• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

दैनिक उपभोग्य वस्तुको अभाव हुँदैन, बढी सामान किन्दा माग बढेर व्यापारीले मुल्यवृद्धि र कालोबजारी गर्न सक्छन्

उपभोग्य वस्तुको अवस्थाबारे मन्त्रालयले लियो जानकारी 
64x64
हेमन्त जोशी बिहीबार, फागुन २२, २०७६  १५:१९
1140x725

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सन्त्रासका कारण अहिले नै केही वस्तुहरुको बजार अभाव देखिन थालेको छ। माक्स, सेनिटाइजरजस्ता मेडिकल सामाग्रीहरुको माग बढेपछि ती वस्तुहरुको अभाव सँगसँगै मुल्य वृद्धि र कालोबजारी पनि हुन थालेको छ।

मेडिकल सामाग्रीहरुमात्र नभई इन्धन, खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य वस्तुहरुको अभाव र मुल्यवृद्धिको समस्या झेल्नुपर्ने हो कि भन्ने आशंका आम मानिसमा देखिन थालेको छ। तर अवस्था भने त्यति नाजुक छैन। बजारमा दैनिक उपभोग्य वस्तु पर्याप्त मात्रामा रहेको तथ्यांक निजी र सरकारी दुवै क्षेत्रले सरकारलाई बुझाएका छन्। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अहिले बजारमा उपभोग्य वस्तुको माग,  आपूर्ति र भण्डारणका बारेमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनसँग जानकारी लिएको छ। त्यस्तै निजी क्षेत्रसँग रहेको विभिन्न वस्तुको मौज्दातका बारेमा जानकारी लिन आपूर्ति विभागले उनीहरुसँग तथ्यांक मागेको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए।

‘भन्सार विभागबाट पछिल्लो २ महिनाको अवधिमा आयात भएका दैनिक उपभोग्य वस्तुको तथ्यांक र निजी क्षेत्रसँग अहिले मौज्दातका रुपमा रहेको वस्तुको तथ्यांक तयार पारेर मन्त्रालयलाई बुझाउँछौं,’ सुवेदीले भने। आयात र आन्तरिक ढुवानी ठप्प भएकै अवस्थामा पनि दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वस्तुको माग, आपूर्ति र मौज्दातको अवस्थाबारे जानकारी लिएको हो। बजारको अहिलेको अवस्था हेरेर उपभोग्य वस्तुको सहज उपलब्धताका लागि आवश्यक तयारी गर्ने मन्त्रालयले जनाएको छ। 

पेट्रोलियम पदार्थको मौज्दातले ९ दिन र ग्याँसले ७ दिन माग धान्छ
नेपाल आयल निगमले आफ्नो प्रादेशिक संरचनाअनुसार पर्याप्त भण्डारण क्षमता तथा माग धान्ने अवस्था छैन। पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धनको मुलुकभरको क्षमता ६८ हजार ३ सय ६४ किलोलिटर बराबर छ। प्रदेश नम्बर १ मा भण्डारण क्षमता १० हजार १ सय २० किलोलिटर बराबर छ। उक्त परिमाण बराबरको इन्धनले ८ दिनको माग धान्न सक्छ।

त्यस्तै प्रदेश नम्बर २ को भण्डारण क्षमता २२ हजार ७ सय ९० किलोलिटर अर्थात ९ दिनको माग धान्न सक्ने देखिन्छ। बागमती प्रदेशमा १३ दिन, गण्डकी प्रदेशमा १२ दिन, प्रदेश नंम्बर ५ मा ५ दिन, कर्णाली प्रदेशमा २ दिन र सुदुर पश्चिम प्रदेशमा ८ दिन बराबरको इन्धन भण्डारण मौज्दात छ। कर्णाली प्रदेशको भण्डारण क्षमता जम्मा १ सय ५ किलोलिटरमात्रै भएका कारण त्यहाँ २ दिनलाई मात्रै धान्ने इन्धन रहेको देखिन्छ। यसरी देशभरको भण्डारण मौज्दातले औसत ९ दिनको पेट्रोलियम पदार्थ धान्न सक्छ। 

हालसम्म इन्धन आपूर्तिमा कुनै समस्या नदेखिएको भएपनि भारतमा अहिले युरो–६ मापदण्डको इन्धन प्रयोगमा आउन लागिरहेका कारण मोतिहारी–अमलेखगंज पेट्रोलियम पाइपलाइनबाट कम मात्रामा डिजेल आएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन्। आगामी जुनदेखि पेट्रोलियम पाइपलाइनबाट पूर्ण क्षमतामा पुनः डिजेल नेपाल आउने भएका कारण समस्या नहुने उनको भनाइ छ। अहिले पेट्रोलको दैनिक माग ३५ देखि ४ हजार किलो लिटर र डिजेलको माग प्रतिदिन ३ हजार ५ सय देखि ४ हजार किलोलिटर बराबर छ। 

त्यस्तै खाना पकाउने एलपी ग्याँसको मासिक माग ४० हजार मेट्रिक टन अर्थात् दैनिक १ हजार ३ सय मेट्रिक टन बराब छ। खाना पकाउने ग्याँस नेपाल आयल निगमले पिडिओ जारी गरेपछि निजी क्षेत्रबाट आयात भइरहेको छ। निजी क्षेत्रले करिब ७ दिनलाई पुग्ने भण्डारण क्षमता रहेको मन्त्रालयलाई जानकारी गराएको सहप्रवक्ता केसीले बताइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

नुन र चिनी पर्याप्त 
आयात रोकिने अवस्था आइलागेमा नुन र चिनीको बजार अभाव भने नहुने देखिन्छ। साल्ट ट्रेडिङ कर्पोरेसनले आयोडिन नुन करीब ६ महिनाका लागि पुग्नेगरी बफर स्टक राख्ने गरेको छ। अहिले साल्ट ट्रेडिङसँग १ लाख ३५ हजार मेट्रिक टन नुन मौज्दात रहेको छ। त्यस्तै चिनी पनि मागअनुसार पर्याप्त नै छ। चिनीको २ लाख ५० हजार मेट्रिक टन वार्षिक माग रहेकोमा १ लाख ८० हजार मेट्रिक टन नेपालभित्रकै १३ वटा चिनी उद्योगले उत्पादन गरेका छन्। अहिले चिनी उद्योगीहरुसँग १ लाख १ हजार मेट्रिक टन चिनी मौज्दात छ।

त्यस्तै साल्ट ट्रेडिङसँग २ हजार ५ सय मेट्रिक टन गोदाममा रहेको र ७ हजार ५ सय टन एकहप्ताभित्र आइपुग्ने भएका कारण १० हजार मेट्रिक टन बराबर चिनी मौज्दात हुनेछ। निजी क्षेत्र र साल्ट ट्रेडिङसँग गरी १ लाख ११ हजार मेट्रिक टन चिनी मौज्दात भण्डारण रहेका कारण अभाव हुनेछैन। 

खाद्यान्नमा पनि समस्या नहुने
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मन्त्रालयलाई उपलब्ध गराएको जानकारीअनुसार अहिले चामल पर्याप्त छ। राष्ट्रिय खाद्य सुरक्षा भण्डारण र सार्क सुरक्षा भण्डारणमा २१ हजार ६ सय ५३ मेट्रिक टन चामल भण्डारण गरिएको अवस्थामा छ।

त्यस्तै दुर्गम तथा हिमाली जिल्लाहरुमा ४ हजार १५ मेट्रिक टन गरी कुल २५ हजार ६ सय ६९ मेट्रिक टन चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग मात्रै भण्डारणका रुपमा रहेको छ। त्यस्तै कम्पनीसँग १ सय ३० मेट्रिक टन बराबर फापर र सिमी पनि मौज्दात रहेको छ। 

Xtrem

Xtrem

निजी क्षेत्रले पनि करीब ६ महिना अवधिका लागि चामल, दाललगायत खाद्य वस्तुको अभाव नहुने जानकारी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई जानकारी गराएका छन्।

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०७६  १५:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा उपभोक्तालाई मर्कापर्... शनिबार, असोज २४, २०८३
यस्तो छ आज विदेशी मुद्राको भाउ राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । शनिबार, असोज २४, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
घरायसी काममा सुरक्षाकर्मी खटाएको देखे उजुरी गर्न गृह मन्त्रालयको आग्रह शनिबार, असोज २४, २०८३
घटस्थापनाको पूर्वसन्ध्यामा सिमरियाघाटमा गङ्गास्नान गर्ने भक्तजनको घुइँचो शनिबार, असोज २४, २०८३
परराष्ट्रमन्त्री खनालको फिजी, टुभालु र अस्ट्रेलिया भ्रमणको उपलब्धी के ? शनिबार, असोज २४, २०८३
बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य संकट चुलिँदो, तत्काल मनोसामाजिक सहयोग पुर्याउन सरोकारवालाको जोड शनिबार, असोज २४, २०८३
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्