• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २२, २०८३ Mon, Sep 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

यो देश हो? 

64x64
ऋग्वेद शर्मा बिहीबार, चैत २७, २०७६  १९:५९
1140x725

काठमाडौं- दशा लागेको बेला नभरेको बन्दुक पनि पड्कन्छ भन्थे हो रहेछ। यो सरकारकै दशाले होला आज फेरि नभरेको बन्दुक पड्कियो। बन्दुक पनि यस्तो बेला पड्कियो कि सबै पहिल्यै नै घाइते थिए। 

बिहीबार दिउँसोतिर ‘सरकारी पार्टीका आफन्त’ ले सामाजिक सञ्जालमा लेख्न थालेका थिए- ‘घर जान मन हुनेहरु झोला गुन्टा कस्दै गर्नु।’  ‘जनहितमा लागेका बचाउ दल कार्यकर्ता’का फाट्टफुट्ट त्यस्ता सन्देश आएको केही घन्टामा त समाचार आयो- ‘काठमाडौंबाट मानिसहरुलाई शुक्रबार र शनिबार बाहिर जान दिने तर काठमाडौं भित्रन नदिने।’ 

कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक साथै उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई नै उद्धृत गर्दै समाचार आइरहेका थिए, त्यो पनि विश्वसनीय मानिएका सञ्चार माध्यममा नै। 

तर सरकारले नै अल्छी मानेर घरमा सुतिरहेका जनतालाई एकछिन रमाइलो होस् भनेर गरिदिएको ‘प्र्यांक’ सत्य मानेर पत्याउने जनता नै उस्तै हुन्। यसरी सरोवरी हुने गरी समाचार नआएको पनि त पाँच दिन भइसक्यो। 

धनगढीमा कोरोना भाइरसका एक संक्रमितसहित एकैदिन तीन संक्रमित थपिएर नौं जना संक्रमित पुगे भन्ने समाचारपछि पत्रिकाका डिजिटल भित्ताहरु पनि खल्लो बनिरहेका थिए। समाचारहरु जोडजाड पारिएर गरिएको प्रधानमन्त्रीको सम्बोधन पनि त बिर्सने बेला भइसक्यो। समय अति अल्छिलाग्दो भयो भन्ने ठानेर जनताको मन भुलाउन सरकारले नै दुई घन्टा टिक्ने निर्णय जस्तो मजाक गरिदियो। 

सरकारको मजाक नबुझेर घर जान झोला गुन्टा कसिसकेकाहरु खिन्न भए। यसपटक पनि नागरिकको मुहारमा एकछिन भए पनि खुसी ल्याउन सफल सरकारको सफलता केही बेरमा नै निराशामा परिणत भयो।

सरकारको मजाक नबुझेर घर जान झोला गुन्टा कसिसकेकाहरु खिन्न भए। यसपटक पनि नागरिकको मुहारमा एकछिन भए पनि खुसी ल्याउन सफल सरकारको सफलता केही बेरमा नै निराशामा परिणत भयो। युट्युबमा लाइक बढाउने ‘रमाइलो कन्टेन्ट’ जस्तो निर्णयमा गम्भीर भएका नागरिक सञ्चार माध्यमका ‘पत्रुकार’ले नभएको कुरा लेखेछन् भनेर मन बुझाउने मेसो खोज्न थाले। 

जबजब विपतमा सरकारले केही हुण्डरी मच्चाउँछ र आफैमाति आपत निम्त्याउँछ तबतब ‘नभएको कुरा सञ्चार माध्यममा आयो’ भनेर पन्छिन थालिहाल्छ। अनि गालि उही पत्रकार माथि नै। हुन पनि सरकारको कुरा आउन पाएको छैन समाचार बनाइहाल्न हुन्न भनेर यी पत्रकारले कहिले बुझ्ने हुन् थाहा छैन। 
गीत गाउनेको सुसेलीबाटै थाहा हुन्छ भनेजस्तो सरकारले गीत गाउन खोज्दा धेरैपटक फुस फुस हावा मात्रै फुुस्किएको जनताले सुनैकै हुन्। तर पनि काठमाडौंमा बन्द कोठामा १७ दिनको क्वारेन्टाइन बन्दी बनिरहेका मानिसहरु घर जान पाउने अन्तिम मौकालाई विश्वास नगरिरहन सकेनन्। थालिहालेछन् झोला मिलाउन। 

Ncell 2
Ncell 2
nimb
nimb

निर्णय गर्नुअघि छलफल गर्ने हो निर्णय भइसकेपछि गर्ने होइन भनेर यो दुई तिहाइको सरकारलाई सिकाउनुपर्ने विषय पनि होइन। कि काठमाडौंमा रहेका भोकानाङ्गालाई यहाँबाट लखेटौँ र कम्तिमा हामी चाहिँ सुरक्षित बसौँ भन्ने हो? सर्वहाराको दुःख बुझेको दुई तिहाइको सरकारले त्यस्तो त पक्कै सोचेन। 
काठमाडौं काम हुँदा जति व्यस्त छ, काम नहुँदा उति नै अत्याशलाग्दो छ। यसैले त हप्तौँ लगाएर हिँडेरै भए पनि आफ्नै घर फर्कने लस्कर काठमाडौंको सडकमा लकडाउनकै बीच पनि देखिएकै छ। त्यस्तोमा सरकारले नै गाडीमा चढाएर घर पुर्‍याइदिने रे भन्दा खुसीले तीन हात उफ्रिनु सामान्य नै हो। 

काठमाडौंबाट बाहिर जान पाइने तर काठमाडौैं आउन नपाइने त्यो कस्तो खालको सोचमा आएको निर्णय थियो भन्ने बुझ्न अब असम्भव छ। कोरोनाको जोखिम र त्यसबाट सावधानी अपनाउन एक हप्ताअघि कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले नै एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा आवतजावतमा रोक लगाउने निर्णय गरेको थियो। तर अहिले काठमाडौंका मान्छेलाई बाहिर पठाउने निर्णय गर्दा प्रदेश सरकार तथा स्थानीय तहसँग कुनै छलफल भएको थिएन। जसले दुई घन्टे निर्णय फिर्ता भइहाल्यो। 

भारतमा बढ्दै गएको जोखिमसँगै नेपालमा पनि लकडाउन समय अझ बढ्ने निश्चित छ। यस्तोमा आफ्नै घर गएर सुरक्षित बस्न पाउने सरकारको कुरा नटिक्दा नागरिक दुःखी हुने नै भए। बाहिर बाहिर लोकाचार भित्रभित्र पोका पार भनेजस्ता व्यापारी भएको यो सहरमा सामान पाइए नै पनि मानिसहरुलाई बिनाकाम जिउन मुस्किल छ। 

यातायात मन्त्री बसन्तकुमार नेम्वाङसँग पनि छलफल भएको थियो। जहाँ मन्त्री नेम्वाङले काठमाडौंबाट मानिसहरुलाई बाहिर लान नसकिने स्पष्ट रुपमा बताइदिए। 

कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गरेको निर्णयपछि गृह सचिवको नेतृत्वमा गृहमन्त्रालयमा सुरक्षा निकायका प्रमुख, उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, महानगरीय ट्राफिक प्रहरी प्रमुख, यातायात व्यवस्था विभागको महानिर्देशक र यातायात व्यवसायी प्रतिनिधिसहित भएको छलफल निस्कर्षविहीन भयो। निस्कर्ष निस्कियोस् पनि के? यो गम्भीर विपतमा कसरी पठाउने घर? 

गृहसचिवको नेतृत्वमा भएको बैठकपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङसँग पनि छलफल भएको थियो। जहाँ मन्त्री नेम्वाङले काठमाडौंबाट मानिसहरुलाई बाहिर लान नसकिने स्पष्ट रुपमा बताइदिए। 

चीनको राजा भोटको नुन, ज्यानै दिएपछि देख्ने हो गुन? होइन भने माघ ९ गते पहिलो कोरोना संक्रमित भेटिएपछि सरकार तयारीमा लाग्नुपर्ने हो कि होइन भनेर प्रश्न पोे कति गर्नु। चैत १० गते दोस्रो संक्रमित भेटिएपछि नै के के भयो त? 

चीनबाट पिपिइलगायत मेडिकल सामग्री ल्याउँदाका भ्रष्टाचार (हुन त हिन्दी कथानक चलचित्र मदारीको डाइलग जस्तो ‘सरकार भ्रष्ट छ भन्नु गलत हो, सही त यो हो कि भ्रष्टाचारका लागि सरकार छ’), स्वास्थ्यकर्मीमाथि स्वास्थ्यमन्त्रीको बोली, महाकालीमा हेलिएका नागरिकको दुःख र अहिलेको दुई घन्टे निर्णय जस्ता विषय देख्दा त झसङ्ग भइन्छ र प्रश्न गर्न मन लाग्छ- यो देश त हो? यहाँ सरकार छ? 

छुट्टै भूगोलबाहेक यसमा अरु केही अस्तित्व छ भन्ने देखिने गरी ‘हाम्रो सरकार’ भनेर गर्व गर्न पाए हुने हो। जस्तो लालिगुराँस, डाँफे, हिमाल, पहाड तराइको अनुपम सुन्दरता रटाएर बर्षौं गर्व गरियो। 

हामी पाठहरु असाध्यै राम्ररी सम्झन्छौँ, कक्षाकोठाको पाठ परीक्षासम्म सम्झिए जस्तो। भूकम्पको पाठ पनि त अस्तिसम्म सम्झिएकै थियौँ। तर दुई तिहाइको यो सरकारले दिइरहेका पाठ भने छिटै बिर्सिइएला जस्तो छैन।

प्रकाशित मिति: बिहीबार, चैत २७, २०७६  १९:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं भाद्र १७ गते संसद्मा देखिएको दृश्यले मन भारी बनायो। देशका नागरिक विपत्तिको पीडामा छन्। कतै घर उजाडिएका छन्, कतै परिवार विखण्डित भएका... शनिबार, भदौ २०, २०८३
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो अन्ततः, विपद्को समयमा मानवीय संवेदना सबैभन्दा ठूलो शक्ति हो । उद्धारमा राज्य, सुरक्षा निकाय र समुदायको सहकार्य आवश्यक छ । राहतमा सबै... शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी सबैभन्दा गम्भीर पक्ष उद्धारका लागि सुरुदेखि नै विदेशी मुलुकहरूले देखाएको सहयोगको तत्परता हो। बाह्रवटा देशले आफ्ना फसेका नागरिकहरूको... बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
कार्टुन सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक सोमबार, भदौ २२, २०८३
आर्सनलले चेल्सीलाई हरायो सोमबार, भदौ २२, २०८३
बार्सिलोनाको जितमा यमलको २ गोल सोमबार, भदौ २२, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
ठमेलमा युवती जिस्क्याउने युवक पक्राउ आइतबार, भदौ २१, २०८३
दुई महिनामै फेरिए रसुवामा सिडियो आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्