• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख ११, २०८३ Fri, Apr 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

विद्याकी देवीबाट लक्ष्मी प्राप्त गर्ने चटाराे

64x64
नेपाल लाइभ बुधबार, माघ १५, २०७६  ११:०४
1140x725

जनकपुर- बसन्त पञ्चमी अर्थात् सरस्वती पूजाका लागि तराई मधेसमा सहरदेखि ग्रामिण क्षेत्रसम्मका कालीगढहरुलाई अहिले फुर्सद छैन। बिहिबार मनाइने सरस्वती पूजाका लागि मूर्तिकार माटोका मूर्ती बनाउन खटिरहेका छन्। एक महिना अघिदेखि मूर्ति बनाउन सुरु गरेका कालीगढहरु अहिले विभिन्न आकारका मूर्तिहरुलाई अन्तिम रुप दिन व्यस्त छन्।

भाेलि नै पूजा भएको हुँदा मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगेकोले कालीगढहरु अहिले सजावट तथा रंगरोगनमा जुटेका छन्। अरु बेला खासै आम्दानी गर्न नसके पनि यस्ता उत्सवहरुमा आम्दानी राम्राे हुने उनीहरु बताउँछन्। मूर्तिकै कमाइबाट घर खर्च र छोराछोरीको शिक्षाका लागि रकम जुट्ने गरेकाे उनीहरु बताउँछन्।

जनकपुरका विष्णु लाल पण्डितले मधेसमा दशैं, दिपावली, सरस्वती पूजा, इन्द्रपूजा, विश्वकर्मा पूजा, कृष्णाष्टमी, झन्डा मेलालगायतका उत्सवहरुमा बढी मूर्ति बिक्री हुने गरेको बताए। सरस्वतीको मूर्ति बेचेर कम्तिमा एक लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनले बताए। पण्डितले भने, ‘एउटा मूर्तिको दुई हजारदेखि पन्ध्र हजार रुपैयाँसम्म बिक्ने गर्छ। मूर्ति हेरी हेरी दाम हुन्छ।'

मूर्ति बनाउन प्रयोग गर्ने काँचो मलिलो माटो, रंगरोगन, साजसज्जा गर्ने समग्रीलगायतकाे मूल्य बढेका कारण पनि मूर्तिको मूल्य बढाइएको उनले बताए।

अर्का कालीगढ श्रीचन रामले मूर्ति बेचेर आउने आम्दानीबाटै जीविकाेपार्जन गरिरहेकाे सुनाए। उनका अनुसार कतिपयले मूर्तिको पहिले नै अर्डर गरेका हुन्छन् भने कतिपयले पूजाकै दिन मूर्ति खरिद गरेर लाने गर्दछन्।

अहिले जनकपुरधाम नगरमामात्रै दुई दर्जन बढी स्थानमा मूर्ति बनाउने काम भइरहेकाे छ। 

nimb
nimb
Ncell 2
Ncell 2

नगरबाहिर जिल्लाका अन्य बजारमा पनि दर्जनौं कालीगढ मूर्ति बनाउँदै गरेका भेटिन्छन्। सरस्वती पूजा मनाउने दिन नजिकिएकै कारण उनीहरुको व्यस्तता बढेको हाे। बिहीबार एक दिनका लागि मात्र सरस्वतीका मूर्ति बिक्री हुने हुँदा उनीहरुलाई भ्याइनभ्याइ भएकाे हाे।

विगतको भन्दा यस वर्ष मूर्तिकाे भाउ पाँच सयदेखि एक हजार रुपैयाँसम्म महँगो भएकाे छ। महेन्द्रनगरका शंकर पण्डितले गत वर्ष तीन हजारमा पाइएको मूर्ति अहिले चार हजार रुपैयाँमा अर्डर लिएको बताए। नगराईन नगरपालिका ९ का भोलेश्वर पण्डितले माटोको प्रतिमासहितकाे मूर्ति बनाउन लगाएर पूजा गर्ने परम्परा नै रहेकाे बताए।

कालीगढ विमलेशकुमार पण्डितले मेहनत गरे अनुसारको पैसा आइरहेको भन्दै खुसी व्यक्त गरे। उनले भने भने, ‘सरस्वती पूजाका साथसाथै विश्वकर्मा पूजा, कृष्ण जन्माष्टमी र दुर्गा पूजालगायतका विभिन्न देवीदेवताको पुजापाठ र महोत्सवका बेला राम्रो आम्दानी हुन्छ।’

संग्रहालय बनाउने सपना
सबै कालीगढले आ-आफ्नै सीपअनुसारको मूर्ति तयार गर्ने गर्छन्। तर, धनुषाको धनौजी गाउँपालिका ५ बहुअर्वाका ६० वर्षीय योगेन्द्र पण्डितले बनाउने मूर्तिको जनकपुरमा प्रत्येक वर्ष चर्चा हुने गर्छ। उनले अलि फरक शैलीका मूर्तिहरु बनाउने गर्छन्।

योगेन्द्र पण्डित जातिगत हिसाबले कुम्हार (कुम्हाले) समुदायका हुन्। मधेसमा कुम्हार समुदायले आफ्नो परम्परागत पेशाको रूपमा समेत माटोको भाडाकुँडा तथा मूर्ति बनाउने काम गर्दछन्। अहिले पनि कतिपयले मूर्ति बनाउँदै आएका छन्।

बाल्यकालदेखि नै माटाका भाडा तथा मूर्ति बनाउँदै आएका योगेन्द्रको मिथिला संस्कृतिको मूर्तिसहितको संग्रहालय बनाउने सपना छ। मिथिला संस्कृतिअनुसार मिथिलामा बसोबास गर्दै आएका विभिन्न जातजाति तथा समुदायको मूर्ति बनाएर सधैंको लागि एउटा संग्रहालयमा राख्ने याेजना भएकाे उनी सुनाउँछन्।

योगेन्द्रले सरकारले त्यसको लागि आवश्यकपर्ने ६ कठ्ठा जग्गा र मूर्ति बनाउन लाग्ने खर्च उपलब्ध गराए संग्रहालय बनाउन आफू तयार रहेको बताए। उनले मिथिला तथा मधेसमा बसाेबास गर्ने समुदाय, तिनीहरुका रहनसहन, जीवनशैली, खानपान, पहिरनलगायत झल्काउने गरी मूर्ति बनाउने इच्छा रहेकाे बताए।

जागिर छाडेर पेशामै आनन्द
जनकपुरधाम उपमहानगरपालिका २० रुपैठा निवासी उतिमलाल पण्डित पनि अहिले मूर्ति बनाउन व्यस्त छन्। स्नातकोत्तर गरेका उनी जागिर छाडेर आफ्नो पुर्खौली पेशामै रमाएका छन्।

उनले भने, ‘पुर्खाबाट सिकेको कलाबाट नै प्रत्येक वर्ष समयमा सदुपयोग गर्दै वार्षिक लाखौं आम्दानी गर्न गर्दछु। यसैमा खुसी छु।’ पण्डितले लघु उद्यम विकास कार्यक्रम परियोजनाको कार्यक्रम संयोजकसहित विभिन्न संस्थामा आबद्व भएर जागिर समेत गरिसकेका छन्।

उनले सरस्वती पूजामा मात्रै प्रत्येक वर्ष करिब ८ सय वटा मूर्ती बेचेर ७ लाख रुपैयाँसम्म कमाउने गरेकाे बताए।

कला र सीप प्रदर्शन गर्ने अवसर
कालीगढका लागि याे कला र सीपलाई प्रदर्शन गर्ने राम्रो अवसर पनि हाे। यसका साथै आम्दानी गर्ने राम्रो मौका पनि भएको महोत्तरीका कालीगढ हितलाल राम चमारले बताए।

‘कला र सीपलाई प्रदर्शन गर्ने र जीवित राख्ने अवसर कालाकार बाहेक अन्य कसैले पाउँदैन र सक्दैन। यो अवसर हर बेला आइरहने होइन। वर्षभरिमा केहि अनुष्ठान भएका दिनहरुमा जुर्छ,' उनले भने, 'कालाकारहरुको लागि आफ्नो कला र सीपलाई देखाउने राम्रो मौका मिलेको हुन्छ र उनीहरुले त्यस्तो मौकाको उपयोग राम्रोसँग गरिरहेका हुन्छन्।’

शैक्षिक र आर्थिक रुपमा कमजाे भएपनि उनी कला धनी छन्। महोत्तरीको सोनमा गाउपालिका ६ मगरथानाका हितलाल अहिले  ५५ वर्षका भए। उनले बनाएकाे एउटा मूर्ति १ हजारदेखि २५ सय रुपैयाँसम्ममा बिक्री हुने गरेकाे छ।

महोतरीकै औरही नगरपालिका– २ फूलवरीयाका ४५ वर्षिय दिनेश राम पनि आफ्नो पेशादेखि सन्तुष्ट छन्। दिनेशले १० वर्षकै उमेरदेखि आफ्नै बुवासँग घरमै मूर्ति बनाउने कला सिकेका हुन्।

उनले माटोको मूर्ति बिक्री गरेर वार्षिक लाखौंको कमाइ भइरहेको बताए। उनले मूर्ति बनाएरै घरजग्गा जोड्नुका साथै चार छोरा र तीन छोरीसहितकाे परिवारको लालनपालन गरिरहेका छन्।

दिनेशले भने, ‘मैले आफ्नो हातले बनाएको सबैभन्दा पहिलो माटोको मूर्ति ३ सयमा बिक्याे। जनु ५ देखि ७ वटा मूर्ति समूहकाे सेटमा थियाे। अहिले १२ हजारको दरमा बिक्री भइरहेको छ।' एक सेटमा करिब ८ हजार रुपैयाँ आम्दानी हुने गरेकाे उनले बताए।

दिनेशले ३५ वर्षदेखि माटोको मूर्ति बनाउँदै आएका छन्। २०७१ सालमा उनलाई घरेलु तथा साना उद्ययोगको कार्यालय जलेश्वरले कम्प्रेसन, ग्रिलजस्ता उपकरण अनुदानमा दिएकाे थियाे।

प्रकाशित मिति: बुधबार, माघ १५, २०७६  ११:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वास्तविक सुकुमवासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण : प्रधानमन्त्री बालेन
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
वास्तविक सुकुमवासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण : प्रधानमन्त्री बालेन शुक्रबार, वैशाख ११, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
कर्मचारीलाई तीन महिना वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन शुक्रबार, वैशाख ११, २०८३
सुकुमवासी हटाउने निर्णयविरुद्ध जेन–जी अधिकारकर्मी सर्वोच्चमा शुक्रबार, वैशाख ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
व्यवसायी शेखर गोल्छा पक्राउ बिहीबार, वैशाख १०, २०८३
रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्