• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

सर्वोच्चको आदेशपछि सरकारले विदेशमा अलपत्र परेका श्रमिकहरुको उद्धार गर्छ?

64x64
निर्मला घिमिरे शुक्रबार, वैशाख ५, २०७७  १४:३०
1140x725
युएईमा अलपत्र नेपाली कामदार

काठमाडौं– अहिले विश्व कोरोना महामारीसँग जुधिरहेको छ। यसको प्रत्यक्ष प्रभाव श्रम, आप्रवासन क्षेत्रमा पनि परेको छ।

रोजगारीको खोजीमा लाखौँको संख्यामा विदेशिएका नेपाली श्रमिकहरु यो जटिल परिस्थितिमा स्वदेश फर्किन चाहेका छन्। कतिपय रोजगारी गुमेर अलपत्र परेका श्रमिकहरु खान बस्न समस्या भएको भन्दै स्वदेश फर्किन हारगुहार गरिरहेका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए)को एक सर्वेक्षणअनुसार अहिले विदेशबाट ७७ प्रतिशत नेपाली स्वदेश फर्किन चाहेका छन्। तर, देश लकडाउनमा हुँदा उनीहरु स्वदेश फर्किन पाएका छैनन्। सरकारले उनीहरुलाई यथास्थानमा रहन आग्रह गरिरहेको छ।

यसै सन्दर्भमा बिहीबार अधिवक्ता सोम लुँइटेलसहितको संयुक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले विदेशमा अलपत्र परेका नेपाली श्रमिकहरुलाई तत्काल उद्धार गरी स्वदेश फिर्ता ल्याउन अन्तरिम आदेश जारी गरेको छ। तर, अरु सामान्य अवस्थामा विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्न हम्मेहम्मे पर्ने सरकारलाई यो जटिल परिस्थितिमा विदेशमा अलपत्र परेका नेपाली श्रमिकहरुकाे उद्धार गर्न सहज छ त? यही प्रश्न खडा भएको छ।

अहिले सरकारले देशभित्रै रहेका मजदुरहरुलाई व्यवस्थापन गर्न सकिरहेको छैन। रोगले भन्दा भोकले छटपटाएका श्रमिकहरुको पीडा सडकतिर छताछुल्ल पोखिन थालिसकेको छ। उनीहरु भोक मेटाउनकै लागि हिडेर दूरदराजको यात्रा तय गरिरहेका छन्। तर, सरकार यसमा मुकदर्शक बनिरहेको छ।

देशभित्रैका मजदुरहरुकाे व्यवस्थापन गर्न नसकिरहेको सरकारले विदेशमा अलपत्र परेका श्रमिकहरुको उद्धार गर्न पहल गर्ला त? धेरैमाथि यो प्रश्न पनि थुप्रिएको छ। प्रश्न सँगसँगै कतिपयमा त अब सर्वोच्चले नै आदेश जारी गरिसकेपछि स्वदेश फर्किन पाइएला भन्ने आशा जागेको छ।

सरकारले सर्वोच्च अदालतको आदेश पालना गरेर तत्काल समस्यामा परेका नागरिकहरुको उद्धार गर्छ त? नेपाल लाइभले यससम्बन्धमा केही सरकारी अधिकारीहरुसँग कुरा गरेको छ।

तत्काल विदेशबाट उद्धार हुँदैन: नारायणप्रसाद विडारी, सचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयका सचिव तथा कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव नारायणप्रसाद विडारीले देश लकडाउन रहेको अवस्थामा विदेशबाट समस्यामा परेका नेपालीहरुलाई उद्धार गर्न नसकिने बताए।

Ncell 2
Ncell 2
nimb
nimb

विदेशमा समस्यामा परेका श्रमिकहरुको समस्या सुल्झाउन सरकारले कूटनीतिक पहल गरिरहेको सचिव विडारीको भनाई छ। ‘अहिले देश पूर्ण लकडाउनमा छ। जो जहाँ छ त्यहीँ बस्ने हो। विदेशमा समस्यामा परेका श्रमिकहरुलाई अहिले उद्धार गर्ने भन्दा पनि हामी त्यहीँ सहज वातावरण बनाउने हो। जसका लागि हामीले कूटनीतिक पहल गरिरहेका छौँ’, सचिव विडारीले नेपाल लाइभसँग भने।

‘सर्वोच्च अदालतको आदेशमा पनि विदेशमा समस्या परेका नागरिकहरुलाई उद्धार गर्न मात्र आदेश गरेको छैन। कोरोना महामारी फैलिएका मुलुकमा समस्यामा रहेका नेपाली नागरिकहरुलाई राजदूतावास वा श्रम सहचारीमार्फत् जोखिमबाट संरक्षण गर्न समेत सुझाव दिएको छ,’ सचिव विडारीले थपे, ‘सोही अनुरुप सरकारले नेपाली नागरिकहरुलाई सम्बन्धित मुलुकमै सुरक्षित बनाउनका लागि पहल गरिरहेको छ।’ देशमा लकडाउन हटेपछि मात्रै विदेशमा रहेका नागरिकहरु सामान्य अवस्थामा जसरी नै स्वदेश फर्कन पाउने  सचिव विडारीले जानकारी दिए।

अत्तालिएर मात्रै समस्या समाधान हुँदैन: विनोद केसी, सचिव श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय 
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीले विदेशमा समस्यामा परेका नेपाली नागरिकहरुलाई फर्काउन सर्वोच्चले जारी गरेको आदेश मन्त्रालयसम्म नआइपुगेको बताएका छन्।

‘आदेश हामीसँग नआइपुगी यसबारे बोल्न मिल्दैन। यो भयावह अवस्थामा विदेशबाट नेपाल फर्किन चाहाने श्रमिकहरुको संख्या पनि ठूलो हुन्छ। उहाँहरुलाई नेपालमा ल्याएर कसरी व्यवस्थापन गर्न सकिन्छ वा विदेशमै कसरी सुरक्षित राख्ने? सरकारले यस विषयमा छलफल गरिरहेको छ,’ सचिव केसीले भने। समस्यामा परेकालाई गन्तव्य मुलुकमै सहज वातावरण तयार पार्न पनि सरकारले कूटनीतिक नियोगहरुसँग समन्वय गरिरहेको उनको भनाई छ।

अहिले यो महामारीले नेपालमा मात्रै नभएर विश्वको श्रम बजारमा असर परेकाले यसमा आत्तिने भन्दा पनि धैर्य गर्नुपर्ने सचिव केसीले बताए। ‘हामीमात्र होइन विश्व संकटमा छ। यस्तो अवस्थामा विदेशमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनीहरु नआत्तिनु होला। सरकारले समस्या समाधानमा सहजीकरणका लागि सक्दो पहल गर्ने छ,’ सचिव केसीले थपे।

कुनै पनि मित्र राष्ट्रले तिम्रा नागरिक लैजाउ भनेको छैन: भरतराज पौडेल, प्रवक्ता परराष्ट्र मन्त्रालय 
परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता भरतराज पौडेलले विदेशमा नेपालीहरु समस्यामा परेको खण्डमा नेपाल ल्याउने भन्दा पनि कूटनीतिक नियोगमार्फत् उतै सहजीकरण  भइरहेको बताए।

सहसचिव पौडेलले भने, ‘हामीलाई कुनै पनि मित्र राष्ट्रले  आफ्ना नागरिक फिर्ता लैजाउ भनेको छैन। यो अप्ठ्यारो परिस्थितिमा जो जहाँ छ त्यहीँ बस्नुपर्ने बेला हो। यस विषयमा हाम्राे प्रधानमन्त्री, परराष्ट्रमन्त्री, उच्चस्तरीय समितिले पटक पटक भनिरहेका छन्।’

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७  १४:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
व्यापार सन्धि सुधारदेखि भारतीय लगानीसम्म, वाग्लेले उठाए नेपाल–भारत सहकार्यका मुद्दा शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
जलवायु परिवर्तनलाई राष्ट्रिय सुरक्षाको केन्द्रमा राख्नुपर्छ : गगन थापा शुक्रबार, असोज २, २०८३
राजदूत सिफारिसबाहेक अरु के–के निर्णय गर्‍यो मन्त्रिपरिषद्ले ? शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्