• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

धुमपानका कारण आँखामा देखिने असर

64x64
नेपाल लाइभ बुधबार, पुस १६, २०७६  ०७:००
1140x725

काठमाडौं- धूमपानले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने कुरा धेरैलाई जानकारी छ। यसले क्यान्सर, श्वासप्रश्वासको समस्या, मुटुरोग, पाचन प्रणालीमा समस्या जस्ता दीर्घकालीन रोग निम्त्याउनुका साथै यौन तथा प्रजनन स्वास्थ्यमा पनि नकारात्मक असर गर्छ।

अमेरिकामा गरिएको अनुसन्धानलाई आधार मानेर हेर्दा धूमपान नगर्ने मनिसको भन्दा धूमपान गर्ने मनिसको मृत्युदर तीन गुणा धेरै रहेको पाइएको छ। धूमपान गर्दा धुँवाको माध्यमबाट शरीरमा प्रवेश गर्ने टार, निकोटिन, एसिटोन, कार्बोनमोनोओक्साइड जस्ता पदार्थले चुरोटको लत बसाल्नुका साथै स्वास्थ्यमा हानि पुर्याडउन ठूलो भूमिका खेलेका हुन्छन्।

एक पटक धूमपान गर्दा लगभग ४ हजार हानिकारक तत्व शरीरमा प्रवेश गर्छन् र यीमध्ये मात्र ५० तत्व क्यान्सर रोग लगाउन र मृत्युको मुखमा पुर्याोउन पर्याप्त छन्।

धूमपानले शरीरका अन्य अंगमा जस्तै आँखामा पनि असर गर्छ। यस लेखमा धूमपानले आँखामा गर्ने असरका बारेमा सारांशमा जानकारी गराइन्छ।

धूमपानले आँखाको स्वास्थ्य तथा दृष्टिनमा गम्भीर असर गरी न्यून दृष्टिनदेखि अन्धोपनसम्म बनाउन सक्छ।

धूमपानले आँखामा गर्ने असर

आँखा सुक्खा हुनु

धूमपान नगर्नेभन्दा गर्ने मनिसमा आँखा सुक्खा हुने समस्या लगभग दुई गुणा बढी पाइएको छ। आँखा सुक्खा हुँदा चिलाउने, बिझाउने, पोलेको जस्तो महसुस हुनेजस्ता लक्षण देखा पर्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

चुरोटजन्य पदार्थको सेवनले आँखामा आसुँको मात्रा कम गराउने हुँदा विशेषगरी आँखामा कन्ट्याक्ट लेन्स प्रयोग गर्ने मनिसलाई धूमपान नगर्न सुझाव दिइन्छ। धूमपान गर्दा आँखाको सम्पर्कमा आउने धुँवा र यसमा हुने हानिकारक केमिकलले आसुँको तहलाई बिगार्ने हुँदा पनि सुक्खा आँखाको लक्षण बढेर जान्छ।

मोतिबिन्दु
मोतिबिन्दु उमेर बढेसगै आँखाको लेन्समा आउने परिवर्तन हो, जसले लेन्सको पारदर्शीता घटाउने गर्छ। मोतिबिन्दु भएमा दृष्टि  र देख्ने क्षमतामा कमी आउँछ। सामान्य रुपमा मोतिबिन्दु ५० वर्षको उमेरपछि देखिने समस्या हो तर धूमपान गर्ने वा सुर्तीजन्य पदार्थ सेवन गर्ने मानिसमा मोतिबिन्दु सामान्य उमेरभन्दा दुई गुणा छिटो देखिने गरेको पाइएको छ।

धूमपानभन्दा पनि सूर्ती सेवन गर्ने मनिसमा मोतिबिन्दु अझ छिटो देखिने गरेको पाइएको छ। अनुसन्धानको क्रममा धूमपान गर्ने र सूर्ती सेवन गर्ने मनिसको रगतमा क्याडमियम नामक तत्वको मात्रा धूमपान नगर्ने मानिसको भन्दा २-३ गुणा  बढेको पाइयो जसको कारणले मोतिबिन्दु छिटो पलाउने हुन्छ।

एआरएमडी  
एआरएमडीको पूरा रुप एज रिलेटेड म्याकुलर डिजेनेरेसन हो। वृद्ध अवस्थामा देखिने यो समस्या लगभग ७० वर्ष नाघेपछि देखिन्छ। यो रोगले आँखाको पर्दा अर्थात् रेटिनाको मुख्य भाग जसको मद्दतले देख्ने गरिन्छ, त्यो भाग अर्थात् म्याकुलामा अपरिवर्तनीय क्षति पुर्या उँछ। जसले गर्दा मनिसको दृष्टि बिस्तारै घट्दै जाने र अन्त्यमा न्यूनदृष्टि देखि आन्धोपनसम्म हुने गर्छ।

Xtrem

Xtrem

यो रोग लाग्नुमा धेरै कुराको भूमिका रहेको हुन्छ। जसमध्ये अत्याधिक धूमपान र वंशानुगत (आनुवंशिक) कारण मुख्य हुन्। अनुसन्धानका क्रममा धूमपान गर्ने मानिसमा यो रोग धूमपान नगर्ने मानिसभन्दा करिब ४ गुणा बढी देखियो। यसका साथै यो समस्या धूमपान गर्ने महिलामा अझ ५-६ गुणा धेरै देखियो। विज्ञहरुको सुझावअनुसार बेलैमा धूमपान त्याग्नाले बुढेसकालमा यो समस्याबाट बच्न सकिन्छ। धूमपानले शरीरमा हुने एन्टि-ओक्सिडेन्टको मात्रा कम गराउँछ, जसका कारणले यो समस्या धूमपान गर्ने मानिसमा छिटो र धेरै देखिने हुन्छ।

सुगर र थाइरोइडले आँखामा गर्ने असर र धूमपान
लामो समयसम्म चिनीरोग भएका वा रगतमा चिनीको मात्रा नियन्त्रणमा नहुने मनिसमा आँखाको अगाडिको भाग नानीदेखि पछाडि पर्दा अर्थात् रेटिनासम्म गम्भीर असर देखिने गर्छ, जसले मानिसको आँखामा अपरिवर्तनीय क्षति पुर्याउँछ र यी व्यक्तिहरुले धूमपान गरेमा यस्ता समस्या आउने सम्भावना दोब्बर हुन्छ।

यससँगै थाइरोइडले आँखामा गर्ने असरलाई पनि धूमपानले करिब २-८ गुणा बढाइदिने गर्छ। त्यसैले चिनीरोग र थाइरोइड हुने व्यक्तिले सक्दो छिटो धूमपान त्याग्नु राम्रो हुन्छ र दृष्टििमा आउने अकल्पनीय क्षतिबाट बच्न सकिन्छ।

गर्भवती महिला वा स्तनपान गराउने महिलामा देखिने असर
गर्भवती महिला वा स्तनपान गराउने महिलाले कहिले पनि धूमपान गर्नु हुँदैन र धूमपान गरेको ठाउँ वरपर पनि बस्नु हुँदैन। गर्भवती महिलाले धूमपान गर्नाले आमा तथा बच्चा अर्थात् भ्रुण दुवैको स्वास्थ्यमा प्रतिकूल असर पर्न जान्छ। गर्भवती हुँदा धूमपान गर्नाले कम तौल भएको बच्चा जन्मिने, बच्चा समय नपुगी जन्मिने, पूरा मानसिक र शारीरिक विकास नभएको बच्चा जन्मिनेजस्ता समस्या आइपर्छन्। यसरी जन्मेका बच्चाको आँखामा धेरै खालका समस्या देखापर्छन्।

आँखामा देखिने समस्यामध्ये आँखाको पर्दाको समस्या मुख्य हो जसलाई आरओपीको नामले चिनिन्छ। यसका अलावा आँखामा धेरै पावर हुनु, आँखाको नशाको उचित विकास नहुनु, आँखा अल्छी हुने जस्ता समस्या देखापर्छन्। अनुसन्धानको क्रममा यस प्रकारले जन्मेका बच्चामा आँखा छड्के हुने सम्भावना ६-७ गुणा बढी रहेको पाइएको छ।

अन्त्यमा, धूमपान नगर्ने मानिसभन्दा धूमपान गर्ने मानिस दृष्टिविहीन हुने सम्भावना ४ गुणा बढी हुन्छ। त्यसैले सकेसम्म छिटो धूमपान त्याग्नुहोस्, आफ्नो शरीरसँगै आँखा पनि बचाउनुहोस्।

प्रकाशित मिति: बुधबार, पुस १६, २०७६  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रहरी पोसाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक आज बस्दै
कांग्रेसको बन्दसत्र अपराह्न ४ बजे सुरु हुने
बिर्तामोडमा भीषण आगलागी, पाँच घर जलेर नष्ट
सम्बन्धित सामग्री
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार सम्भव छ : डा. झा नेपालमा क्यान्सरको जोखिम न्यूनीकरणका लागि नियमित स्वास्थ्य परीक्षण तथा क्यान्सर स्क्रिनिङलाई प्राथमिकता दिनुपर्ने काठमाडौं क्यान्सर... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
प्रहरी पोसाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक आज बस्दै बुधबार, असोज २१, २०८३
कांग्रेसको बन्दसत्र अपराह्न ४ बजे सुरु हुने बुधबार, असोज २१, २०८३
बिर्तामोडमा भीषण आगलागी, पाँच घर जलेर नष्ट बुधबार, असोज २१, २०८३
क्रिकेटको नयाँ गन्तव्य बन्दै जुम्ला, २४ सय मिटर उचाइमा पहिलो ‘हाई अल्टिच्युड’ प्रतियोगिता बुधबार, असोज २१, २०८३
नेपाली सेनाले डीडीसीबाट दैनिक १० हजार लिटर दूध किन्ने बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्