योबीचमा सयौँ सञ्चारगृह खुले। दर्जनौँ दैनिक पत्रिका, दर्जनौँ टेलिभिजन, सयौँ एफएम रेडियो, सयौँ साप्ताहिक पत्रिका र त्यति नै संख्यामा मासिक पत्रिकाले पत्रकारिताको अभ्यास गरिरहेका छन्। पछिल्लो समय न्यु मिडियाका रुपमा अनलाइन न्युज पोर्टलको संख्या ह्वात्तै बढेको छ। 

नेपाल पत्रकार महासंघको तथ्यांक अनुसार देशभर झन्डै १४ हजार पत्रकार क्रियाशील छन्। सूचना विभाग र नेपाल प्रेस काउन्सिलको तथ्यांकलाई आधार मानेर हेर्ने हो भने नेपालको संचार क्षेत्र पनि बलियो उद्योगको बिन्दुमा पुगेको देखिन्छ।

तर कागजी रुपमा स्तरीय ग्राफ देखिए पनि यो क्षेत्रमा कार्यरत सञ्चारकर्मीको अवस्था भने व्यवस्थित, व्यावसायिक र सम्मानित रुपमा अझै स्थापित हुन सकेको छैन। नेपालको संचार क्षेत्रले उल्लेख्य फड्को मार्दा सञ्चारकर्मीको आर्थिक र सामाजिक अवस्थाले त्यही गतिमा फड्को मार्न सकेको देखिँदैन।

१५ वर्ष अगाडि र आजको अवस्थालाई मूल्यांकन गर्ने हो भने पत्रकारिता विषयमा ज्ञान नलिई पत्रकारिता गर्नेको संख्या घटदो क्रममा छ। पेशागत सीपको विकास भएको देखिन्छ। तर काम अनुसारको दामको पाटोमा उल्लेख्य सुधार हुन सकेको छैन। 

अहिले पनि न्यूनतम पारिश्रमिकका लागी मुद्दा लड्दै हिँड्नुपर्ने बाध्यता कामयै छ। महासंकटको बेलामा पत्रकारहरुको अवस्था थप कष्टकर बन्ने गरेको छ। भूकम्पको बेला पेशागत संकट देखिएको थियो। कोरोना भाइरसको संकटमा अहिले भूकम्पको कालको भन्दा डरलाग्दो पेशागत संकट देखिने संकेत आइसकेका छन्।

कोरोना भाइरसको महामारीका बेला नेपाली सञ्चार जगत् पीडित भयो। यस्तो बेलामा पनि सञ्चार गृहहरुले पहिलो निशाना आफ्नै सञ्चारकर्मीतिर ताक्ने प्रयास गरे। पत्रकारलाई नियमित तलव नदिनु र अप्ठेरो र असहज परिस्थिति आएपछि जागिर गुमाउनुपर्ने अवस्था आउनु नेपाली सञ्चार क्षेत्रमा सामान्य घटना हो।

यो संकटको बेलामा पत्रकारहरूलाई जागिरबाट निकाल्ने अनेक बहाना बनाउन थालेको सार्वजनिक भइरहेको विषय हो। अप्ठेरोमा साथ दिनुपर्ने नै यही बेला अप्ठ्यारो प्रस्ताव बोकेर आउनु यो क्षेत्रको विडम्बना नै हो। 

nimb
nimb
Ncell 2
Ncell 2

यो महामारीमा पनि काम गरेको कर्मचारीलाई तलब देऊ भनेर नेपाल पत्रकार महासंघले विज्ञप्ति निकाल्नु पर्ने अवस्था छ। राज्य मौन। सञ्चारगृह सुनेको नसुन्यै गरिरहेका छन्।

कतिपय सञ्चारगृहमा ९० दिन कट्दा एक महिना हुने गरेको छैन। कति संचारगृहमा एक महिनाको तलबले ९ दिन पनि पुग्ने अवस्था छैन। कर्पोरेट र भव्य न्युज रुम बनाउन सक्ने सञ्चारगृहमा अझै प्रवेश गर्दा र बाहिँरिदा व्यवसायिक व्यवहार हुँदैन। सञ्चार गृहमा काम छाडेकाे भोलिपल्ट पत्रकार आर्थिक रुपमा टाट पल्टिने अवस्थामा आउँछ। काम छाडेलगत्तै केही दिन आरामसमेत नगरी अर्को मिडिया हाउसमा काम सुरु गरिहाल्नुपर्ने बाध्यताको कारण एक मिडिया हाउसको काम छोड्दा शून्य मौज्दातमा निस्कनुपर्ने बाध्यताले नै हो।

पत्रकारिता क्षेत्रमा सधैं बल्झिरहने समस्या नै श्रम कानुनको कार्यान्वयन हो। राज्यले कानुन बनाएको छ। तर कहिल्यै कार्यान्वयमा आउन सकेको छैन यो। कानुन कार्यान्वयन नहुँदा पनि जिम्मेवार निकाय मौन बसिदिन्छ। 'कलेक्टिभ बार्गेनिङ'को अभ्यासको अभावमा अरुका अधिकारको वकालत गर्ने सञ्चारकर्मी आफ्नै हकको वकालतमा कमजोर छन्। 

सञ्चार क्षेत्रमा श्रमको समस्या समाधान हुन नसक्नुको कारणबारे भएका बहसले मुख्य समस्या लगानीलाई देखाउने गरेको छ। मिडियामा भएका लगानी, लगानीकर्ताको फेहरिस्त र मिडिया संचालन गर्दा पूरा गर्नुपर्ने न्यूनतम मापदण्डका प्रावधानमा श्रमसम्बन्धी कानुनी पाटोप्रति त्यति जिम्मेवार बनाएको छैन। स्थायी नियुक्ति, सञ्चय कोष त परको कुरा, श्रमजीवी पत्रकार एनले तोकेको २४ हजार न्यूनतम पारिश्रमिकको बाध्यात्मक कानुनी व्यवस्था ठूला मिडिया हाउसहरुमा समेत लागू हुन सकेको छैन।

सरकारी निकायलाई ढाँट्नु गम्भीर अपराध हो। तर सूचना विभागमा फर्जी कागज बुझाएर सञ्चारगृहले पत्रकारहरुलाई प्रेस पास दिलाउँदासमेत चित्त बुझाएर बस्नुपर्ने अवस्था छ। विभिन्न निकायमा परेका उजुरी र त्यसमा भएका निर्णयलाई आधार मान्ने हो भने केही मिडिया संचालकहरुले सञ्चारमाध्यमको आडमा केसम्म गरिरहेका छन् प्रष्ट देखिन्छ। तर पहल गर्नुपर्ने निकाय मौन छ। 

सञ्चारगृह सञ्चालन र कानुन पालनाको अवस्थाबारे चासो दिनुपर्ने राज्य संयन्त्र पत्रकारतिर केन्द्रित छ। श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने मिडिया हाउसलाई किन कार्यान्वयन नगरेको भनेर सोध्नसमेत नसक्ने राज्य संयन्त्र ९० दिन हुँदा पनि तलब नदिनेलाई किन नदिएको भनेर सोध्न सक्दैन। तर लेखेकै आधारमा पत्रकारलाई कुनियतले राखिएका कानुनका दफा प्रयोग गरेर थुन्न ऊ सधैं तयारी अवस्थामा रहन्छ।

सामान्यतया ज्वरो आफैमा एउटा रोग होइन, अन्य कुनै रोग लाग्ने लक्षण हो। भनिन्छ ज्वरो आएपछि सिटामोल खाएर निको पार्ने होइन, अर्को जे रोग हो त्यो रोगको खोजी गर्नुपर्छ र उपचार गर्नुपर्छ। तर राज्य पत्रकारिता क्षेत्रको ज्वरोको पछि लागेको देखिन्छ। ज्वरोको कारण खुट्याएर उपचार गर्न हैन। 

पक्षधरतारहित पत्रकारितालाई अगाडि बढाउने हो भने राज्यले आफ्नो नीति बदल्न आवश्यक छ। यसमा पत्रकारहरूको पनि महत्वपूर्ण भूमिका त रहने नै भयो। संचारगृहहरुलाई जिम्मेवार बनाउने सन्दर्भमा नेपाल पत्रकार महासंघबाट पनि कमीकमजोरी भएका छन्। त्यसबारे पनि निर्मम समीक्षा जरुरी छ।  

(दाहाल नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य हुन्)

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७  २०:००
  • #free_press

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
रास्वपाको महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन भरतपुर पुगे
रास्वपाको महाधिवेशनमा गगन थापा जाने
सम्बन्धित सामग्री
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मैले यो कुरा दुई फरक सन्दर्भमा देखेको छु  पाकिस्तानमा इमरान खानको उदय र पतनमा, र नेपालमा बालेन शाहको उदयमा। उनीहरूको परिस्थिति फरक थ... मंगलबार, जेठ १९, २०८३
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
ताजा समाचारसबै
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? आइतबार, असार ७, २०८३
रास्वपाको महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन भरतपुर पुगे आइतबार, असार ७, २०८३
रास्वपाको महाधिवेशनमा गगन थापा जाने आइतबार, असार ७, २०८३
ब्राउन सुगरसहित बाँकेबाट एक जना पक्राउ आइतबार, असार ७, २०८३
रास्वपा महाधिवेशनमा चार हजार २११ प्रतिनिधि आइतबार, असार ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालकुमारीमा गोली चल्याे, तीन लागुऔषध कारोबारी पक्राउ शनिबार, असार ६, २०८३
महाधिवेशनका लागि चितवन पुगे रवि लामिछाने शनिबार, असार ६, २०८३
कोशी प्रदेशबाट नेपाल प्रवेश गर्‍यो मनसुन,आज यि स्थानमा हुनेछ वर्षा शनिबार, असार ६, २०८३
गगनले दिए रास्वपालाई महाधिवेशनको शुभकामना आइतबार, असार ७, २०८३
संस्थापक सबै सदस्यलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने रास्वपाको निर्णय आइतबार, असार ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्