• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

दक्षिण अफ्रिका बदल्ने जहाजको त्यो भग्नावशेष

64x64
नेपाल लाइभ शनिबार, फागुन १७, २०७६  १९:३१
1140x725

निक डेल
केपटाउनको डल्फिन बिच होटलको पार्किङमा डा ब्रुनो वर्जसँगको भेटघाटपछि हामी टेबल खाँडी तटतिर लाग्यौं।

टेबल माउन्टेनको नजिकै एक पर्यटक सेल्फी लिइरहेका थिए। केही काइट सर्फर ब्लूबर्गको बीचतिर नजर लगाइरहेका थिए। वर्जले तटबाट करीब ६० मिटर पर रहेको एक ठाउँमा इशारा गरे।

‘जहाजका भग्नावशेष यहीँ छ भन्नेमा मलाई ९५ प्रतिशत यकिन छ। यसको मतलब बँचेका चालक दलको शिविर हामीभन्दा पछि यतैकतै पुरिएको छ।’

२५ मार्च २०१६ अर्थात डच इस्ट इन्डिया कम्पनी भिओसीको उत्तरमा केपटाउन बस्ती बसाउनुभन्दा ५ वर्षअघि न्यू हार्लेम (जहाजको नाम) टेबल खाँडीको छचल्किरहेको पानीमा डुबेको थियो।

भाग्यले कसैको पनि ज्यान गएन। एसियाबाट दक्षिण अफ्रिकाको बाटो हुँदै नेदरल्यान्ड गइरहेको उक्त जहाजमा हालिएका महत्वपूर्ण सामानहरू जहाजबाट निकालिएको थिएन।

यो घटना घटेको केही दिनपछि ५८ सदस्यीय चालक दललाई अर्को जहाजबाट नेदरल्याण्ड लगियो। तर‚ ६२ जना तीनै जहाजबाट ननिकालिएका महत्वपूर्ण सामानहरूको रेखदेख गर्नका लागि त्यहीँ नै बस्नुपर्ने भयो।

करिब एक वर्षपछि एउटा ठूलो जहाज ती सामानहरू लैजानका लागि आयो‚ त्यसपछि ती सबैजना घर फर्कन पाए।

Ncell 2
Ncell 2
nimb
nimb

इतिहास बदल्ने घटना
जोहानसवर्ग युनिभर्सिटीका इतिहासकार गेराल्ड ग्रोएनवाल्डका अनुसार यदि उनीहरू ती सामानलाई कुरेर बसेका हुदैनथे भने आज दक्षिण अफ्रिकाको औपनिवेशिक इतिहास केही भिन्न हुन सक्थ्यो।

सन् १५९० कै दशकदेखि पिउने पानी र खाने सामग्री लिन डच र यूरोपेली जहाज टेबल खाँडी र सल्दान्हा खाँडीमा थिए।

यसै सन्दर्भमा न्यू हार्लेमका चालकदलको अनुभवबाट त्यो ठाउँमा कुन यूरोपेली फौजी बस्न सक्छ भन्ने कुराको तय भयो।

डचहरूले केपटाउनलाई चुने। ग्रोएन वाल्डका अनुसार सन् १६५२ पछि अङ्ग्रेजहरूले सेन्ट हेलेनामाथि नजर लगाउन थाले। फ्रान्सिसी सल्हान्हाको खाँडीमा उनीहरू आउने जाने गरिरहे। पछि उनीहरूको पनि एउटा कोलोनी थियो।

वर्जले नेदरल्यान्डमा पुरातत्वविद्‍का रुपमा करिअर शुरु गरेका थिए। सन् १९८८ मा केपटाउन यूनिभर्सिटीमा लेक्चरर बनेर उनी दक्षिण अफ्रिकातिर लागे।

अफ्रिका पुगेको एक हप्तापछि एक महिलाले उनलाई फोन गरेर भनिन्‚ ‘मलाई लाग्छ कि मैले न्यू हार्लेमको अवशेष पत्ता लगाएकी छु।’

वर्ज‚ केप नजिकै डुबेको भिओसीको जहाजका केही अवशेष फेला पर्छन् कि भन्ने झिनो आश लिएर दक्षिण अफ्रिका आएका थिए। हार्लेमको खोजी उनको सूचीमा सबैभन्दा माथि थियो।

‘उनले मलाई समुद्र तटमा लिएर गइन् र केही दाउराका टुक्रा देखाइन्।’ तर वर्जले तुरुन्तै ती दाउराजस्ता देखिने वस्तु १९औं शताब्दीका अवशेष थिए भन्ने पत्ता लगाए।

जहाजको अवशेषको खोजी
निराशाको पछाडि छाडेर उनी न्यू हार्लेमको खोजीमा लागिरहे। जब उनलाई निद्रा लाग्थ्यो उनी समुद्रको तटतर्फ जाने गर्थे ताकी केही अवशेष मिलुन्।

फुर्सदको समयमा उनी सरकारी अभिलेखालयमा गएर उक्त जहाजका बारेमा विभिन्न जानकारी जुटाउने गर्थे।

यसै खोजको क्रममा उनलाई जहाजका जुनियर मर्चेन्ट लिन्डर्ट जास्चको बारेमा केही दस्तावेज मिले।

जास्च तिनै ६२ जनामध्येका एक थिए जो जहाज डुबेपछि केप टाउनमा फसेका थिए।

ती अवशेषका बारेमा एक वर्षको अवधिमा वर्जलाई धेरै कुराको जानकारी प्राप्त भयो। ६२ सदस्यीय नाभिक दल (चालक दल) केपमा फसेका थिए।

उनीहरूसँग जहाजका भग्नावशेष कहाँ छन् भन्ने बारेमा महत्वपूर्ण सुराक थियो। 

सन् १६४७ मा जहाजमा भारी सामानलाई तटसम्म पुर्‍याउनका लागि धेरै नै अप्ठेरो भएको थियो।

यसैमा केही हप्ता लागेको पनि थियो। एकजनाको त ज्यानै पनि गएको थियो।

उनीहरूले त्यो क्रममा त्यहीँ नजिकै एक शिविर बनाएर बसेका थिए। जसलाई उनीहरू जेन्डेजबर्क भन्ने गर्थे।

जास्चका बारेमा फेला परेको दस्तावेजबाट उनीहरूले सामना गर्नुपरेको चुनौती र सफलताका बारेमा केही अन्दाज लगाउन सकिन्थ्यो।

‘शनिबार‚ १५ जूनमा नाभिक दलले शिविर नजिकै एक गैंडालाई गोली हानेर मारेका थिए‚ जो हात्तीसँग लडिरहेको थियो।’

‘अघिल्लो दिन हाम्रो टोली रोबेन आइल्यान्डबाट २ सय पन्छी र ८ सय अण्डाका साथ फर्किएका थियौं।’

मुस्किल घडिको बावजुद जास्चले डच जहाजका लागि केपको उपयोगीताको बारेमा महशुस गरेका थिए। तर‚ उनले भिओसीका १७ निर्देशकको स्वीकृत पाउनुपर्थ्यो केपमा स्थायी रुपमा बस्ती बसाउनका लागि।

बस्तीको जरुरत
केपमा बस्ती बसाउन डच नाभिकका लागि अहम् कुरो थियो‚ किनकी एसियाबाट आउन/जान ८ महिनाको समय लाग्ने गर्थ्यो। यसक्रममा स्कर्भी र अन्य रोगले धेरैको मृत्यु पनि हुने गर्थ्यो।

भिओसीको जहाज दक्षिणी गोलार्धमा कतिपय ठाउँमा विभिन्न दूर्घटनाको शिकार पनि भएका थिए। विशेषगरी हेलेना‚ मोरीसस र टेबल खाँडीमा।

त्यही पनि कम्पनी अफ्रिकामा बस्ति बसाउनका लागि हिच्किचाइरहेको थियो। हिच्किचाउनुका दुई कारण थिए- खर्च र त्यहाँका स्थानीय।

सन् १६४८ मा होल्याण्ड फर्किएपछि केप अफ गुड होप मा एक किल्ला र बगैंचा बनाए के के फाइदा हुन्छ भन्ने बारेमा जास्च र प्रुट नाम गरेका अर्का अधिकारीले कम्पनीको बोर्ड अफ डाइरेक्टर्सलाई बताएका थिए।

उनीहरूले केपको रणनीतिक स्थिति‚ उब्जाउ जमिन‚ ताजा पानी र त्यहाँ पाइने काठका बारेमा बताएका थिए।

बोर्डका निर्देशकलाई त्यहाँ कति सस्तोमा बस्ती बसाउन सकिन्छ भनेर उनीहरूले मनाएका थिए। अफ्रिकामा एउटा लोकप्रिय धारणा थियो कि- अफ्रिकाका रैथानेहरु नरभक्षी हुन्। यो धारणालाई पछि नकारात्मक धारणा भएको बताइयो।

जास्चले बोर्डका डाइरेक्टरहरूलाई अफ्रिकीहरू नरभक्षी हुनुको कारण परम्परा नभएको भनी विश्वास दिलाए। 

यसैक्रममा नयाँ बस्ति बसाउनका लागि उनले त्यहाँका रैथानेसँग विनम्रताका साथ व्यवहार गर्ने‚ उनीहरूलाई सबै सामानको उचित मूल्य दिने र केही मानिसलाई पेटभरि खाना खुवाउने खाले व्यक्ति नै कमान्डर हुनुपर्ने सल्लाह समेत दिए।

प्रथम कमान्डर
तर उनले भनेजस्तो भएन। भिओसीका एक महत्वाकांक्षी अधिकारी जोन वान रिबिकलाई प्रथम कमान्डर बनाइयो। उनी सन् १६४८ मा न्यू हार्लेम निकाल्ने जहाजमा थिए। रिबिकले इतिहासकै महत्वपूर्ण काम गरे।

ग्रोएन वाल्ड भन्छन्‚ ‘कमान्डर भएको पहिलो दिनदेखि नै हराएका मान्छेप्रति उनको मनमा नकारात्मकता थियो। 

रिबिकले डचहरूलाई भित्री इलाकामा गएर खेती गर्नका लागि स्वतन्त्र गरिदिएका थिए।

भिओसीको जागिरबाट मुक्त गरिएका सुरुवाती ‘फ्री सिटिजन्स’ ले केप टाउनको नजिकै खेती गर्न सुरु गरेका थिए। तर‚ उनीहरूको संख्या बढ्यो र बस्ती बढ्न थाल्यो।

सन् १६५८ मा कडा मेहनत गर्नका लागि पश्चिम अफ्रिका र हिन्द महासागरको नजिकको क्षेत्रबाट गुलामहरू ल्याइए।

यूनिभर्सिटी अफ साउथ अफ्रिकाका रिटायर्ड प्रोफेसर जेन केरथर्सका अनुसार सामाजिक आर्थिक कक्टेलले नयाँ समाजिक व्यवस्था र नस्लीय वर्ग भेदको जरो गाड्यो‚ जुन २०औं शताब्दीमा अझ बलियो भयो।

वर्जका अनुसार हार्लेमको खोजीबाट १७ औं शताब्दीको दक्षिण अफ्रिकाको इतिहासको एक महत्वपूर्ण भाग पूरा हुनेछ।

इतिहासको भाग
सन् २०१५ सम्म उनको प्रोजेक्ट सोखभन्दा पनि महत्वपूर्ण भइसकेको थियो। उनले जहाजको अवशेषका बारेमा धेरै नै जानकारी जम्मा गरे।

जास्चको दस्तावेजमा जहाज वान रिबिकको शिविरदेखि ठीक डेढ मिलको दूरीमा थियो भनी जिकीर गरिएको छ।

वर्जभन्दा पहिला न्यू हार्लेमको खोज गर्नेहरूले अङ्ग्रेजी माइलअनुसार दूरीको अनुमान लगाएका थिए।

तर‚ वर्जलाई थाहा थियो कि डच मिल अङ्ग्रेजी मिलभन्दा करीब ५ गुणा धेरै हुन्छ।

एउटा अर्को महत्वपूर्ण सुराग सन् १६५२ को एक दस्तावेजबाट पाइएको थियो। जसमा जहाजको नाभिक दलले शिविरको नजिकै जुन कुवा बनाएका थिए‚ त्यो ६० फीट गहिरो थियो। त्यहाँ सबैभन्दा मुनी चाँदीसँगै पानी पनि पाइएको थियो।

यी जानकारीले लोकेसनको बारकोडको काम गरे। वर्जको एक विद्यार्थी केलेट्सो मुलेलेले सन् १९७० को दशकको एक भूवैज्ञानिक सर्वेक्षणबाट नै यसको तुलना गर्न थाले जसबाट शिविर र अवशेषको वास्तविक स्थितिको बारेमा पत्ता लगाउन मद्दत मिल्यो।

सन् २०१६ मा वर्जले भूभौतिकीविद् बिली स्टीनक्याम्पको साथ म्याग्नेटोमिटर (फलामको पहिचान गर्ने डिटेक्टर)द्वारा उक्त क्षेत्रको सर्वेक्षण गरे।

समुद्र तटमा १९औं शताब्दीको जहाजको अवशेष मिल्यो। जहाँ बाणका डन्डा‚ पाइपका टुक्रा र एक मरिन इन्जिन ब्लक मिल्यो। गहिराइसम्म खन्दै जाँदा उनीहरूको भाग्य पनि बदलिन थाल्यो।

उनीहरूलाई एक विशाल अर्ध-वृत्ताकार वस्तु मिल्यो जसलाई वर्ज डुङ्गा बाँध्ने एक किसिमको डोरी मान्छन्। उनलाई धेरै पुरानो लंगुर‚ तामाको एउटा हार पनि मिल्यो‚ जो कोही हराएकै व्यक्तिमध्येकै एकको हुनसक्छ। 

१९ तोप र ४ लङ्गर
उनी अब अन्तिम प्रमाणका लागि फलामको १९ तोप र ४ लंगरको खोज गरिरहेका छन्‚ जसलाई डच नाभिकले छाडेर गएका थिए।

यसका लागि केही समय लाग्न सक्छ।

त्यो मेटलर्जिकल रिपोर्टको तयारी गरिरहेका छन् र उनको चाहना अझ अरु प्रमाण मिल्न सकेमा एउटा स्मारक बन्ने थियो भन्ने हो।

वर्ज भन्छन्‚ ‘तोप र लंगर मिल्यो भने त्यसलाई सम्हाल्नका लागि यहाँ एउटा संग्रहालयको जरुरत हुन्छ। दुनियाँमा कतै यस्तो जहाजका अवशेष छैनन्‚ जसले सारा देशमाथि नै यत्रो प्रभाव छोड्न सकेको होस्।’

बिबिसीबाट भावानुवाद गरिएको

प्रकाशित मिति: शनिबार, फागुन १७, २०७६  १९:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असोज ६, २०८३
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्