• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २८, २०८३ Sun, Sep 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

अनलाइन शिक्षण सिकाई : शिक्षकको भूमिका कस्तो हुने?

64x64
प्रजु पन्त मंगलबार, वैशाख १६, २०७७  १९:४९
1140x725

काठमाडौं- कोरोना भाइरसको संक्रमण फैलन नदिन लकडाउन भएपछि अहिले धेरैजसो मुलुकका विद्यालय तथा विश्वविद्यालयले अनलाइन पढाइ गरिरहेका छन्। प्रवचन विधिबाट मात्रै पढाइँदै आएपनि अब नेपालमा पनि  अन्य शिक्षण विधि प्रयोग गर्नुपर्ने आवश्यकता देखिएको छ। 

कतिपय विद्यालय तथा विश्वविद्यालयले नियमित रुपमा अनलाइन, विभिन्न एप, तथा जुम आइडीको प्रयोग गर्दै पढाइरहेका छन्। शिक्षा मन्त्रालयले विद्यालय तहमा अनलाइन र अन्य शिक्षण विधी प्रयोग गरी विद्यार्थीलाई घरबाटै पढाउने व्यवस्था गर्ने बताइरहेको छ। 

शिक्षा मानव स्रोत तथा विकास केन्द्रले पनि सोहीअनुसार पाठ्यसामग्रीको तयारी तीव्ररुपमा भइरहेको बताएको छ। केन्द्रका प्रमुख तुलसीप्रसाद थपलियाका अनुसार पाठ्सामग्री कक्षा १० सम्मका विद्यार्थीका लागि तयारी पार्न लगाइएको जानकारी दिए। 

उनका अनुसार केन्द्रले तयार पारेको सामग्री विद्यार्थीले स्वअध्ययन गर्नपनि सक्नेछन्। स्वअध्ययन गर्न सक्ने भएपनि शिक्षकले सहजीकरणको भूमिका खेल्नुपर्ने थपलियाले बताए। ‘हामीले तय गरेको पाठ्यसामग्री सरल छ‚ विद्यार्थी आफैले पनि बुझ्न सक्छन्,’ थपलियाले भने, ‘यसमा शिक्षकले स्रोतले भ्याएसम्म सहजीकरण गर्नुपर्छ।’ 

अहिले शिक्षकहरु अनलाइनमा अभ्यस्त छैनन् र कतिपय त प्रविधिमैत्री समेत छैनन्। त्यस्ता शिक्षकले छोराछोरीलाई सहयोगमा राखी पढाउन सक्ने उपाय सुझाउँछन् सहप्राध्यपक नेत्र सुवेदी। ‘प्रविधिमूलक सिकाइको चुनौतीलाई कुशल रुपमा सामना गर्ने समय पनि हो। शिक्षक र विद्यार्थीको सकृयता अनि प्रशासनको इच्छाशक्ति र ज्ञानप्रतिको प्रतिबद्धताको परीक्षण गर्ने बेला यही हो‚ यसलाई सदुपयोग गर्नुपर्छ।’

शिक्षाविद् विद्यानाथ कोइराला पनि यही बेला विद्यालय तथा विश्वविद्यालयले आफूलाई प्रविधिमैत्री बनाउन सक्ने तर्क राख्छन्। ‘विद्यालय तथा विश्वविद्यालयले केही कक्षा सञ्चालन गरेर भएपनि प्रविधिमैत्री बनाउँदैछन्,’ कोइरालाले भने, ‘शिक्षकले पनि आफूलाई समयअनुसार ढाल्दै लैजानुपर्‍यो।’

विद्यालयमा होस् या विश्वविद्यालयमा प्रवचन विधिबाट पढाउँदै आएका कारण सुरुवातमा अनलाइन अध्यापन गराउँदा पावरप्वाइन्टहरू सेयर गर्ने, असाइनमेन्ट दिने, परीक्षण गर्नेलगायतका विधी प्रयोग गर्न सकिने बताउँछन् प्राध्यापक राम लोहनी। ‘सफ्टवेयरको प्रयोग गर्न र इन्टरनेटले साथ दियो भने केही प्रवचनहरू पनि हुन सक्लान्‚’ लोहनी भन्छन्, ‘शिक्षक विद्यार्थीलाई जोड्न सकिन्छ। छलफल प्रभावकारी हुन्छ।’

शिक्षाविद् विद्यानाथ कोइरालाले शिक्षकहरुको भूमिकाबारे यसरी प्रस्ट पारेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

सन्दर्भगत पाठ्यसामग्री तयार गरौँ 
सन्दर्भगत भन्नाले  विद्यालय तहका विद्यार्थीको लागि महामारी वातावरण स्वास्थ्यलगायतका विषयगत कुरामा केन्द्रीत गर्न सकिन्छ। जसले गर्दा उनीहरुले अन्य सैद्धान्तिक विषयलाई अहिलेको घटनाक्रमलाई जोड्न सक्ने हुन्छन्। 

त्यसकारण प्राप्त स्रोतलाई अधिकतम उपयोग गरेर पढाउन सकिन्छ भने विश्वविद्यालय तहको लागि उनीहरुको विषय र कुन ठाउँमा बस्छन् त्यो ठाउँसँग जोडेर पाठ्यसामग्री बनाउन सकिन्छ। जस्तो कोही तराइ मधेसमा बस्ने जसले राजनीतिशास्त्र पढ्छ भने उसलाई त्यहाँको राजनीति पढाउनुपर्‍यो। पहाडको हकमा पनि त्यही लागू हुन्छ। 

'आलोचनात्मक चिन्तनको विकास गरौँ'
पाठ्यक्रममा जे छ त्यही रटाउने हाम्रो बानी छ, अब यो मोडल त्याग्न जरुरी छ। वैज्ञानिकहरुले यो विधीलाई थात्रो विधी भनेका छन्। अब पाठ्यक्रममा भएका विषयवस्तुलाई पनि फरक ढगंले सोच विचार र चिन्तन गर्नसक्ने जनशक्तिको आवश्यकता देखिन्छ। 

आजको युग भनेको प्रविधिको युग हो। स्मार्टफोन साथमा भएपछि सेकेण्ड सेकेण्डमा विश्वको जुनसुकै देशको सूचना थाहा पाउन सक्छौँ। शिक्षकहरु पनि भइरहेका घटनामा अपडेट हुनपर्‍यो। कम्तीमा विषयगत कुरामा निरन्तर अप्डेट भइरहन पर्‍यो। सम्प्रेषण पनि गर्नुपर्‍यो।

पढेको कतिको सम्झ्यो ठूलो कुरा होइन। विद्यार्थीले कुनै पनि विषयवस्तु कसरी बुझ्छ त्यो महत्वपूर्ण कुरा हो। हरेक व्यक्तिमा केही न केही प्रतिभा हुन्छ नै‚ सफल त्यो शिक्षक हो‚ जसले विद्यार्थीको प्रतिभा देख्न सक्छ। विद्यालय स्तरका बालबालिकालाई उनीहरुको सिर्जनशीलता के हो‚ के गर्न मन पर्छ? त्यो गरेर भिडियो गराउन सकिन्छ। 

सहकार्यता टुट्न नदिने 
अहिलेको महामारी नै यस्तो छ कि व्यक्तिगत दूरी कायम गर्नुपर्ने एकअर्कालाई भेट्न नहुने। तर सत्य के हो भने सधैं यही अवस्था रहँदैन। सहकार्यबिना केही काम गर्न सकिँदैन। महिनौँ घर बस्दा साना साना बालबालिकामा सहकार्यताको अभाव त हुँदैन? अभिभावक तथा शिक्षकलाई चिन्ता हुनु स्वभाविक हो। 

जसको लागि शिक्षकले विभिन्न समूहमा बाँडिदिएर अनलाइन ग्रुप बनाइदिन सक्छन्। जहाँ उनीहरुले असाइन वा अन्य कुनै विषयको छलफल गर्न सक्छन्।

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७  १९:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र थुप्रिएको लेदो हटाउन थालियो आइतबार, भदौ २८, २०८३
इटहरीमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु आइतबार, भदौ २८, २०८३
इजरायली प्रधानमन्त्रीले कपाल र मेकअपमा गरे ७ करोडभन्दा बढी खर्च आइतबार, भदौ २८, २०८३
इन्डोनेसियामा २४० यात्रु सवार जहाज सम्पर्कविहीन आइतबार, भदौ २८, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्