• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख २१, २०८३ Mon, May 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

मोफसलका ‘भद्रगोल’ गोल्डकप

२५ वटा फुटबल प्रतियोगिता २ महिनामै सकाउनु पर्ने एन्फाको समयसीमा
64x64
सराेज तामाङ शुक्रबार, पुस ११, २०७६  १९:०६
1140x725

काठमाडौं-  २ महिनामा २५ वटा फुटबल प्रतियोगिता। सुन्दा पनि अचम्म लाग्छ। तर वास्तविकता यही हो। यस्ता प्रतियोगिताले नेपाली फुटबललाई धानेका त छन्, तर यिनलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले व्यवस्थित बनाउन नसक्दा ‘भद्रगोल’ हुने गरेका छन्। 

पोखराको आहा रारा, इलामको माइभ्याली, सुनसरीको बुढासुब्बा, बुटवलको तिलोत्तमा गोल्डकप र पछिल्लो समयमा आएका बाराको सिमरा गोल्डकप, झापा गोल्डकप, धनगढीको खप्तड गोल्डकप जस्ता प्रतियोगिताले नेपाली फुटबल धानेको थियो र छ पनि। अझ सहिद स्मारक ए डिभिजन लिगलाई व्यवस्थित र व्यवसायिक नबनाइञ्जेल नेपाली फुटबल यस्ता ‘गोल्डकप’ मै भर पर्नुपर्ने निश्चित छ।

तर यिनै गोल्डकपलाई पनि अखिल नेपाल फुटबल संघ (एन्फा) ले व्यवस्थित र स्तरीय बनाउन सकेन। केही दिनअघि मात्रै एन्फाले सार्वजनिक गरेको मोफसलका प्रतियोगितामा २५ वटा गोल्डकप समावेश छ। तर यी प्रतियोगिता २ महिनामै सकाउनु पर्ने गरी एन्फाले मिति पनि सार्वजनिक गरेको छ।

मोफसलमा धेरैभन्दा धेरै प्रतियोगिता हुनु नेपाली फुटबलकै लागि राम्रो हो। तर एन्फाले सार्वजनिक गरेको २५ गोल्डकपको सन्दर्भमा भने दुःखी हुनु की खुसी?

एन्फाका प्रतियोगिता संयोजक विजय घले भने प्रतियोगिता जुधाएर गर्दा नै सबै क्लबलाई फाइदा पुग्ने तर्क गर्छन्।

‘हामीले प्रतियोगिताको मिति जुधाएरै निकालेको हो। ५–६ वटा क्लबलाई मात्रै प्रतियोगिता खेल्न बोलाउने भयो। अरु टिमको सहभागिता रहेन,’ उनी थप्छन्, ‘प्रतियोगिता जुधाएर मिति तोक्दा ए डिभिजनका सबै क्लबले खेल्न पाउने भए। पहिलेको जस्तो मनाङ, थ्रीस्टार, आर्मीमात्रै भन्ने भएन।’

मोफसल प्रतियोगिताका बारेमा एन्फाले दिएको जवाफले नै यस विषयमा कति गम्भीर छ भनेर प्रस्टै देखिन्छ।

स्वार्थमा छोपिएको हो फुटबलको नयाँ युग?

nimb
nimb
Ncell 2
Ncell 2

कर्माछिरिङ शेर्पा नेतृत्वले फुटबल परिवर्तनको नारा लिएर अखिल नेपाल फुटबल संघ (एन्फा) को बागडोर सम्हालेको पनि २ वर्ष पूरा हुन लाग्यो। ग्रासरुटदेखि नै विकास गर्दै नेपाली फुटबलमा नयाँ युगको सुरुवात गर्ने दाबी गरेका कर्माछिरिङ नेतृत्वले यतिबेला भने ‘छेपारो’ले जसरी रुप फेरेका छन्।

चुनावी मैदानमा उत्रिँदा उनले फुटबलमा देखाएका सपना ओझेलमा परेको छ। लामो समयसम्म एन्फाका निलम्बित पूर्वअध्यक्ष गणेश थापाविरुद्ध पारदर्शिताको कुरा उठाउँदै आएका परिर्वतन पक्षप्रति विस्तारै आक्रोस पोख्नेको जमात पनि बढ्दो छ।

लिग र गोल्डकपलाई व्यवस्थित गर्न एन्फा अझै पनि चुकिरहेको छ। उचित मापदण्ड विना नै धेरै गोल्डकप आयोजना गर्न अनुमति दिनु र भद्रगोल खेल तालिका सार्वजनिक गर्नु एन्फाको अर्को अपरिपक्क निर्णय हो।

काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाही भन्छन्, ‘मेसिनलाई त विश्राम चाहिन्छ, भने खेलाडीलाई विश्राम चाहिदैन? २ महिनामा २५ वटा प्रतियोगिता कसरी खेल्ने?’

छैनन् स्तरीय गोल्डकप

मोफसलमा हुने गोल्डकप फुटबलबारे एन्फासँग प्रष्ट नीति छैन। पछिल्लो समयमा त च्याउसरी उम्रिएका छन् गोल्डकपहरू। तर यसलाई व्यवस्थित र स्तरीय बनाउन एन्फासँग न त वैज्ञानिक मापदण्ड नै छ न प्रभावकारी नीति।

पूर्वदेखि सुदूर पश्चिमसम्म आयोजना हुने गोल्डकपहरुमा ए डिभिजन लिगका टिमहरुले नै खेल्ने हुन्। विभागीय ३ टिम (आर्मी, पुलिस र एपीएफ) ले त मोफसलका प्रतियोगिताहरु छुटाउने नै भएनन्। त्यस्तै, मनाङ, थ्रीस्टार, संकटा, मछिन्द्र, च्यासल युथ क्लब, न्यु रोड टिम (एनआरटी), हिमालयन शेर्पा क्लब, फ्रेन्ड्स क्लब, जावलाखेल युथ क्लब, सरस्वती युथ क्लब र ब्रिगेड ब्वाइज क्लब क्लब त आयोजकलाई दर्शक तान्नका लागि भए पनि चाहियो, चाहियो।

दर्शकले नाम चलेका खेलाडी ताक्छन्, आयोजकले क्लब। तर यहाँ मैदान, ड्रेसिङ रुम र अन्य भौतिक संरचना हेरिँदैन। मोफसलका गोल्डकप नेपाली राष्ट्रिय टिमका खेलाडी नै हुन्। कतिपय गोल्डकपका मैदान धुलाम्यदेखि हिलाम्यसम्मका थिए। यस्तै खालका मैदानमा प्रतियोगिता खेलाइयो।

थुप्रै उदाहरण छन्। स्तरहीन मैदानमा खेल्दा खेलाडीको खुट्टा, हात भाँचिएको अनि काँधको हड्डी खुस्किएको। तर फुटबलको नियमनकारी निकाय एन्फा आँखा चिम्लिएर बस्छ।

यता, प्रतियोगिताका संयोजक घले भने झनै खेलाडीका लागि फाइदा पुग्ने बताउँछन्। ‘खेलाडीलाई मर्का पर्दैन। खेलाडीकै हितमा छ। ७–८ वटा प्रतियोगितामात्रै एउटा क्लबले खेल्छ।’

एन्फाले सार्वजनिक गरेको खेल तालिकाअनुसार फागुन १ देखि १० गतेसम्म पोखरामा मनकामना गोल्डकप, झापामा सताक्षी गोल्डकप र मकवानपुरमा बागमति गोल्डकप आयोजना हुनेछ। यो तीनै प्रतियोगिता सुरु भएको २ दिनपछि मात्रै सहिद स्मारक ए डिभिजन लिग सकिँदैछ। मोफसलको प्रतियोगिता खेल्ने भनेको नै ए डिभिजन क्लबहरुले हो। त्यहीमाथि एउटै मितिमा ३ वटा प्रतियोगिता जुधाउँदा यसको स्तर र प्रभाव कस्तो हाला?

मनकामना गोल्डकप, सताक्षी गोल्डकप र बागमति गोल्डकप सकिन ५ दिनअघि नै फागुन ५ देखि १५ सम्म चितवनमा राइनो गोल्डकप आयोजना हुनेछ। एन्फाले यतिमात्रै हैन फागुन ५ देखि १७ गतेसम्म बुटवलमा तिलोत्तमा गोल्डकप र धरानमा बुढासुब्बा गोल्डकपजस्ता चर्चित मोफसल फुटबल प्रतियोगिताको मिति जुधाएको छ। यसलाई कसरी उपयुक्त र सान्दर्भिक कार्यतालिका मान्ने?

यतिमात्रै हैन। अगाडिका राइनो गोल्डकप, बुढासुब्बा र तिलोत्तमा गोल्डकप नसकी फागुन ११ देखि २२ गतेसम्म धनगढीमा खप्तड गोल्डकप हुनेछ। भद्रगोल तरिकाले निकालिएको खेल तालिका झनै अर्को उराठलाग्दो मिति हो, फागुन १५ देखि २४ गतेसम्म झापामा झापा गोल्डकप, इलाममा माईभ्याली गोल्डकप र बाग्लुङमा मेयर गोल्डकप आयोजना हुने छन्।

अगाडिका २–३ वटा प्रतियोगिता नसकी नै फेरि अन्य २–३ वटा प्रतियोगिता आयोजना हुनेछ। फागुन २२ देखि चैत्त १ सम्म पोखरामा आहा रारा गोल्डकप, सर्लाहीमा राजर्षी जनक गोल्डकप र वीरगञ्जमा विशाल मेमोरियल गोल्डकप हुनेछन्। त्यस्तै, फागुन २४ देखि नै चैत्त ३ गतेसम्म नेपालगञ्जमा नेपालगञ्ज गोल्डकप, चितवनमा भरतपुर गोल्डकप र धनगढीमा तेस्रो सुदूरपश्चिम गौरी गंगा गोल्डकप हुने छन्। चैत ६ देखि १५ सम्म सिमरामा सिमरा गोल्डकप र सुनसरीमा मदन भण्डारी गोल्डकपको मिति तय भएको छ। चैत १३ देखि २२ सम्म सिन्धुपाल्चोकमा सिन्धु गोल्डकप, काभ्रे गोल्डकप र सुनसरीमा भरत गोल्डकप आयोजना हुनेछ।

त्यस्तै, चैत २० देखि २९ गतेसम्म काठमाडौंमा एन्फा नक आउट प्रतियोगिता हुनेछ भने चैत्त २७ देखि बैशाख ६ सम्म झापामा मेचिनगर गोल्डकप आयोजना हुनेछ।

‘यसको सिधै असर खेलाडीमा पर्छ। विभागीय टिमलाई अरु टिमको तुलनामा ठिकै होला तर अरु क्लबका खेलाडी त मर्ने भइहाले नि। कसरी खेल्न सक्छन् खेलाडीले?’, काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष शाही प्रश्न गर्छन्।

यसरी मनपरी मोफसलको प्रतियोगिताको मिति तोकिदा एन्फालाई फाइदा होला तर, यस्ता औचित्यहीन खेल तालिका सार्वजनिक गर्दै प्रतियोगिता आयोजना गर्दा न त प्रतियोगिताले राम्रो छाप नै छोड्न सक्छ न खेलाडीको विकास नै हुन्छ। हुन त एन्फाबाट यस्ता झारा टार्ने काम यो नै पहिलो पटक भने होइन। 
 

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०७६  १९:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालले पछिल्लो पटक सन् २०२५ मा हंङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपाल र हङकङ ३७ वर्ष अगाडि एएफसी एसिया कप छनोटमा भिडे... बुधबार, फागुन १३, २०८२
साफ यु-१९ च्याम्पियनसिपमा नेपालले भुटानलाई हरायो पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नेपालले भुटानलाई २-१ गोलले हराएको हो । सोमबार, माघ १९, २०८२
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । सोमबार, माघ १९, २०८२
ताजा समाचारसबै
महासंघ अध्यक्ष ढकालले भने– नयाँ सरकारलाई अत्यधिक नियमनले बिग्रिएको लगानी वातावरण सुधार्ने अवसर छ सोमबार, वैशाख २१, २०८३
बागमतीका मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा सोमबार, वैशाख २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सरकारले भारतसँग जिटुजीमार्फत रासायनिक मल किन्ने सोमबार, वैशाख २१, २०८३
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सरकारले फेरि पठायो सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
लिपुलेक मार्गबारे भारतको प्रतिक्रिया: ‘१९५४ देखि प्रयोगमा रहेको पुरानो मार्ग’ सोमबार, वैशाख २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
रवि लामिछानेले भने : ‘अध्यादेश फिर्ता गरिएको विषयमा पूर्ण जानकारी लिएपछि मात्र धारणा सार्वजनिक गर्छु’ आइतबार, वैशाख २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्