• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

सम्हालिन सक्ला नेपाली टिम?

टी-२० एसिया कपको बाटोमा नेपाल 
64x64
सराेज तामाङ शुक्रबार, फागुन १६, २०७६  १८:०८
1140x725

काठमाडौं- गएको साउन १२ गते अस्ट्रेलियामा नेपालको टी २० विश्वकप खेल्ने सपना तुहिएको थियो। सिंगापुरविरुद्धको नमीठो हारसँगै। हार राम्रो त हुँदैन तर सोचेभन्दा धेरै नराम्रो भइदिनु पनि पीडादायी हुन्छ। 

नेपाली क्रिकेटमा यस्ता आरोह अवरोह भइरहन्छ। यो प्रसंग आइसिसी टी-२० विश्वकपका लागि एसियाको फाइनल छनोटको हो। जहाँ सिंगापुर टिमले उत्सव मनाइरहँदा नेपाली खेलाडीले भने पाइसकेको मेडल पनि फिर्ता गर्नु परेको थियो।

कमजोर टिमहरुसँग हारेको इतिहासलाई साक्षी राख्दै फेरि एउटा सपना बुनेर नेपाली टिम थाइल्यान्ड पुगेको छ। टी-२० एसिया कपको पहिलो खुड्किलोको रुपमा रहेको एसिसी पूर्वी क्षेत्रीय छनोट प्रतियोगिता च्याम्पियन हुने नेपालको लक्ष्य छ।

यो लक्ष्य सोच्दै गर्दा नेपाली खेलाडीमा सिंगापुरमा ब्यहोरेको हारको झझल्को पक्कै पनि आइरहेको हुनुपर्छ। चाहे त्यो कतारविरुद्धको चार विकेटको हार होस् या, सिंगापुरविरुद्धको ८२ रनको।

शनिबारदेखि सुरु हुने पूर्वीक्षेत्रीय छनोटमा तुलनात्मक रुपमा नेपाल भन्दा आयोजक राष्ट्र थाइल्यान्ड, हङकङ, मलेसिया र सिंगापुर कमजोर टिमहरु हुन्। तर क्रिकेटमा कमजोर टिम भनेर आँक्नु बलियो मानिएको टिमका लागि धेरै घातक हुन्छ। 

उद्घाटन खेलको दिन नै नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। मलेसिया बलियो टिम त होइन तर उसले नेपालमाथि सधैँ राम्रो खेल्दै आइरहेको छ। 

थाइल्यान्ड प्रस्थान गर्नु अघि नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले टिम च्याम्पियन बन्ने लक्ष्य रहेको बताएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

‘हाम्रो लक्ष्य च्याम्पियन बन्ने नै हो। राम्रो तयारी छ। कुनै पनि टिमलाई कमजोर छैन। क्रिकेट हो जे पनि हुन सक्छ। तर हामीले आफ्नो खेल खेल्यौं भने च्याम्पियन हुन्छौं’, प्रस्थान गर्नु अघि कप्तान ज्ञानेन्द्रले भने।

विगतलाई पनि हेरौं
धेरै आत्मविश्वास पनि कुनै बेला घातक नै सावित हुन्छ। आइसिसी टी-२० विश्वकपका लागि एसियाको फाइनल छनोटमा नेपाली क्रिकेट टिमलाई यस्तै भएको थियो।

सिंगापुरमा भएको यो प्रतियोगितामा आयोजकसँगै नेपाल, कतार, कुवेत र मलेसिया थिए। आफूभन्दा कमजोर टिम भएको कारण च्याम्पियन बन्दै विश्वकप छनोटमा पुग्ने नेपाललाई पूर्ण विश्वास थियो। 

हुन पनि नेपालभन्दा सबै कमजोर टिम नै थिए। सोचे पनि सबैले यहि। तर नेपाल आफ्नो पहिलो खेलमा नै कमजोर मानिएको कतारसँग नै चार विकेटले स्तब्ध बन्न पुग्यो।

Xtrem

Xtrem

टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा १ सय २२ रन बनाउँदा सबै विकेट गुमायो। दीपेन्द्रसिंह ऐरीले ३४, तत्कालिन कप्तान पारस खड्काले २८, ज्ञानेन्द्र मल्लले २३ र सोमपाल कामीले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्। खराब ब्याटिङ रहेको नेपालको ओपनिङ भने राम्रो थियो। तर मध्यक्रमका कुनै पनि ब्याट्सम्यान जम्न सकेनन्।

सामान्य चुनौती पछ्याएको कतारले १९.२ ओभरमा लक्ष्य भेटाउँदा नेपाली बलरको पनि केही सिप चलेन। त्यसअघि नेपालको जितमा बलरले पाउँदै आएको जस पनि खेर गयो। त्यसपछि मलेसिया र कुवेतविरुद्ध समान ७-७ विकेटको जित हात पारेको नेपाल सिंगापुरविरुद्ध ८२ रनको फराकिलो हार ब्यहोर्दा विश्वकप बाटो त्यहिँ समाप्त भयो। 

१ सय ९२ रनको लक्ष्य सिंगापुरको पिचमा घरेलु टोलीविरुद्ध नेपाली खेलाडीका लागि एउटा पहाड थियो। जिते विश्वकप छनोटमा प्रवेश, हारे लक्ष्य त्यहिँ अन्त्य।

जवाफी ब्याटिङ थालेको नेपालले १५ ओभरमै अलआउट हुँदा १ सय ९ रन मात्रै बनाउन सक्यो। नेपालका लागि ज्ञानेन्द्र मल्लले ३९ र दीपेन्द्रसिंह ऐरीले २३ रन बनाउन बाहेक अन्य खेलाडी सस्तैमा पेविलियन फर्किए। त्योभन्दा अघि अष्ट्रेलियन मुलका सिंगापुरे खेलाडी टिम डेभिडले ७७, रोहन रंगराजनले ४९ र मनप्रित सिंहले ४२ रन बनाए।

नेपालको स्तर कस्तो?
‘नेपालको खेल कहिले असाध्यै राम्रो देखिन्छ कहिले असाध्यै नराम्रो’ भर्खरै नेपाली टिमको प्रशिक्षकबाट बिदा भएका उमेश पटुवालको यो भनाई नेपाली टिमलाई ठ्याक्क सुहाउँदो छ। 

नेपालले बेलाबखत चमत्कार नै गर्छ भने बेलाबखत एकदिवसीय मान्यता कसरी पायो भनेजस्तो लाग्छ। सन् २०१४ को टी-२० विश्वकपमा अफगानिस्तानमाथि ९ रनको जित होस् या, अन्य प्रतियोगितामा नेपालले गरेको प्रदर्शन।

पूर्वी क्षेत्रीय प्रतियोगितामा नेपाल नै सबैभन्दा बलियो टिम हो। यद्यपि यहि प्रतियोगिताको टिम हङकङले भने २०२० को टी-२० विश्वकप खेल्दैछ। तर उसको प्रदर्शन पछिल्लो समयमा नाजुक छ। केही दिन अघि मात्रै मलेसियालाई पाँच खेलको टी-२० सिरिज सुम्पिएको छ। 

के अब मलेसिया बलियो टिम हो त? तर त्यसो पनि होइन। हङकङ क्रिकेट यतिबेला पतनमा छ। पूर्वकप्तान बाबर हायत र अंशुमान रथ हङकङ टिममा छैनन्। यी दुबै यस्ता खेलाडी हुन् जसले हङकङलाई विश्वकपसम्म डोर्‍याएका हुन्।

नेपाली क्रिकेट टिमका पूर्वकप्तान विनोद दास पनि हङकङ बलियो नभएको विश्लेषण गर्छन्। ‘पछिल्लो समयमा हङकङको क्रिकेट अलिकति खस्किएको छ तर हामी सजक भने हुनु पर्छ। भर्खरै ५ खेलको सिरिज हारेर आएको छ। त्यसैले नेपाललाई हङकङ खासै गाह्रो नहोला।’

प्रतियोगिता हो, जे पनि हुन सक्छ। पूर्व अनुमान लगाउनुको तुक खासै नहोला। यसको राम्रो उदाहरण हो, ओमान। ओमानले २०२० मा अष्ट्रेलियामा हुने विश्वकप खेल्दैछ। तर एसिया कपको लागि पश्चिम क्षेत्रीय छनोटबाटै बाहिरियो। ओमानको खराब प्रदर्शन रहँदा युएई विजेता र कुवेत उपविजेता बन्दै एसिया कप छनोटमा प्रवेश गरेका छन्।

नेपालको लागि चुनौती दिने टिममा सिंगापुर छ। पछिल्लो भेटमा सिंगापुरसँग हारेको कारण नेपाललाई अलिक गाह्रो हुने प्रशिक्षक विनोद दासको विश्लेषण छ।

‘सिंगापुर बलियो नै छ। अन्तिम पटक पनि हामीलाई हराएको छ। त्यो हिसाबले अलिकति सजक हुनु पर्छ। मलेसिया जहिले पनि राम्रो टिम हुन्छ।  भनौं न हाम्रै लेभलको टिम मान्नु पर्छ। हामीसँगै क्रिकेटमा विकास गरेको टिम हो। तर नेपालको अहिलेको प्रदर्शन हेर्दा यो प्रतियोगिता जित्न खासै गाह्रो नहुनु पर्ने हो’, विनोद दास भन्छन्।

युवा खेलाडीको भर
नेपाली क्रिकेट टिममा अधिकांश युवा खेलाडी छन्। पूर्वकप्तान पारस खड्का, कप्तान ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, भुवन कार्की र करण केसी बाहेक ९ खेलाडी उस्तै उमेरका छन्।

उपकप्तान दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, सन्दीप लामिछाने, अविनाश बोहरा, कुशल मल्ल, सुशन भारी, पवन सर्राफ, सन्दीप जोरा र किशोर महतो करिब उस्तै देखिन्छन्। त्यसैले यो पटक युवा टिममा निकै भरोसा गरिएको छ।

विशेषगरी कुशल मल्ल र पवन सर्राफमध्ये एकले अग्रपंक्तिमा ब्याटिङको जिम्मा पाउने छन्। तर ओपनिङमा पारस र ज्ञानेन्द्र आए मध्यक्रम धान्ने जिम्मा युवा खेलाडीको हुनेछ। यस्तो अवस्थामा दीपेन्द्र, आरिफ, कुशल, सन्दीप जोरा र पवनको मुख्य भूमिका हुने छ भने फिनिसिङ लाइनमा विनोद र करणले सम्हाल्ने छन्।

बलिङतर्फ फास्ट बलर करणबाहेक युवा खेलाडीलाई नै विश्वास गरिएको छ। पहिलो पटक टिममा परेका किशोर महतो र अविनाश बोहरा तिब्रगतिका बलर हुन् भने सन्दीप लामिछाने, सुशन भारी र भुवन कार्की स्पिनरको भूमिकामा छन्। त्यसो त कुशल र पवन पनि राम्रा स्पिनर हुन्।

प्रशिक्षक विनोद दासले यु-१९ टिममा हेरेका अधिकांश खेलाडीले सिनियर टिमबाट खेल्दैछन्। प्रशिक्षक दासलाई कुन खेलाडीको प्रदर्शन कस्तो? राम्रोसँग थाहा छ। त्यसैले उनलाई युवा खेलाडीमाथि भरोसा पनि उत्तिकै छ।

प्रशिक्षक दास भन्छन्, ‘नेपाली टिम राम्रो छ। कुशल र पवनले राम्रो गर्ने छन्। उनीहरु दुबै टी-२० का लागि राम्रा खेलाडी हुन्। दबाब नलिइ खेल्ने छन्।’ 

प्रशिक्षक उमेश पटुवाल राजीनामा दिएर फर्किएपछि नेपाली टिमको प्रशिक्षकमा पुनः फर्किएका जगत टमाटाले सबै खेलाडी राम्ररी बुझेका छन्। हरेक प्रतियोगितालाई नजिकबाट नियालिरहेका उनको कसलाई कुन भूमिकामा प्रस्तुत गर्ने भन्ने योजना सफल हुने अनुमान भने गर्न सकिन्छ।  

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६  १८:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसियाड क्रिकेटमा स्वर्ण पदक शनिबार भएको फाइनलमा भारतले दिएको २१२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९२ रन मात्रै बनाउन सक्यो । शनिबार, असोज १७, २०८३
लिग २ का लागि टिम घोषणा, कुशल भुर्तेल बाहिर क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यिय टोलीको घोषणा गरेको हो । शुक्रबार, असोज १६, २०८३
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान समूह चरणमै आमनेसामने हुने आईसीसी एकदिवसीय विश्वकप २०२७ को खेलतालिका सार्वजनिक भएसँगै भारत र पाकिस्तानबीच हुने बहुप्रतीक्षित खेलको मिति पनि तय भएको छ। शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६४७ जनालाई कारबाही आइतबार, असोज १८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५६ जनाको शव फेला आइतबार, असोज १८, २०८३
कांग्रेसको १५औं महाधिवेशन आजदेखि, आठ स्थानमा सवारीसाधन पार्किङको व्यवस्था आइतबार, असोज १८, २०८३
व्यवसायी खुमा अर्याल कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्