• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नेपाल लाइभमा बुधबार : यतीको बचाउमा प्रधानमन्त्रीदेखि प्रमाणीकरण प्रक्रियामा ४ विधेयकसम्म

64x64
नेपाल लाइभ बुधबार, माघ १५, २०७६  २२:०३
1140x725

बुधबार नेपाल लाइभमा प्रकाशित मुख्य समाचारहरू

नेकपा केन्द्रीय कमिटी बैठक सुरु
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक राष्ट्रिय सभागृहमा सुरु भएको छ। बैठक बिहान साढे ११ बजे सुरु भएको हो।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले सांगठानिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ। बैठकमा ओलीले सम्बोधन गर्ने कार्यक्रम पनि छ।

पार्टी एकतापछि नेकपाको यो दोस्रो केन्द्रीय कमिटीको  बैठक हो। केन्द्रीय कमिटी बैठकमा ४ सय ४५ जना सदस्य छन्। पार्टी कार्यालयको हलमा सबै अट्न सम्भव नभएकाले सभागृह बुक गरिएको नेकपाले जनाएको छ।

नेकपाको विधानअनुसार ६ महिनामा बस्नुपर्ने केन्द्रीय कमिटीको बैठकमा स्थायी कमिटीले गरेका निर्णय पनि अनमुमोदन हुनेछन्। बैठकले विधान संशोधन प्रस्ताव अनुमोदन गर्नेछ। विधान संशोधन भएपछि वामवेद गौतम उपाध्यक्ष हुनेछन्। 

मंगलबार बसेको नेकपा सचिवालय बैठकले बुधबारदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गरेको छ। सचिवालय बैठक मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो। 

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले केन्द्रीय कमिटीमा पेस गरिने एजेन्डाबारे जानकारी दिएका हुन्। उनका अनुसार बैठकका कार्यसूची निम्नानुसार छन् :
-सहिदहरुप्रति श्रद्धाञ्जली
-अध्यक्ष केपी ओलीले बैठकको उद्घाटन र मन्तव्य
-अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षद्वयको तर्फबाट राजनीतिक प्रतिवेदन पेश गर्ने
-महासचिव विष्णु पौडेलले सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने
-सात वटै प्रदेशमा प्रदेश अध्यक्षहरुले सांगठनिक रिपोर्ट आफ्नो प्रदेशका तर्फबाट प्रस्तुत गर्ने।
-समसामयिक प्रस्तावहरु (अहिलेका तत्कालीन विषयहरु)
-विविध

समूहगत रुपमा बैठकका एजेन्डामा छलफल गराउने तयारी नेकपाले गरेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

थप समाचार : नेकपा केन्द्रीय कमिटीमा दिनभर : एमसिसीदेखि मार्क्स र लेनिनरहित ब्यानरसम्म

यतीको बचाउमा प्रधानमन्त्री
सो बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यती समूहले विभिन्न स्थानमा लिएका जग्गा र प्रक्रयाबारे सरकारको कदमको बचाउ गरेका छन्। बैठकमा प्रधानमन्त्री ओलीले यती समूहसँग नेकपाको मितेरी साइनोजस्तो गरी व्याख्या हुने गरे पनि सरकारले विकास निर्माणका काममा तीव्रता दिएको दाबी गर्न पछि परेनन्।

 ‘यती होल्डिङ्ससँग हाम्रो एकदम घनिष्ट साइनो हो कि, मितेरी साइनो जस्तो गरेर व्याख्या गरेका छन्,' प्रधानमन्त्री ओलीले थपे, ‘यसअघिका सरकारले पनि लिज सम्झौता गरेर यतीलाई जग्गा दिएका थिए।’ 

यतीका विषयमा उनले आफ्नो सरकारको पालाको निर्णयको मात्रै नभई नेपाली कांग्रेस नेतृत्वको सरकारले गरेको गलत निर्णयको समेत बचाउ गरेका थिए। 
थप समाचार : यतीको बचाउमा प्रधानमन्त्री

Xtrem

Xtrem

सुवास नेम्वाङ भन्छन्- एकताको सन्देश दिन सापकोटालाई सभामुखमा प्रस्ताव गरेँ
नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलका उपनेता सुवास नेम्बाङले पार्टीमा भावनात्मक एकता हुन बाँकी रहेको बताएका छन्। नेपाल लाइभको विशेष प्रस्तुति समय संवादमा कुरा गर्दै नेता नेम्बाङले पार्टी एक भएपनि एक ढिक्का हुन भने नसकेको प्रतिक्रिया दिएका हुन्। 

'पार्टी एकताबद्ध भयो भन्दै खुसी मनाइरहेका छौं। तर पार्टी एकताबद्ध भएको छैन भने जसरी कुनै पनि नियुक्तिभन्दा अगाडि को एमाले र को माओवादी भनेर खोजी भयो भने त पार्टी एकता नै भएन,' सभामुख चयनका विषयमा राखिएको जिज्ञासाबारे उनले थपे, 'उपयुक्त र सक्षम साथीलाई अगाडि सारौं तर एमाले र माओवादी भनेर खोजी नगरौं।'

पार्टी भावनात्मक रुपमा एक भएको सन्देश दिन आफैले नेता अग्नि सापकोटालाई सभामुखमा प्रस्ताव गरेको समेत उनले बताए। 'एकीकृत नेकपाको सक्षम व्यक्तित्वलाई मैले सभामुखमा प्रस्ताव गरेको हुँ। त्यही सन्देश दिन खोजेको हुँ।'

थप समाचार : शीर्ष नेताले नै एमाले र माओवादी खोज्न थालेपछि पार्टी एकता कसरी भयो? : सुवास नेम्वाङ [अन्तर्वार्ता]

प्रमाणीकरणमा पठाइए ४ विधेयक
सभामुख अग्निप्रसाद सापकोटाले ४ विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिसमक्ष पठाएका छन्। 

सभामुख सापकोटाले प्रतिनिधिसभाबाट पारित भएर बसेका नेपाल प्रहरी र प्रदेश प्रहरी  विधेयक, प्रहरी समायोजन विधेयक २०७५, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विधेयक  र भूमिसम्बन्धी आठौं संशोधन विधेयक प्रमाणीकरणका लागि पठाएका छन्

उक्त विधेयक यसअघि नै पारित भएका थिए। तर सभामुख नहुँदा प्रमाणीकरणका लागि पठाउन ढिला भएको थियो।

तरलता अभाव भएपछि १० अर्बको रिपो आउँदै
बैंकिङ क्षेत्रमा तरलताको अभाव देखिएपछि नेपाल राष्ट्र बैंकले ७ दिनको लागि १० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ। राष्ट्र बैंकले माघ १६ गतेदेखि २३ गतेसम्मको अवधिका लागि तरलता प्रदान गर्ने भएको हो।

उक्त रिपोका लागि वाणिज्य बैंक‚ विकास बैंक र फाइनान्सले बोलकबोल गर्न सक्नेछन्। 

बैंक तथा वित्तीय संस्थाले ४.५ प्रतिशतभन्दा कम ब्याजदरमा बोलकबोल गर्न पाउने छैनन्। 

निक्षेप सिर्जना हुन नसक्दा बैंकिङ प्रणालीमा तरलताको अभाव देखिँदै आएको छ।

सुनकोशी-मरिन बहुद्देश्यीय आयोजना अघि बढाउन चीनसँग १ अर्ब ८० करोड ऋण प्रस्ताव 
सरकारले राष्ट्रिय गौरवको सुनकोशी-मरिन बहुद्देश्यीय सिँचाइ आयोजनाका लागि ऋण जुटाउन चीनको निर्यात-आयात (एक्जिम) बैंकलाई प्रस्ताव गरेको छ। मन्त्रिपरिषदको केही दिनअघि बसेको बैठकले राष्ट्रिय गौरवको आयोजनाको मान्यता दिएको यो आयोजना अघि बढाउन चिनियाँ बैंकलाई प्रस्ताव गरिएको हो। 

सुनकोशीको पानी मरिन खोलामा फर्काएर तराईका आधा दर्जन जिल्लामा सिँचाइको सुविधा दिने गरी अघि बढाउन लागिएको यो आयोजना बागमती सिँचाइ आयोजनाकै एउटा पक्ष हो।

सिन्धुलीको खुर्कोट बजार नजिकै बाँध बाँधेर सुनकोशी नदीको पानी मरिन खोलामा पुर्‍याई प्रदेश २ का बारा, रौतहट, धनुषा, महोत्तरी र सर्लाहीमा सिँचाइ पुर्‍याउने गरी सरकारले अघि बढाउन लागेको यो आयोजनाको स्रोत व्यवस्थापनका लागि चिनियाँ ऋण खोजिएको हो। 

थप समाचार : सुनकोशी-मरिन बहुद्देश्शीय आयोजना अघि बढाउन चीनसँग १ अर्ब ८० करोड ऋण प्रस्ताव 

बेलायतबाट चीन जाने सबै उडान बन्द
बेलायती उड्डयन कम्पनी ब्रिटिस एयरवेजले कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै चीन जाने सबै उडान रद्द गरेको छ।

बुधबार एयरवेजले जनवरी र फेब्रुअरीभरि सिधै चीन उडान भर्ने सम्पूर्ण उडानहरू रद्द गरिएको जानकारी दिएको हो।

यात्रुलाई यसबाट पर्न जाने असरप्रति क्षमा माग्दै उनीहरूकै सुरक्षाका लागि सो कदम चालिएको ब्रिटिस एयरवेजले आफ्नो वेबसाइटमार्फत जानकारी दिएको छ। 

प्रकाशित मिति: बुधबार, माघ १५, २०७६  २२:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश
प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता
परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कहाँ–कहाँ अवरुद्ध छन् राजमार्ग ? शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता शनिबार, असोज २४, २०८३
परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता शनिबार, असोज २४, २०८३
घुँडाको खिइएको कुरकुरे हाड फेरि उमार्न सकिने सम्भावना (नयाँ अनुसन्धान) शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्