• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ
लगानी सम्मेलन : सोकेसका ७२ प्रतिशत आयोजनामा विदेशी लगानी भित्रने सम्भावना न्यून नयाँ १५ मा लगानीकर्ताको चासो
64x64
नेपाल लाइभ आइतबार, पुस २०, २०७६  १६:३२
1140x725

काठमाडौं- गत चैत १५ र १६ गते सरकारले लगानी सम्मेलनको आयोजना गर्‍यो। लगानी सम्मेलनमा सरकारका तर्फबाट ५० र निजी क्षेत्रबाट २७ वटा आयोजना प्रस्तुत भए।

सरकारी क्षेत्रबाट ‘सोकेस’मा राखिएका ५० आयोजनामध्ये लगानी बोर्डको कार्यालयले करिब ११ खर्ब ८८ अर्ब रुपैयाँ बराबरका १४ आयोजनाको पूर्वयोग्यता मूल्यांकन सम्पन्न गरेको जानकारी दिएको छ। यसका साथै योग्य लगानीकर्ताको संक्षिप्त सूचीसमेत तयार पारिसकेको बोर्डको कार्यालयले उल्लेख गरेको छ। बोर्डले सोकेसमा राखिएका र लगानीकर्ताले चासोसमेत देखाएका १६ आयोजनामा परेको आवेदन अस्वीकृत गरेको छ भने २० वटा आयोजनामा लगानी गर्नका लागि कुनै पनि विदेशी लगानीकर्ताले चासो देखाएका छैनन्। यसरी हेर्दा सोकेसका ७२ प्रतिशत आयोजनामा विदेशी लगानी भित्रने संभावना कम देखिएको हो।

लगानी सम्मेलनमा कृषि, पूर्वाधार, स्वास्थ्य तथा शिक्षा पूर्वाधार, ऊर्जा पूर्वाधार, उद्योग पूर्वाधार, यातायात पूर्वाधार तथा सहरी पूर्वाधारसँग सम्बन्धित आयोजना प्रस्तुत गरिएका थिए। लगानीकर्ताको चासो भने जलविद्युत र सडक पूर्वाधार तथा कृषि क्षेत्रमा बढी देखिएको छ। 

लगानी बोर्डले हालसम्म पूर्वयोग्यता मूल्यांकन सम्पन्न गरिसकेका आयोजनामध्ये ५ वटा जलविद्युत आयोजना छन् भने सडक पूर्वाधार आयोजना एउटा र विमानस्थल एक/एक वटा छन्। हरेक प्रदेशमा एउटा एउटा एकीकृत कृषि पूर्वाधार निर्माण गर्न मागिएको प्रस्तावमा पनि आवेदन परेको छ भने आवेदन हाल्ने कम्पनीको पूर्वयोग्यता मूल्यांकन भइसकेको छ। 

वैदेशिक लगानी प्रस्ताव नआएका आयोजना 
सरकारले क्षेत्रगत रुपमा विभिन्न आयोजना छुट्याएर वैदेशिक लगानीका लागि आह्वान गरेको थियो। कृषि क्षेत्रका आयोजनामध्ये कृषि पूर्वाधार आयोजनामा लगानीको प्रस्ताव आए पनि ७ अर्ब १५ करोड लागत अनुमान गरेर लगानी भित्र्याउन प्रस्ताव गरिएको रासानिक मल कारखाना निर्माणका लागि कुनै पनि विदेशी कम्पनीले चासो देखाएका छैनन्। 

पर्यटन क्षेत्रतर्फ प्रस्ताव गरिएका ९ वटा आयोजनामध्ये कुनै पनि आयोजनामा विदेशी लगानी भित्र्याउन प्रकृया अघि बढ्न सकेको छैन। २ अर्ब ७५ करोड लागत अनुमान गरिएको दोलखा फिल्म सिटी, ४ अर्ब २९ करोड लागत अनुमान गरिएको लुम्बिनी स्मार्टसिटी, ११ अर्ब लागत अनुमान गरिएको शे–फोक्सुन्डो रिसोर्ट र ६ अर्ब ५५ करोड रुपैयाँ लागत अनुमान गरिएको दमौली पर्यटन आयोजनामा विदेशी लगानी भित्रने संकेत देखिँदैन। त्यस्तै, २ अर्ब २० करोड लागत अनुमान गरिएको जानकी क्षेत्र विशेष आयोजना, ४ अर्ब ५१ करोड लागत अनुमान गरिएको तलतलैया पर्यटन, ११ अर्ब रुपैयाँ लागत अनुमान गरिएको स्की रिसोर्ट मनाङ, २८ अर्ब ३८ करोड रुपैयाँ लागत अनुमान गरिएको धनगढी विमानस्थल, र ४० अर्ब ४ करोड लागत सहित वैदेशिक लगानीका लागि प्रस्ताव गरिएको विराटनगर विमानस्थलमा पनि विदेशी लगानीकर्ताको चासो देखिएको छैन। 

सोकेसमा राखिएका यातायात क्षेत्रका आयोजना। 

जलजिद्युत् क्षेत्रका ५ आयोजनामा विदेशी लगानीकर्ताको चासो देखिएको छ। तर १ खर्ब ४ अर्ब लागत अनुमान गरिएको नलगाढ जलविद्युत आयोजनामा भने लगानीकर्ता आकर्षित हुन नसके पछि लगानी बोर्डले कुनै पनि प्रकृया अगाडि बढाउन सकेको छैन। 

त्यसैगरी, उद्योग क्षेत्रमा ४ अर्ब ९३ करोड लागत अनुमान गरिएको सिमरा औद्योगिक क्षेत्र, ८ अर्ब ८२ करोड रुपैयाँ लागत अनुमान गरिएको मोतिपुर औधोगिक क्षेत्र र ८ अर्ब ५३ करोड रुपैयाँ बराबर लागत अनुमान गरिएको नौबस्ता औद्योगिक क्षेत्रमा पनि विदेशी लगानीकर्ता आकर्षित हुन सकेनन्। 

Ncell 2
Ncell 2

पूर्वाधार क्षेत्रमा निजगढ विमानस्थलमा बाहेक कुनै पनि आयोजनामा विदेशी लगानी भित्र्याउने प्रकृया अगाडि बढ्न सकेको छैन। सम्मेलन केन्द्र भक्तपुर (१ अर्ब ७६ करोड), धुलिखेल ड्रिमरल्यान्ड (४ अर्ब ७३ करोड), पूर्व–पश्चिम विद्युतीय रेल (३ अर्ब ३० करोड), काठमाडौं पोखरा लुम्बिनी रेल (३ खर्ब ६९ अर्ब) र काठमाडौ मेट्रोरेल (३ खर्ब ३० अर्ब) आयोजना विदेशी लगानी भित्रिने छाँटकाँट देखिँदैन। 

त्यस्तै फोहोरमैला व्यवस्थापनका ८ वटा आयोजनामा लगानी सम्मेलनमा राखिएका थिए। ९५ करोड ५० लाख लागत अनुमान गरिएको बुटवल फोहोर व्यस्थापन, ७० करोड ४० लाख लागत अनुमान गरिएको जनकपुर फोहोर व्यवस्थापन, ५० करोड ५० लाख लागत अनुमान गरिएको रत्ननगर फोहोरमैला व्यवस्थापन र ४७ करोड ३० लाख लागत अनुमान गरिएको धुलिखेल फोहोरमैला व्यवस्थापन आयोजनामा विदेशी लगानी भित्र्याउने प्रकृया शुरु भइसकेको छैन। यी आयोजनामा विदेशी लगानीकर्ताले लगानी गर्न खोजेको देखिँदैन। 

त्यस्तै, ९१ करोड ३० लाख लागत अनुमान गरिएको जीतपुर फोहोर व्वस्थापन, १ अर्ब ९० करोड लागत अनुमान गरिएको रामग्राम तिलौराकोट बस र्‍यापिड, ३ अर्ब ३१ करोड लागत अनुमान गरिएको सुरदूरपश्चिम परिवहन र ३ अर्ब ३० करोड लागत अनुमान गरिएको हेटौडा स्मार्टसिटी आयोजनामा विदेशी लगानी भित्रिने सम्भावना न्युन देखिन्छ। 

शिक्षा क्षेत्रमा गण्डकी प्राविधिक विश्वविद्यालय, शिक्षा, खेलकुद स्वास्थ्य शहर, रोलवालिङ सहासिक शिक्षालय, र धुलिखेल मेडिटिसीका लागि पनि विदेशी लगानी भित्राउन तत्काल कुनै प्रकृया शुरु भइसकेको छैन।

कुन आयोजनामा बढी प्रगति?
पूर्वयोग्यता मूल्यांकन सम्पन्न भएका आयोजनामध्ये ७ सय ५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत आयोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि कम्पनीसमेत छनौट भइसकेको छ। त्यस्तै १० अर्ब ५४ करोड रुपैयाँ अनुमानित लागत भएको भेइकल म्यानुफ्याक्चरिङ तथा एसेम्ब्लिङ्ग प्लान्ट आयोजनाका लागि कोरियाली कम्पनी मोटेक्ससँग लगानी सम्झौतामा प्रारम्भिक हस्ताक्षर भइसकेको छ।

प्रदेश १ को दमकमा करिब ६४ अर्ब ६१ करोड रुपैयाँ लागत रहेको नेपाल–चीन मैत्री पार्क निर्माणका लागि समेत समझदारी भइसकेको छ। त्यस्तै, विराटनगर, वीरगंज र भैरहवामा निर्माण हुने करिब १३ अर्ब रुपैयाँ कल लागतको मल्टीमोडल लजिस्टिक पार्कको विस्तृत सम्भाव्यता अध्ययनका लागि २ छुट्टाछुट्टै कम्पनीसँग समझदारी पत्रमा हस्ताक्षर भएको लगानी बोर्डको कार्यालयले जनाएको छ। 

सोकेसबाहिरका १५ आयोजनामा लगानीकर्ताको चासो 
लगानी सम्मेलनमा सरकारी र निजी क्षेत्रबाट ६ दर्जनभन्दा बढी आयोजना ‘प्रोजेक्ट बैंक’का रुपमा सोकेसमा राखिएको थियो। तर सोकेसका आयोजनाबाहिरका आयोजनामा पनि वैदेशिक लगानीका लागि प्रस्ताव आएको लगानी बोर्डको कार्यालयले जनाएको छ। 

झापाको दमकमा बनाउने भनी प्रस्ताव गरिएको नेपाल–चीन मैत्री औद्योगिक पार्क, विश्व बुद्धिजम प्रदर्शनी पार्क आयोजना, धनुषा जिल्लाको कुर्थामा रेलवे लिंक्ड प्राइभेट फ्राइट टर्मिनल, वीरजंग र भैरहवामा कार्गो टर्मिनल भवन, र मोट्रेक्स भेइकल एसेम्ब्लिङ आयोजनाका लागि वैदेशिक लगानी भित्र्याउने प्रस्ताव आएको र ती प्रस्ताव अध्ययनको विभिन्न चरणमा रहेको लगानी बोर्डको कार्यालयले जनाएको छ। 

त्यस्तै कुटुमसाँघु–सूर्यकुण्ड केबलकार आयोजना, गोसाइँकुण्ड तीर्थ केबलकार आयोजना, काठमाडौं स्काइ ट्रेन प्रोजेक्ट, ५ सय ५० मेगावाट उत्पादन क्षमताको नेपाल सोलार, डोल्मा फन्ड म्यानेजमेन्ट सोलार, बिराटनगर महानगरपालिकामा ठोस फोहोर व्यवस्थापन आयोजनाका लागि पनि विदेशी कम्पनीले लगानी भित्र्याउन चाहिरहेका छन्। मेलम्ची, खोकना र भरतपुरमा पानी प्रशोधन केन्द्र स्थापना गर्ने प्रस्तावसहितको वैदेशिक लगानी पनि भित्रन चाहेको छ। त्यसैगरी, उच्च प्रविधियुक्त औद्योगिक पार्क तथा व्यवसायिक कम्प्लेक्स निर्माणसम्बन्धी आयोजना रअण्डरग्राउण्ड केबलिङका लागि विभिन्न देशका लगानीकर्ताले चाँसो देखाएको लगानी बोर्डले जनाएको छ।

प्रकाशित मिति: आइतबार, पुस २०, २०७६  १६:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सामान्य अंकले घट्यो सुन, कतिमा हुँदैछ कारोवार ?
बेगनास तालमा एकजना बेपत्ताको, खोजीकार्य जारी
विश्व वातावरण दिवसका अवसरमा प्लाष्टिक फोहोर संकलन गर्दै हाइकिङ
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सामान्य अंकले घट्यो सुन, कतिमा हुँदैछ कारोवार ? सोमबार, जेठ २६, २०८२
बेगनास तालमा एकजना बेपत्ताको, खोजीकार्य जारी सोमबार, जेठ २६, २०८२
विश्व वातावरण दिवसका अवसरमा प्लाष्टिक फोहोर संकलन गर्दै हाइकिङ सोमबार, जेठ २६, २०८२
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची सोमबार, जेठ २६, २०८२
५३ लाखकाे लागतमा विद्यालयको पक्की भवन निर्माण सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तन शल्यक्रिया आइतबार, जेठ २५, २०८२
अशान्त भारतीय राज्य मणिपुरमा ताजा हिंसापछि कर्फ्यू आदेश आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्