• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

२२ वर्षमा पनि भएन सिद्धार्थनगरमा फोहोरको दिगो व्यवस्थापन

५ दिनदेखि उठ्न फोहोर नउठ्दा नगरबासी दुर्गन्धले आजित
64x64
दीपक घिमिरे सोमबार, चैत ३, २०७६  १७:२३
1140x725

भैरहवा–सिद्धार्थनगर नगरपालिकाले फोहोरको दीर्घकालीन व्यवस्थापन नगर्दा नगरबासी दुर्गन्धले आजित बनेका छन्। लुम्बिनी प्रवेशद्वारको रुपमा रहेको सिद्धार्थनगरबाट दैनिक ३५ टन फोहोर संकलन हुन्छ। तर त्यसलाई नगरपालिकाले अहिलेसम्म दीर्घकालीन रुपमा व्यवस्थापन गर्न सकेको छैन। 

नगरपालिकाले ३० वर्षदेखि नगरको फोहोर वडा नम्बर १ र २ को सीमास्थित नेपाल–भारत सीमाको दशगजानजिकै डण्डाखोलाको छेउ (पक्लिहवा क्षेत्र) मा फाल्दै आएको छ। नदी र वस्तीको बीचमा फालिएको फोहोरको दुर्गन्धले निकै समस्या परेपछि स्थानीयले केही दिनदेखि फोहोर फाल्न रोक लगाएका छन्। 

दुर्गन्धका कारण सबैभन्दा बढी मारमा सिद्धार्थनगर १, २ र ३ का बासिन्दा परेका छन्। स्थानीयले रोक लगाएका कारण फोहोर नउठ्दा अहिले भैरहवा बजार दुर्गन्धित भएको छ। 

दुर्गन्धले त्यस क्षेत्रमा बस्न र वरिपरि हिँडडुल गर्न पनि समस्या भएपछि गत बुधबार सहरबाट संकलन गरेर लगिएका ८ ट्याक्टर फोहोर स्थानीयले फर्काइदिएका थिए। ‘नगरपालिकामा १३ वडा छन्। सबै वडाबाट गरी दैनिक ३५ टन फोहोर निस्किन्छ,’ सिद्धार्थनगर १ का सुशील गुरुङले भने, ‘यो फोहोर पक्लिहवा क्षेत्रमा फाल्दा दुर्गन्धका कारण स्थानीय समस्यामा परेका छन्।’ 

नगरको फोहोर नउठेपछि फोहोर बोक्ने ट्याक्टर नगरपालिकाको परियोजना कार्यालय परिसरमा राखिएका छन्। अस्थायी रुपमा त्यहाँ फोहर फ्याँक्दै आए पनि त्यसलाई नष्ट तथा व्यवस्थापन गर्न नगरपालिकाले अहिलेसम्म कुनै चासो देखाएको छैन। 

फोहोरले स्थानीय बासिन्दादेखि नजिकै रहेको सशस्त्र प्रहरी कार्यालयका कर्मचारी, पक्लिहवा कृषि क्याम्पसमा अध्ययनरत बिद्यार्थी तथा अध्यापक सबैभन्दा बढी मर्कामा परेका छन्। गुरुङले भने, ‘पक्लिहवा क्षेत्रमा स्थायी रुपमा फोहोर फाल्न सकिँदैन। यसले साना बालबालिकादेखि वृद्धवृद्धाको स्वास्थ्यमा समेत गम्भीर असर पारेको छ।’ 

फोहोर व्यवस्थापनका लागि स्थानीयले पटक–पटक नगरपालिकालाई अनुरोध गर्दै आएका थिए। तर, नगरपालिकाले कुनै सुनुवाइ नगर्दा बाध्यतापूर्वक यो कदम उठाउनु परेको स्थानीयको भनाइ छ। 

‘नगरपालिकाले नगरभरिको फोहोर ल्याएर जम्मा गर्दा गन्हाएर हामीलाई हिँडडुल गर्नसमेत समस्या परेको छ,’ स्थानीय दीपक थापाले भने, ‘नगरपालिकाले फोहोर व्यवस्थापनको वैकल्पिक उपाय खोज्नुपर्छ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

नगरपालिकाले वैकल्पिक उपायका लागि ओमसतिया गाउँपालिकामा फोहोरमैला प्रसोधन केन्द्र स्थापना गर्न खोजे पनि विभिन्न विवादका कारण सम्भव भएको छैन।  

नगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसकेर बजारमै थुप्रिँदा स्थानीयको आक्रोश बढेको छ। स्थानीयले सामाजिक सञ्जालदेखि सार्वजनिक स्थानसम्म नगरपालिकाको आलोचना गर्ने गरेका छन्। एक जनप्रतिनिधिले २०५४ सालबाटै फोहरको स्थायी व्यवस्थापनका लागि कुरा राख्दै आए पनि सम्बोधन नभएको बताए। उनले स्थानीय सरकारको रुपमा जनप्रतिनिधि आएपछि बसेका सबै नगरपरिषदमा यस बिषयमा कुरा उठाए पनि नगरपालिका बोर्ड जिम्मेवार नदेखिएको बताए। फोहर फालिएको पक्लिहवा क्षेत्रलाई संवेदनशील क्षेत्रको रुपमा घोषणा गर्नुपर्ने उनको भनाइ छ।

घाम चर्किदै गएसँगै सडकमा फोहोरको दुर्गन्ध बढ्दै गएको छ। ‘नगरपालिकाले फोहोर नउठाउँदा गन्हाएर बसिसक्नु छैन,’ कपडा व्यवसायी कृष्ण पाण्डेले भने, ‘नगरमा थुप्रिएको फोहोर छिटोभन्दा छिटो उठाउनुप¥यो, नभए दुर्गन्धले हैजा निम्त्याउने खतरा बढेको छ ।’ 

स्थानीयको अवरोधका कारण बुधबारदेखि फोहोर संकलन गरे पनि फ्याँक्न नसकिएको नगरपालिका प्रमुख हरिप्रसाद अधिकारीले जानकारी दिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले फोहोरको समस्या सबै नगरवासीको साझा समस्या भएकाले सबैको सल्लाहबाट समाधान खोज्ने प्रयास जारी राखेको बताए। बजारबाट फोहोर नउठेपछि नगरपालिकाले गरेको सर्वदलीय बैठकमा सहभागी  सबैजसो दलका नेता तथा अन्य व्यक्तिले पक्लिहवा क्षेत्रको विकल्प खोजेर फोहोर व्यवस्थापन गर्न सुझाव दिएका थिए।

उनीहरुले फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल साईटको आवश्यकता रहेको बताउँदै त्यसका लागि सिद्धार्थनगरले नजिकका पालिकासँग  समन्वय गरेर काम अगाडि बढाउनु पर्नेमा जोड दिए। 

प्रकाशित मिति: सोमबार, चैत ३, २०७६  १७:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीपक घिमिरे
दीपक नेपाल लाइभका स‌ंवाददाता हुन् ।
लेखकबाट थप
भैरहवाको प्रतिमान–निमा प्रतिष्ठानमा होल्डिङ सेन्टर, गन्तव्यमा पुग्न सहज
लकडाउनको मौका छोपेर यसरी हुन्छ काठ तस्करी, मोटरसाइकल प्रहरी नियन्त्रणमा
बुटवलमा कोरोनासँगै डेंगुविरुद्धको अभियान
सम्बन्धित सामग्री
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह प्राधिकरणका अनुसार कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार कोसी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा चक्रवातको प्रभाव बढी पर्ने... सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सम्मेलनमा सहभागी हुने भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिलाई भ्रमण भत्ता, विभिन्न सामग्री, कर्जा सहायता तथा सम्... सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ आउँदै गरेको बा.अ. ०२२० नम्बरको स्कारपियो आइतबार सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको... सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
आशिफ शेख र डी आर्सी सर्टको अर्धशतकीय साझेदारीमा लुम्बिनीको विजयी सुरुआत, सुदूरपश्चिम सात विकेटले पराजित सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्