• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोनाको महामारीमा नक्कली औषधिको बिगबिगी

64x64
नेपाल लाइभ शनिबार, चैत २९, २०७६  १५:०१
1140x725

एजेन्सी- कोरोनाको जोखिम दिनप्रतिदिन बढिरहेको छ। योसँगै मानिसमा यसको एन्टिभाइरल औषधिको आवश्यकता पनि महसुस भइरहेको छ। तर‚ जति जति कोरोना संक्रमणको जोखिम बढ्दै गयो‚ त्यति नै कोभिड-१९ विरुद्धका औषधि भनी विभिन्न ठाउँहरूमा औषधीको बिक्री वितरण पनि भई नै रहेका छन्। यस विषयमा विश्व स्वास्थ्य संगठन (डबलूएचओ)ले यस्ता अफवाहको पछि नलाग्न चेतावनी दिइरहेको छ।

यसै विषयमा बिबिसीले विभिन्न अनुसन्धानबाट अफ्रिकामा यसरी नक्कली औषधीहरू बिक्री भइरहेको पाइएको जनाएको छ। विश्वस्तरमा नै कोरोना निको बनाउने औषधी भन्दै नक्कली औषधीहरू बिक्री भइरहेको पाइएको हो।

विश्व स्वास्थ्य संगठनले भने यस्ता किसिमका औषधीहरूको प्रयोगबाट शरीरमा नराम्रो असर पर्न सक्ने चेतावनी दिइरहेको छ। एक विशेषज्ञले भने‚ ‘यस्ता किसिमका कुकृत्यबाट कोरोनाजत्तिकै अर्को महामारी पैदा नहोला भनेर भन्न सकिन्न।’

विश्वभरी नै मानिसहरू विभिन्न औषधी सञ्चय गरिरहेका छन्। विश्वकै दुई ठूला मेडिकल सप्लायर्स - चीन र भारतका औषधि उत्पादकहरूले बजारको मागसँगै लकडाउनको बेलामा सप्लाईलाई पनि बढाइरहेका छन् जसले गर्दा नक्कली औषधिको पनि प्रयोग दिनप्रतिदिन बढिरहेको छ।

विश्व स्वास्थ्य संगठनले गएको महिनामा कोरोना भाइरस महामारीको घोषणा गर्‍यो भने त्यही साता इन्टरपोलको विश्वस्तरकै ‘फर्मास्यूटिकल क्राइम फाइटिङ अपरेसन पेन्जल’ले सातै दिनमा ९० देशमा १ सय २१ वटा खतरनाक औषधी उत्पादकलाई गिरफ्तार गर्‍यो जसले गर्दा एक करोड ४० अमेरिकी डलरभन्दा बढी त्यस्ता औषधिहरू बरामद गरिएको थियो।

An image of a surgical face mask
गएको महिना इन्टरपोलले ३४ हजार अवैध नक्कली मास्क वरामद गरेको थियो।

मलेसियादेखि मोजाम्बिकसम्म प्रहरी अधिरकारीले कोरोना निको पार्ने भनी बेचिँदै आएको हजारौंको संख्यामा नक्कली फेस मास्क र नक्कली औषधिहरू बरामद गरेको छ।

‘सार्वजनिक स्वास्थ्य संकटमा परिरहेका बेला नक्कली औषधीको अवैध व्यापार गर्नु भनेको आम मानिसको जीवनसँग खेलवाड गर्नु हो।’ इन्टरपोलका सेक्रेटरी जेनेरल जर्गन स्टोकले भने।

विश्व स्वास्थ्य संगठनका अनुसार यसरी बेचिएका अवैध औषधीहरूमा दूषित‚ एक्सपाइर भइसकेका औषधीहरू धेरै हुने गरेको पाइन्छ‚ जसको मूल्य थोरै आय भएका देशका लागि ३० बिलियन अमेरिकी डलरभन्दा पनि बढी पर्न जान्छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘हामीले यसरी हेर्दा ती नक्कली औषधीहरू‚ हाम्रो शरीरमा जे नहोस् भनेर प्रयोग गरिन्छ त्यसलाई ती नक्कली औषधिले केही पनि प्रभाव पार्न सक्दैनन्।’ विश्व स्वास्थ्य संगठनसँग सम्बन्धित पर्नेट बोर्डिलियन इस्टीभले भने‚ ‘अर्को पाटोबाट हेर्दा त्यस्ता औषधीले शरीरमा अन्य नकारात्मक असरहरू छाड्ने गर्छन्। जसले गर्दा सामान्य जीवनमा धेरै नै असर पर्छ।’

कसरी हुन्छ सप्लाई?
विश्वस्तरमै औषधी उत्पादन गर्ने उद्योगहरूको कूल मूल्य एक ट्रिलियन अमेरिकी डलरभन्दा बढी छ। त्यस्ता औषधी उत्पादक कम्पनीहरूले ती औषधीहरू विश्वका विभिन्न क्षेत्रमा पठाउने गर्छन्। औषधीको विशाल भण्डार भनेर चिनिएका भारत र चीनजस्ता प्रमुख देशहरूले यूरोप‚ दक्षिण अमेरिका‚ एसियालगायतका देशमा सम्बन्धित रोगका लागि विभिन्न औषधीहरू पठाउने गर्छन्।

‘शायद औषधिबाहेक विश्वमा अर्को कुनै पनि वस्तु छैन‚ जो सबै क्षेत्रमा पुगेको होस्।’ इस्टिभले भने‚ ‘लकडाउन जब सुरू हुन थाल्यो‚ त्यसबेलादेखि नै नक्कली औषधीको बारेमा विभिन्न अफवाहरू फैलन थाले र अवैध किसिमले त्यस्ता औषधीहरूको व्यापार पनि बढ्दै जान थाल्यो।’

भारतका विभिन्न औषधी कम्पनीहरूले बिबिसीलाई बताएअनुसार उनीहरूले आफ्नो क्षमताअनुसार ५० देखि ६० प्रतिशतसम्म औषधी बिक्री गरिरहेका छन्। भारतीय औषधी कम्पनीहरूले अफ्रिकामा हुने कूल औषधीमध्ये करीब २० प्रतिशत औषधी सप्लाई गर्ने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्। यसबाट पनि अफ्रिकामा यसको प्रभाव पर्‍यो नै।

Illustrated abstract image of hand releasing fake medicines

जाम्बियाको राजधानी लुसाकाका एक फर्मासिस्ट एफ्रियाम फिरिका अनुसार यसको डर उनलाई पहिलेदेखि नै थियो। ‘औषधीहरू महामारीको सुरूवातसँगै सकिँदै जान थाले। पहिलाकै अनुपातमा औषधी आयात गर्न पनि सकिएन। यसमा अब हामीले गर्न सक्न केही पनि छैन। यस्तो परिस्थितिमा विभिन्न औषधीहरू सप्लाई गर्न धेरै नै गाह्रो हुने गर्छ। विशेषगरी एन्टिबायोटिक र एन्टिमलेरियाजस्ता औषधीहरू।’

विभिन्न औषधी उत्पादक र आपूर्तिकर्ताका लागि पनि यो जटिल परिस्थिति हो किनकि औषधी उत्पादन गर्ने कच्चा पदार्थ पनि अब यति महङ्गो हुन्छ कि कतिपय कम्पनी त यसलाई खरिद गर्न पनि समर्थ हुँदैनन्।

एक पाकिस्तानी औषधी उत्पादकका अनुसार उनी हाइड्रोक्लोरोक्वाइन नामक एक एन्टिमलेरियल औषधीका लागि कच्चा पदार्थ करीब १ सय अमेरिकी डलर प्रतिकिलोमा खरिद गर्ने गर्थे। तर आज‚ लागत बढेर त्यही कच्चा पदार्थको मूल्य ११ सय ५० अमेरिकी डलर प्रतिकिलो पुगेको छ।

विभिन्न देशहरूले लकडाउनको मार खेप्नु परेसँगै औषधि कम्पनीहरूले औषधि उत्पादनमा कमी नगरेपनि बजारमा यसको माग अत्यधिक भएकाले औषधिको भण्डार रित्तिँदै जान्छ। यस्तो महामारीको बेलामा मानिसहरूले धेरै नै सामान्य औषधिहरू किन्ने भएकाले पनि औषधिको आपूर्तिमा केही कमी आउने गर्छ।

विश्व स्वास्थ्य संगठनका इस्टिभ भन्छन्‚ ‘जब आपूर्तिले मागलाई धान्दैन। त्यस्तो अवस्थामा यस्तो वातावरण बनिदिन्छ कि नक्कली औषधीहरू नै उनीहरूको माग पूर्ति गर्ने एकमात्र माध्यम बनिदिन्छन्।’

नक्कली औषधी
विश्वभरका विभिन्न फर्मासिस्ट र औषधी कम्पनीहरूका अनुसार अब एन्टिमलेरियलको आपूर्ति विश्वस्तरमै खतरामा परेको छ। जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस ब्रिफिङमा क्लोरोक्विन र हाइड्रोक्सिक्लोरोक्विनको गुण र क्षमताको बारेमा उल्लेख गरे‚ त्यसपछि यी औषधीका लागि विश्वभरबाट माग बढिरहेको छ‚ जुन औषधीको प्रयोग मलेरिया निको पार्नका लागि गरिन्छ।

A packet of hydrochloroquine antimalarials
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेको हाइड्रोक्लोरोक्विन‚ जसबाट कोभिड-१९ निको हुने कुनै प्रमाण भेटिएको छैन।

तर‚ विश्व स्वास्थ्य संगठन भने क्लोरोक्विन र हाइड्रोक्सिक्लोरोक्विनले कोभिड-१९ लाई निको पार्ने कुरामा कुनै तथ्य नभएको बताउँदै आएको छ। यस्तो अवस्थामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यसको महत्व गाउँदै यस्ता औषधी हामीसँग छन् भने किन डराउनुपर्‍यो भन्नेजस्ता अभिव्यक्ति दिँदै आएका छन्।

विश्वस्तरमै क्लोरोक्विन र हाइड्रोक्सिक्लोरोक्विनको माग बढ्न थालेपछि डेमोक्र्याटिक रिपब्लिक अफ कोङ्गो र क्यामेरूनजस्ता देशहरूमा विभिन्न क्षेत्रमा यही नाम गरेका नक्कली औषधिहरू बेच्न सुरू भइसकेका छन्। विश्व स्वास्थ्य संगठनले पनि नाइगरमा यी नाम गरेका नक्कली औषधिहरूको बिक्री भइरहेको पाएको छ।

सक्कली एन्टिमलेरियल क्लोरोक्विनको एक बोतल (१ हजार ट्याबलेट)को मूल्य करीब ४० अमेरिकी डलर पर्छ। तर डेमोक्र्याटिक रिपब्लिक अफ कोङ्गोमा यस्तै नाम गरेका नक्कली औषधीहरू २ सय ५० अमेरिकी डरलभन्दा बढीमा बिक्री गरिँदै आएको फेला परेको छ।

Counterfeit antimalarial drugs discovered in circulation in Democratic Republic of Congo
डेमोक्र्याटिक रिपब्लिक अफ कोङ्गोमा बेचिने गरेको नक्कली औषधी

यसरी बिक्री भएका औषधीहरू बेल्जियमस्थित ‘ब्राउन एन्ड बर्क फर्मास्युटिकल लिमिटेड’को नामबाट उत्पादन भएको पाइएको हो। उक्त कम्पनी बेलायतमा रजिस्टर भएको कम्पनी हो। तर‚ कम्पनीले भने यसको बचाउँ गर्दै भनेको छ‚ ‘हामीले यस्ता किसिमका औषधीहरू उत्पादन गरेका छैनौं। यो सबै अफवाह हो।’

कोरोना भाइरसको महामारी सुरू भएसँगै नक्कली औषधि बिक्री वितरण पनि ह्वात्तै बढेको छ। अक्सफोर्ड युनिभर्सिटीका नक्कली औषधीका विशेषज्ञ प्रोफेसर पल न्युटनका अनुसार जबसम्म विश्वभरका सरकारहरू एकजुट हुँदैनन्‚ त्यसबेलासम्म यस्तो अवस्थामा कमी आउँदैन।

‘हामीले यदि यस्ता किसिमका औषधिहरूमा नियन्त्रण गर्न सक्दैनौं भने कोरोनाजस्तै अन्य यत्तिकै खतरनाक संकट नआउला भन्न सकिँदैन। यदि विश्व नै यस विषयमा गम्भीर भएन भने आधुनिक चिकित्साले जति कमाएको छ। ती सबै गुमाउनुपर्ने स्थिति पनि आउन सक्छ‚’ न्युटनले भने।

बिबिसीबाट

प्रकाशित मिति: शनिबार, चैत २९, २०७६  १५:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्