• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २८, २०८३ Sun, Sep 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

बयलगाडा विस्थापनको बेला

64x64
भानु बोखिम मंगलबार, वैशाख १६, २०७७  २०:२२
1140x725

दोश्रो जनआन्दोलनको प्रसंगमा बहालवाला प्रधानमन्त्रीको छेडखानीयुक्त उक्ति चर्चित थियो- बयलगाडा चढेर अमेरिका पुगिँदैन। भाषिक हिसाबले हेर्ने हो भने अभिव्यक्ति शतप्रतिशत सही छ। समुद्र पार गरेर जानुपर्ने टाढाको गन्तव्य अमेरिका बयलगाडामा चढेर पुगिँदैन। तर राजनीतिमा आलंकारिक रुपमा अरुलाई बयलगाडा चढेको देख्नेहरु पछि आफै त्यसको चालक बन्न पुग्छन्। २०६२/२०६३ पछिको डेढ दशक लामो राजनीतिक घटनाक्रमले बयलगाडाको असली चालक केपी शर्मा ओली नै भएको प्रमाणित गरेको छ। 

पञ्चायतको विरोधमा लामो समय जेल जीवन बिताएको अनुभव छ, बहालवाला प्रधानमन्त्रीसँग। झन्डै डेढ दशक केपी शर्मा ओलीले कठोर जीवन व्यतीत गरेका हुन्। कोरोना भाइरसको कारण करिव एक महिना लकडाउनमा बस्दा सकस मानेका हामी नेपालीले डेढ दशक लामो जेलजीवनको सकस सहजै अनुमान गर्न सक्छौं। जीवनको उर्जाशील समय साँगुरो घेरामा बिताएका केपी शर्मा ओली दोश्रो जनआन्दोलनमा भने सामेल भएनन्। बस्, वहाँको व्यंग्यात्मक टुक्काले मात्र चर्चा पायो- बयलगाडा चढेर अमेरिका पुगिँदैन। उनको अभिव्यक्तिका केही शब्दले प्रतिकात्मक अर्थ राख्छ। बयलगाडा र अमेरिका शब्दको अर्थ सुनिएको भन्दा धेरै गहिरो छ। 

डेढ दशकअघि र अहिले प्रहसनको शैली फरक होला तर शब्दको प्रतीकात्मक अर्थ अझैपनि उस्तै रहन्छ। बयलगाडासँग जीवनप्रणाली जोडिएको हुन्छ। बयलगाडा कुनै समय नेपालको तराई र भारतको समथर भूभागमा यातायातको महत्वपूर्ण साधन थियो। किसानको फसल उठाउनदेखि त्यसलाई बजार पुर्‍याउन बयलगाडा अनिवार्य थियो। समथरको ग्रामीण जीवनमा बयलगाडाले वर्ग उत्थान भएको जानकारी दिन्थ्यो। आज बयलगाडाको स्थान चारपांग्रे सवारी साधनले ओगट्दै गएको छ। अझैपनि बयलगाडाको प्रचलन पूर्ण रुपले विस्तापित भएको छैन। तर द्रुत गतिमा चल्ने इञ्जिन गाडीका सामु बयलगाडा सुस्तता र असक्षमताको बिम्ब बनिसकेको छ। 

दोस्रो जनआन्दोलनताका केपी शर्मा ओलीबाट व्यंग्यमा अभिव्यक्त अमेरिका देश मात्र थिएन। एउटा समृद्धि र परिवर्तनको बिम्ब पनि हो। त्यो समय सडकमा उत्रेका मानिस राजनीतिक व्यवस्थासँग लडिरहेका थिए। संविधान भन्दामाथि रहेका राजा र त्यो राजाको हस्तक्षेप भइरहने राजनीतिक वातावरणमा जनताको भावना फुल्न सक्दैन भन्ने आन्दोलनको मर्म थियो। आन्दोलनरत नेपालीको चाहना परिवर्तित राजनीतिक व्यवस्था र समृद्धि थियो।

व्यवस्था परिवर्तन भयो। तर देश र राजनीतिक संस्कार परिवर्तन भएको छैन।

देशमा विकासको कामले गति लिन्छ अनि अवसरका ढोका खोलिन्छन्। त्यसपछि भुईतहको मान्छेले पनि अवसर पाउँछन् र जीवन बदलिन्छ भन्ने सपना थियो। त्यो आन्दोलनसंग सपनाको लामो श्रृंखला जोडिएको थियो।  त्यसकै निम्ति धेरैले सडकमा रगत बगाए, जीवन अर्पे। व्यवस्था परिवर्तन भयो। तर देश र राजनीतिक संस्कार परिवर्तन भएको छैन। भुईतहको मान्छेको अवस्था के छ? यसको उत्तर कोरोना संकटमा भोकभोकै कैयौं दिन हिँडेर घर फर्किरहेका मजदुरको झुन्डले दिइरहेको छ। 

दोश्रो जनआन्दोलनको सफलतासंगै देश गणतन्त्र र संघीयतामा प्रवेश गर्‍यो। यसले नेपाली जनतामा उत्साहको बिजारोपण गरेको थियो। संविधानसभा लेखनको क्रममा दलहरुको द्वन्द्वले जनताको उत्साहलाई राम्रैसंग चिस्याएको पनि हो। तर संविधान लेखनपछि प्रधानमन्त्री बनेका केपी ओली निर्विकल्प नेताको रुपमा उदाए। यसमा उनको कामको योगदानभन्दा बढी भारतको नाकाबन्दीको भूमिका थियो। अझ माओवादीसंग चुनावी तालमेल र पछि पार्टी एकता गरेर शक्तिशाली कम्युनिस्ट नेता बने।

चुनावी तालमेल र पार्टी एकताकै बलमा सत्तारोहण गर्दैगर्दा ठूला-ठूला सपना बाँडे। जनतालाई लाग्यो कि देशलाई अमेरिका बनाउने नेता त केपी ओली नै हुन्। यिनले देश विकासको काम रकेटको गतिमा अघि बढाउँछन्। झन्डै दुईतिहाई बहुमतको साथ प्रधानमन्त्री भएका ओलीले चाहेको भए गर्न सक्थे पनि। पछिल्लो अढाई वर्षको कामले भने प्रधानमन्त्रीको क्षमता बयलगाडा चालक मात्र देखिएको छ। सडक जति नै फराकिलो र चिल्लो किन नहोस्, बयलगाडामा अघि बढेपछि यात्रा सुस्त नै हुन्छ। आज भइरहेको त्यही नै हो।   

Ncell 2
Ncell 2
nimb
nimb

संसदमा प्राप्त सुविधा अनुसार केपी शर्मा ओलीको सरकारलाई विपी कोइरालाको सरकारसंग दाजिन्छ। बिपी कोइरालाको सरकार पनि दुई तिहाईको सरकार थियो। तर ०१६ सालमा गठित सरकारमा विपी कोइराला केपी ओली जति स्वतन्त्र र शक्तिशाली थिएनन्। बिपीको सरकारमा राजा महेन्द्रको गिद्धेदृष्टि पहिलेदेखि नै थियो।

०१७ सालमा बिपीको सरकार बर्खास्त गरेर पञ्चायत लाध्दै राजा महेन्द्रले यो कुरा प्रमाणित पनि गरे। त्यसको ठिक विपरीत ओलीले सरकार हाँक्नको लागि अवरोध रहित फराकिलो र चिल्लो सडक त पाए, तर त्यहाँ बयलगाडा चढाएर आफै गतिहीन हुन पुगे। बयलगाडा ओलीको संकुचित सोचको परिणति हो। यो सरकारको ठूलो जिम्मेवारी संघीयतालाई सबल बनाउनु थियो। अफसोच, संघीयताप्रति प्रधानमन्त्रीको सोच फराकिलो र उदार छैन। प्रदेश र स्थानीय तहलाई स्वायत्त हुन दिएका छैनन्।

अफसोच, संघीयताप्रति प्रधानमन्त्रीको सोच फराकिलो र उदार छैन। प्रदेश र स्थानीय तहलाई स्वायत्त हुन दिएका छैनन्।

प्रधानमन्त्रीको रुपमा संयोजनकारी भूमिका खेल्नु पर्ने हो, तर उल्टै गतिलाई धिमा बनाउने काम गरेका छन्। केन्द्रलाई अझ शक्तिशाली बनाउने प्रयासमा छन्। अहिले सातै प्रदेशका मुख्यमन्त्री संघीय सरकारसँग गुनासो गरिरहेका छन्। संघीय सरकारको तालाचाबी अहिले केपी ओलीको हातमा छ। सातमध्ये ६ वटा प्रदेशमा आफ्नै पार्टीको सरकार छ। ६ मध्ये चार प्रदेशमा त आफ्नै गुटको मुख्यमन्त्री छन्। आफ्नै पार्टी र त्यसमा पनि आफ्नै गुटको मुख्यमन्त्री नभएको भए प्रधानमन्त्रीको रबैयाप्रति प्रदेश सरकारले कति विरोध गर्थ्यो होला? हाललाई यी कुराको अनुमान लगाउँदै बस्नु मात्र विकल्प छ।  

आफू दुई तिहाईको समर्थनमा बनेको शक्तिशाली प्रधानमन्त्री भनेर दाबी गरिरहे ओलीले। शक्तिशाली र उपल्लो पदमा बसेर देखाउनु पर्ने उदारता भने देखाउन सकेनन्। दुई तिहाईको सरकारमा तात्कालीन संघीय समाजवादी पनि सामेल थियो। तर सहयात्री दलमात्र हैन, आफ्नै पार्टीका सहयात्रीलाई पन्छाउँदै अघि बढिरहे। सत्ता सञ्चालनमा प्रधानमन्त्रीले सिमित मान्छेका मात्र कुरा सुने। आफू नै सर्वज्ञाता हुँ भन्ने हिसाबले प्रस्तुत भए। लोकतान्त्रिक आचरण र व्यवहार देखाउन सकेनन्। आफ्नो गुटको श्वार्थमा लिप्त हुदा जनताले सुम्पेको जिम्मेवारी निर्वाह गर्न सकेनन्।

कोरोना भाइरसले उब्जाएको संकटले विश्व आक्रान्त छ। हाम्रो देशमा पनि जनजीवन बिजोग छ। यसको आर्थिक व्ययभार भविष्यमा देखिनेछ। यस्तो अवस्थामा प्रधानमन्त्री आगामी आर्थिक नीति र विकास योजनामा केन्द्रीत हुनु पर्थ्यो। तर उनी अध्यादेशको षड्यन्त्रमा लागे र आफै नराम्ररी पछारिए। पछारिएपछि अब आफू बदलिएर अघि बढ्न तयार रहेको सूचना बाहिर आएका छन्। तर जति गरेपनि मानिसको व्यवहारलाई उसको सोचले निर्देशित गर्ने हो।

मानिसको बोली बदलिएला तर सोच बदलिँदैन। वर्षाैंमा नबदलिएको प्रधानमन्त्रीको सोच अब बदलिनेवाला छैन। आफ्नो आधा कार्यकाल जसरी बिताए, अबपनि त्यसरी नै बिताउने हो। प्रधानमन्त्रीले अब जनचाहना बमोजिम मोटरगाडी चढाउँछु भन्दा विश्वास गर्न सकिँदैन। कारण, उनले आजसम्म बयलगाडा चलाउने क्षमतामात्र प्रदर्शन गरेका छन्। मोटरगाडीको समयमा किन बयलगाडा चलाउन उद्धत रहे? उत्तर सफाट छ, कि प्रधानमन्त्री ओलीको क्षमता नै त्यति थियो। मोटरगाढी चलाउने सिप भएको भए पहिल्यै हुँइक्याई सकेका हुन्थे। 

सत्ता सञ्चालनमा प्रधानमन्त्रीले सिमित मान्छेका मात्र कुरा सुने। आफू नै सर्वज्ञाता हुँ भन्ने हिसाबले प्रस्तुत भए। लोकतान्त्रिक आचरण र व्यवहार देखाउन सकेनन्।

हिजो ज्यानको बाजी थापेर सडकमा लड्ने माथि खिसीटिउरी गर्नु। त्यो आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धि आफू शक्तिमा आएपछि संस्थागत गर्न नखोज्नु। लोकतन्त्रको मर्मलाई उपहास गर्दै सीमितको मात्र हित सोच्नु। शक्ति र शत्तामा पुगेपछि भुईतहको मान्छेको दुःखलाई देख्न छोड्नु जनआन्दोनको बेला प्रतिविम्बित ओलीको संकुचित सोचको व्यावहारिक प्रहसन मात्र हुन्। तसर्थ पानीजहाज र रेलका सपना बाँडेर आफू चाँहि धिमा गतिमा चले। ओलीले सत्तामा पुगेर गरेको अभ्यास, मान्छेको व्यवहार बोलीभन्दा सोचाईबाट निर्देशित हुन्छ भन्ने प्रमाण हो।  

जहाज र मोनोरेलको गतिमा अहिले नपुगिएला तर मोटरको गति न्यूनतम आवश्यकता हो। बयलगाडाको गतिमा अघि बढ्ने प्रधानमन्त्रीबाट मोटरको अपेक्षा गर्न सकिँदैन। उनले मोटर चलाउनु पर्ने ठाउँमा बयलगाडा तेर्‍याएर सिंगो देशलाई अलमल्याएका छन्। यो बेला सबभन्दा पहिले मूल सडकबाट बयलगाडा विस्थापित गर्नुपर्छ।

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७  २०:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भानु बोखिम
भानु वोखिम नेपाल लाइभका स्तम्भकार हुन्।
लेखकबाट थप
राजनीतिको ‘प्रचण्ड पीडा’
‘जातका कारण’ ज्यान गुमाएकी जनप्रतिनिधि मनाको कथा
ओलीको ‘अफर’पछि फेरिएको महन्थको मनोविज्ञान 
सम्बन्धित सामग्री
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति पुरातत्वविद झा सम्झन्छन्–इजोतको कति अंक प्रकाशन हुन सक्यो त्यसको यकिन गर्न सकिँदेन । तर जे जति प्रकाशन भयो त्यसले मैथिली पत्रकारिता... शनिबार, भदौ २७, २०८३
विपत्तिको पीडाले फिक्का बनाएको तीज तीज आउनुअघि नै बजारमा रातो सारी, हरिया चुरा–पोते र गरगहनाको चहलपहल बढ्छ । टोल–टोलमा तीजका गीत घन्किन थाल्छन् । दिदीबहिनीहरू भेटघाट ग... शनिबार, भदौ २७, २०८३
बुवा : आफ्ना सपना थाती राख्ने नायक आमाको माया प्रायः शब्दमा सुनिन्छ, बुवाको माया भने जिम्मेवारीका रूपमा देखिन्छ । बिहान सबेरै उठेर काममा निस्कँदा होस् वा रात अबेरसम्म... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र थुप्रिएको लेदो हटाउन थालियो आइतबार, भदौ २८, २०८३
इटहरीमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु आइतबार, भदौ २८, २०८३
इजरायली प्रधानमन्त्रीले कपाल र मेकअपमा गरे ७ करोडभन्दा बढी खर्च आइतबार, भदौ २८, २०८३
इन्डोनेसियामा २४० यात्रु सवार जहाज सम्पर्कविहीन आइतबार, भदौ २८, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्