कोरोना भाइरसको प्रभाव कहिलेसम्ममा रोकिन्छ भन्ने थाहा छैन। रोकिने बेलासम्ममा कति असर गर्छ भन्ने पनि थाहा छैन। यदि अर्थतन्त्र थला परेर बैंकको ब्याज तिर्न नसक्ने गरी बिजनेस सर्ट डाउन भएपछि रोकियो भने कामै भएन। त्यसो भयो भने रिभाइभ हुन गाह्रो पर्छ। कोरोनाको सबैभन्दा धेरै असर चीनपछि इटालीलगायत अधिकांश युरोपेली देशमा छ। अमेरिकामा समेत महामारीको रुप लिसक्यो। अबको महामारी मध्यपूर्वी देशमा देखिन सक्ने संभावना छ।
विश्व स्वास्थ्य संघठनले भारत तथा पूर्वी एसियाली राष्ट्रमा खतराको संकेत दिइसकेको छ। मलेसियामा ठूलो मात्रामा संक्रमित बढिरहेका छन्। पूर्वी एसियामा बढ्नु भनेको नेपालका लागि सबैभन्दा धेरै प्रभाव पर्नु पनि हो। नेपाल भारत निर्भर अर्थतन्त्र हो। खुला सिमानालगायतका कुराहरूले भारतको अर्थतन्त्रसँग हामी प्रत्यक्ष रुपमा जोडिन्छौं। भारतको मुद्रा कमजोर हुँदा नेपालमा डलरको मूल्य १ सय १९ रुपैयाँ पुग्यो। भारतसँगको स्थिर विनियमका कारण भारतको अर्थतन्त्रमा जति प्रभाव पर्छ त्यसको प्रत्यक्ष असर हाम्रोमा पर्छ। यसले रेमिट्यान्सको रकम बढ्ला अथवा आयातमा बढी पैसा तिर्नु पर्ला। यसको सिधा असर नेपालमै पर्ने हो।
अबका दिनमा कोरोनाको सबैभन्दा बढी जोखिम भारत, पाकिस्तानमा पर्दैछ। श्रीलङ्कामा संक्रमित दर बढिरहेको छ। भारतसँगै मलेसिया, कतारदेखि लिएर अन्य धेरै देशमा लकडाउन भइसकेको छ। उनीहरुले नेपाली कामदारलाई फिर्ता पठाइरहेका छन्। अब यस्तो क्रम कहिलेसम्म रहन्छ टुङ्गो छैन। यसको समाधान भइसक्दा मध्यपूर्वी देशबाट धेरै नेपाली फिर्ता आउनेछन्। समाधानपछि नयाँ रोजगारीको सिर्जना हुन समय लाग्नेछ।
रोजगारका रुपमा गइरहेका देशहरु पहिलाकै अवस्थामा आएर कामदार खोज्ने अवस्था नआएसम्म नेपालका लागि कष्टकर नै हुनेछ। अबको तीन महिनाको लागि नेपालले श्रम स्वीकृतिलाई नै बन्द गरिसकेको छ। यो तीन महिनासम्मको हो कि अझै कति समय लम्बिन्छ भन्न सक्ने अवस्था छैन। श्रम स्वीकृति रोक्नु भनेको अवको तीन महिनासम्म कामदार बाहिर जान ठप्पै हुनु हो।
विदेशीहरुले सार्वजनिक गरेको रिपोर्टअनुसार भारत तथा नेपालमा आउने अमेरिकी र युरोपेली पर्यटकको प्रभाव कम्तीमा पनि अबको तीन वर्षसम्म पर्न सक्ने देखिएको छ। कोरोनाको प्रभाव अझै बढ्दै गयो भने थप बढी प्रभाव पर्नेछ।
अमेरिकामै पनि पर्याप्त मात्रामा स्वास्थ्य उपकरण छैन। पछिल्लो तथ्याङ्कअनुसार अमेरिकामा जम्मा ४६ हजार वटा भेन्टिलेटर छन्, आसियू दुई लाख प्लस छन्। तर कोरोनाको संक्रमण बढ्दै जाँदा लाखौं बिरामीलाई उपचार गर्नु पर्ने हुन्छ।
कोरोनाको संक्रमण चाँडै समाधान भएर चीनियाँ र भारतीय पर्यटकलाई केन्द्रित गरेर व्यावसायिक योजना बनाउन सकिएन भने धेरै लामो समयसम्म टिक्न सकिँदैन। युरोप र अमेरिकी नागरिक ११ महिना काम गरेर बचेको पैसाले एक महिना घुम्न निस्कन्छन्। अहिलेसम्मको अवस्थामा कम्तीमा पनि तीन महिना उनीहरुको रोजगार खोसिनेछ। तीन महिना काम बन्द हुँदा कम्तीमा पनि उनीहरू तीन वर्षसम्म घुम्न जान सक्दैनन्। यससँगै कुटनीतिक मान्छेहरू केही आउलान् तर साधारण पर्यटक आउनै सक्दैनन्। युरोप र अमेरिकाबाट आउने पर्यटक तीन वर्षसम्म घट्ने हुनाले अबको तीन वर्षसम्मका लागि आन्तरिक वा अन्य देशबाट पर्यटक भित्र्याउने रणनीति तय गर्न सक्नु पर्छ।
नेपालको अर्थतन्त्रमा सबैभन्दा ठूलो प्रभाव रेमिट्यान्समा कति प्रभाव पर्छ त्यो हेर्न बाँकी छ। यदि ६ महिनाको रेमिट्यान्स फ्लो रोकियो भने पनि नेपालको अर्थतन्त्र झन् धरासायी हुन्छ। कोरोनाको नियन्त्रणका केही सकारात्मक रिपोर्ट हेर्यो भने अमेरिकामा केही सफल परीक्षण सुरु भएका छन्। नियन्त्रणका लागि युरोपमा भ्याक्सिन परीक्षण गरियो भन्ने समाचार सार्वजनिक भएका छन्। विज्ञहरुका अनुसार यदि त्यो परीक्षण अहिलेकै लटमा सफल भयो भने अमेरिका, क्यानडा, युरोपलगायतका भिआइपी देशहरुमा पाउन न्यूनतम १२ महिना लाग्छ भनिएको छ।
अमेरिकामै पनि पर्याप्त मात्रामा स्वास्थ्य उपकरण छैन। पछिल्लो तथ्याङ्कअनुसार अमेरिकामा जम्मा ४६ हजार वटा भेन्टिलेटर छन्, आसियू दुई लाख प्लस छन्। तर कोरोनाको संक्रमण बढ्दै जाँदा लाखौं बिरामीलाई उपचार गर्नु पर्ने हुन्छ।
आइसियूमा पुग्नुभन्दा अगाडि लाखौं संक्रमित भइसकेका हुन्छन्। त्यति धेरै स्रोत साधन भएका युरोप अमेरिकामा त उपचारको पूर्ण प्रबन्ध छैन। नेपालमा बल्ल सरकारले टेकु अस्पताल सहित केही स्थानमा कोरोनाको लागि भेन्टिलेटरको व्यवस्था गर्दैछ। एउटा बिरामीलाई भेन्टिलेटरमा लगेर हाल्दा अरुलाई कहाँ लगेर हाल्ने? १ सय जनाभन्दा धेरै बिरामी भए भने कुनै पनि अस्पतालले उपचार गर्न सक्दैन।
त्यसपछि घरमा बस्नेबाहेक कुनै उपाय हुँदैन। कि स्वयंले रोगप्रति लड्न सक्नु पर्यो। कि त चीनले आएर केही सहयोग गरिदिनु पर्यो। चीनले परेको सहयोग गर्छु भनिरहेको त छ तर अहिलेसम्म उपकरण आइसकेका छैनन्। होइन भने हामीले रोगसँग लड्दालड्दै ठूलो क्षति ब्यहोर्नु पर्ने हुन्छ।
अहिले यति धेरै संयमित हुँदाहुँदै पनि धेरै क्षेत्रलाई प्रभावित पारिसकेको छ। भूकम्पपछि सबै कुरा ढलेर विस्तारै बिउझिँदै गएको अवस्था थियो। तर कोरोनाले यसरी नै लामो समयसम्म असर पुर्याउदै गयो भने रिभाइभ हुन धेरै गाह्रो हुन्छ।
यदि कोरोनाको प्रभाव केही समयमै सकियो भने अर्थतन्त्र चाँडो रिभाइभ हुन्छ तर अर्थतन्त्रको आधारभूत पक्षलाई नै प्रभावित पार्यो भने तङ्ग्रिन लामो समय लाग्नेछ। धेरै मानिस मर्ने अवस्था आयो र यो एक्ट्रिम लेभलमा पुग्यो भने अर्थतन्त्र कस्तो होला भनेर हामीले सोच्नै सक्दैनौं। यसले कतिसम्म प्रभाव पार्छ भनेर अनुमान गर्न सकिँदैन।
यसको विश्वव्यापी प्रभाव कति भन्ने कुरा अझै अनुमान गर्न सकिने देखिँदैन। यसअघिका महामारी हेरेर विश्लेषण गर्ने हो भने पनि त्यस बेलाको अर्थव्यवस्था र अहिलेको अर्थव्यवस्थामा आमूल परिवर्तन आइसकेको छ।
विश्व नै आत्तिएको हुँदा हामीले यस अवस्थालाई सहज रुपमा लिनु हुँदैन। विश्वकै सेयर मार्केट डाउन हुनुले राम्रो संकेत प्रदान गरिरहेको छैन। विश्वका ठूला स्टक मार्केट २० वर्षयताकै न्यून हुन थालिसक्यो। सरकारले केही समयका लागि कारोबार बन्द गरेर घट्ने क्रम रोके पनि खुलेपछि थप कति घट्ने हो पत्तो छैन। भोलिका दिनमा विश्वको अर्थतन्त्र राम्रो छैन भन्ने संकेत देखिसकेको छ।
हरेक दिन संक्रमितको संख्या बढ्दै छ। मृत्यु हुनेको संख्या पनि बढिरहेको हुँदा यसको विश्वव्यापी प्रभाव कति भन्ने कुरा अझै अनुमान गर्न सकिने देखिँदैन। यसअघिका महामारी हेरेर विश्लेषण गर्ने हो भने पनि त्यस बेलाको अर्थव्यवस्था र अहिलेको अर्थव्यवस्थामा आमूल परिवर्तन आइसकेको छ।
अहिलेको अवस्थामा जसले क्यास लिएर बस्छ उसले जित्छ। भोलिका दिनमा केही भैहाल्यो भने पैसा भए पछि किनेर भए पनि खान सकिन्छ भन्ने हुन्छ। सबैभन्दा पहिला बाँच्नु पर्यो। भोलिका दिनमा कुन सामानको मूल्य कति पर्छ भन्ने थाहा छैन। बिजनेस नै डामाडोल भएर सामान नै सस्तोमा बेच्ने अवस्था आउछ कि?
पहिलो कुरा बाँच्नु पर्यो। विश्वव्यापी रूपमा परिरहेको प्रभावलाई हेरेर यति घाटा भयो यति नाफा भयो भन्नुभन्दा पनि कसरी बाँच्ने र बचाउने भनेर अगाडि बढ्नु पर्छ।
सबै सर्टआउट भएपछि मात्रै कमाउने तथा थप लगानी गर्ने भन्ने तर्फ ध्यान केन्द्रित गर्नुपर्छ। अहिले म सँग यति पैसा छ भन्दै यो किन्छु, यति शेयर किन्छु, घर जग्गा किन्छु भनेर सोच्नु भन्दा पनि पहिला बाँच्न पाए हुन्थ्यो भन्ने भैसक्यो। बाँच्यो भने भोलिका दिनमा जे पनि गर्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।