• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोनाको समयमा नाफाघाटाभन्दा पनि बाँच्ने र बचाउने अभियानमा लाग्नुपर्छ

प्रकाश तिवारी बिहीबार, चैत १३, २०७६  १४:४२
1140x725

कोरोना भाइरसको प्रभाव कहिलेसम्ममा रोकिन्छ भन्ने थाहा छैन। रोकिने बेलासम्ममा कति असर गर्छ भन्ने पनि थाहा छैन। यदि अर्थतन्त्र थला परेर बैंकको ब्याज तिर्न नसक्ने गरी बिजनेस सर्ट डाउन भएपछि रोकियो भने कामै भएन। त्यसो भयो भने रिभाइभ हुन गाह्रो पर्छ। कोरोनाको सबैभन्दा धेरै असर चीनपछि इटालीलगायत अधिकांश युरोपेली देशमा छ। अमेरिकामा समेत महामारीको रुप लिसक्यो। अबको महामारी मध्यपूर्वी देशमा देखिन सक्ने संभावना छ। 

विश्व स्वास्थ्य संघठनले भारत तथा पूर्वी एसियाली राष्ट्रमा खतराको संकेत दिइसकेको छ। मलेसियामा ठूलो मात्रामा संक्रमित बढिरहेका छन्। पूर्वी एसियामा बढ्नु भनेको नेपालका लागि सबैभन्दा धेरै प्रभाव पर्नु पनि हो। नेपाल भारत निर्भर अर्थतन्त्र हो। खुला सिमानालगायतका कुराहरूले भारतको अर्थतन्त्रसँग हामी प्रत्यक्ष रुपमा जोडिन्छौं। भारतको मुद्रा कमजोर हुँदा नेपालमा डलरको मूल्य १ सय १९ रुपैयाँ पुग्यो। भारतसँगको स्थिर विनियमका कारण भारतको अर्थतन्त्रमा जति प्रभाव पर्छ त्यसको प्रत्यक्ष असर हाम्रोमा पर्छ। यसले रेमिट्यान्सको रकम बढ्ला अथवा आयातमा बढी पैसा तिर्नु पर्ला। यसको सिधा असर नेपालमै पर्ने हो। 

अबका दिनमा कोरोनाको सबैभन्दा बढी जोखिम भारत, पाकिस्तानमा पर्दैछ। श्रीलङ्कामा संक्रमित दर बढिरहेको छ। भारतसँगै मलेसिया, कतारदेखि लिएर अन्य धेरै देशमा लकडाउन भइसकेको छ। उनीहरुले नेपाली कामदारलाई फिर्ता पठाइरहेका छन्। अब यस्तो क्रम कहिलेसम्म रहन्छ टुङ्गो छैन। यसको समाधान भइसक्दा मध्यपूर्वी देशबाट धेरै नेपाली फिर्ता आउनेछन्। समाधानपछि नयाँ रोजगारीको सिर्जना हुन समय लाग्नेछ। 

रोजगारका रुपमा गइरहेका देशहरु पहिलाकै अवस्थामा आएर कामदार खोज्ने अवस्था नआएसम्म नेपालका लागि कष्टकर नै हुनेछ। अबको तीन महिनाको लागि नेपालले श्रम स्वीकृतिलाई नै बन्द गरिसकेको छ। यो तीन महिनासम्मको हो कि अझै कति समय लम्बिन्छ भन्न सक्ने अवस्था छैन। श्रम स्वीकृति रोक्नु भनेको अवको तीन महिनासम्म कामदार बाहिर जान ठप्पै हुनु हो। 

विदेशीहरुले सार्वजनिक गरेको रिपोर्टअनुसार भारत तथा नेपालमा आउने अमेरिकी र युरोपेली पर्यटकको प्रभाव कम्तीमा पनि अबको तीन वर्षसम्म पर्न सक्ने देखिएको छ। कोरोनाको प्रभाव अझै बढ्दै गयो भने थप बढी प्रभाव पर्नेछ। 

अमेरिकामै पनि पर्याप्त मात्रामा स्वास्थ्य उपकरण छैन। पछिल्लो तथ्याङ्कअनुसार अमेरिकामा जम्मा ४६ हजार वटा भेन्टिलेटर छन्, आसियू दुई लाख प्लस छन्। तर कोरोनाको संक्रमण बढ्दै जाँदा लाखौं बिरामीलाई उपचार गर्नु पर्ने हुन्छ। 

कोरोनाको संक्रमण चाँडै समाधान भएर चीनियाँ र भारतीय पर्यटकलाई केन्द्रित गरेर व्यावसायिक योजना बनाउन सकिएन भने धेरै लामो समयसम्म टिक्न सकिँदैन। युरोप र अमेरिकी नागरिक ११ महिना काम गरेर बचेको पैसाले एक महिना घुम्न निस्कन्छन्। अहिलेसम्मको अवस्थामा कम्तीमा पनि तीन महिना उनीहरुको रोजगार खोसिनेछ। तीन महिना काम बन्द हुँदा कम्तीमा पनि उनीहरू तीन वर्षसम्म घुम्न जान सक्दैनन्। यससँगै कुटनीतिक मान्छेहरू केही आउलान् तर साधारण पर्यटक आउनै सक्दैनन्। युरोप र अमेरिकाबाट आउने पर्यटक तीन वर्षसम्म घट्ने हुनाले अबको तीन वर्षसम्मका लागि आन्तरिक वा अन्य देशबाट पर्यटक भित्र्याउने रणनीति तय गर्न सक्नु पर्छ। 

नेपालको अर्थतन्त्रमा सबैभन्दा ठूलो प्रभाव रेमिट्यान्समा कति प्रभाव पर्छ त्यो हेर्न बाँकी छ। यदि ६ महिनाको रेमिट्यान्स फ्लो रोकियो भने पनि नेपालको अर्थतन्त्र झन् धरासायी हुन्छ। कोरोनाको नियन्त्रणका केही सकारात्मक रिपोर्ट हेर्‍यो भने अमेरिकामा केही सफल परीक्षण सुरु भएका छन्। नियन्त्रणका लागि युरोपमा भ्याक्सिन परीक्षण गरियो भन्ने समाचार सार्वजनिक भएका छन्। विज्ञहरुका अनुसार यदि त्यो परीक्षण अहिलेकै लटमा सफल भयो भने अमेरिका, क्यानडा, युरोपलगायतका भिआइपी देशहरुमा पाउन न्यूनतम १२ महिना लाग्छ भनिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

अमेरिकामै पनि पर्याप्त मात्रामा स्वास्थ्य उपकरण छैन। पछिल्लो तथ्याङ्कअनुसार अमेरिकामा जम्मा ४६ हजार वटा भेन्टिलेटर छन्, आसियू दुई लाख प्लस छन्। तर कोरोनाको संक्रमण बढ्दै जाँदा लाखौं बिरामीलाई उपचार गर्नु पर्ने हुन्छ। 

आइसियूमा पुग्नुभन्दा अगाडि लाखौं संक्रमित भइसकेका हुन्छन्। त्यति धेरै स्रोत साधन भएका युरोप अमेरिकामा त उपचारको पूर्ण प्रबन्ध छैन। नेपालमा बल्ल सरकारले टेकु अस्पताल सहित केही स्थानमा कोरोनाको लागि भेन्टिलेटरको व्यवस्था गर्दैछ। एउटा बिरामीलाई भेन्टिलेटरमा लगेर हाल्दा अरुलाई कहाँ लगेर हाल्ने? १ सय जनाभन्दा धेरै बिरामी भए भने कुनै पनि अस्पतालले उपचार गर्न सक्दैन। 

त्यसपछि घरमा बस्नेबाहेक कुनै उपाय हुँदैन। कि स्वयंले रोगप्रति लड्न सक्नु पर्‍यो। कि त चीनले आएर केही सहयोग गरिदिनु पर्‍यो। चीनले परेको सहयोग गर्छु भनिरहेको त छ तर अहिलेसम्म उपकरण आइसकेका छैनन्। होइन भने हामीले रोगसँग लड्दालड्दै ठूलो क्षति ब्यहोर्नु पर्ने हुन्छ। 

अहिले यति धेरै संयमित हुँदाहुँदै पनि धेरै क्षेत्रलाई प्रभावित पारिसकेको छ। भूकम्पपछि सबै कुरा ढलेर विस्तारै बिउझिँदै गएको अवस्था थियो। तर कोरोनाले यसरी नै लामो समयसम्म असर पुर्‍याउदै गयो भने रिभाइभ हुन धेरै गाह्रो हुन्छ। 

यदि कोरोनाको प्रभाव केही समयमै सकियो भने अर्थतन्त्र चाँडो रिभाइभ हुन्छ तर अर्थतन्त्रको आधारभूत पक्षलाई नै प्रभावित पार्‍यो भने तङ्ग्रिन लामो समय लाग्नेछ। धेरै मानिस मर्ने अवस्था आयो र यो एक्ट्रिम लेभलमा पुग्यो भने अर्थतन्त्र कस्तो होला भनेर हामीले सोच्नै सक्दैनौं। यसले कतिसम्म प्रभाव पार्छ भनेर अनुमान गर्न सकिँदैन। 

यसको विश्वव्यापी प्रभाव कति भन्ने कुरा अझै अनुमान गर्न सकिने देखिँदैन। यसअघिका महामारी हेरेर विश्लेषण गर्ने हो भने पनि त्यस बेलाको अर्थव्यवस्था र अहिलेको अर्थव्यवस्थामा आमूल परिवर्तन आइसकेको छ। 

विश्व नै आत्तिएको हुँदा हामीले यस अवस्थालाई सहज रुपमा लिनु हुँदैन। विश्वकै सेयर मार्केट डाउन हुनुले राम्रो संकेत प्रदान गरिरहेको छैन। विश्वका ठूला स्टक मार्केट २० वर्षयताकै न्यून हुन थालिसक्यो। सरकारले केही समयका लागि कारोबार बन्द गरेर घट्ने क्रम रोके पनि खुलेपछि थप कति घट्ने हो पत्तो छैन। भोलिका दिनमा विश्वको अर्थतन्त्र राम्रो छैन भन्ने संकेत देखिसकेको छ। 

हरेक दिन संक्रमितको संख्या बढ्दै छ। मृत्यु हुनेको संख्या पनि बढिरहेको हुँदा यसको विश्वव्यापी प्रभाव कति भन्ने कुरा अझै अनुमान गर्न सकिने देखिँदैन। यसअघिका महामारी हेरेर विश्लेषण गर्ने हो भने पनि त्यस बेलाको अर्थव्यवस्था र अहिलेको अर्थव्यवस्थामा आमूल परिवर्तन आइसकेको छ। 

अहिलेको अवस्थामा जसले क्यास लिएर बस्छ उसले जित्छ। भोलिका दिनमा केही भैहाल्यो भने पैसा भए पछि किनेर भए पनि खान सकिन्छ भन्ने हुन्छ। सबैभन्दा पहिला बाँच्नु पर्‍यो। भोलिका दिनमा कुन सामानको मूल्य कति पर्छ भन्ने थाहा छैन। बिजनेस नै डामाडोल भएर सामान नै सस्तोमा बेच्ने अवस्था आउछ कि? 

पहिलो कुरा बाँच्नु पर्‍यो। विश्वव्यापी रूपमा परिरहेको प्रभावलाई हेरेर यति घाटा भयो यति नाफा भयो भन्नुभन्दा पनि कसरी बाँच्ने र बचाउने भनेर अगाडि बढ्नु पर्छ। 

सबै सर्टआउट भएपछि मात्रै कमाउने तथा थप लगानी गर्ने भन्ने तर्फ ध्यान केन्द्रित गर्नुपर्छ। अहिले म सँग यति पैसा छ भन्दै यो किन्छु, यति शेयर किन्छु, घर जग्गा किन्छु भनेर सोच्नु भन्दा पनि पहिला बाँच्न पाए हुन्थ्यो भन्ने भैसक्यो। बाँच्यो भने भोलिका दिनमा जे पनि गर्न सकिन्छ।

प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  १४:४२
  • #coronaupdate
  • #कोरोना_अपडेट

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन
पत्रकार बशन्त उपाध्यायको निधन
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्