• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अपराधमा जनप्रतिनिधि : हत्या, बलात्कारदेखि तस्करी आरोपसम्म

64x64
शेरबहादुर ऐर बिहीबार, फागुन २२, २०७६  १२:३२
1140x725

धनगढी-सुदूरपश्चिमबाट निर्वाचित जनप्रतिनिधिहरू विभिन्न अपराधमा संलग्न रहेको आरोपमा प्रहरी फन्दामा परेका छन्। प्रतिनिधि सभा, प्रदेश सभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरु हत्या, बलात्कार, जिवजन्तु तथा काठतस्करी लगायतका जघन्य अपराधका घटनामा संलग्न रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

बुधबारमात्रै सुदूरपश्चिम प्रदेश सभाका सदस्य अक्कलबहादुर रावल बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश संसदीय दलका सचेतकसमेत रहेका अक्कलबहादुर रावललाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (प्रहरी नायव उपरीक्षक) दक्षकुमार बस्नेतले बलात्कार प्रयास गरेको आरोपमा उजुरी परेपछि सोसम्बन्धी जानकारी लिन जिल्ला प्रहरी कार्यालयमा आएका प्रदेश सांसद् रावललाई पक्राउ गरी हिरासतमा राखेको बताए। रावलविरुद्ध धनगढीकी एक महिलाले माघ २१ गते आफूमाथि बलात्कार प्रयास गरेको आरोप लगाउँदै फागुन १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्। 

बुधबार साँझ आफैं जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका रावललाई हिरासतमा राखेर बिहीबार कैलाली जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान गर्ने तयारी गरिएको डिएसपी बस्नेतले बताए। प्रदेश सभा सदस्य रावल अछामको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् ।

यसअघि सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल ठगी तथा कागजात किर्तेमा संलग्न रहेको घटना सार्वजनिक भएको थियो।  कञ्चनपुरको भीमदत्त नगरपालिका-२ भाँसीस्थित जनज्योति एजुकेसन फाउन्डेसनको १५ करोड ६७ लाख ५० हजार सेयरबापतको रकम ठगी प्रकरणमा उनी मुछिएका थिए। तत्कालीन नेकपा एमालेबाट निर्वाचित रावलविरुद्ध जिल्ला अदालत महेन्द्रनगरमा मुद्दा दर्ता भएपछि कात्तिक २४ गते पदबाट राजीनामा दिएका थिए। उनले २०७५ असोज २३ गते उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीका रुपमा पदभार ग्रहण गरेका थिए ।

स्थानीय तहका जनप्रतिनिधि पनि अपराधमा

प्रदेश सभाकामात्र नभई स्थानीय तहका जनप्रतिनिधिहरु पनि विभिन्न अपराधमा मुछिइरहेका छन्। हातहतियार ओसारपसारदेखि सार्वजनिक अपराधका विभिन्न घटनामा संलग्न आरोपमा उनीहरु पक्राउ परेका छन्।

प्रदेश प्रहरी कार्यालयले दिएको तथ्यांक अनुसार विभिन्न घटनामा १३ जना स्थानीय तहका जनप्रतिनिधिहरु प्रहरी फन्दामा परेका छन्। प्रहरी कार्यालयका अनुसार स्थानीय तहका अधिकांस जनप्रतिनिधिहरु सार्वजनिक हित तथा शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा पक्राउ परेका छन्। यस्तै, जुवातास, होहल्ला लगायतका गतिविधिमा संलग्न रहेको आरोपमा पनि जनप्रतिनिधीहरु विरुद्ध मुद्दा परेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

बाजुराको बडिमालिका ८ का वडाध्यक्ष प्रकाश रावल ज्यान मार्ने अभियोगअन्तर्गत प्रहरी फन्दामा परेका छन्। २०७५ असोज २० गते राति वडाध्यक्षले बोलाएको भन्दै केही मानिस घरभित्र प्रवेश गरी स्थानीय कुटेका थिए। उनी ज्यान मार्ने अभियोगमा प्रहरी फन्दामा परे। वडाध्यक्ष रावलको मुख्य योजनामा उक्त घटना भएको भन्दै प्रहरीमा उजुरी छ।

बाजुरा जिल्ला प्रहरी कार्यालयले २०७५ फागुन १० गते बाजुराको त्रिवेणी नगरपालिका ७ का वडा सदस्य कृष्ण मिजारलाई पक्राउ गरेको थियो। उनलाई प्रहरीले हातहतियार खरखजाना ओसारपसारको आरोपमा पक्राउ गरेको थियो।

बाजुराको बडिमालिका नगरपालिका–९ गैरी बजारमा राति डेढकिलो चरेससहित वडा नम्बर ३ का सदस्य श्यामबहादुर खडका पक्राउ परेका थिए। उनीविरुद्ध प्रहरीमा लागुऔषध ओसारपसार अन्तर्गतको मुद्दा प्रहरीमा रहेको छ।

सव डिभिजन वन कार्यालय चौमालाले केही दिनअघि काठ तस्करी गर्दैगर्दा वडा सदस्य निरज चौधरीलाई पक्राउ गरेको थियो। वडा नम्बर ३ का सदस्य चौधरीलाई ५० थान कडी ढुवानी गर्दैगर्दै सव–वन डिभिजन कार्यालय चौमालाले पक्राउ गरेको हो। कार्यालयले उनीहरुले सालको कडी ढुवानी गर्न प्रयोग गरेको ट्याक्टरसमेत नियन्त्रणमा लिएको थियो। से२प ८९४ नम्बरको ट्याक्टरमा ढुंगाभित्र ३/४ का सात फिट लम्बाईका ५० थान कडी ढुवानी गर्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

२०७६ असोज ७ गते डडेल्धुराको परशुराम नगरपालिकाकी उपप्रमुख कलावती बोहराविरुद्ध मुद्दा दर्ता भएको थियो । उनीविरुद्ध ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता’ शीर्षकमा प्रहरीमा मुद्दा छ । परशुराम नगरपालिका–४ की उनी नेपाली का“ग्रेसका तर्फबाट स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर निर्वाचित भएकी हुन्।

बोहरासँगै अमरगढी नगरपालिकाकी १० की वडा सदस्य बसन्ती भण्डारीविरुद्ध पनि प्रहरीमा मुद्दा रहेको छ । उपप्रमुख बोहराविरुद्ध दर्ता भएको मुद्दामा नै उनको नाम पनि उल्लेख छ। २०७६ असोज ७ गते नेपाली कांग्रेस पार्टी कार्यालय डडेल्धुरामा भएको तोडफोड, हातपात, तथा गालीगलौजमा संलग्न भन्दै उनीविरुद्ध मुद्दा दर्ता भएको छ।

डडेल्धुराको अमरगढी नगरपालिका–११ का वडाध्यक्ष सूर्यप्रकाश खड्काविरुद्ध पनि शान्ति विरुद्धको कसुरमा प्रहरीमा मुद्दा रहेको छ। २०७६ असार २५ गते डडेल्धुरा अस्पतालका डा. दिनेश उपाध्यायलाई अभद्र व्यवहार गरी हातपात गरेको भन्दै कानुनबमोजिम कारबाहीका लागि अस्पतालका मेसु डाक्टर जितेन्द्र कँडेलसहित १२ जनाले प्रहरीमा निवेदन दिएका थिए।

प्रहरी फन्दामा परेका जनप्रतिनिधिमध्ये बाजुराको बडिमालिका नगरपालिका–५ का वडाध्यक्ष अम्मलाल कार्की पनि हुन्। उनीविरुद्ध प्रहरीमा सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्धा छ।

२०७५ भदौ १६ गते कार्कीलाई मदिरा सेवन गरेर हुलहुज्जत तथा गालीगलौज गरेको भन्दै प्रहरीले समातेको थियो।

अछामको पञ्चदेवल बिनायक नगरपालिका– ४ का वडाध्यक्ष सज्जनबहादुर शाहीविरुद्ध प्रहरीमा सार्वजनिक अपराधको मुद्दा परेको थियो।

महिलाहरुलाई अभद्र व्यवहार गरेको भन्दै शाही पक्राउ परेका थिए। जिल्ला प्रशासन कार्यालय अछामको २०७६ साउन ६ गतेको आदेशअनुसार वडाध्यक्ष शाही चार हजार धरौटी तिरी तारेखमा रिहा भए।

यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–३ का वडाध्यक्ष बलबहादुर ऐरविरुद्ध पनि सार्वजनिक अपराध शीर्षकमा मुद्दा छ।  ऐर तत्कालीन माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार थिए। डोटीको दिपायल सिलगाढी नगरपालिका– २ का वडाध्यक्ष राजेन्द्रबहादुर खड्का पनि प्रहरीको फन्दामा परेका छन्। २०७५ फागुन १३ गते दिपायल सिलगढी नगरपालिका–४ राजपुरस्थित लालबहादुर कठायतको होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले वडाध्यक्ष खड्कालाई पक्राउ गरेको थियो।

बाजुराको खप्तड छेडेदह गाउापालिका ७ का वडाध्यक्ष खगेन्द्र रावत जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका थिए। 

जुवातास खेलिरहेको अवस्थामा पक्राउ पर्ने अर्का जनप्रतिनिधि हुन् रविन्द्र शाही। उनी गोदावरी नगरपालिका १० का वडाध्यक्ष हुन्। उनलाई प्रहरीले धनगढी उपमहानगरपालिका ३ मिलनचोकबाट पक्राउ गरेको थियो।

बाजुराको बुढीनन्दा नगरपालिका १ का वडाध्यक्ष नृप खत्रीविरुद्ध होहल्ला गरेको भनी प्रहरीमा मुद्दा दर्ता भएको छ। मदिरा सेवन गरेर कोल्टी बजारमा होहल्ला गरिरहेका बुढीनन्दा नगरपालिका १ का वडाध्यक्ष नृपराज खत्रीलाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई जरिवाना तिराएर घर फकाईएको थियो।

जो अहिले थुनामा छन्

कैलालीको निर्वाचन क्षेत्र नम्बर १ वाट प्रतिनिधी सभामा निर्वाचित भएका थिए रेशमलाल चौधरी। २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा १८ महिने बालक टेकबहादुर साउ“द र नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ९ जनाको हत्या प्रकरणमा चौधरीसहित ११ जनालाई २०७५ फागुन २२ गते जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला गरेको थियो। चौधरीलाई टिकापुर नरसंहारको मुख्य योजनाकारमध्येका एक मानिएको छ।  त्यही फैसलाका आधारमा उनी हाल सदरखोर डिल्लीबजारमा कैद भुक्तान गरिरहेका छन् ।

जसको मुद्दा विचाराधीन
अपराधमा मुछिएका अर्का जनप्रतिनिधि हुन, नारदमुनी राना । उनलाई ‘कूटनीतिक राहदानी’ बिक्री गरेको अभियोग छ।

२०७४ को आमनिर्वाचनमा कैलाली–५ बाट निर्वाचित नेकपा सांसद रानाले २०६४ को संविधानसभा सदस्यका हैसियतमा लिएको कूटनीतिक राहदानी निर्मल बानिया“लाई बिक्री गरेको अभियोगमा विशेष अदालतबाट सफाइ पाइसकेका छन्।

विशेष अदालतले रानालाई सफाइ दिए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषको सफाइविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । ४ वर्षदेखि उक्त मुद्दा सर्वोच्चमै विचाराधीन छ।

जसको उजुरी प्रहरीमा छैन 

धनगढी  उपमहानगरपालिका १८ का वडाध्यक्ष मुरारी अधिकारीले स्थानीय एक महिलालाई सिफारिस पत्रमार्फत् ‘चरित्रहीन’ प्रमाणित गरेका थिए। उनले संविधान तथा कानुनविपरीत गएर स्थानीय बस्नेत थरकी महिलालाई ‘एक महिनादेखि चरित्रहीन’ भनि सिफारिसपत्र नै बनाएर प्रमाणित गरेका थिए। २०७५ साल माघ २२ गते जिल्ला प्रशासन कार्यालय र माघ २५ गते प्रहरी कार्यालयमा एउटै व्यहोराको पत्र पठाइ बस्नेतलाई चरित्रहीन प्रमाणित गरेका थिए।

तर, सो विषयमा न त प्रशासनले कुनै प्रक्रिया अघि बढायो न त धनगढी उपमहानगरपालिकाले कुनै कारबाही गर्‍यो। 

यस्तै, अर्का पात्र हुन् कैलाली ४ (१)बाट निर्वाचित प्रदेश सभा सदस्य तथा पूर्व सामाजिक विकासमन्त्री दीर्घ सोडारी। सोडारी नौ महिनापछि बाहिरिए। उनी २०७५ कार्तिक २७ गते पदबाट हटाइएका थिए। सोडारीविरुद्ध आर्थिक र चारित्रिक विचलनका धेरै उजुरी परेको तथा कतिपय आपत्तिजनक खालका प्रमाणसमेत फेला परेपछि पार्टीबाट समेत बर्खास्त गरिएको थियो । तर, अहिलेसम्म उनीविरुद्ध भने प्रहरीमा मुद्दा दर्ता भएको छैन।

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०७६  १२:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
विश्व शान्तिको सन्देश फैलाउँदै चर्चित कुकुर ‘अलोका’ नेपालमा विश्वभर ‘पिस डग’ अर्थात् शान्तिको प्रतीकका रूपमा चर्चित कुकुर ‘अलोका’ नेपाल आइपुगेको छ। अलोका थाइल्यान्डबाट बौद्ध भिक्षुहरूसँगै हालै... बुधबार, असोज २८, २०८३
बेली ब्रिज नबन्दा तुइनबाट दशैँको यात्रा (तस्बिरहरू) समयमै बेली ब्रिज निर्माण सम्पन्न नहुँदा यात्रुहरूले तुइन र जिपलाइनको सहारा लिनुपरेको छ। सिमुटारबाट गुम्बाडाँडासम्म तुइनको यात्रा गर्... बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेकाले हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी बुधबार, असोज २८, २०८३
विश्व शान्तिको सन्देश फैलाउँदै चर्चित कुकुर ‘अलोका’ नेपालमा बुधबार, असोज २८, २०८३
बेली ब्रिज नबन्दा तुइनबाट दशैँको यात्रा (तस्बिरहरू) बुधबार, असोज २८, २०८३
१०९ सामुदायिक विद्यालयको पूर्वाधार विकासमा सरकारको साढे ६ अर्बभन्दा बढी लगानी बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्