• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

मौरिसस रोजगारी : कामदार पठाउने मिति तय नगरी फर्किए मन्त्री 

64x64
निर्मला घिमिरे बुधबार, फागुन २१, २०७६  १९:१९
1140x725
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवसहितलाई विमानस्थलमा बिदाइ गर्दै म्यानपावर व्यवसायी।

काठमाडौं– नेपालीहरुका लागि सम्भावित रोजगारीको आकर्षक गन्तव्य अफ्रिकी मुलुक मौरिससमा रोजगारी खुलाउन गएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवसहितको टोलीले मौरिससमा कामदार पठाउने मिति तय नगरी फर्किएको छ।

गत फेब्रुअरी २६ देखि २९ सम्म छलफलका लागि गएको मन्त्रीसहितको प्राविधिक टोली आइतबार फर्किएको हो। मन्त्रीसहित संयुक्त कार्यदलको टोलीले मौरिसस रोजगारीको पुरै पाटो भने टुंगोमा पुर्‍याउन सकेको छैन। 

मन्त्रालयका अनुसार मन्त्री यादवले मौरिससका प्रधानमन्त्री, कृषि मन्त्री र श्रम, मानव स्रोत विकास मन्त्रीसँग भेटवार्ता गरेका थिए। संयुक्त कार्यदल (ज्वाइन्ट कमिटी)को बैठकसमेत बसेको थियो। बैठकमा समझदारी कार्यान्वयनको पाटोबारे छलफल भएको थियो। तर उक्त छलफलले कामदार यही मितिदेखि मौरिससमा पठाउन सुरु गर्ने भन्ने टुंगो भने लगाउन नसकेको हो। 

निष्कर्षविहीन छलफल
मन्त्री यादवले मौरिससका प्रधानमन्त्री प्रविन्दकुमार जुगनाउथसँग शिष्टाचार भेट गरे। भेटसँगै नेपाल र मौरिससबीच भएको समझदारीअनुसार रोजगारी खुलाउनेबारे छलफलसमेत गरे।

त्यस्तै मन्त्री यादवले मौरिससका कृषि उद्योग तथा खाद्य सुरक्षामन्त्री महेनकुमार सिरुतनसँग समेत भेटवार्ता गरी त्यहाँको कृषि क्षेत्रमा नेपाली कामदार लैजानेबारे छलफल गरेका थिए। गत जुनमा भएको समझदारीअनुसार कामदार भर्ना प्रक्रियाबारे थप घनिभूत छलफल मौरिससका श्रम मानव स्रोत विकास तथा तालिम मन्त्री सुदेश सत्कम कालिचरनसँग समेत भएको मन्त्रालयका सहसचिव सुमन घिमिरे बताउँछन्। 

मन्त्रीस्तरीय छलफलसँगै दुईपक्षीय समझदारी कार्यान्वयनका लागि संयुक्त कार्यदल (ज्वाइन्ट कमिटी) को बैठकसमेत बसेको थियो। सो बैठकले समझदारीअनुरुप कामदार भर्ना प्रक्रिया अगाडि बढाउने सम्बन्धमा समेत छलफल गरेको थियो।

तर मन्त्री यादवसहितको प्राविधिक टोली र मौरिससको टोलीबीच ४ दिनसम्म चलेको उक्त छलफलले कामदार भर्ना, लागतलगायतका विषयमाथि ठोस निष्कर्ष भने निकाल्न सकेन। मौरिससले नेपाली कामदार लैजाने इच्छा देखाएको छ भन्ने खबर लिएरमात्रै टोली फर्किएको छ। 

नेपालबाट कुन क्षेत्रमा कति कामदार लैजाने, कहिलेदेखि लैजाने, शूल्क कति लाग्ने भन्ने विषय मन्त्रीस्तरीय छलफलपछि पनि अन्याेलमै रहेको छ। यी विषयहरुमाथि मौरिसस सरकारले पुनः छलफल गरी नेपाल सरकारलाई जवाफ पठाउने मन्त्रालयका सहसचिव सुमन घिमिरेले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

अन्तर्राष्ट्रिय मापदण्डअनुसार कामदार पठाइने छलफल तर लागत तोकिँदै
छलफलमा अन्तराष्ट्रिय मापदण्डअनुसार कामदार पठाइने भनिए पनि कामदारको लागतको विषय उठिरहेको छ। कामदारको लागतका विषयमा टुंगो लाग्न सकेको छैन। 

सहसचिव घिमिरे भन्छन्, ‘कामदार भर्ना प्रक्रिया, लागतलगायत अन्तर्राष्ट्रिय मापदण्डअनुसार कामदारका हकअधिकारमाथि छलफल भएको छ, सोहीअनुसार नेपाली कामदार मौरिसस जान पाउँछन्। शून्य लागतजस्तै हो तर शून्य लागत होइन केही शूल्क लाग्छ।’ 

अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्ने हो भने कामदारले भिसा शुल्क, म्यानपावर सेवाशुल्क, आतेजाते हवाई टिकटलगायत एक रुपैयाँ पनि पैसा तिर्नुपर्दैन। यो सबै रोजगारदाताले बेहोर्नुपर्ने व्यवस्था छ। तर मौरिसस जाँदा कामदारले कति सेवाशुल्क तिर्नुपर्ने हो भन्ने विषयमा मन्त्रालयले स्पष्ट जवाफ दिएको छैन।

यसअघि नेपाल-मौरिससबीच भएको श्रम समझदारीमा भने अन्तर्राष्ट्रिय मापदण्डअनुसार सबै सेवाशुल्क रोजगारदाताले बेहोर्नुपर्ने, कामदारले आफ्नो खल्तीबाट एक रुपैयाँ पनि तिर्नु नपर्ने उल्लेख गरिएको छ। कामदारका लागि स्वास्थ्योपचार, बिदा, बीमा, सुरक्षा, उपदानलगायत व्यवस्था छ। 

म्यानपावरमार्फत कामदार पठाइने 
मौरिससमा कामदार म्यानपावरमार्फत पठाइनेबारे भने टुंगो लागेको मन्त्रालयले जनाएको छ। यसअघि समझदारीमा भने कामदार म्यानपावरमार्फत वा सरकारी संयन्त्रमार्फत पठाइनेबारे निष्कर्ष निकालिएको थिएन। तर म्यानपावर व्यवसायीहरु आफूमार्फत् मौरिससमा कामदार पठाउन लामो समयदेखि नै लबिङमा थिए। मन्त्री रिझाउन व्यवसायीहरु मन्त्रीको बिदाइमा समेत सामेल भएका थिए।

‘हामीले कुनै स्वार्थ राखेर मन्त्रीज्यूको बिदाइमा सामेल भएका होइनौँ, अनेकथरि कुरा आए‚’ वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैह्रे भन्छन्।  
मौरिसस रोजगारीमा म्यानपावरको लबिङअनुसार उनीहरुले नै कामदार पठाउन पाउने टुंगो लागेको छ। सोहीअनुसार अब मौरिससबाट म्यानपावरले डिमाण्ड ल्याएपछि कामदार भर्ना प्रक्रियाको टुंगो लाग्ने उल्लेख गरिएको छ। मन्त्रालयका अनुसार अब कामदार पठाउन मिति तय गरिराख्नुपर्ने अवस्था रहँदैन। मौरिससबाट डिमाण्ड आउन थालेपछि कामदार मौरिसस् जान पाउँछन्। 

कामदार भर्ना प्रक्रियालाई मर्यादित बनाउन मौरिससको जोड 
मौरिससले नेपालबाट पर्यटन, होटल, रेस्टुराँ, कृषि, निर्माणलगायत कामका लागि कामदार लैजाने इच्छा देखाएको छ। वार्षिक करीब ५ हजारको हाराहारीमा नेपाली कामदार लैजान सकिने अवस्था रहेको मन्त्रालयले जनाएको छ। 

गन्तव्य मुलुक मौरिससमा भने कामदार लैजान म्यानपावर तथा एजेन्टको संलग्नता नरहने उल्लेख गरिएको छ। सिधै रोजगारदातामार्फत म्यानपावरले डिमाण्ड ल्याउनेछन्। तर मौरिससले कामदार भर्ना प्रक्रिया मर्यादित हुनुपर्नेमा जोड दिएको छ। 

मौरिससले कामदारमाथिको म्यानपावरबाट हुने ठगीलाई मध्यनजर गर्दै नैतिक मापदण्ड पुरा गरेका (इथिकल रिक्रुटमेन्ट) म्यानपावरमार्फतमात्रै लैजाने इच्छा देखाएको छ। नेपालका इजाजतप्राप्त सबै म्यानपावरले मौरिसस रोजगारीको डिमाण्ड ल्याउन सक्ने गरी छलफल भएको मन्त्रालयले जनाएको छ। 


 

प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६  १९:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू मलेसिया जाने नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावरलाई मुख्य कम्पनी र अन्यलाई सबएजेन्ट बनाइएको विषयमा विवाद भइरहेका बेला व... शुक्रबार, असोज २, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
ताजा समाचारसबै
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन शुक्रबार, असोज २, २०८३
अफवाहमा नलाग्न कांग्रेसको आग्रह, असोज ३ र ४ गते वडा अधिवेशनमा सहभागी हुन अपिल शुक्रबार, असोज २, २०८३
सिंहदबारबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष २२ लाख धरौटी बुझाउन नसकेपछि कारागार चलान शुक्रबार, असोज २, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
एनसेल र नाटोबीच पर्यटकको कनेक्टिभिटी सुदृढ गर्ने समझदारी शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्