• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

लकडाउनले दोहोरो चपेटामा द्वन्द्वका विस्थापित

64x64
महेश न्यौपाने शनिबार, चैत २९, २०७६  २०:५८
1140x725

रोल्पा- कोरोना भाइरस (कोभिड १९)को संक्रमण फैलने जोखिम कायमै भएकाले लम्बिँदै गएको लकडाउनले रोल्पाका विस्थापितको दैनिकी कष्टमय बन्दै गएको छ। माओवादी सशस्त्र युद्धताका आफ्नो थाकथलो छोडेर सदरमुकाम लिबाङ बस्दै आएका उनीहरू लम्बिँदै गएको लकडाउनले भोकमरीको समस्या सिर्जना भएको बताउन थालेका छन्। 

ज्याला मजदुरी  गरेर परिवार पाल्दै आएपनि लकडाउनले काम बन्द हुँदा साँझबिहानको छाक टार्नै मुस्किल पर्न थालको विस्थापित चन्द्रबहादुर पुनले बताए। 'परिवारका ५ सदस्यको हातमुख जोर्ने माध्यम मजदुरी पनि बन्द भएको छ,' पुनले भने,  'वडा कार्यालयले प्रतिव्यक्ति ३  किलाको दरले दिएको चामल ३ दिन नबित्दै सकियो।'

दैनिक ज्याला मजदुरीबाट छोराछोरी पढाउने र साँझबिहान हातमुख जोर्दै आएका रोल्पा स्युरीका विस्थापित हस्ती बुढा लकडाउनले काम नपाएको बताइन। श्रीमानसंगै मजदुरी गर्ने उनले काम गर्न नपाएको २० दिन बितिसकेको छ। 'बिसौं दिन बित्दासमेत काम खुलेको छैन। कसरी बाँच्ने?' बुढाले प्रश्न गरिन्, 'कोठाभाडा, पानी, बिजुलीको पैसा तिर्न सकिने अवस्था छैन।'

लामो समय घर छोडेका कारण अधिकांश विस्थापितका घर अब भग्नावशेष मात्र छन्। घर भत्किनुका साथै जग्गासमेत बाँझो भएकाले खेतीपाती गर्न मुस्किल छ। यसै कारण ठूलो संख्याका द्वन्द्वपीडित अझै घर फर्केका छैनन्। 'घर फर्कनका लागि भन्दै सरकारले प्रति परिवार १५ हजार र प्रतिसदस्य ७ हजारका दरले राहत दिए पनि उक्त रकमले घर निर्माण र मर्मत गर्न पुगेन,' द्वन्द्व पीडित सरोकार केन्द्र रोल्पाका पूर्व अध्यक्ष पुर्णे पुनले भने, 'सदरमुकाम तथा अन्य वजार केन्द्रमा ज्याला मजदुरी गरेर जीविका चलाई रहेकाहरु पनि लकडाउनले बेरोजगार  बनाएको छ।'

द्वन्द्वले थाकथलो छोड्न बाध्य अधिकांश विस्थापित डेरा गरी बस्ने गरेका छन्। मजदुरी गरेर कमाउँदै खानु उनीहरूको बाध्यता हो। 'दैनिक मजदुरीबाट पैसा बच्ने कुरा हुँदैन। मासिक डेराभाडा तिर्ने हैसियत पनि छैन। वडाले राहत दिने भनेपनि बाँच्नका लागि त्यही राहतले मात्र पुग्ने अवस्था छैन,' पुनले भने। 

माओवादी सशस्त्र युद्धमा सबैभन्दा बढी प्रभावित रोल्पामा राज्य र विद्रोही पक्षको दबाबमा परी ७ सय ३६ घरधुरीका ३ हजार ५ सय व्यक्ति विस्थापित भएको द्वन्द्व पीडित सरोकार केन्द्र रोल्पाको अभिलेखमा उल्लेख छ।

विद्रोहीको दबाबमा परी घर छोडेकामध्ये अधिकांश सदरमुकाम लिबाङ, दाङ, बाँके, काठमाडौंलगायतका स्थानमा बसिरहेका छन्। उनीहरुमध्ये अधिकांशले ज्याला मजदुरी गरेर दैनिकी चलाइरहेको केन्द्रको भनाइ छ। विगतमा राज्यबाट विस्थापित भएकामध्ये अधिकांश वैदेशिक रोजगारीमा रहेको बताइएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

'द्वन्द्वका कारण आर्थिक, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक रुपमा परेको असर न्यूनीकरण हुदै गइरहेको बेला कोरोनाले थपेको भयले द्वन्द्व पीडितलाई थप पीडा भएको छ,' द्वन्द्वपिडित देवविक्रम शाहले भने। शान्ति प्रक्रियापछि पनि द्वन्द्व पीडितलाई दोश्रो दर्जाको नागरिकको व्यवहार गरिएको आफूहरूलाई अनुभूति हुने गरेको शाहको भनाइ छ। 'द्वन्द्व पीडितलाई भोकमरीबाट बाँच्ने गरी सरकारले सहयोग गरे हुन्थ्यो,' शाहले भने।

शिक्षा, स्वास्थ्यको आधारभूत सेवा सुविधाबाट बिमुख अधिकांश विस्थापितको गाँस, बाँस र कपासको व्यवस्था गर्न असहज भएको छ। देशभित्रै  विस्थापित भएको लामो समय हुँदा समेत पुर्नस्थापनाको प्याकेजमा सरकारले तदरुकता नदेखाउनु दुखद् भएको द्वन्द्व पिडितको गुनासो छ। 

द्वन्द्व पिडितलाई वितरण गर्ने भनिएको राहतमा जस्तै कोरोनाका कारण प्रभावित भएका विपन्न र दैनिक ज्याला मजदुरी गरी खाने मजदुरमाथि पनि विभेद भएको उनीहरुले आरोप लगाए।

द्वन्द्ववाट विस्थापित भएकामध्ये ५ दर्जनबढीले दक्ष कामदारका रुपमा सदरमुकाम लिबाङ, सुलिचौर र आसपासका क्षेत्रमा  निर्माणको काम गर्दै आईरहेका छन्। तर यसको दाँजोमा अदक्ष कामदारका रुपमा जोखिमपूर्ण काम गर्न बाध्य विस्थापित धेरै छन्। आर्थिक अवस्था कमजोर भएका कारण सानै उमेरमा बाबुआमासँग ज्याला मजदुरी गर्ने बालबालिकाको संख्या पनि उल्लेख्य छ।

प्रकाशित मिति: शनिबार, चैत २९, २०७६  २०:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
महेश न्यौपाने
महेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
रोल्पामा लागुऔषधसहित एक महिला पक्राउ
पाँचदलीय गठबन्धनको सूत्रधार लुम्बिनी हो : मुख्यमन्त्री केसी
रोल्पाका स्थानीय सरकार : यसरी खटिरहेछन् विद्यालय शिक्षा उकास्‍न
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
व्यापार सन्धि सुधारदेखि भारतीय लगानीसम्म, वाग्लेले उठाए नेपाल–भारत सहकार्यका मुद्दा शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
जलवायु परिवर्तनलाई राष्ट्रिय सुरक्षाको केन्द्रमा राख्नुपर्छ : गगन थापा शुक्रबार, असोज २, २०८३
राजदूत सिफारिसबाहेक अरु के–के निर्णय गर्‍यो मन्त्रिपरिषद्ले ? शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्