• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना महामारीमा परदेश : केही मुलुकको श्रमिकलाई साथ, केहीले दिँदैछन् देश छाड्न दबाब

64x64
निर्मला घिमिरे बिहीबार, वैशाख ४, २०७७  १३:०७
1140x725
युएईमा अलपत्र नेपाली कामदार

काठमाडौं–कोरोना भाइरसको विश्व महामारीले नेपालसमेत प्रभावित बनिरहेका बेला नेपाली श्रमिकहरुको आकर्षक गन्तव्य मानिएका मुलुकहरुले कामदारलाई देश छाड्न दबाब दिन सुरु गरेका छन्।

खाडीका कुवेत, युएईलगायत मुलुकले आप्रवासी कामदार स्वदेश फिर्ताका लागि दबाब दिन सुरु गरेका हुन्। कतिपय मुलुकले बेतलबी बिदा दिने तथा कामदार कटौती गर्ने भएका छन्। 

युएईले आफ्ना कामदार फिर्ता नलैजाने मुलुकहरुसँगको समझदारी भंग गर्ने विषयमा समेत छलफल गरिरहेको जनाएको छ। 

अमेरिकाले पनि आफ्ना नागरिक नलैजाने मुलुकलाई भिसा प्रतिबन्ध लगाउने चेतावनी दिएका खबरहरु सार्वजनिक भइरहेका छन्। तर यतिबेला नेपाल आफैं पूर्ण लकडाउनमा छ। सबै अन्तर्राष्ट्रिय उडान ठप्प छन् भने विदेशबाट स्वदेश फर्कन नेपालीलाई समेत तत्कालका लागि प्रतिबन्ध लगाइएको छ। 
मलेसिया, दक्षिण कोरियालगायत युरोपका कतिपय मुलुकहरुले भने नेपाली श्रमिकलाई आफ्नै नागरिकसरह व्यवहार गर्ने निर्णय गरेका छन्। यी मुलुकहरुले आपतकालीन अबस्थामा नेपाली श्रमिकहरुलाई साथ दिएसँगै केही सहज हुने भएको छ। 

मलेसियामा क्वारेन्टाइनमा बसेका आप्रवासी श्रमिकले न्यूनतम  पारिश्रमिक पाउने 

नेपाली कामदारहरुको प्रमुख गन्तव्य मुलुक मलेसिया पनि यतिबेला लकडाउनमा छ। मलेसियाले क्वारेन्टाइनमा बसेका सबै आप्रवासीका लागि न्यूनतम पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको छ। हाल मलेसियामा ४ लाखभन्दा बढी नेपाली श्रमिक कार्यरत छन्। 

कतिपय नेपाली श्रमिकहरु क्वारेन्टाइनमा दिन बिताइरहेका छन् भने कतिपय काममै खटिइरहेका छन्। 

आफ्नै नागरिकसरह व्यवहार गर्दै कतार 

nimb
nimb

नेपाली कामदारहरुको दोस्रो गन्तव्य मुलुक कतारले सबै आप्रवासीलाई समान व्यवहार गर्ने भएको छ। जसले ३ लाखको हाराहारीमा रहेका नेपाली श्रमिकहरु लाभान्वित हुने भएका छन्। 

कतार सरकारले रोजगारदाता र श्रमिकहरुको सहमतिबिना कामदार हटाउन नपाइने निर्णय गरेको छ। त्यस्तै कोरोना संक्रमण रोकथामका लागि सरकारले देश लकडाउन गरेपछि क्वारेन्टाइनमा बसेका आप्रवासीलाई पनि न्यूनतम पारिश्रमिक तथा सेवासुविधा उपलब्ध गराउनुपर्ने भएको छ।  

साथै आप्रवासीहरुलाई कोरोना संक्रमण भएमा कतार सरकारले रोकथाम, पहिचान र उपचारमा सबैलाई समान व्यवहार गर्ने जनाएको छ। सोहीअनुसार कतारले संक्रमित नेपालीहरुको उपचार गरिरहेको कतारस्थित नेपाली दूतावासले जनाएको छ । हालसम्म कतारमा दुई नेपाली कोरोना सक्रमित रहेको त्यहाँका स्थानीय सञ्चारमाध्यमले जनाए पनि दूतावासले भने संख्या यकिन गरेको छैन। 

तर प्रेस विज्ञप्ति जारी गर्दै दूतावासले कोरोनाबाट संक्रमित नेपाली आफ्नो सम्पर्कमा रहेको र उनीहरुको स्वास्थ्य अबस्था जटिल नरहेको उल्लेख गरेको छ । 

दक्षिण कोरियाले भिसा थपिदिँदा सहज  

यो जटिल परिस्थितिमा दक्षिण कोरियाले भने नेपाली श्रमिकहरुको भिसा अवधि थप गरिदिएको छ । कोरियाको श्रम मन्त्रालयको पछिल्लो निर्णयअनुसार अप्रिल १४ तारिखदेखि लागु हुने गरी ५० दिन भिसा अवधि थप गरेको हो । 

यो निर्णयले भिसा अवधि सकिन लागेका र सकिएको अबस्थाका हजारौँ नेपाली लाभान्वित भएका छन् । नेपाल फर्किन प्रतिबन्ध रहेको अवस्थामा उनीहरुलाई कोरियामा रहन सहज भएको छ । 


आप्रवासी कामदार फिर्ता गर्न युएईको दबाब

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि संयुक्त अरब इमिरेट्स (युएई)सरकारले रोजगारदातालाई आप्रवासी कामदार कटौती गर्न छुट दिएको छ। कोरोना संक्रमणको चपेटामा परेको अर्थतन्त्रलाई मध्यनजर गर्दै सरकारले यस्तो नीति अघि सारेको हो।  

युएईको मानव संसाधन मन्त्रालयकाअनुसार पारिश्रमिक दिन समस्या परे रोजगारदाताले श्रमिक कटौती गर्न सक्ने छन्। कतिपयलाई बेतलबी बिदासमेत दिन सक्ने निर्णय भएको छ। 

त्यस्तैगरी युएईले आप्रवासी कामदारहरु स्वदेश फिर्ता पठाउन सम्बन्धित मुलुकहरुलाई दबाब दिन सुरु गरेको छ। आफ्ना कामदार फिर्ता नलगे दुई मुलुकबीच भएको श्रम समझदारी रद्ध गरिने सम्बन्धमा युएईले छलफल गरिरहेको उल्लेख गरेको छ। 

युएईमा करिब लाखको हाराहारीमा श्रमिकहरु छन्। युएई सरकारले यस्तो धारणाले त्यहाँ कार्यरत नेपालीहरुमा समस्या निम्तिन सक्ने देखिएको छ । युएईमा रहेका कतिपय श्रमिकहरुले त्यहाँ केही समयदेखि आफू भोकै बस्न बाध्य भएको गुनासो समेत गरिरहेको पाइएको छ। 

कतिपय श्रमिकहरुले रोजगारी गुमाईसकेका छन्। कतिपयसेल्फ क्वारेन्टाइनमा दिन कटाइरहेका छन्।

कुवेतमा अवैधलाई जरिवाना मिनाहा, टिकट फ्री 

कुवेत सरकारले त्यहाँ रहेका आप्रवासीहरुलाई स्वदेश फर्काउने नीति अघि सारेको छ।  त्यहाँ अवैध रुपमा रहँदै आएका आप्रवासीहरुलाई स्वदेश फर्काउन कुवेत सरकारले आममाफी लागू गरेको छ । उनीहरुलाई स्वदेश फर्किन निःशुल्क टिकट समेत उपलब्ध गराउने भएको छ । सोहीअनुसार फिलिपिन्स, माल्दिभ्स, म्यानमार, लगायत मुलुकहरुले अवैध रुपमा रहँदै आएका र स्वदेश फर्कन चाहाने आफ्ना नागरिकहरुलाई लगिसकेका छन् । 

कुवेतमा नेपाली श्रमिकहरु पनि ठूलो संख्यामा अवैध रुपमा रहँदै आएको अनुमान छ । विशेषगरी घरेलु कामदारका रुपमा भारतको बाटो हुँदै पुगेका नेपाली महिला श्रमिकहरु ठूलो संख्यामा अवैध रुपमा रहेको पाइएको छ । 

कुवेत सरकारले यस्ता अवैध श्रमिकहरुलाई आममाफी दिई अप्रिल ३० तारिखसम्म स्वदेश फर्कन पाउने व्यवस्था गरेको छ। तर कुवेतबाट नेपालीहरु नेपाल आउन भने प्रतिबन्ध गरिएको छ। प्रतिबन्धका कारण तत्काल नेपाल फर्काउन समस्या रहेका कारण कुवेतसँग सरकारले कूटनीतिक पहल गर्ने दूतावासले जनाएको छ। अवैध श्रमिकहरुका सम्बन्धमा के गर्ने भनेर निर्णय भइनसकेको दूतावासकी द्वितीय सचिव जानकी ओझाले नेपाल लाईभलाई बताइन्। 

तर अवैध रुपमा रहँदै आएका नेपालीहरुसँग दूतावासले सम्पर्क गरिरहेको उनको भनाइ छ। 

रोमानियामा ५ सय नेपाली कामदारलाई बेतलबी बिदा 

कोरोनाका कारण कामबाट निकाल्नुपर्ने अवस्थाका ५ सय श्रमिकहरुलाई रोमानियाले बेतलबी बिदामा राखेकोे छ। 

हस्पिटालिटी क्षेत्रमा कार्यरत ५ सय श्रमिकहरुलाई बेतलबी बिदामा राखिएको हो। 

रोमानियामा काम नभएर अलपत्र परि फर्किने अबस्थाका ५ सयलाई बेतलबी बिदा र अन्य क्षेत्रका १ हजार श्रमिकलाई ७५ प्रतिशत पारिश्रमिक दिने गरी  महावाणिज्यदूत नवराज पोख्रेलले रोजगारदाता र श्रमिकबीच सहमति गराएका छन्। 
त्यहाँ करिब ३ हजारको संख्यामा नेपाली श्रमिक छन्। 

७७ प्रतिशत नेपाली स्वदेश फर्कन चाहन्छन्

गैह्रआवासीय नेपाली संघ (एनआरएनए) को सर्वेक्षणअनुसार ७७ प्रतिशत नेपालीहरु यो समयमा स्वदेश फर्कने चाहना गरिरहेका छन्। 

रोजगारी गुमेका, भिसा अवधि सकिएको अवस्थाका र कोरोना त्रासका कारण अधिकांशले स्वदेश फर्किने चाहना राखेको एनआरएनएको सर्वेक्षणले देखाएको छ। 

माल्दिभ्स, खाडी, मलेसियालगायत कतिपय देशमा कार्यरत रहँदै आएका नेपाली श्रमिकहरुले कोरोना त्रासका कारण आफूहरु जटिल समस्यामा परेको भन्ने बहाना बनाएर देश फर्काउन आग्रह गरिरहेकोसमेत भेटिएको छ । 

यसअघि केही सञ्चार माध्यमहरुमा माल्दिभ्सले ५ हजारको संख्यामा श्रमिकहरुलाई टिकट थमाइसकेको र अव कहाँ जाने भन्ने समस्यामा श्रमिकहरु रहेको समाचार प्रकाशित भए पनि वास्तविकता त्यस्तो नरहेको पाइएको छ। माल्दिभ्समै बस्ने केही नेपालीहरुले त्यहाँ त्यस्तो समस्या नभएको र देश फर्किने बहानामा केही नेपालीहरुले आतंक मच्चाएको बताएका छन्। 

नेपालमा ‘नो इन्ट्री’

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि पछिल्लो समय सरकारले देश पूर्ण रुपमा लकडाउन गरेको छ। अन्तर्राष्ट्रिय तथा सबै आन्तरिक उडान्, बन्द गरिएको छ। अत्यावश्यक बाहेकका सबै सेवा वैशाख १५ गतेसम्मलाई बन्द घोषणा गरिएको छ । त्यस्तै अन्य मुलुकबाट नेपाल आउन सबै यात्रुलाई तत्कालका लागि प्रतिबन्ध लगाइएको छ। 

सरकारले विदेशमा समस्या परे दूतावासमार्फत् कूटनीतिक पहल गर्ने वा विभिन्न संघसस्था र गैह्रआवासीय नेपाली संघसँग समन्वय गरी सहयोग गर्ने जनाएको छ। समस्यामा परेकाहरुलाई तत्काल स्वदेश फर्काउन नमिल्ने भन्दै सरकारले यथास्थानमा रहन आग्रह गरेको छ । 

विदेशमा नेपालीहरुलाई कुनै समस्या परेमा श्रम र परराष्ट्र मन्त्रालयले समन्वय गरी कूटनीतिक पहल गरिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव सुमन घिमिरेले बताए। 

‘हामी समन्वय गरेर काम गरिरहेका छौँ, परराष्ट्र मन्त्रालय र दूतावासमार्फत् समस्या सुल्झाउनका लागि कूटनीतिक पहल भइरहेको छ’ सहसचिव घिमिरेले नेपाल लाईभसँग भने। 

हाल रोजगारीको खोजीमा भारतबाहेकका मुलुकमा मात्रै ४० लाखभन्दा बढी नेपालीहरु विदेशिएका छन्। अध्ययन तथा विभिन्न सिलसिलामा पनि लाखौँ नेपालीहरु विदेशिएका छन् 

भारतमा मात्रै २५ लाख नेपाली रहेको अनुमान छ। 
 

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०७७  १३:०७
  • #Novel Corona Virus
  • #nepalishramik

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
फेरि बाढी आउनसक्ने चीनको सूचनापछि धादिङ प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह बिहीबार, भदौ ११, २०८३
अप्पर त्रिशुली हाइड्रोको टनेलमा फसेका ३५० सहित सेनाद्वारा ८८३ जनाको उद्धार बिहीबार, भदौ ११, २०८३
भीषण बाढीका कारण थप पत्रकार परिवारसहित सम्पर्कविहीन : खोजी र उद्धारका लागि माग बिहीबार, भदौ ११, २०८३
रसुवा बाढी : अहिलेसम्म ३८९ शव फेला, सबैभन्दा बढी चितवनमा १३७ भेटिए बिहीबार, भदौ ११, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्