• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २०, २०८२ Fri, Jul 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ
शहरी पूर्वाधार विकासमा सबै निकायमा आ-आफ्नै गुनासो, दुःखेसो ‘युटिलिटी करिडोर उपयुक्त विकल्प भएकाले कानुन छिटो बनाउँ’
64x64
नेपाल लाइभ सोमबार, माघ २७, २०७६  १५:०८
1140x725

काठमाडौं- शहरी पूर्वाधारको विकासमा विभिन्न निकायको समन्वय अभावमा काम ढिलो हुने र भएको काम अर्को निकायले भत्काउने अवस्था अन्त्य गर्न युटिलिटी करिडोर कानुन छिटो ल्याउन सांसद तथा सरोकारवाला निकायहरुले माग गरेका छन्।

सोमबार प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले तत्काल कानुन बनाउनु पर्नेमा जोड दिएका हुन्। 

युटिलिटी करिडोर बनेमा ढल, खानेपानी, टेलिफोन, विद्युतका तारलगायतको व्यवस्थापन गर्न सडक खन्नुपर्ने अवस्थाको अन्त्य हुनेछ। अहिले ढल र खानेपानीको काम खानेपानी मन्त्रालयले, टेलिफोनको काम सञ्चारले, विद्युत तारको काम विद्युत प्राधिकरण तथा उर्जा मन्त्रालयले र सडक निर्माणको काम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयले गर्दै आएका छन्।

हरेक मन्त्रालय तथा निकायको आफ्नै बजेट तथा कार्याक्रम भएकाले आ-आफ्नै ढंगले सडक खनेर काम हुँदै आएको छ। 

निर्माण सँगसँगै मर्मतका क्रममा समेत सरोकारवाला निकायहरुबीच समन्वय हुन नसक्दा शहर फोहोर भएको र बजेटको अनावश्यक खर्च भएकाले युटिलिटी करिडोर आवश्यक रहेको नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडाको भनाइ छ।

युटिलिटी करिडोरको माध्यमबाट एकै ठाउँमा ढल, खानेपानी, बिजुली, टेलिफोनलगायत व्यवस्था गर्न सकिने हाडाले बताए। अन्य देशहरुमा समेत युटिलिटी करिडोरकै माध्यमबाट शहरी सेवाको विकास हुँदै आएको छ। 

युटिलिटी करिडोरको निर्माणले राष्ट्रिय स्रोत साधन बचाउन सहयोग पुर्‍याउने भएकाले छिटो ऐन निर्माण गरेर कार्यान्वयनमा जानुपर्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कंडेलले बताए।

त्यस्तै शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले शहरमा सेवा प्रदान विभिन्न निकाय भएकाले समन्वय नहुँदा जटिलता देखिएको उल्लेख गरे। ‘सबै निकायको काम गर्ने स्थान सडक भएकाले एउटाले काम गर्दा अर्कोलाई प्रत्यक्ष प्रभाव पर्ने गरेको छ,’ उनले भने, ‘युटिलिटी करिडोर ऐन बन्ने क्रममा रहेको र योसँगै गाइड लाइनको समेत आवश्यकता पर्छ।’ एडिबीको सहयोगमा गाइडलाइन बनेको उनले जानकारी दिए।

युटिलिटी करिडोर महगो पर्ने र पुराना शहरमा त्यो निर्माण त्यति सहज नभएको समेत अधिकारीको भनाइ छ। 

छलफल र निर्णय हुने गरेपनि कार्यान्वयनमा समस्या देखिएको सांसद टोपबहादुर रायमाझीले बताए। ‘हाम्रोमा काम गर्ने भन्दा बैठकदेखि बैठकसम्म र निर्णयदेखि निर्णयसम्म भइरहेको छ तर कार्यान्वयन भएको देखिँदैन,’ उनले भने, ‘कार्यान्वयनका लागि मास्टर प्लान बनाएर अघि बढ्नुपर्ने आवश्यकता छ।’

युटिलिटी करिडोर महत्वपूर्ण विषय भएकाले कानुन आउन सकेको छैन। उदहारणको रुपमा विद्युत प्राधिकरणले रत्नपार्क-महाराजगञ्ज तार अन्डर ग्राउन्ड गर्ने काम सुरु भइसक्यो तर कानुन नआएको रायमाझीको भनाइ छ।

त्यसैगरी सांसदहरु गणेश पहाडी, यज्ञराज सुनारलगायतले पनि कानुन बनाएर कार्यान्वयनमा जानुपर्नेमा जोड दिएका थिए। 

निर्माण भइसकेको, निर्माणका क्रममा रहेको र नयाँ बन्ने योजनालाई हेरेर युनिलिटी करिडोरको कानुन बनाउनुपर्नेतर्फ सरकारले ध्यान केन्द्रित गरेको शहरी विकास तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए।

‘नयाँ बन्ने संरचनामा युटिलिटी करिडोर निर्माण गर्ने विषय योजनामै राख्नुपर्छ,’ मन्त्री बाँस्कोटाले भने, ‘तराइ मधेश द्रुतमार्ग, टोखा-छहरे सुरुङमार्ग, विस्तार हुँदै गरेको रिङरोडमा यो विषयमा ध्यान दिनुपर्छ।’ 

गरिब देशमा पूर्वाधार विकासका लागि सह-प्रयोग अनिवाय नै भएको मन्त्री बाँस्कोटाको भनाइ छ। सांसदहरुले साथ दिने हो भने सरकारले २/३ सातामा युटिलिटी करिडोर ऐन पास गर्न तयार रहेको उनले दाबी गरे।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले युटिलिटी करिडोर निर्माणका लागि मन्त्रालय बाधक नबन्ने बताए। 

अबको बजेट निर्माण गर्दा सडकसँगै खानेपानी तथा ढल र अन्य संरचनासंगै बनाउने गरी काम गर्ने योजनामा अर्थ मन्त्रालय रहेको अर्थ मन्त्री डा युवराज खतिवडाले बताए।

‘उपत्यका विकास प्राधिकरण ऐन संशोधन गरेर वा केही नेपाल ऐन संशोधन गरेर कामलाई तीव्रता दिनुपर्नेछ,’ खतिवडाले भने, ‘सँगै युटिलिटी करिडोर कानुन निर्माणमा समेत लाग्नुपर्छ।’ मेलम्चीको पाइप बिच्छ्याउँदा विभिन्न कारणले १६ करोड रुपैयाँ बराबरको काममा क्षति भएकाले हुँदा त्यसबारेमा छानबिन हुनुपर्नेमा उनले जोड दिए। 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव राधिका अर्याल, सडक विभागका उपमहानिर्देशक शिवहरी सापकोटा, केयुकेएलका मिलन शाक्यलगायत सरोकारवाला निकायका प्रतिनिधिहरुले आफ्नो धारण राखेका थिए।

प्रकाशित मिति: सोमबार, माघ २७, २०७६  १५:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेकपा एकीकृत समाजवादी पार्टी हिम्मत भएकाहरूको पार्टी हो: माधव नेपाल
सवारी चालक अनुमतिपत्र प्रणालीसँग सम्बन्धित सबै सेवा बन्द
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने प्रक्रियाका लागि पेरिस जाँदै पर्यटनमन्त्री
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नेकपा एकीकृत समाजवादी पार्टी हिम्मत भएकाहरूको पार्टी हो: माधव नेपाल शुक्रबार, असार २०, २०८२
सवारी चालक अनुमतिपत्र प्रणालीसँग सम्बन्धित सबै सेवा बन्द शुक्रबार, असार २०, २०८२
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने प्रक्रियाका लागि पेरिस जाँदै पर्यटनमन्त्री शुक्रबार, असार २०, २०८२
नागरिक उन्मुक्ति पार्टीद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता शुक्रबार, असार २०, २०८२
हवाई सेवा देशको कूटनीति र छवि हो: सांसद किराँती शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो)
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो) बिहीबार, असार १९, २०८२
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो)
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो) बिहीबार, असार १९, २०८२
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो)
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सूर्याले सम्हाले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी बिहीबार, असार १९, २०८२
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्