• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ
नयाँ बजेटमा समावेश गर्ने कार्यक्रम फागुन १५ भित्र आयोजना बैंकमा राख्न आयोगको पत्र
64x64
नेपाल लाइभ बुधबार, माघ १, २०७६  ०९:४७
1140x725

काठमाडौं- राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा समावेश गर्नुपर्ने नयाँ तथा चालु अवस्थाका सम्पूर्ण आयोजनाको विवरण आयोजना बैंकमा प्रविष्ट गर्न मन्त्रालयहरुलाई पत्राचार गरेको छ। योजना आयोगले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी ऐनको व्यवस्थाअनुसार नयाँ तथा चालु कार्यक्रमको विवरण प्रविष्ट गराउन सम्पूर्ण मन्त्रालयहरुलाई भनेको हो।

ऐनमा आयोजना बैंकमा समावेश भएका आयोजनामा मात्रै बजेट राख्न पाउने व्यवस्था गरिएको छ। ऐनमा यो व्यवस्था समावेश भएसँगै सरकारले अबदेखि हचुवाका भरमा माग भइ आउने आयोजनामा रकम दिन सक्ने छैन। ऐनको दफा ९ को उपदफा २ (च)मा आयोजना बैंकमा समावेश भएका आयोजनाको मात्रै बजेट प्रस्ताव र छलफल गर्न सकिने उल्लेख छ।

आयोजना बैंकको प्रणाली गत वर्षदेखि नै राष्ट्रिय योजना आयोगले सञ्चालन गरिरहेको छ। यो वर्ष यो प्रणालीलाई अझ स्तरोन्नति गरी सुदृढ बनाउने तयारी गरिएको छ। सम्पूर्ण निकायहरुले आफूले कार्यान्वयन गर्ने आयोजना आयोगले तोकेको ढाँचामा विवरणसहित प्रविष्ट गराउनुपर्नेछ। योजना आयोगको संयोजकत्वमा रहने स्रोत अनुमान समितिले आयोजना बैंकमा समावेश भएका आयोजनालाई मात्रै आगामी आर्थिक वर्षको बजेट तयारी र छलफलका लागि समावेश गर्नेछ। 

ऐनको दफा १७ मा संघ, प्रदेश तथा स्थानीय तहमा नेपाल सरकारले सञ्चालन गर्ने आयोजनाको वर्गीकरण योजना आयोगको सिफारिसमा नेपाल सरकारले गर्ने उल्लेख छ। 'आयोजना बैंकमा उल्लेख भएका आयोजनामात्रै अबको बजेटमा समावेश हुनेछन् भन्ने कानुनी व्यवस्था रहेको सबैलाई विदितै छ, त्यसैअनुसार आयोगले मन्त्रालयहरुसँग चालु तथा नयाँ आयोजनाको विवरण मागेको हो,' राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्टले भने। 

मन्त्रालयहरुले आयोजना बैंकमा आयोजनाको विवरण प्रविष्ट गर्दा चालु अवस्थाका आयोजना भए त्यसको अहिलेसम्मको उपलब्धि, खर्च भएको बजेट र सिर्जित दायित्व तथा सम्पन्न गर्नुपर्ने काम र त्यसको समयावधि उल्लेख गर्नुपर्नेछ। यसैगरी नयाँ आयोजनाको हकमा भएका पूर्वतयारी, विस्तृत परियोजना प्रतिवेदन तथा अन्य अध्ययन प्रतिवेदनसमेत समावेश गर्नुपर्नेछ। 

Ncell 2
Ncell 2

'आयोजना बैंकमा समावेश भएका आयोजनाहरु कुन अवस्थामा छन्, उनीहरुको लागत कति पर्न सक्छ, चालु अवस्थाका भए कति रकम दायित्व सिर्जना भएको छ र के उपलब्धि प्राप्त भएको छ? भन्ने थाहा हुन्छ,' भट्टले भने, 'यसले बजेटलाई अझ बढी यथार्थपरक बनाउँछ र स्रोतको सही बाँडफाँटमा पनि सहयोग गर्नेछ।' 

आयोजना बैंक नहुँदा कति कार्यक्रम सञ्चालन भइरहेको छ, त्यसबाट कति उपलब्धि प्राप्त भएको छ र सरकारले भुक्तानी गर्नुपर्ने दायित्व कति छ भन्ने यकिन विवरणसमेत कसैसँग छैन। मन्त्री एवं शक्तिशाली नेताको दबाबमा सुरु भएका आयोजना अधुरो रहने, वर्षैपिच्छे प्राथमिकता परिवर्तन हुने र त्यसबाट सरकारको स्रोत साधनको मात्रै खर्च भइरहने अवस्था दोहोरिएकाले आयोगले आयोजना बैंकको अवधारणा अघि बढाएको थियो। हालै बनेको नयाँ कानुनले यसलाई संस्थागत गरेसँगै बजेट निर्माण र आयोजना छनोट, प्राथमिकीकरण एवं स्रोत बाँडफाँटमा पनि आयोगको भूमिका अझै प्रभावकारी देखिएको हो। 

योजना आयोगको पत्रसँगै मन्त्रालयहरुले पनि आफूले कार्यानवयन गर्ने नयाँ कार्यक्रम एवं कार्यान्वयन गरिरहेका सम्पूर्ण कार्यक्रमहरुको विवरण संकलनको काम थालेका छन्। 'आयोजना बैंकमा समावेश गर्न हामीले अब नयाँ सुरु गर्ने र अहिले भइरहेका आयोजनाको विवरण संकलन सुरु गरेका छौँ,' सहरी विकास सचिव मधुसूदन अधिकारीले भने, 'आयोजनाको सम्पूर्ण विवरण संकलन गरेर प्रवृष्ट गर्नुपर्ने भएकाले केही समय लाग्न सक्छ।' 

आयोगले फागुन १५ सम्म अर्थात् डेढ महिना समय दिएर विवरण प्रविष्ट गराउन भनेको छ। यो अवधिमा आयोजना बैंकमा आयोजना प्रविष्ट नभए मध्यकालीन खर्च संरचना र आउँदो वर्षको वार्षिक बजेटमा आयोजना समावेश नहुने पत्रमा उल्लेख छ। 

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको दफा १० को उपदफा १ (ख)मा भनिएको छ, 'नयाँ योजना तथा कार्यक्रमको लागि बजेट प्रस्ताव गर्दा पूँजीगत प्रकृतिको भए स्वीकृति संभाव्यता अध्ययन प्रतिवेदनको आधारमा आगामी वर्ष खर्च हुन सक्ने रकमको प्राविधिक तथा आर्थिक पुष्ट्याइँसहित प्रस्ताव गर्नुपर्ने।' 

यसैगरी संभाव्यता अध्ययन भइ स्वीकृत भइसकेका तथा क्रमागतरुपमा कार्यान्वयनमा रहेका आयोजनाको हकमा क्रमागत आयोजना स्वीकृतिको प्रमाण, खरिद गुरुयोजना तथा वार्षिक खरिद योजना वा सम्झौताअनुरुप आगामी वर्षको कार्ययोजना र प्रतिफल प्रातिका लागि आवश्यक पर्ने रकमो प्रस्ताव गर्नुपर्ने पनि ऐनमा उल्लेख छ। यसले बजेट कार्यान्वयनलाई परिणामुखी बनाउने आयोगको विश्वास छ।

प्रकाशित मिति: बुधबार, माघ १, २०७६  ०९:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु
बर्खा लाग्यो अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छ : अध्यक्ष लिङ्देन
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु शनिबार, जेठ २४, २०८२
बर्खा लाग्यो अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छ : अध्यक्ष लिङ्देन शनिबार, जेठ २४, २०८२
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान शनिबार, जेठ २४, २०८२
जेठ ३० गतेदेखि दलित गोलमेच सम्मेलन हुने शनिबार, जेठ २४, २०८२
पैसा नभएकै कारण अस्पतालमा पुगेर उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छ : प्रधानमन्त्री शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
संसद्को अवरोधबारे छलफल गर्न विपक्षी दलहरूको बैठक जारी शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्