• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर १७, २०८२ Wed, Dec 3, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नेपाल लाइभमा बुधबार : यतीको बचाउमा प्रधानमन्त्रीदेखि प्रमाणीकरण प्रक्रियामा ४ विधेयकसम्म

64x64
नेपाल लाइभ बुधबार, माघ १५, २०७६  २२:०३
1140x725

बुधबार नेपाल लाइभमा प्रकाशित मुख्य समाचारहरू

नेकपा केन्द्रीय कमिटी बैठक सुरु
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक राष्ट्रिय सभागृहमा सुरु भएको छ। बैठक बिहान साढे ११ बजे सुरु भएको हो।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले सांगठानिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ। बैठकमा ओलीले सम्बोधन गर्ने कार्यक्रम पनि छ।

पार्टी एकतापछि नेकपाको यो दोस्रो केन्द्रीय कमिटीको  बैठक हो। केन्द्रीय कमिटी बैठकमा ४ सय ४५ जना सदस्य छन्। पार्टी कार्यालयको हलमा सबै अट्न सम्भव नभएकाले सभागृह बुक गरिएको नेकपाले जनाएको छ।

नेकपाको विधानअनुसार ६ महिनामा बस्नुपर्ने केन्द्रीय कमिटीको बैठकमा स्थायी कमिटीले गरेका निर्णय पनि अनमुमोदन हुनेछन्। बैठकले विधान संशोधन प्रस्ताव अनुमोदन गर्नेछ। विधान संशोधन भएपछि वामवेद गौतम उपाध्यक्ष हुनेछन्। 

मंगलबार बसेको नेकपा सचिवालय बैठकले बुधबारदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गरेको छ। सचिवालय बैठक मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो। 

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले केन्द्रीय कमिटीमा पेस गरिने एजेन्डाबारे जानकारी दिएका हुन्। उनका अनुसार बैठकका कार्यसूची निम्नानुसार छन् :
-सहिदहरुप्रति श्रद्धाञ्जली
-अध्यक्ष केपी ओलीले बैठकको उद्घाटन र मन्तव्य
-अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षद्वयको तर्फबाट राजनीतिक प्रतिवेदन पेश गर्ने
-महासचिव विष्णु पौडेलले सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने
-सात वटै प्रदेशमा प्रदेश अध्यक्षहरुले सांगठनिक रिपोर्ट आफ्नो प्रदेशका तर्फबाट प्रस्तुत गर्ने।
-समसामयिक प्रस्तावहरु (अहिलेका तत्कालीन विषयहरु)
-विविध

समूहगत रुपमा बैठकका एजेन्डामा छलफल गराउने तयारी नेकपाले गरेको छ। 

Ncell 2
Ncell 2

थप समाचार : नेकपा केन्द्रीय कमिटीमा दिनभर : एमसिसीदेखि मार्क्स र लेनिनरहित ब्यानरसम्म

यतीको बचाउमा प्रधानमन्त्री
सो बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यती समूहले विभिन्न स्थानमा लिएका जग्गा र प्रक्रयाबारे सरकारको कदमको बचाउ गरेका छन्। बैठकमा प्रधानमन्त्री ओलीले यती समूहसँग नेकपाको मितेरी साइनोजस्तो गरी व्याख्या हुने गरे पनि सरकारले विकास निर्माणका काममा तीव्रता दिएको दाबी गर्न पछि परेनन्।

 ‘यती होल्डिङ्ससँग हाम्रो एकदम घनिष्ट साइनो हो कि, मितेरी साइनो जस्तो गरेर व्याख्या गरेका छन्,' प्रधानमन्त्री ओलीले थपे, ‘यसअघिका सरकारले पनि लिज सम्झौता गरेर यतीलाई जग्गा दिएका थिए।’ 

यतीका विषयमा उनले आफ्नो सरकारको पालाको निर्णयको मात्रै नभई नेपाली कांग्रेस नेतृत्वको सरकारले गरेको गलत निर्णयको समेत बचाउ गरेका थिए। 
थप समाचार : यतीको बचाउमा प्रधानमन्त्री

सुवास नेम्वाङ भन्छन्- एकताको सन्देश दिन सापकोटालाई सभामुखमा प्रस्ताव गरेँ
नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलका उपनेता सुवास नेम्बाङले पार्टीमा भावनात्मक एकता हुन बाँकी रहेको बताएका छन्। नेपाल लाइभको विशेष प्रस्तुति समय संवादमा कुरा गर्दै नेता नेम्बाङले पार्टी एक भएपनि एक ढिक्का हुन भने नसकेको प्रतिक्रिया दिएका हुन्। 

'पार्टी एकताबद्ध भयो भन्दै खुसी मनाइरहेका छौं। तर पार्टी एकताबद्ध भएको छैन भने जसरी कुनै पनि नियुक्तिभन्दा अगाडि को एमाले र को माओवादी भनेर खोजी भयो भने त पार्टी एकता नै भएन,' सभामुख चयनका विषयमा राखिएको जिज्ञासाबारे उनले थपे, 'उपयुक्त र सक्षम साथीलाई अगाडि सारौं तर एमाले र माओवादी भनेर खोजी नगरौं।'

पार्टी भावनात्मक रुपमा एक भएको सन्देश दिन आफैले नेता अग्नि सापकोटालाई सभामुखमा प्रस्ताव गरेको समेत उनले बताए। 'एकीकृत नेकपाको सक्षम व्यक्तित्वलाई मैले सभामुखमा प्रस्ताव गरेको हुँ। त्यही सन्देश दिन खोजेको हुँ।'

थप समाचार : शीर्ष नेताले नै एमाले र माओवादी खोज्न थालेपछि पार्टी एकता कसरी भयो? : सुवास नेम्वाङ [अन्तर्वार्ता]

प्रमाणीकरणमा पठाइए ४ विधेयक
सभामुख अग्निप्रसाद सापकोटाले ४ विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिसमक्ष पठाएका छन्। 

सभामुख सापकोटाले प्रतिनिधिसभाबाट पारित भएर बसेका नेपाल प्रहरी र प्रदेश प्रहरी  विधेयक, प्रहरी समायोजन विधेयक २०७५, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विधेयक  र भूमिसम्बन्धी आठौं संशोधन विधेयक प्रमाणीकरणका लागि पठाएका छन्

उक्त विधेयक यसअघि नै पारित भएका थिए। तर सभामुख नहुँदा प्रमाणीकरणका लागि पठाउन ढिला भएको थियो।

तरलता अभाव भएपछि १० अर्बको रिपो आउँदै
बैंकिङ क्षेत्रमा तरलताको अभाव देखिएपछि नेपाल राष्ट्र बैंकले ७ दिनको लागि १० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ। राष्ट्र बैंकले माघ १६ गतेदेखि २३ गतेसम्मको अवधिका लागि तरलता प्रदान गर्ने भएको हो।

उक्त रिपोका लागि वाणिज्य बैंक‚ विकास बैंक र फाइनान्सले बोलकबोल गर्न सक्नेछन्। 

बैंक तथा वित्तीय संस्थाले ४.५ प्रतिशतभन्दा कम ब्याजदरमा बोलकबोल गर्न पाउने छैनन्। 

निक्षेप सिर्जना हुन नसक्दा बैंकिङ प्रणालीमा तरलताको अभाव देखिँदै आएको छ।

सुनकोशी-मरिन बहुद्देश्यीय आयोजना अघि बढाउन चीनसँग १ अर्ब ८० करोड ऋण प्रस्ताव 
सरकारले राष्ट्रिय गौरवको सुनकोशी-मरिन बहुद्देश्यीय सिँचाइ आयोजनाका लागि ऋण जुटाउन चीनको निर्यात-आयात (एक्जिम) बैंकलाई प्रस्ताव गरेको छ। मन्त्रिपरिषदको केही दिनअघि बसेको बैठकले राष्ट्रिय गौरवको आयोजनाको मान्यता दिएको यो आयोजना अघि बढाउन चिनियाँ बैंकलाई प्रस्ताव गरिएको हो। 

सुनकोशीको पानी मरिन खोलामा फर्काएर तराईका आधा दर्जन जिल्लामा सिँचाइको सुविधा दिने गरी अघि बढाउन लागिएको यो आयोजना बागमती सिँचाइ आयोजनाकै एउटा पक्ष हो।

सिन्धुलीको खुर्कोट बजार नजिकै बाँध बाँधेर सुनकोशी नदीको पानी मरिन खोलामा पुर्‍याई प्रदेश २ का बारा, रौतहट, धनुषा, महोत्तरी र सर्लाहीमा सिँचाइ पुर्‍याउने गरी सरकारले अघि बढाउन लागेको यो आयोजनाको स्रोत व्यवस्थापनका लागि चिनियाँ ऋण खोजिएको हो। 

थप समाचार : सुनकोशी-मरिन बहुद्देश्शीय आयोजना अघि बढाउन चीनसँग १ अर्ब ८० करोड ऋण प्रस्ताव 

बेलायतबाट चीन जाने सबै उडान बन्द
बेलायती उड्डयन कम्पनी ब्रिटिस एयरवेजले कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै चीन जाने सबै उडान रद्द गरेको छ।

बुधबार एयरवेजले जनवरी र फेब्रुअरीभरि सिधै चीन उडान भर्ने सम्पूर्ण उडानहरू रद्द गरिएको जानकारी दिएको हो।

यात्रुलाई यसबाट पर्न जाने असरप्रति क्षमा माग्दै उनीहरूकै सुरक्षाका लागि सो कदम चालिएको ब्रिटिस एयरवेजले आफ्नो वेबसाइटमार्फत जानकारी दिएको छ। 

प्रकाशित मिति: बुधबार, माघ १५, २०७६  २२:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्यानका महानिर्देशक अधिकारी र निर्देशक भण्डारी दुई दिन हिरासतमै रहने
एनपीएल–२ : विराटनगरले लुम्बिनीलाई दियो १४५ रनको लक्ष्य
कुलमान घिसिङले भने : ‘अब देशकै नेतृत्व गर्नुपर्छ कि भन्ने लागेको छ’
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
क्यानका महानिर्देशक अधिकारी र निर्देशक भण्डारी दुई दिन हिरासतमै रहने बुधबार, मंसिर १७, २०८२
एनपीएल–२ : विराटनगरले लुम्बिनीलाई दियो १४५ रनको लक्ष्य बुधबार, मंसिर १७, २०८२
कुलमान घिसिङले भने : ‘अब देशकै नेतृत्व गर्नुपर्छ कि भन्ने लागेको छ’ बुधबार, मंसिर १७, २०८२
नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने गगन थापाको घोषणा बुधबार, मंसिर १७, २०८२
मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा राजीनामा बुधबार, मंसिर १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
युक्रेनका दुई ठूला सहर कब्जा गरेको रुसी राष्ट्रपति पुटिनको दाबी मंगलबार, मंसिर १६, २०८२
एनपीएल–२ : पोखराको दोस्रो जित, पाँचौं हारसँगै प्लेअफ दौडबाट बाहिरियो कर्णाली मंगलबार, मंसिर १६, २०८२
कुलमानको पार्टीलाई ओलीले दिए फ्युज गएको चिमको संज्ञा मंगलबार, मंसिर १६, २०८२
क्यानका महानिर्देशक अधिकारी अख्तियारको नियन्त्रणमा बुधबार, मंसिर १७, २०८२
शेखर दाइ र ममध्ये एक जना सभापतिको उम्मेदवार हुन्छौँ: शशांक कोइराला मंगलबार, मंसिर १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
ईश्वर पोखरेललगायतका एमाले नेताहरूको आन्तरिक छलफल थापागाउँमा जारी सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्