काठमाडौं– काठमाडौं उपत्यकाका तीन वटा सूर्तीजन्य गोदाममा प्रहरीले छापा मारेको छ। भन्सार छलेर ठूलो मात्रामा सूर्तीजन्य सामग्री ल्याएको सूचनाको आधारमा महानगरीय प्रहरी अपराध महाशाखाले छापा हानेको हो।
महाशाखाका एसएसपी सहकुल थापाका अनुसार सुन्धारा, गौशाला र बालाजु क्षेत्रमा रहेका तीन वटा गोदामा छापा मारेर एक ट्रक सूर्तीजन्य सामग्री बरामद भएको छ।
सूर्ती, गुट्खा, रजनीगन्धालगायतका सामग्री भन्सार छलेर अवैध रुपमा भित्रने गरेको सूचनाका आधारमा महाशाखाले छानेको हो। एसपी हृदय थापाको कमाण्डमा खटिएको प्रहरीले एक ट्रक सूर्तीजन्य सामग्री बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।