डडेल्धुरा– पर्वतीदेवी मडै। ठेगाना आलिताल गाउँपालिका–४। पेशा गाईपालन। पर्वतीलाई योभन्दा बढी लेख्न पढन आउँदैन। तर उनी गाउँकै नमुना गाई कृषक भएकी छन्।
०६९ सालमा पहिलो पटक चितवनबाट एउटा जर्सी गाई ल्याएर सुरु गरेको व्यवसाय अहिले बिस्तार भएको छ। अहिले उनको आधुनिक गोठमा नौ वटा दुधालु जर्सी गाई पुगेका छन्।
बिहान सबेरै उठ्नु। गाईलाई आवश्यक पर्ने दानापानी बनाउनु उनको दैनिकी हो। यसमा उनलाई श्रीमान जगतसिंह मडैको दरिलो साथ छ।
पार्वती बिहान साढे ५ बजे उठेर गोबर फाल्छिन् भने दानपानी बनाउने काम जगतको हो। त्यसपछि बिहान १० बजेपछिको काम गर्ने दुवैको स्थान फरक हुन्छ। घरनजिकै भेटेनरी पसल छ। श्रीमान दिनभर यहाँ भेटिन्छन् भने उनी जङगलमा घाँस काट्न जान्छिन्।
जर्सी गाईपालनबाट दिनको ७० दुधलिटर (बिहान–बेलुकी ३५–३५ लिटर) डेरीमा पुग्छ । डेरी पनि घरभन्दा १०० मिटरमात्र टाढा छ ।
सुरुका दिनमा बजार नपाएर निरास बनेका उनीहरु अहिले खुसी छन्। गाईपालनबाटै खर्च कटाएर ३ देखि ४ लाख वार्षिक आम्दानी हुने गरेको पर्वतीले बताईन्। भनिन्, ‘गाईलाई दिनु पर्ने दानापानी खर्च कटाएर वार्षिक ३–४ लाख त बचत हुन्छ।’
गाईपालनलाई अझै बिस्तार गर्ने सोच उनको छ। तर एक्लै पर्वती कहाँ–कहाँ जाने, गाईपालनबाट उनले तीन छोरालाई प्राविधिक शिक्षा दिएकी छन् भने एक छोरा लोकसेवा पास भेटेनरी जेटीए नै भई आफ्नै गाउँपालिकामा आईसकेका छन्।
जगत सम्झन्छन्, ‘पहिले एक स्थानीय जातको भंैसी, २ गाई, १५ बाख्रा र गोरु सबै थिए, तर व्यावसायिक केही थिएन, त्यसबाट नगद केही पनि कारोबार हुँदैनथ्यो, अहिले व्यावसायिक बनेपछि त राम्रो भएको छ।’
९ लाख डेरीले दिएन
उनले दिनरात नभनी मिहिनेत गरी स्थानीय लक्ष्मी दुग्ध संकलन केन्द्रलाई दूध बेचिन्। तर डेरीले ३ वर्षको दुधको ९ लाख दिएको छैन। पार्वतीले भनिन्,‘आफनो काम चलिरहेकाले डेरीलाई दिनै पर्छ भनी हामीले भनेनौं, अहिले समस्या आएको छ, माग गरे पनि दिएको छैन।’
लक्ष्मी दुग्ध संकलन केन्द्रले दुध कैलालीको अत्तरियास्थित खप्तड डेरीमा बिक्री गर्ने गरेको छ। डेरी सञ्चालक कमलसिंह ऐडीका अनुसार पार्वतीको परिवारलाई ६ लाख र गाउँको अन्य गरेर ९ लाख दिन बाँकी रहेको बत ाए। उनले भने, ‘बैकबाट कर्जा ७ लाख लिएर दुध बोक्न गाडी खरिद गरेको र त्यो नै दुर्घटनामा परि धेरै रकम गाडीमा लगानी गर्नु परेकाले तिर्न सकिएन, अब क्रण लिन बैंकमा फाईल पेस भएको छ, केही दिनभित्र हिसाब पुरा गर्छु।’
जंगलमा घाँस खेति, दोहोरो फाईदा
नजिकैको जङगलमा लगाएको सुपरनेपीयर जातको घाँसबाट कृषक समूुहले दोहोोर फाईदा लिइरहेका छन्। भूसंरक्षण गर्ने उद्देश्यले लगाएको घाँसले अहिले कृषकले गाईभैसी पालन तथा बिउ बिक्री गर्ने गरेका छन्। घाँसको बिउ अहिले बैतडी, डोटी, बझाङ नियात गर्ने गरेको कृषक पर्वतीले बताइन्।
एकीकृत विकास समाज (आईडिएस) को सहयोग गरेपछि त्यहाँका किसानले दोहोरो फाईदा भएको उनीहरुको भनाइ छ। एक जनाले एक सिजनमा २० देखि ५० हजारसम्म घाँसबाटै आम्दानी गर्ने गरेको कृषक मडैको भनाइ छ । मडै परिवारको लोभलाग्दो आम्दानी देखेर वडा नम्बर ८ मात्र हैन अहिले छिमेकी वडामा गाईपालन व्यवसाय सुरु गरी दुध संकलन केन्द्र नै निर्माण गरिएको वडा ७ का वडाध्यक्ष वीर बोहराले बताए।
‘आलितालमा गाईपालन राम्रो फस्टाएको छ, घाँस सजिलै पाईन्छ हामीले जंगलभरि घाँस रोपेका छौं,’ स्थानीय कृषक मनमती घिमिरेले भनिन्, ‘हाम्रो प्रेरणाका स्रोत तथा गाईका डाक्टर त मडै परिवार नै हुन्।’
गाउँपालिकाद्वारा ४० लाख लगानी
आलिताल गाउँपालिकाले गाईपालन क्षेत्रका लागि ४० लाख लगानी भएको गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङले बताए। उनले भने, ‘कृषकलाई दुध लैजान ल्याउन ढुवानी ट्यांकर खरिदका लागि हामीले यो वर्ष मात्र ४० लाख खर्च गरेका छौ।’ अन्य पशुसेवा शाखाले तालिम तथा औषधि वितरण गर्ने कार्यक्रम रहेको उनले बताए ।
विगतका वर्षमा अनु्दानका कार्यक्रम राखे पनि यो वर्ष भने नभएको गुरुङले बताए। उन्नत जातको जर्सी गाईले गाउँ नै गाई फर्ममय भएको छ। दुध संकलन केन्द्रले उक्त गाउँबाट मात्र ७ सय लिटर दुध कैलालीको खप्तड डेरीमा निर्यात गर्ने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।