• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

शान्त छ नर्वे, सन्चै छन् नेपाली

सरला कटेल बुधबार, चैत १२, २०७६  १८:०३
1140x725

जाडोयामका ६ महिना हिउँले सेताम्य हुने नर्वेलाई यसपटक मौसमले साथ दियो। अघिल्ला वर्षजस्तो हिउँ परेन। त्यसैले सामान्यतया अप्रिल महिनाबाट शुरु हुने गर्मीयामको रौनक फेब्रुअरी अन्ततिरै देखिन थालेको थियो। तर, विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसका कारण संक्रमण हुने कोभिड-१९ का कारण नर्वे अछुतो रहन सकेन। राजधानी ओस्लो सुनसान छ।

गर्मीयाममा नर्वे स्वर्गको टुक्रामा परिणत हुने विश्वास गर्ने धेरै छन्। जाडोयाममा यसको ठ्याक्कै विपरीत हुन्छ। जाडोयाममा हिउँले सेताम्य बनाउने नर्वेलाई उज्यालोले पनि साथ दिँदैन।

चौबिस घन्टामा करिब १८ बढी अध्याँरो हुन्छ। जीवन कष्टकर बन्छ। गर्मीयाममा भने चौबिसै घन्टा उज्यालो हुन्छ। मध्यरात पनि घमाइलो बनिदिन्छ। यसैले धेरैले भन्ने गर्छन् नर्वे निदाउँदैन। तर यस वर्षको गर्मीयाम विगतजस्तो हुन सकेन। यसपालीको गर्मीयाममा नर्वे निदाएजस्तै भएको छ। न कतै मानिसहरूको भिडभाड छ। न कुनै गतिविधि,  न कुनै सवारी साधन चल्छन्, न पैदलयात्री सडकमा देखिन्छन्। 

यतिबेला नर्वे गर्मीयामका बेला बिहानको दुई/तीन बजे जस्तो देखिन्छ। गर्मीयाममा बिहान दुईतीन बजे घमाइलो हुन्छ तर, मानवीय गतिविधि कम हुन्छन्। सवारी आवतजावत भएपनि त्यो समयमा अधिकांश नर्वेबासी निन्द्रामा हुन्छन्। अनि मान्छेहरुको चहलपहल कम हुन्छ। कोरोना भाइरसको संक्रमण हुने जोखिमका कारण अहिले बिहान पनि, दिउँसो पनि ठ्याक्कै त्यही अवस्था छ। 

फेब्रुअरी महिनाको अन्तिमबाट फैलिन थालेको कोरानाले यो लेख तयार पार्दाको समयसम्म १३ जना नर्वेजियनको ज्यान लिइसकेको छ। करिब ३ हजार मानिसमा संक्रमण भेटिएको छ। कोराना सक्रमणको संख्या एक दिनमै दोब्बरको संख्यामा बढेपछि नर्वे सरकारले गत मार्च १३ गतेबाट रेस्टुराँ, बार, कलेज, विद्यालयलगायत भिडभाड हुने स्थल बन्द गर्ने निर्णय गरेको छ। त्यसबेला संक्रमितको संख्या करिब ६ सयको हारहारीमा मात्र थियो। मृत्यु भने भएको थियो।

त्यतिबेला नर्वेकी प्रधानमन्त्री एर्ना सोल्बेगले कोरोना नियन्त्रणबाहिर गएको र आम मानिसले पनि यसलाई सहयोग गर्नुपर्ने भन्दै बन्दको घोषणा गरेकी थिइन्। कार्यालयको काम पनि मिल्नेसम्म घरबाटै गर्न अनुरोध गरिएको थियो। त्यसयता नर्वेको राजधानी ओस्लोमा फाट्टफुट्टबाहेक मान्छेको उपस्थिति छैन।

राजधानी ओस्लो पर्यकटीय गतिविधिले भरिभराउ हुने ठाउँ हो। मौसमले पनि पर्यटकीय गतिविधिको लागि साथ पाएको ओस्लो कोरानाको संक्रमण नभएको भए यतिबेला भिडभाड हुन्थ्यो। सार्वजनिक यातायात पनि भरिभराउ हुन्थे। ट्रेन स्टेसनमा कुरुवाको बाक्लो भिड लाग्थ्यो। बिडम्बना, यतिबेला कतिपय बस बिना यात्रु गुडिरहेका छन्। सयौं जना अट्ने ट्रेनहरुमा एक दुई जना मात्रै यात्रु देखिन्छन्। सरकारले यातायात सेवालाई भने चुस्तदुरुस्तै राखेको छ। पहिलकै तालिकाअनुसार सवारीसाधन गुडिरहेका छन्। बरु सरकारले यो समयको लागि यातायात फ्री बनाएको छ भने बस तथा ट्रेनका ढोका बटम नथिची आफैं खुल्ने बनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

नर्वेमा कोरोना संक्रमित ३ हजारको हारहारीमा भएपनि अस्पतालमै भर्ना हुने भने ३ सयको हारहारीमा मात्रै छन्। संक्रमितको आंशकामा भने क्वारेन्टाइन बस्नेको संख्या ९ हजार पुग्न लागेको छ। संक्रमित तथा क्वारेन्टाइनमा बस्नेहरूलाई जथाभावी हिँड्न अनुमति छैन। संक्रमितले आफूखुसी हिँडेमा २० हजार क्रोनर (करिब दुई लाख नेपाली रुपैयाँ) जरिवाना तोकिएको छ। अन्य नागरिकलाई पनि अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनिएको छ। तर, किनमेल गर्न लागि भने खुला छ। किनमेलको लागि सुपरमार्केट पहिलेकै अवस्थामा छन्।

कार्यालय बन्द गरिएको छैन। सम्भव भएसम्म घरबाटै काम गर्न प्रेरित गरिएको छ। विभिन्न उद्योग कलकारखाना बन्द गर्दा रोजगारी गुमेकाहरू भने सरकारले अनइम्पलोइमेन्ट बेनिफिट (बेरोजगार भत्ता सुविधा)को घोषणा गरेको छ। यो बेनिफिट नर्वेलीलगायत वैधानिक रूमपा नर्वेमा काम गरिरहेका रहेका नेपाली नागरिक तथा अन्य विदेशी नागरिकले पनि पाउनेछन्। विद्यार्थीलाई भने यो सुविधा उपलब्ध छैन। 

नर्वेमा करिब तीन हजारको हाराहारीमा नेपाली रहेको अनुमान गरिन्छ। युरोपका विभिन्न देश हुँदै नर्वे प्रवेश गर्ने नेपालीलाई नर्वे सरकारले नेपालीका रूपमा पहिचान गर्दैन। नेपालबाट सिधै नर्वे पुग्नेलाई मात्र सरकारले नेपाली भन्ने गरेकाले नर्वे बस्दै आएका नेपालीको संख्या यकिन नभएको हो। 

खुसीको कुरा, अहिलेसम्म नर्वेमा रहेका नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छैन। कोरोनाबाट संक्रमित भएको आशंकामा क्वारेन्टाइनमा रहेका नेपालीबारे पनि हालसम्म जानकारी दैन। संक्रमण नदेखिएपनि नेपाली समुदायले भविष्यमा आउन सक्ने संकटलाई सहज बनाउने तयारी थालेका छन्। 

सरला कटेल

भविष्यमा नेपालीलाई संक्रमण भएमा कसरी अगाडि बढ्न सकिन्छ भनेर यहाँ रहेका नेपाली संघसंस्था (एनआएन नर्वे, हेल्पिङ ह्यान्डस् फर नर्वे नेपाल, जनसम्पर्क समिति नर्वे) लगायतका संस्था एकजुट भएर अगाडि बढेका छन्। एनआरएन नर्वेका अध्यक्ष नयन मल्लले यस्तो विषम परिस्थितिमा सबै नेपाली एकजुट भएर नेपालीलाई पर्न सक्ने संकटबारे तयारी थालिएको बताएका छन्। नर्वेमा नेपाली दूतावास छैन। डेनमार्कमा रहेको दूतावासले नै नर्वेलाई पनि हेर्ने गर्दछ। आवश्यक परेको खण्डमा दूतावाससँग समेत सहकार्य गरेर नेपालीलाई परेको समस्याको निम्ति समधान जुट्न तयार रहेको मल्लको भनाइ छ। 

कोही क्वारेन्टाइनमा बस्नुपर्ने भएको खण्डमा, आवतजावत गर्न परेमा सवारीसाधन हुनेले निःशुल्क सेवा उपलब्ध गराउने घोषणा नेपालीहरूले सामाजिक सञ्जालका माध्यम गरेका छन्। यतिबेलाको अवस्था हेर्दा नर्वेमा नेपालीहरु एक जुट भएर नेपालीको समस्यासँग जुध्न तयार देखिन्छन्। कोरोना नलागेपनि जागिर नहुँदा कसैलाई आर्थिक सहयोगकै आवश्यकता परेमा कसरी समधान गर्ने विषयमा पनि नेपालीहरूबीच छलफल भइरहेको छ। हेल्पिङ ह्यान्डस् नेपालले नै यसको सक्रियता लिइएको छ। नर्वे कोरोनाबाट ग्रसित बनेपनि अफवाहका कारण कोही पनि भ्रममा परेका छैनन्। आम नागरिकले राज्यका निर्देशन पालना गर्दै सरकारका हरेक गतिविधिमा सहयोग गरेको पाईन्छ। 

(कटेल नर्वेको ओस्लोमा अध्ययनरत विद्यार्थी हुन्। उनी हेल्पिङ ह्यान्डस् नेपाल नर्वेकी महासचिव पनि हुन्।)

प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  १८:०३
  • #coronaupdate

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्