काठमाडौं– निजी हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले बंगलादेशको ढाका उडान बन्द गरेको छ।
कोरोना भाइरसको जोखिम न्युनकरणका लागि भन्दै मार्च १९ अर्थात भोलि बिहीबारदेखि तत्कालका लागि हिमालयले उडान रद्द गर्ने जनाएको छ।
उडान रद्द भएसँगै एयरलाइन्सले टिकट सार्न र रकम फिर्ता लिन पनि शूल्क नलाग्ने जनाएको छ। यसअघि हिमालयले चीनका ४ वटा गन्तव्य र कतार उडान रद्द गरिसकेको छ। हिमालयसँग अहिले ४ वटा एयरबस जहाज छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।