• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

पुटिन किन गर्दैछन् संविधान संशोधन? 

64x64
नेपाल लाइभ शनिबार, माघ ४, २०७६  ०६:३०
1140x725

काठमाडौ– रुसमा एकाएक संविधान संशोधन प्रस्ताव र प्रधानमन्त्रीको राजीनामा आएपछि विश्वभर यसको चर्चा सुरु भएको छ। राष्ट्रपतिमा चौथो कार्यकाल चलाइरहेका भ्लादिमर पुटिन पुनः सत्तामा टिक्न यस्तो गर्न त खोजेका हैनन् भन्ने प्रश्न र बहस सिर्जना भएको छ। किनकि संविधान संशोधन गरेमात्र उनी पाँचौ कार्यकालका लागि चुनिन पाउने छन्।

पुटिनले यो कार्य यति गोप्य रुपमा गरेकि त्यहाँका मन्त्रीले समेत यसको सुइँको पाएनन् । मन्त्रीहरुले आफू पदबाट हट्ने समय आएको कुनै पनि जानकारी पाउन सकेनन्। 

रुसी गुप्तचर संस्थामा शीर्ष जासुसको रुपमा काम गरेका ६७ वर्षीय पुटिन के सोचिरहेका छन्, कसैलाई थाहा छैन। 

पुटिन राष्ट्रपति  चयनपछि सबैभन्दा नजिकका मित्र रहेका प्रधानमन्त्री दिमित्रि मेदभेदेभलाई जनताको नजरबाट किन टाढा राखे भन्ने प्रश्न पनि उठेको छ। मेदभेदेभको साथबाट नै उनी चार कार्यकालसम्म राष्ट्रपति बने तर पाँचौ कार्यकाल लागि संविधान नै वाधा भएपछि उनलाई पनि राजीनामा गराएर संविधान संशोधनको तयारीमा लागेको अनुमान गरिएको छ। 

मेदभेदेभ युनाइटेड रसिया पार्टीका लोकप्रिय प्रमुख थिए। राजीनामापछि उनको नयाँ भूमिका अब रुसी रक्षा परिषदको उपाध्यक्षको रुपमा रहने छ, जो अब पृष्टभूमिमा रहेर काम गर्ने छन्। थिंक ट्यांक ‘कार्नेगी मस्को’ सम्बद्ध विश्लेषक एलेक्जेन्डर बाउनोभ भन्छन्, ‘रक्षा परिषद् ग्लोडेन प्यारासुट हो, जो पुटिनकै ‘सर्कल’ हो र यो ‘मिनि सरकार’ को रुपमा चिनिन्छ। 

२००९ मा साइबेरियामा

दिमित्रिलाई रक्षा परिषदमा लगिनुलाई ‘ग्लोडेन प्यारासुट’ भन्नुको अर्थ सुरक्षित रुपमा पुटिनले दिमित्रिलाई जनताको नजरबाट हटाएर आफ्नो निजी दायरामा राख्न सफल भएका छन्।

अब दिमित्रिको स्थान मिखाइल मिशुस्तिनले लिँदैछन् । उनी पूर्वप्राविधिक प्रशासक हुन्। उनले रुसमा लागू गरेको कर प्रणाली निकै लोकप्रिय हँुदै वाहवाही कमाएका थियो। पुटिन त्यस्तै अवस्थामा पुगेका छन्, जुन उनी दोस्रो कार्यकालको अन्तिम समयमा थिए। तत्कालीन समयमा मेदभेदेभ उनको सहायकको रुपमा काम गरिरहेका थिए । 

संविधान परिर्वतनका लागि मतदान 
पुटिनले मेदभेदेभको स्थानमा मिखाइल मिशुस्तिनलाई प्रधानमन्त्री बनाएका छन्। यसलाई संसदले अनुमोदन गर्ने छ र नयाँ मन्त्रीमण्डल गठन हुनेछ। नयाँ संशोधनले संसदको अधिकार कति राख्ने भन्ने यकिन हुन सकेको छैन।
 बीबीसी रुसी सेवाका वरिष्ठ पत्रकार सर्गेई गोरिएस्को भन्छन् ‘सांसद त सबै उही हुनेछन्, त्यसमा कुनै परिर्वतन आउने देखिँदैन।’ उनका अनुसार पुटिन संविधानमा परिवर्तनका लागि मतदान गराउने छन्। यस्तो मतदान यसअघि १९९३ मा भएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

पुटिनको संविधान संशोधन प्रस्तावमा अर्को ठूलो परिर्वतन भनेको स्टेट काउन्सिललाई संविधानअनुसार सरकारी एजेन्सीका रुपमा मान्यता दिनु हो। यो एक सल्लाहकार परिषदको हैसियतमा हालसम्म छ। तर यसलाई थप सशक्त पार्दै उनी त्यसको अध्यक्षका रुपमा राजनीतिक भूमिकामा सक्रिय हुन सक्ने अनुमान पनि गरिएको छ। सल्लाहकार परिषद्मा ८५ क्षेत्रीय गर्भनर र राजनीतिक नेताहरु सदस्य रहने गर्छन्। 

२०१७ मा

स्टेट काउन्सिल सबैभन्दा ठूलो संरचना भएको निकाय हो। यसको वैठक हुँदा क्रेमलिनको सबैभन्दा ठूलो हलसमेत भरिन्छ। यसैलाई चलायमान र अधिकार सम्पन्न बनाएर उनी त्यसको शीर्ष नेता बन्ने र सरकार तथा राज्यलाई आफूअनुकूल चलाउने अनुमान गरिएको छ।  

पुटिन चौथो कार्यकाल समाप्त भएपछि पनि कुनै न कुनै रुपमा सत्ताको केन्द्रमै रहन चाहन्छन्। त्यसका लागि के गर्लान् र कसरी गर्लान् अहिलेको मूल प्रश्न यही हो। अनि, के स्पष्ट छ भने २०२४ पछि पुटिन राष्ट्रपति रहनेछैनन् तर सत्तामा चाहिँ रहिरहनेछन्।

पुटिनको चौथो सत्तारोहणकै समयमा उनीमाथि सत्तामोहको आरोप लागेको थियो।  उनको तुलना सोभियतकालीन शासक लेनोड ब्रेजनेभसँग गरिएको थियो। लेनोड तिनै शासक हुन्  जसले सन् १९८२ सम्म करिब १८ वर्ष शासन चलाएका थिए।

‘ब्रेजनेभसँग सत्ता र शक्तिको उतिसारो ज्ञान थिएन, न त उनीसँग देशको मुलभूत र तत्कालीन आवश्यकताबारे केही जानकारी नै,’ पराग्वेको इन्स्टिच्युट अफ इन्टरनेशनल रिलेसनका रिसर्च फेलो मार्क ग्यालिओट्टीले अलजजिरालाई भनेका छन्, ‘अहिले पनि हामी पुटिनमा त्यही कुरा दोहोरिएको देख्छौं। उनीसँग निकै कम योजना र शक्ति छ। उनी अरुलाई सजिलै अघि आउन दिँदैनन् र आफू पनि छाड्न सक्दैैनन्।’

सन् १९९९ मा तत्कालीन राष्ट्रपति बोरिस येल्तसिनसँग

सोभियतकालीन समयभन्दा अहिले रुसको अवस्था सुधारिएको भए पनि यसको विदेश नीति र कूटनीतिमा परिवर्तन देखिएको छैन। यसैले रुस खुम्चिने खतरा पनि बढ्दै गएको छ। सन् २००८ देखि २०१२ सम्म संविधानको मर्यादा राख्न प्रधानमन्त्री बनेका पुटिनले चौथो कार्यकाल सकिएपछि फेरि पनि त्यही क्रिया दोहो¥याउन संविधान संशोधनको प्रस्ताव लगेको अनुमान छ।

किन तोक्दैनन् पुटिन उत्तराधिकारी ?
अन्तर्राष्ट्रिय समुदायबाट एक्लिँदै गएको रुस र यसको सुस्त गतिको अर्थतन्त्रले पुटिनको अहिलेको कार्यकाल पनि त्यस समयका शासक लेनोड ब्रेजनेभको कार्यकालको झझल्को दिएको दाबी गरिएको छ। 

लेनोड ब्रेजनेभले आफ्नो अन्तिम साससम्म पनि आफ्नो उत्तराधिकारी को हुनेछन् भनेर टुंग्याएका थिएनन्। कारण थियो उनको सत्ता मोह र आकर्षण।

२०१५ मा

तर अहिले भने पुटिन स्वयंले नै उत्तराधिकारीबारे सन् २००० देखि नै सोच्न थालेको बताए पनि कहिल्यै सार्वजनिक गरेनन् । केही हदसम्म आफूलाई लेनोड ब्रेजनेभको तुलनामा फरक देखाएका पुटिनले सत्तामा टाँसिएर बस्नुले फेरि पनि शंकालाई प्रोत्साहन गरेको छ। संविधानले पाँचौ कार्यकालका लागि निर्वाचत हुन नदिने भएपछि कार्यकाल सकिने मुखैमा गरिएको संविधान संशोधनले पनि पुटिन र लेनोड एकै भएको टिप्पणी हुन थालेको छ। 

पुटिनलाई आफ्नो नाम र काम इतिहासका पानाबाट मेटिन्छन् वा हराउँछन् भन्ने डर सधैं रहेको भनि आलोचना प्रतिपक्षहरुले गर्दै आएका  छन्। 

‘क्रिमियालाई गाभेपछि भने उनले आफूलाई विश्वास गर्न थालेको आभास हुन थालेको छ,’ मस्कोमा रहेको रेडियो इकोका प्रमुख सम्पादक आलेक्सिई टिप्पणी गर्छन्, ‘तर उनले अहिले नै सत्ता भने छाड्ने छैनन्। उनको मिसन अझै पूरा भएको छैन। उनका योजनाको अन्त्य पनि भएको छैन र सबै पूरा हुन्छन् भन्नेमा कुनै ग्यारेन्टी छैन।’

जुडोका ब्याक बेल्ट जासुस 
जुडोमा ब्ल्याक बेल्ट भ्लादिमिर पुटिनसँग यो खेलका दुई खुबी छन् – छल र आक्रामकता। खेलकै प्रभाव हुन सक्छ, युक्रेनमा फौजी आक्रमणको निर्णय गर्दा होस् या सिरियामा सरकार विरोधीमाथि बमबारी गराउँदा  पुटिनका यी निर्णयले पर्यवेक्षकलाई पनि हैरान बनाएको थियो।

अहिले आएको सत्ता परिर्वतन र संविधान संशोधनलाई पनि यसैको हिस्साको रुपमा लिने गरिएको छ ।  

२०१६ मा जुडो खेलाडीको रुपमा

६५ वर्षीय पुटिनले रुसको शक्ति देखाउन न कहिले संयम अपनाए न त आफ्नो त्यो इच्छा लुकाए। वर्षौंसम्म अमेरिका र नेटो सहयोगी देशले रुसलाई कम आँक्दै आए। तर एउटा यस्तो समय आयो जब पुटिनका पुराना साथी येभगेनी प्रिगोन्जहिनलाई सन् २०१६ मा भएको अमेरिकाको राष्ट्रपति निर्वाचनमा हस्तक्षेप गरेको आरोप लाग्यो। 

भनिन्छ, पुटिनका कारण येभगेनीले राष्ट्रपति निर्वाचनमा ट्रम्पको पक्षमा प्रभाव पार्ने कोसिस गरेका थिए। यो हल्ला सामाजिक सञ्जालमा निकै चल्यो, यही कारण अमेरिकाले पुटिनका निकट अफिसरमाथि कैयौं प्रतिबन्ध  पनि लगायो। 
मार्च २०१४ पछि युक्रेनमा रुसी सेनाको हस्तक्षेपपछि युरोपेली युनियन र अमेरिकाले रुसका कैयौं अधिकारी र कम्पनीमाथि प्रतिबन्ध लगाए। यी प्रतिबन्धका कारण पुटिनका केही सहयोगीलाई पश्चिमी मुलुकको भ्रमणमा रोक लगाइयो जसले उनीहरुको व्यापारमा असर गर्‍यो।

अमेरिकी राष्ट्रपति ट्रम्पले सार्वजनिक रुपमै पुटिन मन पर्ने र उनीसँग अमेरिकाले सम्बन्ध सुधार गर्न चाहेको बताउँदै आएका छन्। 

कुटाई खाएपछि बदलाका लागि जुडो सिके 
पुटिनको बाल्यकाल यस्तो ठाउँमा बितेको थियो जहाँ स्थानीय युवाबीच कुटपिट हुनु सामान्य घटना मानिथ्यो । स्थानीय युवा पुटिनभन्दा शक्तिशाली थिए। जसका कारण पुटिनले  पटक–पटक उनीहरुबाट कुटाइ खाए। यसरी कुटाइ खान थालेपछि उनी जुडो सिक्न भर्ना भए। उनी सानैदेखि बदला लिने स्वभावका थिए। 

अक्टोबर २०१५ मा पुटिनले भनेका थिए, ‘५० वर्षअघि लेनिनग्राद सडकले मलाई एउटा नियम सिकाएको थियो, यदि लडाइँ हुने निश्चित छ भने मुक्का पहिला हान।’  उनी सधै यसैवाट प्रेरित भएर जुडो खेल्ने गर्थे र सधै विजयी हुने गर्दथे। उनको अर्को सोख घोडचढीमा पनि थियो । 

सन् १९५२ अक्टोबर ७ मा लेनिनग्राद (सेन्ट पिटसबर्ग) मा पुटिनको जन्म भएको थियो। उनले कानुन पढेका छन्। पढाइपछि उनी सुरक्षा एजेन्सी केजीबीमा जोडिए। पुटिन साम्यवादी पूर्वी जर्मनमा जासुस पनि थिए। 

एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति: शनिबार, माघ ४, २०७६  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
इटलीका विद्यालयमा बुर्का–नकाब प्रतिबन्धको तयारी, मेलोनी सरकारले ल्याउँदै नयाँ प्रस्ताव मेलोनीका अनुसार विद्यालयमा विद्यार्थीको अनुहार स्पष्ट देखिनुपर्नेछ। कुनै पनि व्यक्तिलाई परम्परा वा संस्कृतिको नाममा अनुहार ढाक्न दबा... सोमबार, असोज ५, २०८३
रुसमाथि युक्रेनको एक हजारभन्दा बढी ड्रोन हमला, मस्कोमा ठूलो क्षति रुसमा संसदीय निर्वाचनको अन्तिम दिन चलिरहेका बेला युक्रेनले रातभर एक हजारभन्दा बढी ड्रोन प्रहार गरेको रुसी अधिकारीहरूले बताएका छन्। सोमबार, असोज ५, २०८३
ढाकामा लगातार बम विस्फोट र सार्वजनिक यातायातमा आगजनी बंगलादेशको राजधानी ढाकामा लगातार दोस्रो दिन पनि बम विस्फोट र सार्वजनिक यातायातका साधनमा आगजनीका घटना भएका छन्। शनिबार मात्रै जत्राबा... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्