• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

स्थानीय तह र शिक्षामा सबैभन्दा बढी भ्रष्टाचार : अख्तियार 

64x64
दीपक घिमिरे बुधबार, फागुन २१, २०७६  २०:०५
1140x725

बुटवल- संघीयतापछि स्थानीय तहको शिक्षा र संघीय मामिलामा सबैभन्दा भ्रष्टाचार हुने गरेको तथ्यांक सार्वजनिक भएको छ। संघीयता कार्यान्वयनमा आएपछि शक्तिशाली बनाइएको स्थानीय सरकारमा सबैभन्दा बढी भ्रष्टाचार हुने गरेकाे पाइएकाे हाे। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलकाे तथ्यांकअनुसार स्थानीय तहको शिक्षा र संघीय मामिलामा सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको पाइएको हो।

अख्तियारको बुटवल कार्यालयमा २०७६/०७७ को माघ मसान्तसम्ममा परेका १ हजार ९९ उजुरीमध्ये ३९३ स्थानीय तह संघीय मामिला र ३०२ स्थानीय तहकै शिक्षासँग सम्बन्धित रहेको आयोगका उपसचिव रमेश ढकालले जानकारी दिए। 

चालू आर्थिक वर्षको माघसम्म दर्ता भएका १ हजार ९९ उजुरीमा जम्मा ५ सय ८३ अर्थात् ५३ दशमलब शून्य चार प्रतिशत उजुरीमात्र फर्छ्यौट भएका छन्।

उनले माघसम्ममा स्थानीय तहको संघीय मामिलातर्फ ७५ र शिक्षातर्फ ६३ उजुरीमात्र फर्छ्यौट भएको बताए। बाँकी उजुरीको अनुसन्धान भईरहेको उपसचिव ढकालले जानकारी दिए । 

अख्तियारले विभिन्न सञ्चार माध्ययममा आएका समाचार तथा टेलिफोन, पत्र र इमेलमार्फत आएका तथा कार्यालयमा स्वयं उपस्थित भएर दर्ता गरेका उजुरीका आधारमा छानविन गर्ने गरेको छ। 

२०७५/०७६ मा आयोगमा दर्ता भएका १ हजार ३ सय २० उजुरी मध्ये स्थानीय तहको संघीय मामिला अर्न्तगत ४५१ र शिक्षासंग सम्बन्धित ३९० उजुरी दर्ता भएका थिए। तीमध्ये स्थानीय तहको संघीयतर्फ २५१ र शिक्षातर्फ २३४ उजुरी फर्छ्यौट भएको आयोगले जनाएको छ । 

गत आर्थिक वर्ष २०७५/७६ मा दर्ता भएका १ हजार ३ सय २० उजुरीमध्ये ८ सय ३७ अर्थात् ६३ दशमलव चार शून्य प्रतिशत उजुरी फर्छ्यौट भएका थिए ।

माघ मसान्तसम्म अख्तियार बुटवल कार्यालय अन्तरगतका १० जिल्लामध्ये सबैभन्दा बढी उजुरी रुपन्देहीका छन्। रुपन्देहीमा ४५५ उजुरी परेको आयोगले जनाएको छ। त्यसपछि कपिलवस्तुका २४१, नवलपरासी पश्चिमका १९७, अर्घाखाँचीका १९७ उजुरी छन्। त्यसैगरी गुल्मीका ९२, पाल्पाका ८९, नवलपरासीका पूर्वका ७० तथा रोल्पाका ३६ छन्।

Ncell 2
Ncell 2
nimb
nimb

शिक्षा र संघीय मामिलापछि भूमि, वन, भौतिक पूर्वाधार, स्वास्थ्य उर्जा, गृह, कृषि र अर्थमा उजुरी पर्ने गरेको छ। उजुरीकर्ताले गरेको उजुरी अनुसार उपभोक्ता समितिबाट हुने अनियमितता, निर्माण तथा खरिद कार्यमा प्रतिस्पर्धा नगराइनु, नदीजन्य पदार्थको अवैध निकासी, दोहोरो भुक्तानी, बढी भुक्तानी, विद्यालयको भौतिक सुधार, विद्यालय भवन शौचालय निर्माण, नक्कली अध्यापन अनुमति पत्र, नक्कली शैक्षिक प्रमाण पत्रजस्ता उजुरीका प्रकृति रहेको अख्तियार बुटवल कार्यालयलका प्रमुख डा. भीष्मकुमार भुसालले जानकारी दिए । 

प्रमुख भुसालले पछिल्लो समय घुस लिने प्रबृतिमा परिवर्तन आएको बताए।  घुस लिँदा नगदको सट्टा जिन्सी लिने, अर्कैको खातामा रकम जम्मा गराउने तथा बिचौलियाको प्रयोग गर्ने प्रवृत्ति बढेको उनले बताए । 

दर्ता भएका झण्डै आधा उजुरी नक्कली

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयमा दर्ता भएका उजुरीमध्ये झण्डै आधा उजुरी फेक अर्थात झुटा भएको पाईएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आर्थिक बर्ष २०७५/०७६ को माघसम्म दर्ता भएका ९ सय ३५ उजुरीमध्ये झण्डै आधा उजुरी फेक भएको पाईएको छ। आयोगमा दर्ता भएका ९३५ उजुरीमध्ये अख्तियारले छानबिन तथा अनुसन्धान गर्दा ४ सय ३० उजुरी झुठा भएको भन्दै तामेलीमा राखेको छ। 

‘अख्तियारमा दर्ता भएका उजुरीको छानबिन तथा अनुसन्धान गर्दा कतिपय व्यक्तिगत रिसिइबी, आग्रह पूर्वाग्रह तथा अरूलाई दुःख दिनका लागि उजुरी दिने गरेको देखिन्छ’ आयोग प्रमुख  भुसालले भने, 'यही कारण उजुरीको दरमात्र बढेको देखिन्छ।'

उनले घुसभन्दा कमिसनको अवस्था भयावह रहे पनि कमिसन लिएका उजुरी नपर्ने गरेको बताए। अख्तियारको क्षेत्राधिकार बाहिरका उजुरीसमेत आउने गरेको भन्दै प्रमाण सहितका उजुरी दिन अख्तियार प्रमुख डा. भुसालले आग्रह गरे । 

उनले बेनामे र बिना तथ्य, आग्रह र पूर्वाग्रह राखेर दिइने उजुरीले आयोगका कर्मचारीको समय खेर जानेमात्र नभई अरु मुद्दाको छानबिन र अनुसन्धान गर्न ढिलाइ हुने गरेको बताए ।

'कतिपय व्यक्तिले हल्ला र हचुवाकै भरमा ५ लाख बजेटको आयोजना सञ्चालन भईरहेका ठाँउमा करोडौ हिनामिना भयो भनेर उजुरीसमेत गर्ने गरेका छन्' उनले भने, '५ लाख बजेट भएको ठाँउमा करोडौ रुपैया कसरी हिनामिना हुन्छ, यस्ता उजुरीले छानविन र अनुसन्धान गर्ने अधिकारीहरुको समय मात्र खेर जाने गर्दछ। '

झुटा उजुरी दिने व्यक्तिलाई ५ हजार जरिवाना लाग्ने कानुन भए पनि त्यसलाई कार्यान्वयन नगरिँदा त्यस्ता उजुरी दिने व्यक्तिमा कमी नआएको उनको भनाइ छ । 

२२ स्टीङ अपरेसनबाट १० लाख ६२ हजार बरामद

अख्तियार बुटवल कार्यालयले चालू वर्षको माघ मसान्तसम्म २२ वटा स्टीङ अपरेसन गरेको जनाएको छ। २२ वटा अपरेसनमा ३४ जनालाई पक्राउ गरेको थियो । स्टीङ अपरेसनबाट १० लाख ६२ हजार घुस रकम बरामद गरिएको कार्यालयले जनाएको छ ।

गतवर्ष १४ वटा स्टीङ अपरेसन गरी १६ जनाबाट ४२ लाख ३२ हजार ५ सय रुपैयाँ बरामद गरेको आयोगले जनाएकाे छ। 

गत वर्ष एउटै घटनामा सडक विभाग तथा भवन निर्माण विभाग डिभिजन कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुर ३६ लाख ७२ हजार ५ सय रुपैयाँ घुससहित पक्राउ परेका थिए । चालु आर्थिक बर्षको फागुन १ गते नवलपरासी पुर्वमा कार्यरत सहायक वन अधिकृत कृष्णप्रसाद देवकोटा र कार्यालय सहयोगी प्रमोदकुमार तेलीलाई २ लाख रुपैयाँसहित रंगेहात पक्राउ गरिएको थियो । त्यस्तै नवलपरासी पश्चिमका एक गाँउपालिकाका वडाध्यक्ष गोपाल डिम्बा मगर र लेखनदास रविन्द्रप्रताप यादवलाई पनि २ लाखसहित पुस ३ गते रंगेहात समातेको थियो । 

अख्तियारले आर्थिक वर्ष ०७६/०७७ देखि ०८०/०८१ सम्म रणनीतिक योजना बनाएर भ्रष्टाचार न्यूनीकरणका लागि निरोधात्मक, उपचारात्मक, प्रवर्धनात्मक र संस्थागत क्षमता विकासको रणनीति बनाएर लागू गरेर काम गरिरहेको छ। यही रणनीतिअनुसार अख्तियारले सामुदायिक शिक्षा कार्यक्रम, सुशासन प्रर्बधन तथा सचेतनामूलक कार्यक्रम गर्दै आएको प्रमुख भुसालले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६  २०:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीपक घिमिरे
दीपक नेपाल लाइभका स‌ंवाददाता हुन् ।
लेखकबाट थप
भैरहवाको प्रतिमान–निमा प्रतिष्ठानमा होल्डिङ सेन्टर, गन्तव्यमा पुग्न सहज
लकडाउनको मौका छोपेर यसरी हुन्छ काठ तस्करी, मोटरसाइकल प्रहरी नियन्त्रणमा
बुटवलमा कोरोनासँगै डेंगुविरुद्धको अभियान
सम्बन्धित सामग्री
बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको अवरोधको पछिल्लो विवरण सार्वजनिक गरेको छ । आज बिहान ६ः३० बजेसम्मको तथ्याङ्... मंगलबार, कात्तिक १०, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह प्राधिकरणका अनुसार कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार कोसी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा चक्रवातको प्रभाव बढी पर्ने... सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सम्मेलनमा सहभागी हुने भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिलाई भ्रमण भत्ता, विभिन्न सामग्री, कर्जा सहायता तथा सम्... सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
रायो साग खेतीबाट दुई महिनामै साढे दुई लाख आम्दानी ! मंगलबार, कात्तिक १०, २०८३
बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध मंगलबार, कात्तिक १०, २०८३
केनले जिते बालोन डी’ओर मंगलबार, कात्तिक १०, २०८३
आजको लागि तोकियो विदेशी मुद्राको विनिमयदर मंगलबार, कात्तिक १०, २०८३
विराटनगर–चितवन र जनकपुर–कर्णाली भिड्दै मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम सोमबार, कात्तिक ९, २०८३
प्रधानमन्त्री बालेन्द्र शाह एनपीएल उद्घाटनमा सहभागी हुने सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्