• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २१, २०८३ Sun, Sep 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सरस्वतीले माया गरेपछि यसरी डाक्टर बनिन् धनमाया

64x64
महेश न्यौपाने शनिबार, वैशाख ६, २०७७  ११:५१
1140x725

रोल्पा-बुबाआमा सामान्य किसान। अन्य किसानझैं निर्वाहमुखी खेती गरेर दैनिकी बित्थे बुबाआमाका। विद्यालय जानुअघि एक भारी दाउरा वा घाँस ल्याउनु उनको नियमित काम थियो। विद्यालय ढिलो जाँदा पढाइ छुट्ने। घाँस कम ल्याए वस्तुबाख्रा भोकै। 

कम्ति चुनौतीका दिन थिएनन् ती। कक्षा ८ सम्म घरको कामले उनको पढाइलाई धेरै असर नगरे पनि  कक्षा ९ मा पुगेपछि भने असर गर्न थालेको थियो। राम्रो विषय पढ्ने उनको इच्छामा भने त्यसले बाधा गर्न सकेन। कक्षा ९ मा ऐच्छिक गणित रोजिन्। ११ र १२ मा विज्ञान पढ्नका लागि। 

ऐच्छिक गणितलाई  सामान्य अभ्यासले नपुग्ने भयो। घरमा पढ्न समय र वातावरण थिएन। घरको सबै काम सकेर बेलुकाको खानापछि राति अबेरसम्म पढ्ने र गृहकार्य गर्ने गर्थिन्। त्यसैले अधिकांश गृहकार्य विद्यालय गएर सक्नुपथ्र्यो। परीक्षाको समयमा पनि पढ्न समय हुँदैनथ्यो उनलाई। घरको काम नै प्यारो।

सामान्य खेतबारीबाट आउने आम्दानी नै मुख्य श्रोत थियो परिवारको। छोरीले पढेर के हुन्छ भन्ने पारिवारिक र सामाजिक वातावरण थियो। बुबाआमा अशिक्षित भएपनि विद्यालय पठाउनु नै ठूलो कुरा मानिन् उनले। विद्यालयमा सधैं प्रथम हुन्थिन्। ‘शारीरिक श्रम गरेर पढाइ बिग्रने रहेनछ‚ यसले त पढाइमा रिफ्रेस गर्दो रहेछ,’ उनले भनिन्। समय मिलाएर बुबाआमालाई काममा सघाउँदै आफ्नो दैनिक पढाइलाई निरन्तरता दिनुपर्ने उनको सुझाव पनि छ।

 दाजु काठमाडौं बसेर पढ्ने भएकाले एसएलसीपछि उतै पढ्ने भइन्। किसानी  गरेर कमाएको पैसाले ६ छोराछोरी  पढाउनु उनका बुबाआमालाई कम्ती सकस थिएन। ‘ऋणधन गरेर पढाउने बुबाआमाको आँट कम्ती प्रशंसनीय छैन‚’ डा. धनमाया घर्ती भन्छिन्।

उनले प्लस टुमा विज्ञान विषय पढिन्। डाक्टर बन्ने धोको थियो उनको। पढाइमा पनि सधैं अब्बल भएकाले राम्रो अंक ल्याएर प्लस टू पास गरिन्। डाक्टर बन्न तयारी गरौं कि सरासर बिएस्सी पढौं, उनलाई निकै द्विविधा भयो। डाक्टर पढ्न थुप्रै पैसा चाहिन्थ्यो। नाम निस्किएन भने समस्या थियो। पैसा खर्च गरेर पढाउन सक्ने पारिवारिक अवस्था थिएन।

एक मनले बिएसस्सीलाई निरन्तरता दिने सोच आयो। बिएसस्सी पढ्दा पढाइको सुनिश्चितता भए पनि डाक्टर पढ्नका लागि सुनिश्चितता थिएन। नाम निस्कने, ननिस्कने निश्चित थिएन। नाम निस्किएन भने के गर्नेरु प्राइभेट पढ्नका लागि पनि ४० लाख खर्च लाग्ने। उनी निकै अन्योलमा परिन्।

Ncell 2
Ncell 2
nimb
nimb

 
केही समय डाक्टर पढ्ने  गरी  तयारी पनि गरिन्। डाक्टर पढ्नका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले सूचना खोलेको उनले थाहा पाइन्। सूचनामा दुर्गम जिल्लाका लागि एक सिट छुट्याएको रहेछ। रोल्पाका लागि एक सिट थियो। त्यसमा उनीसहित  २२ जना रोल्पालीले फाराम भरेका थिए। 

प्रवेश परीक्षामा उनको नाम निस्कियो। उनले पाटनमै पूर्ण छात्रवृत्तिमा पढ्ने अवसर पाइन्। प्रतिष्ठानको नियमानुसार एमबीबीएस पूरा गरेकी उनले कम्तीमा ४ वर्ष  रोल्पा गएर सेवा गर्नुपर्ने भयो। उनले रोल्पा अस्पतालमा सेवा गर्न थालेको ३ वर्ष पूरा भइसकेको छ। रोल्पा बसाइपछि उनले एमडी अध्ययनको सोच बनाएकी छन्। 

आइएससी पढाइपछि उनले गाउँकै रामबहादुर घर्तीमगरसँग विवाह  गरेकी थिइन्। ‘मेरो  पढाइमा श्रीमानको पनि ठूलो योगदान छ। श्रीमानको सहयोग नभएको भए पढाइ सम्भव थिएन। पढाइलाई निरन्तरता दिने शर्तमा हाम्रो विवाह  भएको हो‚’ उनले भनिन्, ‘विवाहपछि पनि पढाइलाई निरन्तरता दिनुपर्ने दुवै परिवारको सहमति अनुसार विवाह राजी भएकी थिएँ। विवाहपछि पढाइलाई अझ बढी सहयोग हुन्छ भन्ने भइसकेपछि हामी विवाहका लागि तयार भएका थियौं।’

‘पढाइ निःशुल्क भए पनि खान‚ बस्न‚ किताब‚ कलमलगायतका लागि थुप्रै खर्च जरुरी थियो‚ जो मेरो श्रीमानका कारण सम्भव भएको हो‚’ उनले भनिन्। स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका रोल्पाली बुबाआमा, दाजु दिदी बहिनीहरुको सेवा गर्न पाएकोमा आफूलाई सन्तुष्टि मिलेको धनमायाको भनाइ छ। 

छोरीले पढेर  के हुन्छ र ? भन्ने मान्यता जबर्जस्त रहेको समाजमा ग्रामीण  क्षेत्रकी एक छोरीले डाक्टर पढ्ने चाहना राख्नु चानचुने  विषय थिएन। एसएलसी सम्म पढ्दै वैदेशिक रोजगारीमा हुईकिने छोराहरुका कारण पनि छोरीको पढाई थप चुनौती पूर्ण बन्दै गएको थियो। बाबुआमा पाल्ने छोरो नपढेर कमाउन हिड्यो, अर्काको घर  जाने छोरीलाई  पढाएर के फाईदा यस्तै प्रश्नको सामान गर्नुपथ्र्यो छोरीले। यस्तै परिवेशलाई चिर्दै रोल्पाको नुवागाँउमा रहेको अरनिको माविमा आफ्नो अध्ययनलाई अगाडि बढाएकी थिईन् धनमायाले ।

छोरीलाई दुध चुसाउने  फुर्सद छैन  महिला  डाक्टरलाई

२२ महिनाकी छोरी डेरामै छोडेर निस्कन्छिन् दैनिक कर्ममा । छोरीको हेरचाह बहिनीले गर्छिन् । बिहानै छोडेको छोरीलाई रेखदेख गर्ने र दुध चुसाउने  फुर्सद छैन उनलाई। बिहानको झिसमिसेमा डेराबाट निस्केको फर्कँदा रात परिसकेको हुन्छ। कोरोनाको कारण अचेल झनै व्यस्तता बढेको छ उनको। रोल्पा अस्पतालको निमित्त  कार्यालय प्रमुख  भएर जिम्मेवारी  सम्हालेको पनि  धेरै भईसक्यो। विरामीको चेकजाँच, अस्पतालको प्रशासनिक काम अनि कोरोना  नियन्त्रणको   जिम्मेवारी । कार्यवोझको हिसाब किताब छैन उनलाई। तर  पनि अस्पताल जाने जो कोही  उनको सेवाबाट असन्तुष्ट हुँदैन। अत्यधिक कार्यवोझ भए पनि उनको अनुहार  तथा हाउभाउमा कहिल्यै प्रकट हुँदैन । मुस्कान  सहितको सेवा । त्यसैले त रोल्पाली  बुबा आमाहरुको छोरी भएकी छिन  डा।धनमाया घर्ती। 
 
‘एकजना महिलाले एक्लैले चाहेर मात्रै सबै कुरा पूरा हुँदैन। उसलाई परिवारका सदस्यको साथ सहयोग चाहिन्छ‚’ उनले भनिन्। आफूले बुबा, दाजु, श्रीमान, जेठाजु,  ससुरा सबैबाट सहयोग पाएर नै अहिले यो अवस्थामा आएको बताइन्।

संविधानले समानताको अधिकारलाई सुनिश्चित गरे पनि व्यवहारमा यत्रतत्र असमानता भएको उनको बुझाइ छ। ‘अझै पनि छोरा जन्मँदा हर्ष मनाउने परिवारमा छोरी जन्मिँदा खुसीयाली छाउँदैन किनरु’ उनले प्रश्न  गरिन्। ‘कानुनअनुसार व्यवहारिक रुपमै समानताका लागि अझै  मेहनत गर्नुपर्छ‚’ उनले भनिन्।  


 

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७  ११:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
महेश न्यौपाने
महेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
रोल्पामा लागुऔषधसहित एक महिला पक्राउ
पाँचदलीय गठबन्धनको सूत्रधार लुम्बिनी हो : मुख्यमन्त्री केसी
रोल्पाका स्थानीय सरकार : यसरी खटिरहेछन् विद्यालय शिक्षा उकास्‍न
सम्बन्धित सामग्री
भोटेकोशी प्रभावित क्षेत्रमा चिनियाँ विज्ञद्वारा निगरानी तीव्र, हिमताल र पहिरोको जोखिममा विशेष निगरानी अगस्ट २६ मा गएको विनाशकारी पहिरोबाट ठूलो मानवीय क्षति हुनुका साथै धेरै मानिस बेपत्ता भएपछि उद्धार कार्य जारी रहँदा सम्भावित दोस्रो च... आइतबार, भदौ २१, २०८३
संसद भवन परिसरमा जेन–जी पार्क तथा शालिक स्तम्भ शिलान्याश [फोटोफिचर] शहीदहरूको योगदान र बलिदानलाई स्मरण गर्दै भावी पुस्तासम्म उनीहरूको इतिहास र योगदानलाई जीवन्त राख्ने उद्देश्यले स्मारक पार्क, शालिक तथ... आइतबार, भदौ २१, २०८३
‘रगत बगिरहेको शवको दृश्यले भावुक बनायो’ सामाजिक सञ्जालमा देखिएका भोटेकोशी बाढीका तस्बिर र भिडियोले रसुवा र त्रिशूली आसपासका बस्तीमा ठूलो विपत्ति आएको संकेत गरिसकेको थियो। आइतबार, भदौ २१, २०८३
ताजा समाचारसबै
भोटेकोशीको भेलले कारागार घेर्दा ५० कैदी फरार, सुरक्षाकर्मीले ज्यानको बाजी लगाएर फर्काए : प्रधानमन्त्री आइतबार, भदौ २१, २०८३
सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको आश्वासन: सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता गर्दैन आइतबार, भदौ २१, २०८३
बाढीपीडितका लागि नेकपाको २४ बुँदे प्रस्ताव आइतबार, भदौ २१, २०८३
भोटेकोशी प्रभावित क्षेत्रमा चिनियाँ विज्ञद्वारा निगरानी तीव्र, हिमताल र पहिरोको जोखिममा विशेष निगरानी आइतबार, भदौ २१, २०८३
आज दिनभर खोज तथा उद्धारमा के–के भयो? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ? शनिबार, भदौ २०, २०८३
बेत्रावतीमा घरभित्रै फसेकी महिलाको बोल्न सक्ने अवस्थामा जीवितै उद्धार शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्