• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

वैदेशिक रोजगारीमा महिलामाथि राज्यको विभेद : कहिले प्रतिबन्ध त कहिले उमेर हद

64x64
निर्मला घिमिरे आइतबार, फागुन २५, २०७६  १९:४९
1140x725

काठमाडौं- कुनै बेला चुलोचौकामा मात्रै सीमित नेपाली महिला आजभोलि विश्वका विभिन्न मुलुकमा पुरुषसरह श्रम गरिरहेका छन्। नेपालको अर्थतन्त्र धानिरहेको रेमिट्यान्समा महिला श्रमिकको पनि ठूलो योगदान छ। तर यसरी नेपालको अर्थतन्त्रमा योगदान पुर्‍याइरहेका महिलामाथि राज्यको विभेदकारी नीति छ। 

सरकारले वैदेशिक रोजगारीमा जाने महिलाको हकहित तथा सुरक्षाका लागि काम गर्ने भन्दा पनि गन्तव्य मुलुकमा प्रतिबन्ध लगाउँदा महिला श्रमिक थप समस्यामा पर्दै आएका छन्।  

संरक्षणमुखी अवधारणाका नाममा खाडीलगायत मुलुकमा घरेलु कामदारका रूपमा जान प्रतिबन्ध लगाउँदा यसको प्रत्यक्ष असर ठूलो संख्यामा घरेलु कामदारका रूपमा जाने महिला श्रमिकमाथि परेको छ। घरेलु कामदारका रुपमा खाडीलगायत मुलुकमा प्रतिबन्ध लगाउनु तथा यी मुलुकमा जाने महिलामाथि उमेर हद लगाउनु राज्यको विभेदकारी नीति भएको महिला अधिकारकर्मीहरूले टिप्पणी गर्दै आएका छन्।

सरकारले खाडीलगायत मुलुकमा घरेलु कामदारका रूपमा लगाएको प्रतिबन्धका कारण मानव बेचबिखन तथा तस्करीका घटनाले बढवा पाएको महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समूह (एटविन)की अध्यक्ष नातिसरा राई बताउँछिन्। 

सरकारले घरेलु कामदारका लागि वैधानिक बाटो (ढोका) बन्द गरेपछि अवैध बाटो (झ्याल) हुँदै जाने क्रम बढेको एटविनकी अध्यक्ष राईको भनाइ छ।  अध्यक्ष राई भन्छिन्, ‘घरेलु कामदारमा प्रतिबन्ध लगाइएकै कारण पछिल्लो समय वैदेशिक रोजगारीको आडमा मानव बेचबिखन तथा मानव तस्करीका घटना बढ्दै गएका छन्। यसमा राज्य र सरोकारवाला सबैले ध्यान दिन जरुरी छ।’ 

महिलामाथि उमेर हद किन? 
नेपालको कानुनले १८ वर्ष उमेर पूरा गरेपछि समान रुपमा घुमफिरलगायत अन्य सबै प्रकारका अधिकार दिएको छ। तर यो मापदण्ड वैदेशिक रोजगारीमा जाने महिलाको हकमा भने लागू हुँदैन। सरकारले २०७२ वैशाखमा घरेलु कामदारका रूपमा वैदेशिक रोजगारीमा जाने महिलालाई लक्षित गर्दै जारी गरेको ‘वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७२’ को दफा ३(३) ले २४ वर्ष उमेर पूरा नगरी महिलालाई घरेलु कामदारका रुपमा खाडी लगायत मलेसिया र लेवनान जान रोक लगाएको छ। 

साउदी अरब, कतार, ओमान, कुवेत, संयुक्त अरब इमिरेट्स(युएई), लेबनान, बहराइन, मलेसियालगायत मुलुकमा घरेलु कामदारका रुपमा जाने महिलाको उमेर हद २४ वर्ष पुरा भएको हुनुपर्छ। रोजगारीका लागि इजरायल जाने हो भने २५ वर्ष उमेर पुगेको हुनुपर्ने  सरकारी नियम छ। तर जापान, युरोप, अमेरिका लगायत अन्य विकशित मुलुकमा जाने महिला कामदार माथि भने छुट्टै उमेर हद छैन। १८ वर्ष उमेर पुरा भएपछि जान पाउँछन्।

पुरुषहरू १८ वर्ष पुगेपछि आफूले चाहेको मुलुकमा रोजगारीका लागि जान पाउँदा महिला किन जान पाउँदैनन्? यो प्रश्नको जबाफमा सरकारले महिलाको हितकै लागि उमेर हद तोकिएको जवाफ दिए पनि त्यसको सान्दर्भिकता पुष्टि हुने आधार भेटिएको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

यो महिलामाथि राज्यको विभेदकारी नीति भएकोभन्दै चौतर्फी आवाज उठिरहेको छ। 

घरेलु कामदारमा प्रतिबन्धले मारमा महिला
अझ २०७३ चैतदेखि तत्कालीन संसदकोअन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिले नेपाली कामदारलाई घरेलु कामदारका रूपमा खाडी लगायत ममुलुकमा प्रतिबन्ध लगाउन सरकारलाई निर्देशन दियो। 

त्यसयता हालसम्म यी मुलुकमा घरेलु कामदार खुलाइएको छैन। यो प्रतिबन्धसँगै यसको असर ठूलो संख्यामा घरेलु कामदारका रुपमा जाने महिलाहरु माथि पर्न गएको छ। 

सरकारले वर्षौँसम्म वैधानिक बाटो बन्द गरिदिएपछि ठूलो संख्यामा महिलाहरु भारतलगायत अन्य तेस्रो मुलुकबाट अवैधबाटो हुँदै वैदेशिक रोजगारीमा जान बाध्य छन्। यसबाट ठूलो संख्यामा उनीहरु ठगी तथा जालसाजीमा परिरहेका छन्। 

कतिपय अवस्थामा महिला बेचबिखन तथा तस्करीजस्ता अपराधको शिकार पनि बनिरहेका छन्। 

बढ्दै मानव बेचबिखन
पछिल्ला केही वर्षका तथ्यांक हेर्ने हो भने बेचबिखनमा परेका महिलाको उजुरी बढ्दै गएको देखिन्छ। आर्थिक वर्ष २०७१ देखि २०७६ सम्म बेचबिखनमा परेका महिलाको प्रहरीमा परेको उजुरीको अवस्था यस्तो छ। 

आर्थिक वर्ष २०७१/०७२ मा १ सय ८१, ०७२/०७३ मा २१२, ०७३/०७४ मा  २ सय २७, ०७४/७५ मा २ सय ६८ र आव २०७५/०७६ मा बेचबिखनको उजुरीको संख्या ३ सय नाघेको छ। 

महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समुह (एटविन) काअनुसार पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसारमा सबैभन्दा ठूलो संख्यामा १७ वर्ष उमेर समूहसम्मका ५० प्रतिशत परेका छन्। मानव बेचबिखन तथा ओसारपसारमा सबैभन्दा बढी एजेन्ट तथा म्यानपावर व्यवसायीको संलग्नता रहेको एटविनको अध्ययनले देखाएको छ।

घरेलु कामदारबारे अध्ययन समिति खाडीमा
घरेलु कामदारमाथि प्रतिबन्ध नलगाउन चौतर्फी दबाब आएसँगै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको टोली यतिबेला खाडीमा छ। 

ओमान, कुवेत, साउदी, हुँदै टोलीले युएईसम्मको भ्रमण गरिसकेको छ। तर विश्वमा कोरोना भाइरसको संक्रमण बढिरेको बेला घरेलु कामदारको अवस्था अध्ययनका लागि खाडी गएको उद्योग तथा वाणिज्य र श्रम, तथा उपभोक्ता हित समितिका अध्यक्ष विमल श्रीवास्तवसहितको सरकारी टोलीले चौतर्फी आलोचना खेपिरहेको छ। 

घरेलु कामदारको अवस्थाबारे अध्ययनका लागि पुगेको टोली खाडीका पाँचतारे होटलभित्र सीमित भएको भन्दै आलोचना भएको हो। 

टोलीले सम्बन्धित देशमा कार्यरत घरेलु कामदारको वास्तविक अवस्था अध्ययन गरी गन्तव्य मुलुकसँग घरेलु कामदारका बारे छुट्टै सहमति गरेर मात्रै कामदारको बाटो खुल्ला गर्नुपर्ने सरोकारवालाहरूले माग राखेका छन्। नेपालबाट खाडी लगायतका मुलुकमा वार्षिक ३० हजारभन्दा बढी महिला श्रम स्वीकृति लिएरै जाने गरेका छन्। अवैध बाटो हुँदै जानेको संख्या यकिन छैन। 

प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६  १९:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू मलेसिया जाने नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावरलाई मुख्य कम्पनी र अन्यलाई सबएजेन्ट बनाइएको विषयमा विवाद भइरहेका बेला व... शुक्रबार, असोज २, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
ताजा समाचारसबै
अफवाहमा नलाग्न कांग्रेसको आग्रह, असोज ३ र ४ गते वडा अधिवेशनमा सहभागी हुन अपिल शुक्रबार, असोज २, २०८३
सिंहदबारबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष २२ लाख धरौटी बुझाउन नसकेपछि कारागार चलान शुक्रबार, असोज २, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
एनसेल र नाटोबीच पर्यटकको कनेक्टिभिटी सुदृढ गर्ने समझदारी शुक्रबार, असोज २, २०८३
चीनबाट ६ सैन्य कार्गो विमानमार्फत राहत सामग्री प्राप्त शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्