काठमाडौं- पूर्व अर्थसचिव रामेश्वर खनालले चैत महिनामा आउने निवृत्तिभरण बापतको रकम सरकारले स्थापना गर्ने कोरोना कोषलाई दिने घोषणा गरेका छन्। उनले ट्विट गर्दै चैत महनिामा आउने ४१ हजार ७ सय ३१ रुपैयाँ दिने घोषणा गरेका हुन्।
आइतबार मात्रै मन्त्रिपरिषद्ले कोष खडा गर्ने र मन्त्रीको एक महिनाको तलब राख्ने घोषणा गरेको थियो। कोषमा सरकारले ५० करोड राख्ने निर्णय गरेकाे थियो।
खनालले आफूले दिएको रकम रोजगरी गुमाएका दैनिक ज्यालादारीमा काम गर्नेलाई राहत दिन प्रयोग गर्न समेत सुझाव दिएका छन्।
सरकारी कोषमा व्यवसायी बसन्त चौधरीले पनि १ करोड सयोग गर्ने घोषणा गरिसकेका छन्। साथै कांग्रेसका सांसद गगनकुमार थापाले पनि सबै सांसदको एक महिनाको तलब कोषमा राख्ने प्रस्ताव अगाडि सारेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।