• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

सामाजिक सुरक्षा योजनामाथि शिक्षकको प्रश्न : राज्यले नीति चाहीँ ल्याउने अनि कार्यान्वयन नगर्ने?

64x64
निर्मला घिमिरे सोमबार, फागुन १९, २०७६  १९:४३
1140x725

काठमाडौं- झापाका कर्ण राई गौशालास्थित एक नीजि ‘एसके क्याम्पस’मा बिहानी सत्रमा नेपाली विषय अध्यापन गराउँदै आएका छन्।

उनले अध्यापन गरे बापत प्रतिपिरियड मासिक ६ हजार पारिश्रमिक पाउँछन्। 

‘साँच्चै भन्नुपर्दा हामीले पाउनुपर्ने जति पारिश्रमिक क्याम्पसले दिएको छैन। अरु सेवा सुविधाहरु केही पनि दिएको छैन।’ सोमबार सामाजिक सुरक्षा कोषको सचिवालय अगाडी धर्ना बसिरहेका राई सुनाउँछन्। 

उनी सरकारले अघि सारेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुन चाहान्छन् तर उनका रोजगारदाताले सामाजिक सुरक्षा कोषमा ल्याउन चाहँदैनन्। 

‘नीति ल्याउने सरकारले कार्यान्वयन पनि गर्नुपर्‍यो। हामीले राज्यको नीतिको उपभोग गर्न पाउनुपर्‍यो‚’ शिक्षक कर्ण राईले भने। 

क्षेत्रपाटीस्थित ह्वाइट फिल्ड स्कुलका शिक्षक नारायण पौडेलले सो विद्यालयमा काम गर्न थालेको १८ वर्ष भयो। 

‘यत्रो वर्ष काम गर्दा पनि सरकारले तोकेको न्यूनतम पारिश्रमिक नै पुग्दैन‚’ उनी भन्छन्, ‘न त हामीलाई श्रम ऐनअनुसार सामाजिक सुरक्षा कोषमा समेटिएको छ।’ 

रोजगारदाताहरुले कोषमा जाँदा फाइदा छैन, नजानुस् भनेर आफूहरुलाई भुलाउँदै आएको संस्थागत विद्यालय शिक्षक युनियनका उपाध्यक्ष समेत रहेका पौडेल बताउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘हामीलाई भुलाउन कोषमा जाँदा फाइदा छैन, नजानूस् भनेर रोजगारदाताहरुले भनिरहेका छन्, कतिपय रोजगारदाताहरुले कोषमा पैसा पठाउने भनेर कर्मचारीहरुको तलबबाट कट्टि गर्न थालेका छन् तर कोषमा पठाएका छैनन्‚’ उनले थपे। 

८ हजार विद्यालय र २ लाख कर्मचारीलाई कोषमा समेट्नुपर्ने माग 
नीजि  विद्यालयका शिक्षकहरुले देशैभरीका ८ हजार ५ सयभन्दा बढी विद्यालयहरु र २ लाखभन्दा बढी कर्मचारीहरुलाई कोषमा सूचिकृत गरिनुपर्ने माग संस्थागत विद्यालय शिक्षक युनियनको छ। सो मागसहित युनियन सोमबार कोषको सचिवालयमा धर्ना समेत बसेको थियो। 

‘सामाजिक सुरक्षा हाम्रो मौलिक अधिकार हो, हाम्रो मौलिक अधिकार प्राप्तिका लागि हामी कडा आन्दोलनमा जान तयार छौँ‚’ शिक्षक युनियनका अध्यक्ष होमकुमार थापाले भने। 

संस्थागत विद्यालयहरुमा कार्यरत शिक्षक, कर्मचारीहरुलाई सरकारले तोकेको पारिश्रमिक तथा सबैखालका सुविधा अनिवार्य प्रदान गरिनुपर्ने, शिक्षा ऐन, नियमावलीमा व्यवस्था भएबमोजिम विद्यालय व्यवस्थापन समिति बनाइनुपर्ने तथा ऐनमा नबाझिने गरी विद्यालय विनियमावली बनाएर हकअधिकारको सुनिश्चितता गरिनुपर्ने उनीहरुले माग राखेका छन्। 

उठान गरिएका मागहरुलाई पूरा नगरिए आउने माघ महिनाको अन्तिम साताबाट विभिन्न खालका आन्दोलन गर्दै विद्यालय बन्दका कार्यक्रमहरु आवलम्बन गरिने शिक्षक युनियनले जनाएको छ। 

शिक्षक युनियनका अध्यक्ष होमकुमार थापा भन्छन्, ‘हामीले कोषमा सूचिकृत गराउनका लागि प्याब्सन एन प्याब्सनसँग पनि कुरा राख्यौं, पर्खपर्ख भन्दै हामीलाई झुलाइरहेपछि हामी धर्ना बस्न बाध्य भयौँ।’ 

नीतिगत अस्पष्टताका कारण हामी कोषमा जान सकेनौं : प्याब्सन
नीजि तथा संस्थागत विद्यालयहरुको छाता संगठन (प्याब्सन) ले केही नीतिगत अस्पष्टताका कारण सबै नीजि तथा संस्थागत विद्यालयहरु तत्काल योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचिकृत हुन नसकेको जनाएको छ। 

‘कतिपय नीजि विद्यालयहरु सरकारले तोकेको आधारभूत पारिश्रमिक पनि शिक्षक तथा कर्मचारीहरुलाई दिन सकिरहेका छैनन्। कतिपयले तोकेभन्दा कयौँ गुणा बढी पारिश्रमिक र सेवासुविधा दिइरहेका छन्‚’ प्याब्सनका महासचिव कुमार घिमिरे भन्छन्, ‘तोकेभन्दा बढी पारिश्रमिक, सञ्चय कोष, उपदानलगायत सेवासुविधा पाइरहेकाहरु कोषमा जान चाहिरहेका छैनन्। न्यूनतम पारिश्रमिक नै पाउन नसकेकाहरु कोषमा सूचिकृत हुन चाहेका छन्।’ 

बढी पारिश्रमिक  तथा सेवासुविधा पाइरहेकाहरु सो सेवासुविधा कट्टी हुने डरले कोषमा जान नचाहेको उनको भनाइ छ। 

आफ्नो योगदानबापतको कोषमा जम्मा भएको रकम लिन चाहेमा ६० वर्ष कुर्नैपर्ने उमेर हदको बाध्यकारी अवस्थाले पनि कतिपय शिक्षक कर्मचारी कोषमा सूचिकृत हुन नचाहेको महासचिव घिमिरेले बताए। 

‘सरकारले तोकेको न्यूनतम पारिश्रमिक दैनिक ८ घण्टा काम गर्नेहरुका लागि हो, हामीसँग दैनिक ६ घण्टा काम गर्ने शिक्षक तथा कर्मचारीहरुको संख्या बढी छ। त्यो विषयमाथि के गर्ने भन्ने कुरा पनि अलमलमा छ। सबै कुरामा हामी स्पष्ट हुन नसकेसम्म हामी कोषमा जाँदैनौँ‚’ महासचिव घिमिरेले नेपाल लाइभसँग भने। 

बिस्तारै ‘कन्भिन्स’ गर्दैछौं : कोष 
कोषले रोजगारदाताहरुलाई कोषमा सूचिकृत गराउन बिस्तारै विश्वस्त गर्दै गएको कोषकी निर्देशक रमा भट्टराईले बताइन्। 

‘हामीले रोजगारदाता तथा श्रमिकहरुलाई कोषमा सूचिकृत गराउन कन्भिन्स गर्दैछौं। कोषको केही टोली उपत्यका बाहिर पनि गइरहेको छ।

उपत्यकाभित्रका रोजगारदाताहरुसँग पनि हामी छलफल गरिरहेका छौं‚’ निर्देशक भट्टराइले नेपाल लाइभसँग भनिन्। 

सामाजिक सुरक्षा नयाँ नीति भएकाले पनि यसबारे आम मानिसलाई बुझाउन अझै केही समय लाग्ने उनको भनाइ छ। 

निर्देशक भट्टराई भन्छिन्, ‘नआउनेलाई कारबाही गरेर जबरजस्ती गर्ने भन्दा पनि उहाँहरुलाई सामाजिक सुरक्षा योजनाको महत्व बुझाएर कोषमा ल्याउने हो।’

हाल कोषमा १२ हजारभन्दा बढी रोजगारदाता र १ लाख ५० हजारबढी श्रमिक सूचिकृत भएका छन्। 

प्रकाशित मिति: सोमबार, फागुन १९, २०७६  १९:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू मलेसिया जाने नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावरलाई मुख्य कम्पनी र अन्यलाई सबएजेन्ट बनाइएको विषयमा विवाद भइरहेका बेला व... शुक्रबार, असोज २, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
ताजा समाचारसबै
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन शुक्रबार, असोज २, २०८३
अफवाहमा नलाग्न कांग्रेसको आग्रह, असोज ३ र ४ गते वडा अधिवेशनमा सहभागी हुन अपिल शुक्रबार, असोज २, २०८३
सिंहदबारबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष २२ लाख धरौटी बुझाउन नसकेपछि कारागार चलान शुक्रबार, असोज २, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
एनसेल र नाटोबीच पर्यटकको कनेक्टिभिटी सुदृढ गर्ने समझदारी शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्