• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ
वैदेशिक रोजगारी : सम्भावित गन्तव्य मुलुकको खोजी कागजमै सीमित भएन कूटनीतिक पहल
64x64
नेपाल लाइभ सोमबार, फागुन १२, २०७६  १६:१८
1140x725

काठमाडौं- सरकारले अघि सारेको वैदेशिक रोजगारीका लागि सम्भावित गन्तव्य मुलुकको खोजी प्रतिवेदनमा मात्रै सीमित बनेको छ।

गत वर्ष कार्यदल नै गठन गरी सम्भावित गन्तव्य मुलुकको अध्ययन गरी प्रतिवेदन नै तयार पारेपनि सम्भावित गन्तव्य मुलुकको खोजी प्रतिवेदनमा मात्रै सीमित बनेको हो।

बाध्यकारी वैदेशिक रोजगारीको अन्त्यसँगै सुरक्षित, व्यवस्थित र मर्यादित रोजगारी सिर्जना गर्न सरकारले सम्भावित सुरक्षित गन्तव्य मुलुक खोजी गर्न कार्यदल गठन गरेको थियो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार बोर्डको गत वर्षको बैशाख ३ गतेको निर्णयअनुसार गठन भएको उक्त कार्यदलाई सम्भावित गन्तव्य मुलुकबारे अध्ययन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको थियो।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेको संयोजकत्वमा गठित कार्यदलले नेपाली श्रमिकहरुका लागि आकर्षक हुनसक्ने सम्भावित गन्तव्य मुलुकहरुको सूचीसहितकाे प्रतिवेदन गत वर्ष नै श्रम मन्त्रालयमा पेस गरेको थियो।

पेस भएको प्रतिवेदनमा सकेसम्म सरकार–सरकार (जिटुजी) समझदारी गरेर कामदार पठाउन सकिने नयाँ गन्तव्य मुलुकहरुमाथि जोड दिइएको छ।

कार्यदलले सम्भावित मुलुक भनेर सूचीसहित पेस गरेपनि सम्भावित मुलुकहरुमा कामदार पठाउने सम्बन्धमा न त कुटनीतिक पहल हुन सक्यो न दुई पक्षीय छलफल नै। सम्भावित मुलुकहरूको सूची प्रतिवेदनमा मात्रै सीमिति छ।

सरकारले हाल नेपाली श्रमिकहरुको रोजगारीका लागि १ सय १० मुलुकमा बाटो खुल्ला गरेको छ। बाटो खुल्ला गरिएका मुलुकहरुमा पनि कुन मुलुक नेपाली श्रमिकका लागि सुरक्षित मुलुक बन्न सक्छ, सुरक्षित तथा आकर्षित मुलुकमा कसरी ठूलो संख्यामा कामदार पठाउन सकिन्छ? भनेर सरकारले चासो राखेकाे देखिँदैन।

Ncell 2
Ncell 2

केही मुलुकसँग दुई पक्षीय सम्झौता तथा  समझदारी गरिए पनि गहन अध्ययनबिना गरिएको समझदारी/सम्झौता कार्यान्वयनमा आउन सकेको छैन। रोजगारीको खोजिमा विदेशीने ७५ प्रतिशतभन्दा बढी नेपाली श्रमिकहरु जोखिमयुक्त मुलुकमा छन्। अदक्ष भएकै कारण जोखिमपूर्ण काम गर्न बाध्य छन्। वैदेशिक रोजगारीमा जाने श्रमिकहरुका लागि सरकारले सीपको व्यवस्था गर्न सकेको छैन।

विश्वमा श्रमिक आप्रवासनको अवस्था हेर्दा अमेरिका, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, साउदी अरब, बेलायत, थाइल्याण्ड, भारत, इटाली, स्पेन, पाकिस्तान, जोर्डन, टर्की, मलेसिया, युएई, दक्षिण कोरियालगायत मुलुक रहेका छन्। तर, कामको खोजीमा विदेशीने नेपालीको ठूलो संख्या मलेसियालगायत खाडीतिर छ। आवश्यक सीप नहुँदा जोखिमपूर्ण काममा मलेसियालगायत खाडी जान बाध्य श्रमिकहरुलाई सीपको व्यवस्था गर्न सके विकल्पमा अन्य सम्भावित गन्तव्य मुलुक (तुलनात्मक रुपमा धेरै लाभ लिन सकिने) थुप्रै छन्।

कामदारका सम्भावित आकर्षक गन्तव्य 
कार्यदलले विभिन्न १८ वटा मुलुक सम्भावित गन्तव्य मुलुक बन्न सक्ने भन्दै सिफारिस गरेको छ।

कार्यदलले सिफारिस गरेका सम्भावित गन्तव्य मुलुकहरुमा युरोपेली मुलुक नेपाली श्रमिकका लागि प्रमुख सम्भावित गन्तव्य बन्न सक्ने कार्यदलले उल्लेख गरेको छ।

कार्यदलले सिफारिस गरेका युरोपेली मुलुकहरुमा स्वीडेन, डेनमार्क, माल्टा, चेक गणतन्त्र, रुस, पोल्याण्ड, रोमानिया, पोर्चुगल छन्। यी युरोपेली मुलुकहरुमा श्रमिकको माग बढ्दै गएको, तर आन्तरिक श्रम बजारमा आवश्यक श्रमिक नहुँदा आप्रवासी कामदारहरुको अत्याधिक माग रहेकाले नेपाली श्रमिकहरुका लागि सम्भावित मुलुक बन्न सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।

त्यस्तै कार्यदलले एसिया तथा प्रशान्तक्षेत्रिय मुलुकहरुलाई समेत सम्भावित गन्तव्य मुलुकका रुपमा उल्लेख गरेको छ। जसमा भारत, चीन, श्रीलंका, माल्दिभ्स, थाइल्याण्ड, अष्ट्रेलिया, न्युजिल्याण्ड, फिजी सम्भावित गन्तव्यका रुपमा रहन सक्ने उल्लेख छ।

नेपाली युवाहरुका लागि सम्भावित गन्तव्यहरुमा मौरिसस र सिसेल्स दुई अफ्रिकी मुलुकहरु पनि हुन्। अर्को पानीजहाजकाे काम पनि नेपालीका लागि आकर्षक गन्तव्य बन्न सक्ने कार्यदलले उल्लेख  गरेको थियो।

कार्यदलले प्रतिवेदनमा उल्लेख गरेका अन्य नयाँ मुलुकहरुमा नेपाली श्रमिक पठाउने गरी सरकारले  पहल गर्न सकेको छैन। कार्यदलले पेस गरेका सम्भावित मुलुक मध्ये मौरिसससँग केही समय अगाडी मात्रै श्रम समझदारी भएको छ। तर, त्यो समझदारी कागजमा मात्रै सीमित छ। समझदारी कार्यान्वयन गरेर कामदार पठाउने प्रकृया अगाडि बढ्न सकेको छैन।

कार्यदलले प्रतिवेदनमा समावेश गरेबाहेक आकर्षक गन्तव्य खोजी गरी ५ वर्षभित्रमा बाध्यकारी वैदेशिक रोजगारीलाई अन्त्य गर्ने लक्ष्य लिएको सरकारले लक्ष्यअनुसार काम गर्न सकेको छैन।

के भन्छ श्रम मन्त्रालय? 
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली युवाहरुका लागि सुरक्षित गन्तव्य मुलुक खोजी गर्न तथा सम्झौता भइसकेका मुलुकहरुसँगको सम्झौता कार्यान्वयन गर्न जोड दिइरहेको दावी गरेको छ।

‘हामी नेपाली श्रमिकहरुका लागि नयाँ-नयाँ आकर्षक गन्तव्य मुलुकहरु खोजी गरिरहेका छौँ। पछिल्लो समय मौरिसस र जापानसँग भएको समझदारी कार्यान्वयनको पाटो टुंगो लगाउने विषय भइरहेको छ,’ मन्त्रालयका उपसचिव दिपक ढकाले नेपाल लाइभसँग भने। मन्त्रालयका अनुसार यी दुवै देशले समझदारी कार्यान्वयनको पाटो टुंगो लगाउने बारे छलफलका लागि पत्राचार गरेका छन्।

श्रम समझदारी भइसकेका तर कार्यान्वयन हुन नसकेका केही मुलुकहरुसँग पनि कार्यान्वयनको पाटो टुंग्याउनका लागि मन्त्रालयबाट कूटनीतिक पहल भइरहेको मन्त्रालयका सहसचिव सुमन घिमिरेले बताए। ‘मलेसियालगायत समझदारी भएर पनि कार्यान्वयन हुन नसकेका केही मुलुकहरुमा समेत कार्यान्वयनका लागि कूटनीतिक पहल भइरहेको छ,’ सहसचिव घिमिरेले भने।

प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६  १६:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु
बर्खा लाग्यो अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छ : अध्यक्ष लिङ्देन
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु शनिबार, जेठ २४, २०८२
बर्खा लाग्यो अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छ : अध्यक्ष लिङ्देन शनिबार, जेठ २४, २०८२
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान शनिबार, जेठ २४, २०८२
जेठ ३० गतेदेखि दलित गोलमेच सम्मेलन हुने शनिबार, जेठ २४, २०८२
पैसा नभएकै कारण अस्पतालमा पुगेर उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छ : प्रधानमन्त्री शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
संसद्को अवरोधबारे छलफल गर्न विपक्षी दलहरूको बैठक जारी शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्