काठमाडौं– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज एफसी चितवन र ललितपुर सिटी एफसीबीच खेल हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ बजे सुरु हुनेछ ।
जारी प्रतियोगितामा दुवै टोलीले तीन–तीन खेल खेलिसकेका छन् । आजको खेलमा चितवन तेस्रो जितको खोजीमा रहँदा ललितपुर दोस्रो जित निकाल्ने लक्ष्यमा छ ।
चितवनले दुईमा जित र एकमा बराबरी गर्दै सात अङ्क जोडेको छ भने ललितपुरको एक जित र दुई बराबरीसहित पाँच अङ्क छ ।
जारी प्रतियोगितामा एफसी चितवन, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स, धनगढी एफसी, काठमाडौं रेजर्स, झापा एफसी र बुटवल लुम्बिनी एफसी गरी सात टोली सहभागी छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।